You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
समाचार

सौराहामा हात्ती महोत्सव

- रमेशकुमार पौटेल

सौराहा हात्ती चढेर जंगल घुम्न देश–विदेशका लाखौं पर्यटक पुग्ने ठाउँ हो । १६ वर्षदेखि क्षेत्रीय होटल संघ (हान), सौराहा, चितवनले क्रिसमस र अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर बाघमारा चौरमा हात्ती महोत्सव गर्दै आएको छ । यो वर्ष हिजोदेखि प्रारम्भ भएको यो महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव आयोजक समितिका संयोजक राममणि खनालका अनुसार हात्तीको वनभोज कार्यक्रम महोत्सवको विशेष आकर्षण रहने गरेको छ । यसका साथै महोत्सवमा हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङजस्ता हात्तीसँग सम्बन्धित कार्यक्रमहरू रहने खनालले जानकारी दिए । प्रदेश–३ सरकारले भ्रमण वर्षको घोषणा कार्यक्रम सौराहाबाटै गर्ने भएको छ । हात्ती महोत्सवको समापन गर्दै भ्रमण वर्ष आरम्भको घोषणा गरिनेछ । त्यसैले महोत्सवको समय लम्बिएको अध्यक्ष भट्टराईले बताए ।
‘पहिलेभन्दा दिन लम्बिने भएका कारण यो पटक टाँगा दौड, गाडा दौड, डुंगा दौडजस्ता प्रतियोगिताहरू पनि हुने छन् । पहिला यी प्रतियोगिताहरू हुन्थे । बीचमा छुटेका थिए । फेरि थप्दैछौं,’ संयोजक खनालले भने । महोत्सवमा आयोजना हुने खेलहरू हात्तीको बानी र स्वभावअनुकूलका नभएको भन्दै यसको राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय स्तरमा सक्रिय पशु अधिकार तथा पशु कल्याणकारी संघ–संस्थाले विरोध गर्दै आएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि सौराहामा हात्ती महोत्सव हुने गरेको छ । सुरुमा हात्ती दौडको नाममा कार्यक्रम हुने गर्थ्यो । पशु अधिकारकर्मीको विरोधपछि विभिन्न गतिविधि थपेर महोत्सव भन्न थालिएको हो । हात्ती दौडलाई पनि तीन वर्षदेखि हात्तीको छिटो हिँडाइ अर्थात् इलाफेन्ट फास्टवाक भन्ने गरिएको छ । महोत्सवले पर्यटनमा टेवा पुर्‍याउनुका साथै वन्यजन्तु संरक्षणको सन्देश दिने आयोजकहरूको जिकिर छ ।

समाचार

रिजु मिस पूर्वाञ्चल–२०१९

- साप्ताहिक संवाददाता

‘नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न हिमाल, पहाड वा तराई जहाँको भए पनि पर्यटनलाई प्रवर्द्धन गर्न आ–आफ्नो कर्तव्य पालना गर्न भुल्नु हुँदैन । मलाई विश्वास छ, परिवर्तन भन्ने कुरा आफैंभित्रबाट आउने गर्छ । तसर्थ हामी फुटेर होइन, एकजुट भई बलियो भएर अघि बढ्नुपर्छ ।’ शनिबार धरानमा सम्पन्न १० औं संस्करणको मिस पूर्वाञ्चल–२०१९ को ग्रान्ड फिनालेको अन्तिम चरणमा यही जवाफ दिएर शनिश्चरे, मोरङकी रिजु भट्टराईले मुख्य उपाधि जितेकी छिन् । उपाधिसँगै भट्टराईले नगद २ लाख रुपैयाँ, हङकङ भ्रमणको अवसरकै साथै पर्यटकीय स्थल भेडेटारको पर्यटन सद्भावना दूत बन्ने मौकासमेत पाइन् । उनले मिस पर्सनालिटीको उपाधिसमेत जितिन् । प्रतियोगितामा खोटाङकी एञ्जल राईले फस्ट रनर्सअप तथा धरानकी सिमरन लिम्बुले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् ।

राशिफल

राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मेष
रमाइलो पारिवारिक जमघटमा स्वादिलो भोजनबाट सत्कार हुँदा मानसिक तनावसमेत कम हुनेछ । छोटो समयमा नै दिगो आम्दानी हुने कार्य हात लाग्दा चर्चित भइनेछ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । सावधानी अपनाए उचित हुनेछ । सामाजिक हक हितको कार्य सम्पन्न गर्दा धेरैको भलाइ हुने कम गर्न सकिनेछ ।

वृष
अरूलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । एकाग्रता भई अध्ययन गरेमा सफलताका साथै विभिन्न अवसरसमेत हात लाग्न सक्छ । आध्यात्मिक चिन्तन योग ध्यानले दुर्भावनाहरू समाप्ति हुँदै भावी मार्ग पहिल्याउन सहज हुनेछ । सात जोडी नम्बर भएका सवारी साधन चलाउँदा विशेष लाभ पाउने सम्भावना छ ।

मिथुन
विदेश यात्राको कार्य द्रुत गतिमा सम्पन्न गर्दा बढी प्रभावकारी हुनेछ । मन मिल्ने साथीको सुझाव पहिल्याउँदा सफलता नै हात पर्छ । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात् गर्न सके उचाइमा पुगिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला ।

कर्कट
सरकारी क्षेत्रमा कार्यरत कर्मचारी वर्गले जिम्मेवारीलाई बेवास्ता गर्दा भविष्यका सम्भावनाहरू बिलाएर जान सक्छन् । खरानी तथा सेता रंगहरू प्रयोगमा ल्याउन सके सफलताको नजिक पुग्न सहज हुनेछ । खानपानको फेरबदलले स्वास्थमा प्रतिकूल निम्त्याउन सक्ने सम्भावना छ ।

सिंह
फजुल खर्च गर्दा प्रेमिका चिढिने सम्भावना छ । मन लोभ्याउने पहिरन खरिद गर्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता आइलाग्न सक्छ, सचेत रहनुहोला । सामूहिक लगानीमा गरिएको कार्यले बढी मुनाफा आर्जन गर्ने सम्भावना छ । साताको अन्त्यमा दान–पूण्यजस्ता परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वासको ऊर्जा प्राप्त हुनेछ ।

कन्या
काममा गोपनीयता अवलम्बन गर्न सके सजिलै परिणाम आफ्नो पोल्टामा पार्न सकिनेछ । मनोरञ्जन गर्दा तथा सवारी साधन चलाउँदा थप सावधानी अपनाउनु उचित होला । प्रेम प्रस्ताव राख्नेहरूसँग यो साता सचेत रहनुहोला । आर्थिक तथा पारिवारिक वातावरणमा रुमल्लिँदा रोजगारीका सम्भावनाहरू ओझेलमा पर्न सक्छन् ।

तुला
बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावनाको साता छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा विश्वास गर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने हुन सक्छ, सचेत भई आर्थिक कारोबारबाट टाढा रहनु उचित देखिन्छ । प्रशंसा गर्दै उपहार लिई भेट्न आउनेसँग सचेत अपनाउनुहोला ।

वृश्चिक
मन मिल्ने साथी भेटिँदै प्रेमबन्धनको गाँठो कसिने सम्भावना छ । जिद्दी गर्दै गल्ती सच्याउन खोज्दा पछि परिनेछ । सरोकार नभएका विषयमा चासो राख्दा थप हैरानीले सताउनेछ । मर्यादापालनले स्तर उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । साताको अन्त्यमा विभिन्न परिकारका भोजन तथा सुन्दर वस्त्रको पहिरनले आनन्द तुल्याउनेछ ।

धनु
अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ । कुरा काट्नेहरूले तपाईंको भौतिक साधनको समेत चियोचर्चो गर्न पछि पर्नेछैनन् । पहेंलो धातुको उपहारसहित प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खबर सुनाउँदा हर्षित भइनेछ । मेहनत गर्दा जीवनशैली नयाँ रूपमा मोडिन सक्छ ।

मकर
रोकिएको विदेश अध्ययनको प्रक्रिया स्वतः परिणाममा परिणत हुँदा हर्षित भइनेछ । मन पराउनेले दिएको सुझाव अनुसरण गर्दा समयको बचत हुन सक्छ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । भ्रमण गर्दा बढी खर्च भई व्यावहारिक झमेला आइलाग्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा बढी ध्यान पुर्‍याउँदा बेस हुनेछ ।

कुम्भ
प्रेमी–प्रेमिकाबीचको तीतोपन उचाइमा पुग्दा खल्लोपन महसुस हुनसक्छ । बलमिच्याइँ गरे कार्य बिग्रन सक्छ । मेहनतले कार्य सम्पन्न गर्न सहज हुनेछ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए तापनि सफलता हात लाग्ने नै छ । बेरोजगारहरूका निम्ति विभिन्न रोजगारीका अवसर आइलाग्ने सम्भावना छ ।

मीन
मनग्य आम्दानी हुने अवसर प्राप्त हुन सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप पाइदा उठाउन सकिनेछ । हूलमूलमा धन तथा गहना जोगाउनुहोला । प्रेम सम्बन्धमा सावधानी अपनाए फाइदा नै हुन सक्छ । पारिवारिक खिचातानीले भइसकेको कार्य पनि ओझेलमा पर्न सक्छ । चिसोबाट स्वास्थ्य जोगाउने प्रयत्न गर्नुपर्ला ।

Page 3
Page 4
वैदेशिक रोजगार

अभिमुखीकरणको सकस

- प्रकृति दाहाल

गलाभरि खादा, ठूलो झोला एउटा हातले गुडाउँदै अर्को हातमा फाइल बोकेका एक जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक रोजगार द्वारमा उभिएर मैले सोधें, ‘तपाईंको नाम, ठेगाना ?’
‘घर चितवन, नाम भीमबहादुर नेपाली ।’
‘कहाँ जाँदै ?’
‘साउदी अरब ।’
‘पहिलो पटक हो ?’
‘होइन, छुट्टीमा आएर फर्केको ।’
‘मलाई पहिलो पटक जाँदा तपाईंले अनुभव गरेका कुरा सुनाउनु न ।’
‘दुई वर्षअघि जब म पहिलो पटक साउदी जाँदै थिएँ, अन्योलै अन्योलमा थिएँ । कसरी जाने, यात्रामा के गर्ने, के नगर्ने केही थाहा थिएन । म ड्राइभरका लागि जाँदै थिएँ, यतिसम्म पनि कि मलाई त्यहाँको ट्राफिक नियमसम्म पनि थाहा भएन ।’
‘विदेश जानुअघि त अभिमुखीकरण तालिम लिनुपर्छ नि, तपाईंले लिनु भएन ?’ मैले सोधें ।
‘ओहो ! अभिमुखीकरणको त कुरै नगर्नुस् न । बिजोग तरिकाले अभिमुखीकरण तालिम लिएको हुँ । करिब एक घण्टासम्म उभिएर ६५ जनाले एकै ठाउँमा बसेर तालिम लिएका हौं । अब तपाईं आफैं भन्नुस्, त्यस्तो अवस्थामा कसरी आवश्यक जानकारी पाइन्छ र ? म्यानपावरबाट आवश्यक जानकारी केही पनि लिन सकिनँ । म्यानपावरले त हातमा प्रमाणपत्र थमाउनका लागि मात्र अभिमुखीकरण सञ्चालन गर्दो रहेछ । मैले फेरी सोचें । ‘यसरी आवश्यक जानकारी नलिई विदेश पुग्दा कस्तो प्रभाव पर्दो रहेछ ?’
‘अभिमुखीकरणको महत्त्व तब बुझें जब विदेश पुगें । यति महत्त्वपूर्ण रहेछ, मैले त केही बुझ्नै पाइनछु भन्ने महसुस भयो, आवश्यक जानकारी नलिई जाँदा एकदमै सकस हुने रहेछ । रोजगारीका सिलसिलामा विदेश जाने जोकोहीले आवश्यक मात्रामा अभिमुखीकरण तालिम नलिँदा धेरै कुराको समस्या पर्ने रहेछ भन्ने बुझें ।’ भीमबहादुर भन्दै थिए ।
यही पंक्तिमा भेटिए दमौलीका सूर्यबहादुर थापा । उनलाई त अभिमुखीकरण भन्ने शब्द नै थाहा थिएन । उनलाई एजेन्टले विमानस्थलमै अभिमुखीकरण प्रमाणपत्र थमाए । एजेन्टलाई १ लाख ५० हजार बुझाएका उनले विदेश जानुअघि जे गरे उनका एजेन्टले नै गरे । अभिमुखीकरण के हो, किन लिने, यसबारेमा त उनी अनभिज्ञ नै रहे । तर पनि उनी अभिमुखीकरण लिएको भनी प्रमाणित भए । आफू जाने देशको रहनसहन, धर्म–संस्कृतिबारेमा उनलाई अत्तोपत्तो भएन । ‘जहाजमा के गर्ने, के नगर्ने अन्योलमै थिएँ । यात्राका क्रममा साथीहरूले जसो गरे, त्यसै गर्दै विदेश पुगें । जब विदेश पुगें तब मात्र अभिमुखीकरण भनेको त सबै कुराको जानकारी पो रहेछ भन्ने बुझें । वैदेशिक रोजगारीमा जाने हरेक व्यक्तिलाई आवश्यक जानकारी दिन कसैले पनि कमजोरी गर्नु हुँदैन’ उनी बताउँछन् । यसले गर्दा हरेक ठाउँमा अन्योलमा पर्नुपर्ने उनको अनुभव छ ।
नेपाली र थापा वैदेशिक रोजगारीको सिलसिलामा आवश्यक जानकारी नपाएर विभिन्न प्रकारका समस्या भोगेका दुई प्रतिनिधि पात्र मात्र हुन् । रोजगारीका क्रममा आवश्यक जानकारी नपाउनु श्रमिकको साझा समस्या रहेको अनुभवीहरू बताउँछन् । अभिमुखीकरण तालिमलाई परिणाममुखी बनाउन विभिन्न प्रकारका कार्यविधि निर्माण भए पनि कार्यान्वयन हुन सकेको छैन ।

कानुन छ, कार्यान्वयन छैन
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई उडानअघि अभिमुखीकरणमार्फत आवश्यक जानकारी दिने गरिन्छ । यसअन्तर्गत उनीहरूलाई गन्तव्य मुलुकको भौगोलिक, सांस्कृतिक तथा त्यहाँको रहनसहन र ट्राफिक नियमबारे जानकारी गराउनुपर्ने हुन्छ । त्यस्तै रोजगारीका क्रममा आउने समस्या र कामदारहरूले के गर्ने, के नगर्ने भन्नेबारे आवश्यक जानकारी दिनुपर्ने भनी अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा भनिएको छ । तर, कानुनले तोकेबमोजिमको जानकारी श्रमिकले पाउन सकेका छैनन् । उनीहरूलाई सामान्य तरिकाले काम र काम गर्ने समय मात्रै भनिएको हुन्छ । श्रमिकहरू आफू जाने देशको भौगोलिक, सांस्कृतिक पक्षबारे त बेखबर नै हुन्छन् । त्यहाँ पुगेर के गर्ने, के नगर्ने अन्योलमै उनीहरू गन्तव्यमा पुग्छन् ।
प्र्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भएपश्चात् संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने कानुनले तोकेको छ, तर यो नियम कतै लागू भएको देखिँदैन । अभिमुखीकरणमा सहभागी भएका प्रशिक्षार्थीहरूको रेकर्ड कुनै पनि विभागमा भेटिँदैन । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार अहिलेसम्म यो नियम लागू हुन सकेको छैन । श्रम स्वीकृति लिएको संख्याले नै अभिमुखीकरण लिएको भनि अनुमान गर्न सकिने उनी बताउँछन् ।

फितलो अनुगमन
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ (क) को उपनियम (२) मा अभिमुखीकरण नियम उल्लेख छ । सोहीअनुसार कार्यविधि, २०७६ बनेको छ । जस अनुसार विदेश जाने श्रमिकलाई तीन दिनसम्म करिब १८ घण्टासम्म कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था उल्लेख छ । एकपटक २५ जनाभन्दा बढीलाई तालिम दिन नपाइने व्यवस्था गरेको छ । तालिम केन्द्रहरूमा टेलिभिजन, क्यामेरा, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्क्रिन, टेलिफोन, इन्टरनेट सुविधा र बायोमेट्रिक हाजिरी मेसिन राख्नुपर्ने नियम छ । तर, तालिम केन्द्रहरूमा आवश्यक भौतिक पूर्वाधार नहुनुका साथै सञ्चालकहरूले आफूखुसी तालिम दिने गरेको रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार सञ्चालक र म्यानपावर व्यवसायी एकै हुनुले पनि अभिमुखीकरणको परिणाम राम्रो हुन नसकेको हो ।
सरकारको अनुगमन फितलो भएका कारण पनि अभिमुखीकरण प्रभावकारी हुन नसकेको वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष धर्मराज थापा बताउँछन् । कानुनले १८ घण्टा भने पनि अहिले तालिम केन्द्रहरूले १२ घण्टा मात्र तालिम सञ्चालन गर्ने गरेको उनी बताउँछन् । थापा कानुनको कार्यान्वयन हुन नसक्नुमा सरकार दोषी देख्छन् । ‘अनुगमनको नाममा पनि सरकारले गति लिन सकेको छैन,’ थापा भन्छन् । उनका अनुसार अभिमुखीकरणलाई सरकार कुन निकायले नियन्त्रण र नियमन गर्ने भन्ने बारेमा स्पष्ट छैन । सरकारसँग अभिमुखीकरण तालिमबारे स्पष्ट पाठ्यक्रम र आवश्यक कार्यविधि नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘महासंघले आवश्यक निगरानी राखे पनि सरकारले कदम नचालेपछि अभिमुखीकरणलाई सही मार्गमा लान समस्या पर्ने गरेको छ ।’
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीका अनुसार हालसम्म नेपालभर १ सय ५६ वटा अभिमुखीकरण तालिम केन्द्र दर्ता भएका छन् । उनका अनुसार अभिमुखीकरण तालिममा प्रशिक्षकको अभावलाई मध्यनजर गर्दै बोर्डले आवश्यक मात्रामा प्रशिक्षक परिचालन गर्नका लागि थप प्रशिक्षकलाई तालिम दिने तयारी गरेको छ । प्रशिक्षक हुनका लागि १२ उत्तीर्ण गरेको, वैदेशिक रोजगारमा गएर एक वर्ष अनुभव लिएको र सचिवालयबाट टट ट्रेनिङ लिएको हुनुपर्ने भनी कानुनले तोकेको छ ।
आवश्यक मात्रामा प्रशिक्षक उत्पादन गर्न सके गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने सुवेदीको बुझाइ छ । विगतका दिनहरूमा भन्दा अहिलेका दिनमा अभिमुखीकरण तालिम केही व्यवस्थित हुँदै गएको सुवेदी बताउँछन् । तर, प्रशिक्षकको सन्दर्भमा भने विगतका दिनहरूमा बोर्डले प्रशिक्षकलाई तालिम दिने तर तालिम लिएका प्रशिक्षकलाई आवश्यक मात्रामा परिमार्जन गर्न नसकेको एक प्रशिक्षक बताउँछन् । उनी भन्छन्, ‘सरकार प्रशिक्षकको संख्यामा मात्र ध्यान दिन्छ, तर प्रशिक्षकलाई समयअनुसार अगाडि बढाउन सकेको छैन ।’ संख्यामा भन्दा पनि प्रशिक्षकको गुणस्तरमा ध्यान दिन सके प्रशिक्षार्थीहरूले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने सक्ने उनी बताउँछन् ।

वैदेशिक रोजगार

पाठ्यक्रम र कार्यान्वयनमा सरकार चुकेको छ

- साप्ताहिक संवाददाता
– डा. गणेश गुरुङ, रोजगार विज्ञ

वैदेशिक रोजगार अभिमुखीकरणको उद्देश्य भनेको श्रमिकहरूलाई गन्तव्य मुलुकका बारेमा सम्पूर्ण जानकारी गराउने हो । अहिलेको समयमा १२ घण्टा अभिमुखीकरणको कक्षा सञ्चालित छ । अभिमुखीकरणका लागि यो समय एकदमै कम समय हो । देशगत समूह (क्लस्टर) अनुसार सञ्चालन गर्ने भनिए पनि त्यही रूपले सञ्चालन हुन सकेको छैन । कानुनले तोकेअनुसार तालिम केन्द्रहरू सञ्चालित छैनन् । आवश्यक भौतिक पूर्वाधारहरूको अभाव छ । म्यानपावर व्यवसायी र तालिम सञ्चालक एकै व्यक्ति हुने गर्छन्, जसले गर्दा तालिम केन्द्रहरू कमाउने थलो बन्दै गएका छन् । यसले गर्दा सञ्चालकहरूले आफ्नो इच्छाअनुसार तालिम दिएर श्रमिकहरू पठाउने गर्छन् । यस्तो अभिमुखीकरण कक्षाले श्रमिकहरूले आवश्यक जानकारी पाउन सकेका छैनन् । अभिमुखीकरणको सन्दर्झमा हेलचेत्र्याइँका कारण श्रमिकहरूले अनाहकमै सजाय पाउने गरेका छन्, जसको परिणाम विदेशमा युवाहरू समस्यामा परेका छन् । सरकारले पनि आवश्यक मात्रामा अनुगमन गर्न सकेको छैन ।
अभिमुखीकरणका सन्दर्भमा सरकारले उत्कृष्ट पाठ्यक्रम निर्माण गर्न सकेको छैन । सरकारसँग न पाठ्यक्रममा खाका छ, न त कार्यान्वयनको तरिका नै । यसकारण अभिमुखीकरण तालिममा सरकार गम्भीर छैन । अभिमुखीकरणको डिजाइनदेखि कार्यान्वयनसम्म सरकार चुकेको छ ।

Page 5
वैदेशिक रोजगार

विभागले प्रत्यक्ष निगरानी गर्नेछ

- साप्ताहिक संवाददाता
– डा. भीष्मकुमार भुसाल, महानिर्देशक, 

वैदेशिक रोजगार विभाग वैदेशिक रोजगारीको सिलसिलामा श्रमिकहरूलाई दिने अभिमुखीकरण तालिममा केही समस्या देखिएका छन् । अभिमुखीकरणको विषयलाई कुन निकायले हेर्ने भन्ने स्पष्ट छैन । मन्त्रालय, विभाग, बोर्ड सबैले अनुगमन गर्ने गरेको छ । यसले गर्दा कसैलाई जिम्मेवारी तोकिएको छैन । अर्को कुरा के छ भने अभिमुखीकरणको समय तालिका पनि मिलिरहेको छैन । उडानको केही समयअघि मात्र कक्षा सञ्चालन हुने भएकाले श्रमिकहरूको मन विदेशमा, शरीरचाहिँ कक्षामा हुने गर्छ । यसले गर्दा पनि श्रमिकलाई तालिमको महत्त्व बुझाउन सकिएको छैन । श्रमिकहरूलाई उपयुक्त समय मिलाएर तालिम दिन आवश्यक देखिएको छ ।
अभिमुखीकरण तालिम केन्द्रहरूमा पनि आवश्यक भौतिक पूर्वाधार छैनन् । केन्द्रहरूले पनि विभागलाई ढाँट, छल गरेर कक्षा सञ्चालन गर्ने गर्छन् । अब भने विभागले चाहेका बेला हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिएको छ । तालिम केन्द्रहरूमा सिसिटिभी जडान गरी विभागले प्रत्यक्ष निगरानी गर्नेछ ।

Page 6
समाचार

सन् २०१९ का मुख्य घटनाहरू

- ग्रेटा टुनबर्ग
  • सन् २०१९ को जनवरी ७ मा जर्मन राजनीतिज्ञ फ्रान्क म्याग्निट्जलाई सहरमा हिँड्ने क्रममा तीन जना नकाबधारीहरूले अचेत हुने गरी कुटपिट गरे । उक्त आक्रमण राजनीतिक रूपले प्रेरित भएको भनेर विश्वभर सनसनी मच्चियो । कुटपिटबाट घाइते भएका म्याग्निट्जले केही समय अस्पतालमा बिताउनुपरेको थियो ।
  • जनवरी १० मा निकोलस मादुरो भेनेजुएलाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि चयन भए । मादुरो पुनः राष्ट्रपतिका लागि चयन भएसँगै विश्व दुई ध्रुवमा बाँडियो । धेरै देशहरूले मादुरोको विजयलाई वैधका रूपमा लिएनन् । पराग्वे र पेरु दुवैले भेनेजुएलाको सरकारलाई नाजायज दाबी गर्दै सम्बन्ध तोडे तर ब्राजिलले यसलाई बैधको रूपमा मान्यता दियो ।
  • जनवरी १५ मा केन्याको नैरोबी होटलमा आतंककारीहरूले २१ जना व्यक्तिको हत्या गरे । करिब १ घण्टासम्म चलेको आक्रमणमा ५ जना आतंककारीले आत्महत्या पनि गरे । घटनाको अल शाबाबले जिम्मेवारी लिएको थियो ।
  • जनवरी २४ मा ट्रम्प प्रशासनले भेनेजुएला सरकारलाई नाजायज सम्बोधन गर्दै मदुरोलाई लगानीमा कटौती गर्ने योजना बनायो । मादुरोले त्यसको अघिल्लो दिनै अमेरिकासँग कूटनीतिक सम्बन्ध तोडेका थिए ।
  • जनवरी २७ मा आतंककारीहरूले फिलिपिन्सको एउटा चर्चमा दुई बम विस्फोट गराउँदा २० जना व्यक्तिको मृत्यु भयो भने १ सय जना मानिस घाइते भए ।
  • फेब्रुअरी २ मा भेनेजुएलामा १० हजारौं व्यक्तिले मादुरोको सरकार विरुद्धमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न थाले । धेरै देशहरूले मादुरोको सरकारलाई वैध रूपमा हेर्दैनन् भन्ने थाहा पाएपछि उनीहरूले देशभित्र आन्दोलन गरेका थिए ।
  • फेब्रुअरी १७ मा वार्तापश्चात् क्यामरुनका अपहरणकारीहरूले १ सय ७६ जना विद्यार्थीहरूलाई रिहा गरे । बन्दुकधारीहरू १६ फेब्रुअरीका दिन विद्यालयमा प्रवेश गरी विद्यार्थीहरूलाई अपहरण गरेका थिए ।
  • फेब्रुअरी २३ मा सुडानका राष्ट्रपति ओमर अल बशिरले आपतकालीन अवस्थाको घोषणा गर्दै सबै संघीय सरकारी कर्मचारीहरू तथा राज्यका प्रशासकहरूलाई बर्खास्त गरे । बशिरको यो कामको आलोचना गर्दै सुडानका नागरिकहरूले सरकार विरोधी प्रदर्शन गरे ।
  • फेब्रुअरी २८ मा पाकिस्तानले पक्राउ गरेको भारतीय पाइलटलाई भारत फिर्ता गर्‍यो । भारत र पाकिस्तानबीच काश्मिरको विषयमा युद्ध चर्किएपछि पाकिस्तानले भारतीय विमान कब्जा गरेको थियो । 
  • मार्च ६ मा भेनेजुएलाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको अनुमानमा जर्मन राजदूतलाई देश निकाला गर्ने घोषणा गर्‍यो । तर, कूटनीतिज्ञहरूले भने विपक्षी नेता जुआन ग्वाइडेलाई देश फर्कन सहयोग गरे । जर्मनीले ग्वाइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दियो ।
  • मार्च १० मा इथियोपियाली एयरलाइन्स उडान टेक अफको लगत्तै दुर्घटनाग्रस्त भयो, जसमा १ सय ५७ जना व्यक्तिको मृत्यु भयो । विमानले केन्यामा हुन लागेको वातावरणीय शिखर सम्मेलनका लागि संयुक्त राष्ट्रका अधिकारीहरूको टोलीलाई बोकेको थियो ।
  • मार्च १३ मा दुई बन्दुकधारी साओ पाउलो स्कुलमा प्रवेश गरी शिक्षक र विद्यार्थीहरूलाई गोली हाने । जहाँ ८ जनाको मृत्यु भयो भने १० जना घाइते भए । उक्त हमलामा सुटरहरूसमेत मारिएका थिए ।
  • मार्च १५ मा २८ वर्षीय ब्रेन्टन टेरान्ट नाम गरेका बन्दुकधारीले २ वटा मस्जिदमा प्रवेश गरी ४९ जनाको हत्या गरे भने अन्य धेरैलाई घाइते बनाए । टेरान्टले आफूले गरेको हमलालाई फेसबुकमा प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
  • अप्रिल १० मा न्युजिल्यान्डले नागरिकहरूमा स्वचालित हतियार राख्न नपाउने नियम लागू गर्‍यो । आतंककारीहरूको हमलाबाट सामूहिक ५० जनाको मृत्यु भएपछि न्युजिल्यान्डले यो नियम बनायो ।
  • अप्रिल १० मा पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भयो । यो तस्बिर आगोको औंठी जस्तो देखिन्छ ।
  • अप्रिल ११ मा इथियोपियाका नवनियुक्त प्रधानमन्त्री अबी अहमदले भ्रष्टाचार र आर्थिक हिसाब हिनामिना गरेको आरोपमा इथियोपियाली ५९ जना अधिकारी पक्राउ गरे । अहमदले आफूले देशको फोहोर राजनीतिलाई सफा गर्ने उद्देश्यले भ्रष्ट अधिकारीहरूलाई पक्राउ गरेको बताएका थिए ।
  • अप्रिल १७ मा पेरूको पूर्वराष्ट्रपति एलन गार्सियाले बन्दुकको सहायताले आत्महत्या गरे । मनी लान्डरिंग र घूसखोरीको आरोपमा पुलिसले गार्सियालाई पक्राउ गर्ने तयारी गरिरहेका बेला उनले आत्महत्या गरेका थिए । राजनीतिक दुस्मनहरूबाट अप्ठ्यारोमा पर्न नपरोस् भनेर गार्सियाले आफूले आफैंलाई मारेको अनुमान राजनीति वृत्तमा गरिएको थियो ।
  • अप्रिल २१ मा आतंकवादीहरूले श्रीलंकाको चर्चहरूमा गरेको विस्फोटमा करिब २ सय जना व्यक्तिको मृत्यु भयो भने सयौं घाइते भए ।
  • अप्रिल २२ मा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की युक्रेनको राष्ट्रपति भए । जेलेन्स्की कुनै राजनीतिक अनुभव नहुँदा–नहुँदै पनि चुनाव जितेका थिए ।
  • अप्रिल ३० मा करिब २०० वर्षपछि पहिलो पटक जापानका सम्राट् अकिहितोले पद छोड्ने घोषणा गर्दै आफ्नो छोरालाई उत्तराधिकारी बनाउने सूचना सार्वजनिक गरे ।
  • मे ४ मा थाइल्यान्डमा राजा भाजिरयलन्गकोर्नको राजगद्दी समारोह सुरु भयो । उनी आफ्नो बुबाको मृत्युपछि सिंहासनमा आएका थिए ।
  • मे ५ मा गाजा र इजरायलको आतंककारीहरूबीच भएको रकेट मिसाइल तथा हवाई हमलामा २३ जना मानिसको मृत्यु भयो ।
  • जुन २ मा सुडानमा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई आक्रमण गर्दा १३ जनाको मृत्यु भयो भने दर्जनौं मानिस घाइते भए ।
  • जुन १७ मा नाइजेरियामा ३ आत्मघाती बम विस्फोटकहरूले बम विस्फोटन गर्दा ३० जनाको मृत्यु भयो भने ३९ जना घाइते भए ।
  • जुन ३० मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आणविक र व्यापार वार्ताको विषयमा छलफल गर्न उत्तर कोरिया प्रस्थान गरे । त्यहाँ उनले किम जोंगलाई भेटेर आणविक हातहतियारको विषयमा कुराकानी गरे ।
  • जुलाई २ मा विद्रोहीहरूले साउदी अरेबिया एयरपोर्टमा ड्रोन हमला गरे । ९ जना घाइते भएको उक्त घटनाको होउथी समूहले जिम्मा लियो ।
  • जुलाई १६ मा हङकङका नागरिकलाई चीनमा सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिक सडकमा उत्रिए । हङकङ सरकारकी मुख्य कार्यकारी क्यारी लामले पछि सो विधेयक स्थगित गरेको घोषणा गरिन् । 
  • जुलाई २४ मा बोरिस जोनसन इंग्ल्यान्डको प्रधानमन्त्री बने ।
  • जुलाई २८ मा नाइजेरियामा बोको हरामले गरेको आक्रमणमा अन्त्येष्टिमा आएका ६५ जना व्यक्तिको मृत्यु भयो ।
  • जुलाई ३१ मा उत्तर कोरियाले सातामा दोस्रो मिसाइलको प्रक्षेपण गर्‍यो ।
  • अगस्त ७ मा फिलिपिन्समा जनवरी र जुलाईबीच डेंगुका कारण ६ सय २२ व्यक्तिको मृत्युपछि राष्ट्रिय महामारीको घोषणा गर्‍यो ।
  • अगस्ट ३१ मा फ्रान्सको लियोनमा सब वे स्टेसन नजिक भएको चाकुको हमलामा ८ जना घाइते भए भने १ जनाको मृत्यु भयो ।
  • सेप्टेम्बर १७ मा अफगानिस्तानमा दुई आत्मघाती बम विस्फोट भयो, जहाँ ४८ जना व्यक्ति मारिए । पहिलो बम एक चुनावी सभालाई निशाना गरी गरिएको थियो भने अर्को अमेरिकी दूतावास नजिकै भएको थियो ।
  • अक्टोबर ३ मा उत्तर कोरियाले आणविक वार्ता पुनः सुरु गर्न वासिङ्टनसँग सहमत भएको एक दिनपछि फेरि ब्यालिस्टिक मिसाइलको परीक्षण गर्‍यो ।
  • अक्टोबर ९ मा लिथियम आयन ब्याट्री नोबेल रसायन विज्ञान पुरस्कार तीन वैज्ञानिकहरूलाई प्रदान गरियो, जसमा पीबल्स्, मिसेल मेयर तथा डीडीएर क्वेलोज छन् । 
  • अक्टोबर ११ मा इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । अहमदले इरिट्रियासँग आफ्नो देशको २० वर्षको युद्ध अन्त्य गर्न मद्दत गरेका थिए ।
  • अक्टोबर २६ मा आईएसआई एसका नेता अबु बकर अल बगदादी अमेरिकी सेनाको आक्रमणमा मारिए ।
  • नोभेम्बर ११ मा एक महिनाको विरोध पछि राष्ट्रपति इभो मोरालेसले आफ्नो १४ वर्षे शासनकाल पछि राजीनामा गरे । नोभेम्बर १६ सम्म मोरालेस समर्थक र मोरालेस विरोधी पक्षका बीच झडप हुँदा ५ व्यक्तिको मृत्यु भयो ।
  • नोभेम्बर २५ मा जर्मनीको ड्रेस्डेन ग्रिन भोल्ट म्युजियमबाट तीन सेट हीरा चोरी भयो । । चोरहरूले ३७ टुक्रा भएको दसमध्ये तीन हीराका सेटहरू चोरेका थिए ।
  • डिसेम्बर २१ मा भारतमा नागरिक कानुन पारित भएको विषयमा गरिएको प्रदर्शनमा १० व्यक्तिको मृत्यु भयो ।
  • फोर्ब्सका अनुसार यो वर्ष अमेजनका संस्थापक जेफ बेजोस (१ सय ३१ बिलियन डलर) सहित संसारको सबैभन्दा धनी व्यक्ति बने भने बिल गेट्स (९६ दशमलव ६ बिलियन डलर) दोस्रो स्थानमा रहे । वारेन बफेट (८२ दशमलव ५ बिलियन डलर) ले तेस्रो स्थानमा रहे ।
  • यो वर्ष जमैकाकी २३ वर्षीया सुन्दरी टोनी एन सिंहले मिस वर्ल्ड २०१९ को ताज जितिन् । १४ डिसेम्बरमा इक्सल लन्डनमा आयोजित कार्यक्रम उनी विश्वसुन्दरी घोषित भएकी थिइन् ।
  • यो वर्ष स्मार्टफोनतर्फ सर्वाधिक रुचाइएको एप्पलको आईफोन ११ तथा ११ प्रो सार्वजनिक भयो भने सामसुङको नोट १० प्लस पनि सार्वजनिक भयो ।

 

स्वीडेनकी १६ वर्षीया ग्रेटा टुनबर्ग प्रतिष्ठित टाइम म्यागाजिनको ॅपर्सन अफ द इयर २०१९’ भइन् । १८ डिसेम्बरमा एक समारोहमा उनलाई यो एवार्डबाट सम्मान गरिएको थियो । ग्रेटा विश्वको जलवायु संकट समाधान गर्न विश्वका प्रमुख नेतालाई स्पष्ट रूपमा भन्न सक्ने अभियन्ताको रूपमा चिनिन्छिन् । उनले सन् २०१८ मा जलवायुसम्बन्धी गरेको गतिविधि भाइरल भएको थियो ।

 


डिसेम्बर ९ मा फिनल्यान्डमा सन्ना मारिन विश्वको कान्छी उमेरकी प्रधानमन्त्री बनिन् । ३४ वर्षीया मारिनले प्रधानमन्त्रीको हैसियतले डिसेम्बर १० मा शपथ लिइन् ।

 


मे २५ मा ८ जना व्यक्तिको सगरमाथा चढ्ने क्रममा मृत्यु भयो । उनीहरूको हिमाल चढ्ने क्रममा ढिलाइ भएका कारण मृत्यु भएको थियो ।

 

फुटबलर लिओनल मेस्सीले यो वर्षको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते । उनले भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई हराउँदै फिफा उत्कृष्ट वर्ष खेलाडीको एवार्ड जितेका हुन् । बालोन डिओर र फिफा अलग भएर फिफाले छुट्टै उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्न सुरु गरेपछि मेस्सीले पाएको यो पहिलो एवार्ड हो ।

स्रोत : एजेन्सीहरु

Page 7
Page 8
बलिउड

बलिउड २०१९ : बायोपिकको लहर

- साप्ताहिक संवाददाता

योवर्ष कतिपय चलचित्रले चलचित्र घरमा दर्शकलाई निकै मनोरञ्जन दिए । सन् २०१९ मा रिलिज भएका कैयौं चलचित्रमध्ये धेरै चलचित्र कोरियन र दक्षिण भारतीय चलचित्रबाट रिमेक गरिएका थिए ।
कार्तिक आर्यन, अनन्या पाण्डे र भूमि पेडनेकर स्टारर चलचित्र ‘पति पत्नी और वो’ गत डिसेम्बर ६ मा रिलिज भएको थियो । यो चलचित्र सन् १९७८ मा बी आर अम्बेडकरले निर्माण गरेको चलचित्र ‘पति–पत्नी और वो’को रिमेक भर्सन हो । तत्कालीन समयमा यो चलचित्रमा संजीव कपुर, विद्या सिन्हा र रंजिता कौर प्रमुख भूमिकामा थिए ।
साहिद कपुर र कियारा आडवाणी स्टारर चलचित्र ‘कवीर सिंह’ जून २१ मा रिलिज भएको थियो । यो चलचित्र सन् २०१७ मा रिलिज विजयदेवराकोंडा स्टारर तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक हो । चलचित्र ‘कवीर सिंह’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।
सन् २०१९ को जून ५ मा रिलिज चलचित्र ‘भारत’ पनि रिमेक चलचित्र हो । सलमान खान, कटरिना कैफ र दिशा पटानी अभिनीत यो चलचित्र कोरियन फिल्म ‘ओड टु माय फादर’को रिमेक हो । कोरियन भर्सनको चलचित्र सन् २०१४ मा कोरियन भाषामा रिलिज भएको थियो, जसलाई अंग्रेजी, जर्मन र भियतनामी भाषामा पनि अनुवाद गरिएको थियो ।
सञ्जय दत्त अभिनीत गत जून २० मा रिलिज चलचित्र ‘प्रस्थानम’ तमिल चलचित्र ‘प्रस्थानम’को हिन्दी रिमेक हो । तमिल चलचित्र ‘प्रस्थानम’ सन् २०१० मा रिलिज भएको थियो । चलचित्रको हिन्दी रिमेकमा सञ्जयसँगै अली फजल, मनीषा कोइराला, जैकी श्राफ र चंकी पाण्डे प्रमुख भूमिकामा थिए ।
नितिन कक्कडद्वारा निर्देशित चलचित्र ‘नोटबुक’ मार्च २९ मा रिलिज भएको थियो । रोमान्टिक फ्लेभरको यो चलचित्र सन् २०१४ मा रिलिज थाई चलचित्र ‘टिचर्स डायरी’को रिमेक हो । चलचित्रमा जहीर इकबाल र प्रनुतन बहलले प्रमुख भूमिकामा अभिनय गरेका थिए । चलचित्रलाई अभिनेता सलमान खानले सहनिर्माण गरेका थिए ।
अमिताभ बच्चन र तापसी पन्नु अभिनीत चलचित्र ‘बद्ला’ एक स्पेनिस भाषाको चलचित्र ‘द इनभिजिबल गेस्ट’को हिन्दी रिमेक हो । यो चलचित्रका हरेक दृश्य ‘द इन्भिजिबल गेस्ट’बाट लिइएको थियो ।

सञ्जय दत्त अभिनीत गत जून २० मा रिलिज चलचित्र ‘प्रस्थानम’ तमिल चलचित्र ‘प्रस्थानम’को हिन्दी रिमेक हो । तमिल चलचित्र ‘प्रस्थानम’ सन् २०१० मा रिलिज भएको थियो । चलचित्रको हिन्दी रिमेकमा सञ्जयसँगै अली फजल, मनीषा कोइराला, जैकी श्राफ र चंकी पाण्डे प्रमुख भूमिकामा थिए । 

बायोपिकको बाढी
सन् २०१९ मा रिलिज चलचित्रको विषयवस्तुलाई नियाल्दा धेरै चलचित्रले राष्ट्रियता र देशभक्तिको भावलाई प्राथमिकतामा राखेका थिए । चलचित्र ‘उरी : द सर्जिकल स्ट्राइक’को प्रदर्शन भएपश्चात् यसले बक्स अफिसमा गरेको आक्रामक व्यापारपछि धेरै निर्माताको ध्यान वास्तविक र बायोपिक चलचित्र निर्माणतिर मोडियो । त्यसैकारण ‘उरी : द सर्जिकल स्ट्राइक’ पछि ‘मणिकर्णिका’, ‘केशरी’ र ‘भारत’ जस्ता बक्स अफिसमा सफल बायोपिक कथाका चलचित्र बने । यो वर्ष धेरै निर्माताको ध्यान बायोपिक चलचित्रमै बढी थियो । कंगना रणावत स्टारर ‘मणिकर्णिका’ले बायोपिक र देशभक्तिको ट्रेन्डलाई चलचित्रमा प्रस्तुत गरेको थियो । यी चलचित्रबाहेक ‘द एक्सिडेन्टर प्राइम मिनिस्टर’, ‘ठाकरे’, ‘सुपर ३०’ र ‘साढ की आँख’ चलचित्रले पनि बायोपिककै कथा बोकेका थिए ।
बलिउडले सन् २०१९ को सफलताको सुरुवात जनवरी ११ मा रिलिज चलचित्र ‘उरी : द सर्जिकल स्ट्राइक’बाट गर्‍यो । २५ करोडको लागतमा निर्माण भएको यो चलचित्रले ३ सय ४२ दशमलव ६ करोडको कलेक्सन गरेको थियो । बक्स अफिसमा सुपरहिट हुनुमा चलचित्रमा समेटिएको राष्ट्रवादी विषयवस्तु र भावनालाई प्रमुख कारण मानिएको थियो ।
कंगना रणावत स्टारर ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ पनि ऐतिहासिक कथामा आधारित चलचित्र हो । स्वतन्त्रताको योद्धाका रूपमा चित्रण गरिएकी रानी लक्ष्मी बाइको संघर्षको कथालाई देशभक्तीय भावमा चलचित्रमा प्रस्तुत गरिएको थियो ।
बलिउडमा पछिल्लो समय अभिनेता अक्षय कुमार सामाजिक कथावस्तुका चलचित्रमा रुचाइएका अभिनेतामा पर्छन् । बायोपिक चलचित्रमा उनको उपस्थिति निकै दरिलो मानिन्छ । सन् २०१९ मा रिलिज दुई चलचित्र ‘केशरी’ र ‘मिसन मंगल’ले अक्षयलाई नयाँ चर्चा दियो । यो वर्ष रिलिज अक्षयका अन्य चलचित्रभन्दा यी दुई चलचित्रलाई दर्शकले अधिक रुचाए ।
अर्का अभिनेता जोन अब्राहम पनि सन् २०१९ मा रिलिज चलचित्र ‘बाटला हाउस’ बाट चर्चामा आए । यो चलचित्रमा उनी प्रहरी अधिकृतको भूमिकामा छन् । सन् २००८ को विवादास्पद इन्काउन्टरको कथालाई चलचित्रमा समावेश गरिएको छ ।
गत इदमा रिलिज सलमान खानको चलचित्र ‘भारत’ले राष्ट्रियताका विषयलाई प्राथमिकतामा राखेको थियो । चलचित्रमा दर्शकले भारत–पाकिस्तानको विभाजनदेखि आधुनिक समयसम्मको अवस्था हुँदै स्वतन्त्र भारतको ७२ वर्षको इतिहासलाई चित्रण गरेको थियो ।
त्यस्तै राजनीतिक बायोपिक ‘ठाकरे’ र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ले पनि बलिउडमा चर्चा पायो । शिवसेनाका प्रमुख बाल ठाकरेको जीवनीमा आधारित चलचित्र ‘ठाकरे’मा अभिनेता नवाजुद्दिन सिद्धिकी प्रमुख भूमिकामा थिए भने ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मा अभिनेता अनुपम खेर भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको भूमिकामा देखिएका थिए ।
त्यस्तै पटनाका गणित शिक्षक आनन्दकुमारको बायोपिक ‘सुपर ३०’मा अभिनेता ऋतिक रोशन प्रमुख भूमिकामा थिए । महिला केन्द्रित बायोपिक ‘साँढ की आँख’मा भूमि पेडनेकर र तापसी पन्नु प्रमुख भूमिकामा थिए । यो चलचित्र दुई अक्टोजेनरियन सार्पसुटर चान्द्रो र प्रकाशी तोमरको जीवनीमा आधारित थियो ।

आयुष्मान खुराना क्रेज
सन् २०१९ लाई अभिनेता आयुष्मान खुरानाको क्रेज वर्षभन्दा फरक नपर्ला । आयुष्मान सन् २०१२ मा रिलिज चलचित्र ‘बिक्की डोनर’बाट नै चर्चामा आएका अभिनेता हुन् । अघिल्लो वर्ष सन् २०१८ मा रिलिज ‘बधाई हो’ र ‘अन्धाधुन’ले आयुष्मानको चर्चामा एउटा नयाँ इँटा थपिदिएको थियो । आयुष्मानले आफ्नो सफलताको पाइलालाई सन् २०१९ मा पनि निरन्तरता दिए । यो वर्ष रिलिज चलचित्र ‘आर्टिकल १५’ बाट आयुष्मानले आफ्नो स्टारडमलाई कायमै राखे । ‘वर्ड अफ माउथ’का कारण पनि दर्शकले चलचित्रलाई अत्यधिक रुचाए । अर्को चलचित्र ‘ड्रिम गर्ल’ले आयुष्मानलाई अर्को सफलता दिलायो । यो चलचित्रमा आयुष्मानले आफू पुरुष भए पनि कलसेन्टरमा महिलाको आवाज निकालेर सेवा दिने कामदारको भूमिका निर्वाह गरेका थिए । आयुष्मानलाई सफलताको स्वाद चखाउने अर्को चलचित्र ‘बाला’ थियो । कपाल नभएपछि एक पुरुषले भोग्ने अनेक पीडालाई यो चलचित्रमा देखाइएको थियो ।
रणवीर सिंह अभिनीत चलचित्र ‘गली ब्वाइ’ले सन् २०१९ मा राम्रो चर्चा पायो । मुम्बईको अन्डरग्राउन्ड र्‍याप कथा प्रस्तुत गरिएको यो चलचित्र ओस्कर एवार्डका लागि भारतबाट सिफारिस भएको थियो ।

टेलिभिजन शो आकर्षण
सन् २०१९ बलिउड चलचित्रका लागि मात्र होइन, टेलिभिजन शोका लागि पनि विशेष रह्यो । यो वर्ष धेरै दर्शकले टेलिभिजन शोलाई पनि रुचाए । यो वर्ष विशेषतः गृहिणीले टेलिभिजनमा ‘भाग्य’ सिरिजअन्तर्गतको ‘कुन्डली भाग्य’ र ‘कुमकुम भाग्य’ तथा ‘रिस्ता’ सिरिजअन्तर्गत ‘ये रिस्ता क्या केहलाता है’ र ‘ये रिस्टे हे प्यार के’लाई सर्वाधिक रुचाए ।
टेलिभिजन शोको कुरा ‘बिग बोस’को तेह्रौं संस्करण अर्को प्रमुख आकर्षणका रूपमा रह्यो । सेप्टेम्बर २९ बाट सुरु भएको यो सिजनको शोमा रश्मि देसाई, सिद्धार्थ शुक्ला, काइना मित्राजस्ता चर्चित अनुहार सहभागी थिए । यो शोको चर्चाकै कारण शोका निर्माताले पाँच हप्ताका लागि समय बढाए ।
चिनिएका सेलिब्रटी अनुहारको सहभागिता नरहे पनि अर्को रियालिटी शो ‘ये जादु हे जिन का’ले खुबै चर्चा पायो । गुल खानले निर्माण गरेको यो शो विशेषत सर्वसाधारणमाझ निकै चर्चित रह्यो । यो शो प्रसारण भइरहँदा रेटिङ चार्टको शीर्ष स्थानमा कब्जा जमाएको थियो ।
कलर्स च्यानलबाट प्रसारण भएको शो ‘छोटी सर्दानी’ले पनि दर्शकमाझ अत्यधिक चर्चा पायो । बिना शुभचिन्तक प्रसारण भएको यो शोले च्यानलको शीर्ष स्थान ओगटेको थियो । यसका निर्माता प्रदीपकुमार हुन् ।
भारतीय टेलिभिजनमा रियालिटी शोको नाम लिँदा नछुट्ने नाम हो— ‘खतरों के खिलाडी’ । आठौं संस्करणसम्मको हिट यो शोले नवौं संस्करणमा पनि उस्तै ख्याति पायो । बलिउड निर्देशक रोहित सेठ्ठीले सञ्चालन गरेको यो शो यति धेरै चर्चित भयो कि च्यानलले ‘खतरा खतरा खतरा’ नामक अर्को शोको निर्माण नै गर्‍यो ।
बलिउडको चर्चा गर्दा नछुट्ने पाटो भनेको यसको संगीत पनि हो । यो वर्षमा बलिउड संगीतको भेराइटीमा उतारचढाव नै आयो । नयाँ हार्ड हिटिङ ओरिजिनल कम्पोजिसनदेखि पुराना भर्सनका गीतको रिमिक्सले दर्शकलाई राम्रो मनोरञ्जन दिलायो । बलिउडमा यो वर्ष सयौं चलचित्र रिलिज भए, तर रिलिजमध्ये केही चलचित्रका गीतका लागि स्मरणीय नै रहे ।
यो वर्ष रिलिज भएको रोमान्टिक कमेडी ड्रामा ‘एक लड्कीको देखा तो ऐसा लगा’को शीर्ष गीतले श्रोता तथा दर्शकलाई रोमान्टिक हुने वातावरण बनाइदियो । सन् १९९४ मा रिलिज चलचित्र ‘१९४२ : ए लभ स्टोरी’मा रहेको गीत ‘एक लड्की को देखा तो ऐसा लगा’को नामबाट प्रभावित भएर यसै नाममा निर्माण गरिएको चलचित्रको गीतले प्रेममा परेका जोडीलाई बढी प्रभावमा पार्‍यो ।

चर्चा र विवाद
बलिउड र विवाद पर्यायवाची नै हुन्, जसका कारण पनि हरेक वर्ष बलिउडमा केही न केही विवाद आइरहेका हुन्छन् । निजी जीवन होस् या कुनै विषयमा सेलिब्रेटीले बोलेको कुरा विवादमा आउँछन् । भारतमा अप्रिल १२ देखि मे १२ सम्म लोकसभा चुनाव भएको थियो । यो समयमा अभिनेता विवेक ओबेरायले एक्जिट पोलको विषयलाई लिएर एक विवादास्पद पोस्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यो पोस्टमा उनले अभिनेत्री ऐश्वर्या राय बच्चनको जिन्दगीलाई एक्जिट पोलसँग तुलना गरेका थिए । विवेकको पोस्टले विवाद चुलिएपछि उनले ऐश्वर्यासँग माफी नमागी पोस्टलाई हटाएका थिए ।
बलिउडका मिस्टर परफेक्टसनिस्ट आमिर खानको चलचित्र ‘दंगल’ फेम अभिनेत्री जायरा वसिम सन् २०१९ मा चर्चासँगै विवादमा पनि तानिइन् । उनले सामाजिक सन्जालमा आफ्नो धर्मको कारण जनाउँदै अभिनयबाट सदा लागि विश्राम लिने घोषणा गरिन् । जायराको निर्णयलाई लिएर उनका फ्यान तथा बलिउडकर्मीले आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसको केही समयपछि उनले आफ्नो एकाउन्ट ह्याक भएको बताएकी थिइन् । तर, केही समयपछि उनै जायराले एकाउन्ट ह्याक नभई आफैंले पास्ट सेयर गरेको करा बताएपछि उनी पुनः विवादमा तानिएकी थिइन् ।
बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री कंगना रणावतबीच भइरहने विवादबारे जोकोही जानकार छन् । रितिककी बहिनी सुनैनाले परिवारसँग झगडा गरेर ट्विटरमा कंगनालाई समर्थन गरेपछि यो विषयले चर्चासँगै विवादमा आएको थियो । त्यसको केही समयपछि कंगनाकी बहिनी रंगोलीले पनि रोशन परिवारमाथि आक्षेप लगाएकी थिइन् ।
निर्माता करण जोहारको पपुलर च्याट शो ‘कफी विथ करण’ जहिल्यै पनि चर्चामा आइरहन्छ । शोका होस्ट करण प्रायः शोमा आमन्त्रित पाहुनालाई चटपटे प्रश्न सोधिरहन्छन् । यो वर्ष शोमा क्रिकेटर के एल राहुल र हार्दिक पाण्डेय उपस्थित थिए । करणको केही प्रश्नमा हार्दिकले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका थिए, जसका कारण करण, हार्दिक र केएल विवादका घेरामा आए ।
बलिउड अभिनेत्री कंगना रणावत आफ्नो चलचित्र ‘जजमन्टल हे क्या’को एक गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन् । यो कार्यक्रममा एक पत्रकारको प्रश्नमा कंगनाले पत्रकारको वर्गीकरण गरेकी थिइन् । जसका कारण कार्यक्रममा हंगामा नै मच्चियो । यो मामला त्यसै रोकिएन । पत्रकारहरूले कंगनाले उपस्थिति जनाउने कुनै पनि कार्यक्रमको रिपोर्टिङ नगर्ने निर्णय लिए । यही मामलामा कंगनाको अर्को एक भिडियो सार्वजनिक भयो, जुन भिडियोमा उनले पत्रकारप्रति आपत्तिजनक भाषा प्रयोग गरेकी थिइन् । कंगनाको यो चलचित्रप्रति इन्डियन साइक्राटिक सोसाइटीले एक विज्ञप्ति निकालेर नै आपत्ति जनायो । उसले सेन्सर बोर्डलाई पत्र लेख्दै मानसिक रूपमा अस्वस्थ व्यक्तिको चलचित्रले मानमर्दन खोजेको आरोप लगाएको थियो । इन्डियन मेडिकल एसोसिएसन र अभिनेत्री दीपिका पादुकोणको द लिभ लभ लाफ फाउन्डेसनले पनि चलचित्रका नाम र पोस्टरप्रति आपत्ति जनाएको थियो ।
लोकसभाको निर्वाचनको छेकोमा रिलिजको तयारीमा रहेको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को प्रदर्शन रोकिएको थियो । अभिनेता विवेक ओबराय स्टारर यो चलचित्रलाई अप्रिल ५ मा रिलिज गर्ने भनिए पनि चुनावका कारण मे २४ मा मात्र रिलिज भयो । चुनावको ताका यो चलचित्र रिलिज भएमा मोदीको भारतीय जनता पार्टीप्रति मतदाताको मत बढी जान्छ भन्ने चर्चा चलेपछि चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो ।
अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनन अभिनीत चलचित्र ‘पानीपत’ एक दृश्य र संवादका कारण विवादमा तानियो । चलचित्रमा सुरजमलसँग जोडिएको एक किस्सा देखाइएको थियो, जसमा जाट समुदायका मानिसले आपत्ति जनाएका थिए । चलचित्रमा कृति सदाशिव रावकी पत्नी पारवती बाईको भूमिकामा छिन् । चलचित्रमा उनले बोलेको ‘मैंने सुना है जब पेशवा अकेले मुहीम पर जाते हैं तो मस्तानी के साथ वापस लौटते हैं’ संवाद निकै विवादमा तानिएको थियो । यो चलचित्रले मराठा र मुगलको तेस्रो युद्धलाई प्रस्तुत गरेको थियो । भारतको जयपुर, भरतपुर र बिकानरका मानिसले यो चलचित्रको प्रदर्शनमा प्रतिबन्धै लगाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । राजस्थानका मुख्यमन्त्री अशोक गेलोटले जनताको माग पुरा गर्न सेन्सर बोर्डलाई हस्तक्षेपकारी निर्णय गर्न माग गर्दै ट्वीट गरेका थिए । पछि निर्माताले चलचित्रको विवादास्पद दृश्य र संवाद हटाउनुपरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत पाकिस्तानको विवादास्पद सीमा क्षेत्र जम्मु कस्मिरको सन्दर्भमा संसदमा संविधानको धारा ३७० खारेज गर्ने घोषणा गरेपछि पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगायो । बलिउडका ठूला स्टारकास्टका लागि पाकिस्तान पनि एउटा प्रमुख बजार हो । बलिउडका मधुर भण्डारकर, सोनु सुदलगायतका चलचित्रकर्मीले यसलाई सामान्य रूपमा लिए ।
सन् २०१९ को अन्त्यतिर अभिनेता अक्षय कुमार पनि विवादमा तानिए । अक्षयले क्यानेडियन पासपोर्ट बनाउने निर्णय लिएपछि उनीमाथि धेरैले रोष पोखेका थिए । तर, अक्षयले आफूले भारतलाई माया गर्ने र राष्ट्रियतालाई नभुल्ने बताउँदै रोषलाई थामथुम पारेका थिए । उनले आफू विगत ७ वर्षदेखि क्यानाडा नगएकाले पासपोर्ट बनाउनुपरेको प्रतिक्रिया दिएका थिए ।

बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री कंगना रणावतबीच भइरहने विवादबारे जोकोही जानकार छन् । रितिककी बहिनी सुनैनाले परिवारसँग झगडा गरेर ट्विटरमा कंगनालाई समर्थन गरेपछि यो विषयले चर्चासँगै विवादमा आएको थियो । 


सिक्वेल लहड
बलिउडमा सिक्वेल चलन पुरानै हो । सन् २०१९ ले पनि यो शैलीलाई निरन्तरता नै दियो । सलमान खानले आफ्नो ‘दबंग’ सिरिजलाई यो वर्ष निरन्तरता दिए । सिरिजको तेस्रो संस्करण ‘दबंग ३’ यतिबेला थिएटरमा प्रदर्शन भइरहेको छ । प्रभु देवा निर्देशित चलचित्रमा सोनाक्षी सिन्हा सलमानको अपोजिटमा छिन् ।
वर्षको पहिलो सिक्वेल चलचित्र ‘टोटल धमाल’ रहयो । जुन चलचित्र फेब्रुअरी २२ मा रिलिज भएको थियो । इन्द्र कुमार निर्देशित कमेडी फ्रेन्चाइजी ‘धमाल’को यो तेस्रो सिक्वेलमा अजय देवगन, अनिल कपुर र माधुरी दीक्षितको प्रवेश भएको थियो । जबकि रितेश देशमुख, अरशद वारसी र जावेद जाफरी आफ्नो पुरानै भूमिकामा छन् । चलचित्रले १ सय ६४ करोड कलेक्सन गरेको थियो ।
वर्षको दोस्रो सिक्वेल ‘स्टुडेन्ट अफ द ईयर २’ थियो, जो मे १० मा रिलिज भएको थियो । यसको अघिल्लो संस्करणबाट वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्टले ‘डेब्यु’ गरेका थिए, जबकि दोस्रो सिक्वेलबाट अनन्या पाण्डेय र तारा सुतारियाले बलिउडको यात्रा सुरु गरेका थिए । अभिनेता टाइगर श्राफले चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका थिए । व्यापारिक हिसाबले चलचित्र पहिलो संस्करणभन्दा फितलो देखियो । दोस्रो संस्करणले ७० करोड आसपासको मात्र व्यापार गरेको थियो ।
अक्षय कुमारको ‘हाउसफूल ४’ अक्टोबर २५ मा रिलिज भएको थियो । कमेडी सिरिज ‘हाउसफूल’को यो चौथो संस्करणमा अक्षय कुमार, बबी देओल, रितेश देशमुख, चंकी पाण्डेय, कृति सनोन, कृति खरबन्दा र पूजा हेगडले अभिनय गरेका थिए । चलचित्रले बक्स अफिसमा २ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो ।
एक्सन सिरिजको ‘कमान्डो’को तेस्रो चलचित्र ‘कमाण्डो ३’ नोभेम्बर २९ मा रिलिज भएको थियो । विद्युत् जामवालको यो चलचित्रले ३२ करोड आसपासको व्यापार गरेको थियो । रानी मुखर्जी अभिनीत चलचित्र ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज भएको थियो । चलचित्र ‘मर्दानी’ फ्रेन्चाइजीको दोस्रो संस्करणमा अभिनेत्री रानी मुखर्जी प्रहरी अधिकृत शिवानी शिवाजी रायको भूमिकामा छिन् । जो महिलासँग जोडिएका अपराधका विरुद्धमा लडिरहेकी हुन्छिन् । हाल प्रदर्शनरत चलचित्रले बक्स अफिसमा २६ करोड व्यापार गरिसकेको छ ।

साहिद कपुर र कियारा आडवाणी स्टारर चलचित्र ‘कवीर सिंह’ जून २१ मा रिलिज भएको थियो । यो चलचित्र सन् २०१७ मा रिलिज विजयदेवराकोंडा स्टारर तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक हो । 

बलिउडले सन् २०१९ को सफलताको सुरुवात जनवरी ११ मा रिलिज चलचित्र ‘उरी : द सर्जिकल स्ट्राइक’बाट गर्‍यो । २५ करोडको लागतमा निर्माण भएको यो चलचित्रले ३ सय ४२ दशमलव ६ करोडको कलेक्सन गरेको थियो । 

स्रोत : एजेन्सी

Page 9
Page 10
संगीत

चर्चामा बलिउड संगीत

- साप्ताहिक संवाददाता

बलिउडमा सन् २०१९ मा चर्चामा आएको चलचित्र ‘गली ब्वाइ’को गीत ‘अप्ना टाइम आएगा’ले पनि दर्शकमाझ राम्रै छाप छोड्यो । र्‍याप फ्लेभरमा कम्पोज गरिएको यो गीतले सपना देख्ने जोकोहीको पनि दिन आउनेछ भन्ने सन्देश बोकेको छ । गीतमा चलचित्रका प्रमुख कलाकार रणवीर सिंह फिचर्ड छन् । यो चुनौतीपूर्ण गीतलाई चलचित्रका प्रमुख पात्रले कसरी गाउन सक्छन् भन्ने दृश्यलाई गीतमा समेटिएको छ ।
चलचित्र ‘लुका छुपी’को ‘कोका कोला तु’ पनि सन् २०१९ मा सर्वाधिक रुचाइएको गीतमा पर्छ । गीतमा नेहा कक्कर र टोनी कक्करको स्वर सुन्न सकिन्छ । युट्युबमा यो गीतलाई ४ सय मिलियन दर्शकले हेरिसकेका छन् । डान्सिङ नम्बरको यो गीत विशेषतः पाटीमा धेरै बज्ने गरेको छ ।
बलिउड क्विन श्रेया घोषालको स्वरमा रहेको चलचित्र ‘कलंक’को ‘घर मोरे परदेशीया’लाई सन् २०१९ को चुनौतीपूर्ण गीतका रूपमा लिइएको छ । यो गीतले भारतमा आगामी महिना आयोजना हुन लागेका प्रमुख एवार्ड आफ्नो पोल्टामा पार्ने अनुमान गरिएको छ । यो निकै राम्रो गीतलाई श्रेयाले न्यायपूर्ण संगीतले गाएको चर्चा बलिउडमा छ ।
चलचित्र ‘स्टुडेन्ट अफ द इयरको सिक्वेल ‘स्टुडेन्ट अफ द इयर–२’ को गीत ‘हुक अप’ पनि सन् २०१९ मा रुचाइएको गीतमा पर्छ । चलचित्रको प्रोमोसनका लागि तयार पारिएको यो गीतलाई श्रोता र दर्शकले निकै रुचाएका थिए । नेहा ककर र शेखर रब्जीयानीको स्वर रहेको यो गीतलाई पाटी सेसनको राम्रो संगीत मानिएको छ ।
अभिनेता सलमान खानको चलचित्र ‘भारत’को ‘स्लो मोसन’ गीत सन् २०१९ मा रुचाइएकै गीतमा पर्छ । चलचित्रले बक्स अफिसमा सफलता पाएजस्तै यो गीतले बलिउडको संगीतमा पनि चर्चा पायो । यो गीतलाई युट्युबमा झन्डै ३ सय मिलियन दर्शकले हेरेका छन् ।
अभिनेता साहिद कपुर अभिनीत सन् २०१९ को ब्लकब्लस्टर चलचित्र ‘कविर सिंह’ को गीत ‘बेखायाली’ चलचित्रजत्तिकै रुचाइएको गीत हो । आफूलाई माया गर्ने प्रेमीले छोडेपछि उनलाई सम्झँदै गाइएको यो गीतलाई श्रोता तथा दर्शकले निकै रुचाएका थिए ।
बलिउडमा शास्त्रीय शैलीका गीतलाई पछिल्लो समयमा श्रोता र दर्शकले खासै ध्यान दिएको पाइँदैन, तर सन् २०१९ मा रिलिज ‘बाटला हाउस’को गीत ‘ओ सकी सकी’लाई दर्शकले निकै रुचाए । नोरा फतेही फिचर्ड यो गीतको संगीत पक्षसँगै गायन शैली पनि श्रोता र दर्शकको नजरमा पर्‍यो । यो गीतलाई युट्युबमा ४ सय मिलियन पटक हेरिएको छ ।
दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’को ‘इनी सोनी’ गीत दर्शकले रुचाएको गीतमा पर्छ । यो चलचित्र प्रति दर्शकको जुन अपेक्षा थियो, त्यो अपेक्षा पूरा नभए पनि गुरु राधवा र तुलसी कुमारको स्वरमा रहेको गीतले धेरैलाई मन्त्रमुग्ध बनायो ।
अभिनेता टाइगर श्राफ र रितिक रोशन अभिनीत चलचित्र ‘वार’ सन् २०१९ को हिट चलचित्रमा पर्छ । यो चलचित्रको ‘जय जय शिवशंकर’गीतमा दुवै अभिनेता फिचर्ड छन् । बलिउड बिट शैलीमा तयार पारिएको यो गीत निकै राम्रो पनि बनेको छ । यो गीत पनि सन् २०१९ मा रुचाइएका गीतमा पर्छ ।
निलु रंगिली, राजु रावल र महिन्दर चौधरीको स्वर रहेको मारवाडी गीत ‘ले फोटो ले’ सन् २०१९ मा सर्वाधिक खोजी गरिएको गीतमा पर्छ । विचित्र शैलीको गीत र होममेड भिडियोका कारण यो गीत सामाजिक सन्जालमा भाइरल नै बनेको थियो ।
आफ्नो गायकीका कारण इन्टरनेटमा सन्सनी मच्चाएकी गायिका रानु मण्डलको गीत ‘तेरी मेरी कहानी’को चर्चा कम रहेन । संगीतकार हिमेश रेसमियाको संगीत रहेको यो गीत टिकटकमा यति चर्चित भयो कि गीतका कारण रानुको जीवनशैलीमा नै परिवर्तन ल्यायो ।
भिन्दा आउजला र बोबी लायलको स्वर र र्‍यापर सनी बोइ फिचर्ड ‘तेरी प्यारी प्यारी दो आखिया’ले विशेषतः टिकटकमा सफलता पायो । आकर्षक कोरस र भिडियोका कारण विशेषत युवापुस्तामा यो गीत निकै छायो ।
टी सिरिजअन्तर्गत रहेर भूषण कुमारले निर्माण गरेको ‘भास्ते’ बोलको गीतलाई युट्युबमा झन्डै ६४ मिलियन दर्शकले हेरेका थिए । यो गीतमा धाब्नी भानुसाली र निखिल डीसुजाको स्वर छ । यो गीतमा तनिष बाग्चीको संगीत छ । गायिका भानुसालीको यसअघिका गीत ‘दिल्बर’, ‘साइको सैया’ र ‘लेजा रे’ सुपरहिट छन् ।
भोजपुरी गीत ‘गोरी तोरी चुनारी बा लाल लाल रे’ पनि इन्टरनेटमा निकै भाइरल भयो । क्रिङ्गे पप फ्लेभरको गीतमा रितेश पाण्डे, अन्तर सिंह र प्रियंकाको स्वर थियो । टिकटकमा समेत रुचाइएको यो गीतले युट्युबमा २९ दशमलव ७ मिलियन भ्यूज पाएको थियो ।
अभिनेता करण देवलको ‘डेब्यु’ अभिनय रहेको चलचित्र ‘पल पल दिल के पास’मा समावेश शीर्ष गीत पनि सर्वाधिक रुचाइएको गीत रह्यो । यो गीत धर्मेन्द्र र राखी अभिनीत चलचित्र ‘ब्ल्याकमेल’मा समावेश गरिएको थियो । नयाँ चलचित्रमा यसको रिमेक भर्सन राखिएको हो । अर्जिन सिंह, परम्परा ठाकुर र सचेत परम्पराको स्वर रहेको यो गीत चलचित्र भन्दा चर्चित बन्यो ।
रणवीर सिंह र सारा अली खान अभिनीत चलचित्र ‘सिम्बा’मा समावेश गीत ‘ओ लड्की आख मारे’ अर्को सर्वाधिक रुचाइएको गीतमा पर्‍यो । सन् ९० ताका निर्माण भएको चलचित्र ‘तेरे मेरे सपने’मा समावेश यो गीतलाई ‘सिम्बा’मा रिमेक भर्सनमा राखिएको थियो । नेहा कक्कर, मिका सिंह र कुमार सानुको स्वर रहेको रिमेक भर्सनमा तनिस बाक्चीको संगीत छ । यो गीतले युट्युबमा ६७ मिलियन भ्युज पाएको थियो ।

संगीत

पाश्चात्य संगीतमा २०१९

- साप्ताहिक संवाददाता

हलिउडका संगीत समीक्षकले अमेरिकन गायिका तथा गीतकार लाना डेल रेको पाँचौं एल्बम ‘नोरम्यान रकवेल’ लाई सन् २०१९ कै उत्कृष्ट रेकर्डेड एल्बमको उपमा दिए । अस्ताएको अमेरिकी ड्रिमको सम्झनामा गाइएको यो निकै मर्मस्पर्शी र जटिल सफ्ट रक फ्लेभरका एल्बमका गीत आम श्रोता तथा दर्शकमाझ हिट साबित भयो । त्यसैले अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले वर्षभरिका उत्कृष्ट गीत र एल्बमको कम्पाइल पोलमा यो एल्बम शीर्ष स्थानमा पर्‍यो ।
‘एल्बम अफ द इयर बनाएकोमा बीबीसीलाई धेरै धेरै धन्यवाद’, गायिका लानाले भनिन्, ‘यो एल्बम बनाउनु मेरा लागि विशेष थियो र उत्तिकै रोमाञ्चक पनि । मैले हरेक मिनेटमा एल्बमको गीत रेकर्ड गर्दा रमाइलोपनको अनुभव गरें । मेरा साथी र समीक्षकबाट पाएको सुखद् प्रतिक्रियाले म प्रफुल्लित छु ।’
उनले गीतमा प्रयोग गरिएका प्रत्येक शब्द र लय आफ्नो हृदयबाट नसोचिएको किसिमले आएको उल्लख गरेकी छन् । गायिकाले नोरमेन र ज्याकप्रति एल्बम निकाल्न भरपुर सहयोग गरेकोमा आभार व्यक्त गरेकी छन् ।
बीबीसीले वर्षको अन्त्यसम्म अर्थात् डिसेम्बर ३१ सम्म विश्वका प्रतिष्ठित संगीत पत्रिका, ब्लग्स्, दैनिक पत्रिका र प्रसारणका माध्यममा आएका संगीतका उत्कृष्ट सूचीलाई कम्पाइल गरेर प्रकासन गरेको थियो । उसले एनएमइ, रोलिङ स्टोन, बीबीसी ६ म्युजिक र फ्रान्सेस लेस इनरोकुटिबल्सजस्ता पत्रिकालाई स्रोत बनाएको थियो । बीबीसीले यी प्रकाशन तथा प्रसारण संस्थामा आएका चर्चित गीतको सूची बनाई सूचीमा पहिलो स्थान पाउने गीतलाई २०, दोस्रोलाई १९ गर्दै अंक प्रदान गरेको थियो । सूचीमा समावेश उत्कृष्ट १० एलबममध्ये आठ एल्बम महिला स्रष्टाको थियो ।
जसअनुसार सूचीको पहिलो स्थानमा लाना डेल रेको ‘नोरमेन रकवेल’, दोस्रोमा बिली इलिसको ‘ह्वेन वी अल फल एस्लिप’, तेस्रोमा टेलर, द क्रिएटरको ‘इगोर’, चौथोमा निक केभ र द ब्याड सिड्सको ‘घोस्टीन’, पाँचौंमा एफकेए ट्विग्सको ‘मेगडेल्ने’, छैटौंमा वेयेस ब्लडको ‘टाइटानिक राइजिङ’, सातौंमा एन्जल ओल्सेनको ‘अल मिरर्स’, आठौंमा एरियाना ग्रान्डेको ‘थ्याङ्क यु, नेक्स्ट’, नवौंमा लिजोको ‘कज आइ लभ यू’ र दसौंमा ब्रिटानी होवार्डको ‘जैमी’ छन् ।
त्यस्तै बीबीसीले वर्षका उत्कृष्ट १० गीत पनि सार्वजनिक गरेको छ । जसअनुसार पहिलो स्थानमा बिली इलिसको ‘ब्याड गाइ’, दोस्रोमा लिल नास एक्सको ‘ओल्ड टाउन रोड’, तेस्रोमा एफकेए ट्वीग्सको ‘सेलोफोन’, चौथोमा रोसालिआ एन्ड जे बाल्भिनको ‘कोन अल्टुरा’, पाँचौंमा लिजोको ‘जुस’, छैटौंमा स्यारोन भान इटेनको ‘सेभेन्टिन’, सातौंमा लाना डेल रेको ‘द ग्रेटेस्ट’, आठौंमा चार्ली एक्ससीएक्सको ‘गोन’, नवौंमा भेम्पाएर विकेन्डको ‘हार्मोनी हल’ र दसौंमा क्लाइरोको ‘ब्याग्स’ छन् ।

Page 11
संगीत

सनसनी मच्चाउने हलिउड चलचित्र

- साप्ताहिक संवाददाता

विगतका वर्षहरूमा झैं वर्ष २०१९ मा पनि हलिउडमा सयौं चलचित्र प्रदर्शन भए । तीमध्ये अधिकांश चलचित्र अमेरिकामा मात्र प्रदर्शन भए भने केही चलचित्र विश्वव्यापी रूपमा प्रदर्शन भए । तीमध्ये केही चलचित्रले उत्कृष्ट व्यवसाय गर्न सफल भए भने केही चलचित्र औसत रहे ।
व्यावसयिक सफलताको कुरा गर्ने हो भने अप्रिल २२ का दिन प्रदर्शन भएको चलचित्र ‘एभजेन्जर्स : इन्डगेम’ लाई वर्षकै सर्वोत्कृष्ट मानिएको छ । थार, आइरन म्यान तथा हल्कजस्ता सुपरहिरोहरूले सजिएको यो चलचित्रले विश्वभरका दर्शकको मन जित्न सफल भयो । मार्बल स्टुडियोजको यो सुपरहिरो चलचित्रलाई एन्थोनी रस्सो तथा उनका भाइ जो रस्सोले संयुक्त रूपमा निर्देशन गरेका थिए । रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, मार्क रुफालो, क्रिस हेम्सवर्थ आदि कलाकारद्वारा अभिनीत यो चलचित्रले झन्डै ३ बिलियन डलर आम्दानी गर्न सफल भएको थियो ।
सफल चलचित्रको सूचीमा जोन फेवरोको निर्देशनमा बनेको चलचित्र ‘द लायन किङ’ दोस्रो स्थानमा छ । १९ जुलाई २०१९ मा प्रदर्शन भएको यो चलचित्रले वयष्कमात्र होइन, बालबालिकाहरूको समेत मन जित्न सफल भयो । यसअघि द जंगल बुकको सफल निर्देशन गरिसकेको फेवरोले यो चलचित्र निर्देशन गरेका थिए ।
जोन वाट्सको निर्देशनमा बनेको चलचित्र ‘स्पाइडर म्यान ः फार फ्रम होम’ २६ जून २०१९ का दिन प्रदर्शन भएको थियो । मार्भल कमिक्सलाई मन पराउनेहरूका लागि यो चलचित्र वरदान नै सावित भयो । जसरी एभेन्जर्स इन्डगेममा थुप्रै सुपर हिरोजको अन्त्य भएको थियो, स्पाइडर म्यान ः फार फ्रम होमको थालनी त्यहींबाट गरिएको छ । चलचित्रमा टम हलेन्डले स्पाइडर म्यानको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रले करिव डेढ बिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
मार्वल स्टुडियोजले निर्माण गरेको चलचित्र ‘क्याप्टेन मार्भल’ फेब्रुअरी २७ का दिन प्रदर्शन भएको थियो । एना बोडेन तथा रियाल फ्लेकद्वारा संयुक्त रूपमा निर्देशन गरिएको यो चलचित्रमा ब्री लार्सन, स्यामुअल एल ज्याक्सन, बेन मेन्डेल्सन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले करिब डेढ मिलियन डलर आम्दानी गर्न सफल भएको थियो ।
टोड फिलिप्सको निर्देशनमा बनेको चलचित्र ‘जोकर’ अगस्ट ३१ का दिन प्रदर्शन भएको थियो । यो मनोवैज्ञानिक विषयवस्तुमा आधारित चलचिको कथा डीसी कमिक्सको चरित्रमा आधारित छ । जोकिन फिनिक्सले यो चलचित्रमा मुख्य भूमिका निवर्शह गरेका छन् । यो चलचित्रले विश्वभरीबाट १ दशमलव शून्य ६ मिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
गत डिसेम्बर ४ का दिन प्रदर्शन भएको ‘जुमान्जी द नेक्सट लेभल’ ले पनि उत्कृष्ट व्यवसाय गर्न सफल भएको छ । जेक कासडनद्वारा निर्देशित यो चलचित्रमा ड्वेन जोनसन, केविन हार्ट, ज्याक ब्ल्याक, डेनी डिविटो, डेनी ग्वोवर, केरेन गिलन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा निर्देशक कासडनले रोबिन विलियम्सको जुमान्जीको बोर्ड गेमलाई कम्प्युटर गेममा परिवर्तन गर्न सफल भएका हुन् । उक्त गेमका परिचित चरित्रहरूलाई जुमान्जी जंगलमा नयाँ अवतारमा प्रस्तुत गरिएको छ । जुमान्जीको यो सिक्वेल चलचित्रले हरेक उमेरका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । प्रदर्शन भएको तीन सातामा यो चलचित्रले तीन सय मिलियन डलर आम्दानी गर्न सफल भैसकेको छ ।
२ अगस्टका दिन प्रदर्शन भएको चलचित्र ‘फास्ट एन्ड फ्यूरियस’को श्रृंखला ‘फास्ट एन्ड फ्युरियस ः हब्स एन्ड श’ पनि सन् २०१९ का उत्कृष्ट चलचित्रको सूचीमा पर्न सफल भएको छ । यो चलचित्रमा ड्वेन जोन्सन तथा जेसन स्टेथमलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । डेविड लिचद्वारा निर्देशित यो चलचित्रमा इदरीस अल्बा तथा वनेसा किर्बी पनि मुख्य भूमिकामा छन् । यो चलचित्रले ७ सय ५८ मिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
२१ मे का दिन प्रदर्शन भएको चलचित्र ‘वन्स अपन ए टाइम इन हलिउड’ पनि यो वर्षका उत्कृष्ट चलचित्रहरूमध्येको एक हो । क्वेन्टिन टेरन्टिनोद्वारा निर्देशित यो चलचित्रमा लियोनार्दो डिक्याप्रियो तथा ब्राड पिट मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो चलचित्रले विश्वव्यापी रूपमा २ सय ७२ मिलियन डलर बराबरको आम्दानी गर्न सफल भएको थियो ।
क्रिस बक तथा जेनिफर लिद्वारा निर्देशित एनिमेडेट चलचित्र हो फ्रोजन–२ । क्रिस्टेन बेल, इडिना मेन्जेल, जोश गाड, जोनाथन ग्रोफ आदि कलाकारले अभिनय गरेको यो चलचित्रले १ बिलियन डलर आम्दानी गर्न सफल भएको थियो । यो चलचित्र नोभेम्बर ७ का दिन प्रदर्शन भएको हो ।
जोस कुलीद्वारा निर्देशित चलचित्र ‘टोय स्टोरी–४’ जून ११ का दिन प्रदर्शन भएको थियो । २ सय मिलियन डलरको लगानीमा निर्माण गरिएको यो चलचित्रले १ सय बिलियनभन्दा बढी आम्दानी गर्न सफल भएको थियो । यो चलचित्रमा टम ह्याङ्स, टिम एलेन, एनी पोट्स, टोनी हेल आदि कलाकारले अभिनय गरेका छन् ।


ओस्कारको तयारी
नयाँ वर्ष २०२० को प्रारम्भमै अर्थात् १३ जनवरीका यो वर्षको ओस्कार एवार्डको मनोनयन सूची सार्वजनिक हुँदैछ । यसपटकको ओस्कारका लागि सन् २०१९ मा प्रदर्शन भएका ३ सय ४ वटा चलचित्र प्रस्तुत गरिएका छन् । यसपटकको ओस्कार एवार्ड ९ फेब्रअरीका दिन वितरण गरिनेछ । यस वर्षको ओस्कार एवार्डका लागि जोकर, क्याप्टेन मार्भल, जुमान्जी–द नेक्स्ट लेभल, द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्स, फोर्ड भर्सेस फरारी, जोजो रेबिट, लिटिल वुमन, डोलमाइट इज माई नेम, द फेयरवेल, एभेन्जर्स इन्डगेम जस्ता चलचित्रहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

 

यस वर्षको ओस्कार एवार्डका लागि जोकर, क्याप्टेन मार्भल, जुमान्जी–द नेक्स्ट लेभल, द आइरिस म्यान, म्यारिज स्टोरी, द टु पोप्स, फोर्ड भर्सेस फरारी, जोजो रेबिट, लिटिल वुमन, डोलमाइट इज माई नेम, द फेयरवेल, एभेन्जर्स इन्डगेमजस्ता चलचित्रहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

अप्रिल २२ का दिन प्रदर्शन भएको चलचित्र ॅएभजेन्जर्स ः इन्डगेम’ लाई वर्षकै सर्वोत्कृष्ट मानिएको छ । थार, आइरन म्यान तथा हल्कजस्ता सुपरहिरोहरूले सजिएको यो चलचित्रले विश्वभरका दर्शकको मन जित्न सफल भयो।

Page 12
संगीत

८६ वर्षे जोस

सांगीतिक कार्यक्रममा गीत गाउँदै गायिका आशा भोसले ।
- साप्ताहिक संवाददाता

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी गायिका आशा भोसलेले सन् १९४३ बाट गायन करियर सुरु गरेकी हुन् । गायक तथा अभिनेता पण्डित दिनानाथ मंगेशकरकी कान्छी छोरी आशाले मराठी चलचित्र ‘माझा बल’को गीत ‘चला चला नभ बाला’बाट गायन यात्रा सुरु गरेकी थिइन् । यो यात्रापछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
उनले हिन्दी चलचित्रमा गायनको सुरुवात सन् १९४८ मा रिलिज भएको चलचित्र ‘चुनरिया’बाट सुरु गरेकी थिइन् । हंसराज बहलको संगीतमा रहेको गीत ‘सावन आया’मा आशाको स्वर सुन्न सकिन्छ । आशाले सांगीतिक करियर सुरु गर्दाताका त्यो समयमा गीता बाली, शमशाद बेगम र लता मंगेशकरजस्ता ठूला नामले संगीत क्षेत्रमा राज गरिरहेको थियो । यो अवस्थामा आशाले यी गायिकाले छोडेका गीत गाउँथिन् । तत्कालीन समयमा आशालाई दोस्रो दर्जाको चलचित्रकी गायिकाका रूपमा लिइन्थ्यो । चलचित्रका सह–नायिकाका लागि तयार पारिएका गीतमा आशाको स्वर सुन्न सकिन्थ्यो ।
उनले १६ वर्षको उमेरमा ३१ वर्षका गणपत राव भोसलेसँग विवाह गरेकी थिइन् । गणपत आशाकी दिदी लता मंगेशकरकी पर्सनल सेक्रेटरी थिए । उनीहरूको विवाहलाई आशाको परिवारले रुचाएनन् । तर, आशाले कसैको कुरा सुनिनन् । यही कारण आशा र लताको सम्बन्धमा दरार आयो, वर्षौंसम्म दिदीबहिनीको बोलचाल नै बन्द भयो ।
गणपतसँग आशाको वैवाहिक सम्बन्धपछि उनीहरूको तीन सन्तान जन्मिए । लामो समयसम्म पाइलटको जागिर खाएका जेठा छोरा हेमन्तले पाइलटको जागिर छोडेर संगीत निर्देशकका रूपमा करियर बनाए । छोरी वर्षा ‘द सन्डे अब्जरभर’ र ‘रेडिफ’की स्तम्भकार थिइन् । उनले सन् २०१२ मा ५६ वर्षको उमेरमा आत्महत्या गरिन् । कान्छा छोरा आनन्दले व्यापार र चलचित्र निर्देशनको विषय पढेर आशाको करियरलाई सम्हाले । आशाको जेठो नाति चैतन्य विश्व संगीतका एक सदस्य हुन् । उनी भारतको पहिलो र एकमात्र ब्वाइ ब्यान्ड ‘ए बेन्ड अफ ब्वाइज’का सदस्य हुन् ।
गणपतसँग विवाहपछि पति र ससुराले आशालाई नराम्रो व्यवहार गर्न थाले । सन् १९६० मा आशा र गणपत अलग्गिए । त्यसपछि उनी गर्भवती अवस्थामा दुई सन्तान लिएर माइतीघर फर्किइन् । आर्थिक उपार्जनका लागि उनी नियमित गाउन थालिन् ।
आशाले महान संगीतकार राहुल देव बर्मन(आरडी बर्मन)सँग सन् १९८० मा दोस्रो विवाह गरिन् । उमेरको हिसाबले आरडी आशाभन्दा ६ वर्ष कान्छा थिए । यो आरडीको पनि दोस्रो विवाह थियो । एकदिन पश्चिम बंगालको हुगली नदीमा आरडी र आशा सन्ध्याकालीन समयमा घुम्दै पुगेका थिए । त्यो समयमा अँध्यारो आकाशमा ताराहरू उदाउँदै थिए, नरम हावा आफ्नै गतिमा चलिरहेको थियो र डुंगा चालकहरू आफ्नै शैलीमा गीत गाइरहेका थिए । यो दृश्यलाई नजिकबाट नियालिरहेका आरडीले निकै उत्साहित हुँदै आशालाई ‘जाऊँ आशा, हामीले हाम्रो गीत पायौं’ भनेपछि उनीहरू घर फर्किएका थिए ।
घर आउनासाथ आरडीले हुगली नदीमा देखेको त्यो वातावणलाई कैद गर्दै चर्चित गीत ‘दो लफ्जो कि हे, दिल की कहानी, ये है मोहब्बत, ये हे जवानी’ बोलको गीत तयार पारे, जुन गीत अमिताभ बच्चन र जिन्नत अम्मान अभिनीत चलचित्र ‘दी ग्रेट ग्ल्याब्लर’मा समावेश छ ।
एकदिन आरडी घरमा रहेको टेलिभिजनमा जेम्स बोन्डको चलचित्र हेरिरहँदा त्यो चलचित्रको एक दृश्यमा निकै सुन्दर पार्श्व संगीत बजिरहेको थियो । त्यो संगीतबाट आरडी यति प्रभावित भए कि, उनले टेलिभिजन नै बन्द गरेर त्यस्तै ट्युनिङ गरे । त्यसपछि उनले गीतकार गुलजारलाई भनेर एल्बम ‘दिल पडोसी’का लागि गीत तयार पारे । जुन गीत आशाको ५४ औं जन्मदिनमा सार्वजनिक गरिएको थियो ।
सन् २००६ मा उनले आफूले १२ हजारभन्दा बढी गीत गाएको बताएकी थिइन् । सर्वाधिक गीत गाउने गायिकाका रूपमा आशाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा पनि उल्लेख छ । एकल गायनको स्टुडियोमा सर्वाधिक रेकर्डिङको हिसाबले उनको नाम गिनिजमा दर्ता भएको हो । आशाले सांगीतिक करियरमा एकल, युगन र समूह गायन गरी ११ हजारभन्दा बढी गीत गाइसकेकी छन् । उनले १९४७ देखि हालसम्म झन्डै २० भारतीय भाषामा आफ्नो स्वर दिइसकेकी छन् ।
उनलाई भारत सरकारले ‘दादा साहेब फाल्के’ र ‘पद्म विभूषण एवार्ड’बाट सम्मान गरिसकेको छ । आशाले एक मराठी चलचित्र ‘माई’ मा अभिनय गरेकी छिन् । चलचित्रमा उनले निर्वाह गरेको चरित्रबाट प्रशंसा पनि पाएकी थिइन् । यो चलचित्रले आफ्ना वृद्ध आमाबाबु त्यागेको एक बालिकाको कथा प्रस्तुत गरेको थियो । चलचित्रमा राम कपुर र पद्मिनी कोल्हापुरेको पनि अभिनय थियो ।
गायिका आशाका झन्डै करोडौंको हाराहारीमा फ्यान छन्, तर उनी आफैं भने किशोर कुमारको जबर्जस्त फ्यान हुन् । ‘म सुरुदेखि नै किशोर दाको गीत सुन्दै आइरहेकी छु । त्यहीकारण म उनीजस्तै बन्न चाहन्थें । उहाँ आफ्नै गायनमा केही न केही नयाँ प्रयोग गर्नुहुन्थ्यो । उहाँको संगीतलाई संगीतकारले ९० प्रतिशत स्थान दिए पनि उहाँ स्वयं भने सतप्रतिशत तयार पारेर दिनुहुन्थ्यो’, आशा भन्छिन् ।
आशा गायकीका अतिरिक्त खाना बनाउन पनि सौखिन छिन् । बलिउडमा यस्ता कैयौं सेलिब्रेटी छन्, जो आशासँग अक्सर कढाइ गोस्त र बिरयानीको माग गर्छन् । आशाले एक अन्तर्वार्तामा यदि आफूले गायन करियरको उडान नउडाएको भए आफू कुक बन्ने बताएकी थिइन् ।
उनको दुबई र कुवेतमा आशाज नामको रेस्टुराँ छ । जहाँ परम्परागत उत्तरी–पश्चिमी फ्लेभरको भारतीय खाना उपलब्ध छन् । उनको रेस्टुराँ अबुधाबी, दोहा र बहराइनमा पनि छ । रेस्टुराँको खाना र सजावटमा आशालाई विशेष अनुभव छ । उनले रेस्टुराँको सेफलाई ६ महिनाको तालिम पनि दिएकी छन् । एक अन्तर्राष्ट्रिय स्तरको कुक ‘रसेल स्काट’ ले आशा ब्रान्डको राइट्स ब्रिटेनका लागि किनेको छ । रसेल स्काटका अनुसार आशा नामको ४० रेस्टुराँ ५ वर्षको अवधिमा खोलिनेछ ।
बाल्यकालमा आशा दिदी लतासँग निकै नजिक थिइन् । लता आफूसँगै आशालाई पनि स्कुल लैजाने गर्थिन् । एक दिन शिक्षकले एकै शुल्कमा दुई जनालाई पढाउन नसक्ने बताएपछि लताले पढाई छोडेकी थिइन् ।
आशा १८ पटक फिल्मफेयर एवार्डको नोमिनेसनमा परिसकेकी छन् । यो अवधिमा उनले ७ पटक एवार्ड पोल्टामा पारेकी थिइन् । सन् १९७९ मा फिल्मफेयर जितेपछि आशाले नयाँ प्रतिभाले पनि मौका पाउनुपर्छ भन्दै उनले आगामी वर्षमा आफूलाई मनोनयनमा नपार्न आयोजकलाई अनुरोध गरेकी थिइन् । आशालाई सन् २००१ मा फिल्मफेयर लाइफटाइम एवार्ड दिइएको थियो । गायक अदनाम सामी १० वर्षको हुँदा उनलाई गायन करियर बनाउन सल्लाह दिएकी थिइन् ।
आशा एक महान् गायिकासँगै निकै अनुभव मिमिक्री आर्टिस्ट पनि हुन् । उनी लता मंगेशकर र गुलाम अलीको आवाजमा गीत गाउन सक्छिन् । पाश्चात्य शैलीका संगीतमा गीत गाउन रुचि नदेखाउने आशाले ‘आजा आजा मैं हुँ प्यार तेरा’ गीत गाउन अस्वीकार गरेकी थिइन् । आशा यस्तो पहिलो गायिका हुन्, जो उस्ताद अली अकबर खानसँग एक एलबमका लागि ग्रामी एवार्डको मनोनयनमा परेकी थिइन् ।
सन् ८० को दशकमा आशाले आफ्ना गीतबाट लाखौंको संख्यामा फ्यान बनाइसकेकी थिइन् । सन् १९८१ मा संगीतकार खायामसँग चलचित्र ‘उमराओ जान’का लागि गरेको सहकार्यले उनीसँगै आम श्रोताका लागि सम्झनालायक गीत सिर्जना भयो । उनल यही समयमा करियरकै पार्श्व गायन(महिला)तर्फको पहिलो राष्ट्रिय एवार्ड जितिन् ।
आशाले बोय जर्ज, माइकल स्टिप, क्रोनस क्वार्टेट, नली फुर्टाडो र कोड रेडसँग सहकार्य गरेकी छिन् । यो आश्चर्यजनक सहकार्य भइरहँदाताका सन् ८० को दशकमा आशाले स्टेफन लुस्कोम्बल र भिन्स क्लार्कसँग मिलेर वेस्ट इन्डिया कम्पनी नामक समूह नै खडा गरिन् । यो समूहमा आशाले माइकल स्टिपसँग गाएको ‘द वे यु ड्रिम’लाई अत्यधिक रुचाइएको थियो । सन् १९९७ मा ब्रिटिस ब्यान्ड कर्नरसपले आशालाई समर्पित गर्दै ‘ब्रिमफूल आफ आशा’ नामक गीत सार्वजनिक गरेको थियो । सन् २००५ मा आएको ब्ल्याक आइड पिजको गीत ‘डन्ट फंक विथ माइ हर्ट’ आशाकै दुई गीतलाई आधार बनाएर तयार पारिएको नमुना गीत थियो । संगीतमा नयाँ शैलीको सिर्जना गर्न आशा जहिल्यै उत्साहित हुन्थिइन् । संगीतमा नयाँ प्रयोग गर्न रुचाउने आशाले सन् २००२ मा ‘आप कि आशा’ एल्बममा आफै कम्पोज गरिन् ।
संगीतसम्बन्धी विश्वप्रतिष्ठित एवार्ड ‘ग्रामी’को मनोनयनमा पर्ने आशा पहिलो भारतीय गायिका हुन् । सन् १९९७ मा उनको एल्बम ‘लिगेसी’ मनोनयनमा परेको थियो । यो एल्बममा १२ शास्त्रीय फ्लेभरका गीत थिए । सन् २००५ मा आशा दोस्रोपटक यो एवार्डको मनोनयनमा परिन् । क्रोनोस् क्वार्टेनसँगको सहकार्यमा बनेको एल्बम ‘आरडी बर्मन्स बलिउड’ एल्बमको ‘यू ह्याभ स्टोलन माई हर्ट’बाट आशा मनोनयनमा परेकी थिइन् ।
स्रोत : एजेन्सी

Page 13
सामाजिक सञ्जाल

सामाजिक सञ्जाल

- साप्ताहिक संवाददाता

Buddhisagar@buddhisagar
२०१९ ले जन्माएका केही उखान
—हामी यस्तै त हो नि ब्रो ।
—बिच्च बिच्चमा ।
—मान्छेका दुःख नि ।
—नेपालीले पायो भने गर्छ ।
—तफाईं बढ्दा बोल्दै हुनुहुन्छ ।

Suman Aryal@BabajiSilverFox
स्याउ–फोन ११ किन्ने तर स्याउ–फोन १२ आएपछि, मेरो नयाँ वर्ष–२०२० को संकल्प । कुरो गर्न त पाइयो क्यारे भन्थिन आमैले ।

Sapana Phuyal@SapanaPhuyal
सन् २०२० को नयाँ वर्ष युरोपको कुन सहरमा सबैभन्दा बढी भव्य होला त ?

KaWaE@kavi_baniya
दसैं–तिहार त यसै मनाउनु परिहाल्यो । तीज, साउने संक्रान्ति, माघे संक्रान्ति, चैते दसैं, जनैपूर्णिमा, नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष मात्र होइन । इद, क्रिसमस डे पनि मनाइन्छ । अरू बेला दबाएर खाइयो भने भोलिपल्ट खेर गए जस्तो लाग्छ । बेकारमा खर्च भए जस्तो लाग्छ ।

Jeevan Lama@jeevanlama1
सुन्दर झ्याँकु । जहाँबाट गौरीशंकर हिमाल नजिकैबाट चुम्न सकिन्छ । सनराइज र सन सेट गजबले हेर्न सकिन्छ । पर्यटन वर्ष–२०२० को नयाँ गन्तव्य ।

लक्षु'@bhojraj55
अंग्रेजी नयाँ वर्ष आउँदै छ । हे भगवान् । मलाई सेम टु यू भन्न सक्ने शक्ति अहिलेदेखि नै दिनुहोला ।

Madhukar Khanal@MadhukarKhanal
िम केशर महलमा थिएँ । दुई जना विदेशी आएर मलाई सोधे ‘यहाँ ट्वाइलेट कता छ ?’ म अलमलिएँ । मनमनै भने ‘भ्रमण वर्ष भोलिबाट सुरु हुँदैछ, यिनीहरू आज ट्वाइलेट सोध्छन् ।’

गीता शर्मा@atig1965
विश्व चर्चित फोर्ब्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्यमध्ये एक नम्बर भएको भन्दै सूची प्रकाशित गरेपछि विश्वभरिका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै सन्देश भइरहेको छ । यसले भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न सहयोग गर्नेछ ।

अर्जुनदेव ढुंगाना@ArjunDe17173161
खासमा यो अंग्रेजी नयाँ वर्षलाई विक्रमको नयाँ वर्षभन्दा पछाडि राख्न मिल्दैन ? नयाँ उखान, नयाँ स्टाइल सबै विक्रमको नयाँ वर्षमा आइपुग्दा बासी भैसक्छ ।

काजी सरकार@KaajiSarkarr
भ्रमण वर्ष–२०२० लाई लक्षित गरी छतिवन पर्यटन प्रवर्द्धन समिति जोरायल, डोटीको आयोजनामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । यस सफल परीक्षणबाट सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ रुफसकाँडादेखि छतिवन तालसम्म गरिएको थियो ।

Janak Aryal@janakaryalg
बिना पूर्वाधार भाषणको भरमा र एक दिन २/४ करोड खर्चेर चाइनिज लाइटले झिलिमिली पारेर र केही पटाका पड्काएर भ्रमण वर्ष सफल पार्न सकिएला र ?

व्बलबप ब्चथब२िवबलबपबचथबनि
नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ । संग्रहालय विकास समितिका भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको बताए ।

MrSachin@ranabhattsachin
आन्तरिक पर्यटकले चलेको भ्रमण वर्ष ।

Dipendra Baduwal@baduwaldipp
बर्दियाको ठाकुरद्वाराबाट प्रदेश राजधानी बुटवलसम्म स्तरीय बस चलाऊ सरकार । भ्रमण वर्ष सफलतामा सहयोग पुग्छ । त्यसको भव्य उद्घाटन गर ।

खगेन्द्र@khagendrapo
इलाम नयाँ बजारबाट नै यति सुन्दर सूर्योदय देखिन्छ भने सिद्धिथुम्का, सन्दकपुर, श्रीअन्तुबाट कति मनमोहक देखिन्छ होला । पूर्वाधारको विकास र प्रचार–प्रसार राम्रो गरे भ्रमण वर्ष २०२० सफल हुनेछ ।

Page 14
केवल एक प्रश्न

भ्रमण वर्षलाई सफल बनाउन कस्तो योगदान गर्दै हुनुहुन्छ ?

- साप्ताहिक संवाददाता

नेपालमा पर्यटक यहाँको संस्कृति र सम्पदा अवलोकन गर्न आउने हो । त्यसमाथि आधुनिकतासँगसँगै आफ्नो मौलिक परम्परागत संस्कृति अझै पनि जीवन्त राख्न सफल भक्तपुर जिल्ला त भ्रमण वर्ष २०२० मा पर्यटनको केन्द्रविन्दु बन्न सक्छ । तसर्थ पर्यटकलाई आकर्षित गर्न संस्थागत रूपमा हामी यहाँका परम्परागत बाजा तथा नाचहरू प्रस्तुत गर्ने/गराउने शैलीको कार्यक्रम अघि सार्दैछौं । व्यक्तिगत रूपमा पनि पर्यटकलाई आवश्यक सहयोग र राम्रो व्यवहार गर्ने तथा टोलछिमेकलाई भ्रमण गर्न प्रोत्साहित पार्दै भ्रमण वर्षलाई टेवा पुर्‍याउने कुनै पनि कार्यक्रमलाई सफल बनाउन आफ्नो स्तरबाट सक्दो सहयोग गर्नेछु ।
अलबर्ट बज्राचार्य, संगीतकर्मी

नीति–नियम बनाउने स्थानमा नभए तापनि सामाजिक सञ्जालको माध्यमबाट नेपाल आउने पर्यटकलाई उचित सम्मान र साथ दिने प्रयास एक नेपालीको नाताले सदा रहनेछ ।
विभोर पोखरेल, निर्देशक

म अहिले बैंग्लोर, कर्नाटकमा छु । नेपाली राजदूतावास र पीएचडीसीसीईले आयोजना गर्न लागेको भिजिट नेपाल इयर–२०२० का लागि म प्यानलिस्टका रूपमा सहभागी हुँदैछु । मैले खिचेका नेपालका तस्बिरहरूको स्लाइड शो भारतीय सहभागीहरू, ट्राभल एजेन्टहरूसमक्ष गर्दैछु । आशा छ, नेपाल भ्रमण वर्षलाई केही सघाउ पुग्नेछ । मैले खिचेका तस्बिरहरूको प्रदर्शनी सन् १९९६ मा बेलायतका केही सहरमा पनि गरिएको थियो, उक्त प्रदर्शनी हेरेर पनि नेपाल भ्रमण गर्न केही विदेशी नेपाल आएका थिए ।
विकास रौनियार, फोटो पत्रकार

नेपाल भ्रमण वर्ष–२०२० को विषयलाई लिएर एउटा गीत भर्खरै गाएकी छु, जुन गीत नेपालको पर्यटकीय स्थानहरूमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नै प्रस्तुतिद्वारा सबैसामु पुर्‍याउने नयाँ सोच छ ।
मनीषा पोखरेल, गायिका

मैले आफ्नो ठाउँबाट गर्ने सहयोग अवश्य गर्नेछु । जुनसुकै ठाउँबाट पनि गर्नेछु । एउटा कलाकार, निर्देशक अथवा आमनागरिकका हिसाबले देशको जुन ठाउँमा काम गर्नुपर्‍यो भने पनि जान तयार छु । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन म आफ्नो जन्मथलो पोखरा गएर विदेशीलाई नेपाल यति राम्रो छ, सबै एकपटक आउनुपर्छ भन्ने छाप छाड्नका लागि काम गर्नेछु ।
राजु गिरी, निर्देशक

सन् २०२० मा नेपाली फेसनलाई अन्तर्राष्ट्रियकरण गर्न सक्दो प्रयास गर्नेछु । किनभने अहिले नेपाली फेसनले विदेशमा समेत राम्रो स्थान पाउन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली ह्यान्डलुमको राम्रो माग हुनसक्छ । नेपाली फेसनको अन्तर्राष्ट्रियकरण गर्ने क्रममा हाम्रा कच्चा पदार्थ, टेक्सटाइलहरूको प्रवर्द्धन गरेर आर्थिक अवसरहरू सिर्जना गर्ने प्रयास गर्नेछु ।
क्षितिजा शाक्य, फेसन डिजाइनर

जापान, बेलायत तथा युरोपका विभिन्न देशमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा प्रस्तुत हुँदैछु । ती सांगीतिक कार्यक्रमहरूमा नेपाल भ्रमण वर्षका गीत, संगीत प्रस्तुत गरेर विदेशीहरूलाई नेपाल घुम्नका लागि प्रोत्साहन गर्नेछु ।
यम बराल, गायक

राज्यले घोषणा गरेको भ्रमण वर्ष सफल पार्नु हामी सबैको दायित्व हो । यसमा म पनि योगदान गर्न तयार छु । विदेशी पर्यटकका साथै आन्तरिक पर्यटनलाई पनि उत्तिकै महत्त्व दिएर यसलाई सफल पार्नुपर्छ । म पनि व्यक्तिगत रूपमा आफू सहभागी भएका कन्सर्ट, कार्यक्रमहरूमा भ्रमण वर्षको प्रचार गरेर र आफूलाई मन परेका केही गन्तव्यहरू परिवारको साथमा घुम्न गएर भ्रमण वर्षलाई सार्थक बनाउनेछु ।
सुशीला पाठक, गायिका

हाल म अमेरिकामा अध्ययन गर्दैछु । यहाँ भेट हुने सबै जनालाई म मेरो देश नेपालका बारेमा बुझाइरहेको हुन्छु । अनि अन्य देश घुम्दा लाग्ने खर्च र नेपालमा हुन सक्ने अनुमानित खर्चको तथ्यांकका साथै घुम्न पाइने ठाउँहरूका बारेमा जानकारी दिन्छु । कहिलेकाहीँ केही नसुनेकोलाई बुझाउन निकै समस्या पनि हुन्छ । तर, प्रायःजसो इच्छुक नै देख्छु । कति जना विदेशीले त उल्टै मलाई नै छक्क पार्ने गरी नेपालको बयान पनि गर्छन् ।
गैरे सुरेश, संगीतकार

नेपाल भ्रमण वर्ष–२०२० लाई सामाजिक सञ्जालमार्फत विदेशमा रहेका स्वदेशी तथा विदेशीहरू, आफन्त साथीभाइमार्फत नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्ने योजना बनाएको छु ।
लाक्पा शेर्पा, गायक

सामाजिक सञ्जालको माध्यमबाट नेपालको सौन्दर्य झल्किने पर्यटकीय स्थलहरू सेयर गरिरहेको छु । हाम्रो सानो प्रयासले नेपाल विश्वसामु चिनिनुपर्छ ।
बीबी फुयाँल, निर्देशक

चलचित्र निर्माता संघले भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा वीरगन्जमा चलचित्र महोत्सव गरिसकेको छ । त्यसैगरी प्रदेश ५ मा पनि चलचित्र महोत्सव आयोजना गरी भ्रमण वर्ष–२०२० सफल बनाउन चलचित्र निर्माता संघको महासचिवको हैसियतले लागिपरेको छु ।
रोज राणा, चलचित्रकर्मी

नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न दोब्बरको गतिमा कुद्नुपर्छ ।
नारद खतिवडा, कलाकार

सबैभन्दा पहिला त सबैमा २०२० को शुभकामना । कलाकार भएकाले हरेक क्षेत्रका लागि आफ्नो तर्फबाट प्रमोसनमा सहयोग गरिरहेको छु । मैले बुझेको र जानेसम्मको सपोर्ट गरिरहेको छु । यो अवधिमा धेरै विद्यालय भ्रमण गरेर २०२० को प्रचार–प्रचार गरिरहेको छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री

नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न सबैभन्दा पहिला हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्दो जानकारी दिनुपर्छ । त्यस्तै आन्तरिक पर्यटकका रूपमा आफू पनि नेपालका विभिन्न ठाउँहरूको भ्रमण गर्दैछु । सबैभन्दा मुख्य कुरा गायिकाका रूपमा गीत–संगीतको माध्यमबाट नेपाललाई खासगरी पोखरा भित्रिनु भएका पर्यटकहरूलाई मनोरञ्जन गराउने योजना छ । हामीले गर्न सकिने यति नै होला ।
इतु जोजिजू, गायिका

म आफ्नो तर्फबाट जतिसक्दो सफल बनाउन लागिपरेको छु । आफ्नो सामाजिक सञ्जालमा र नेपालबाहिर हुँदा भर्खरै मात्र अमेरिकामा नेपाली परेड डेमा मैले नेपाल भ्रमण वर्ष–२०२० को बारमा मान्छेहरूलाई जानकारी गराएको छु । भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको दायित्व रहेकाले सबैलाई सहयोग गर्न अनुरोधसमेत गर्छु ।
दीवाकर भट्टराई, निर्देशक

विश्वसम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्यमा भ्रमण वर्ष–२०२० मा भ्रमण गर्न आउने पाहुनाहरूका लागि एउटा महत्त्वपूर्ण स्थान भएको हुँदा उक्त क्षेत्रको सरसफाइ, ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउनका लागि म त्यस क्षेत्रको सामुदायिक सेवा मञ्चको अध्यक्षको हैसियतले आफ्नो तर्फबाट पहल गरिरहेको छु ।
अमिन पाण्डे, गायक

नेपालबाहिर रहनु भएका मेरो सम्पूर्ण साथीहरूलाई सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण गर्न आग्रह गरिरहेको छु । नेपालका सुन्दर तस्बिरहरू पठाएर उनीहरूलाई नेपालतर्फ आकर्षित गरिरहेको छु ।
जित राघव, कलाकार

हाम्रो देशमा रहेका विविध सांस्कृतिक र प्राकृतिक सुन्दरता नै पर्यटक भित्र्याउने मुख्य आधारहरू हुन् । त्यसैले म पनि २०२० मा आफैंले नघुमेका र नपुगेका धेरै ठाउँमा जाने र ती ठाउँहरूलाई कसरी हुन सक्छ, सबैको नजरमा पार्ने कोसिस गर्नेछु र पर्यटन बोर्डले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछु ।
दुर्गा खरेल, गायिका

नेपाल भ्रमण वर्ष २०२० म देशका केही रमणीय स्थलको भ्रमण गर्दैछु । आफ्नो भ्रमणका तस्बिरहरू फेसबुक तथा इन्स्टाग्राममा राखेर ती स्थलका प्रचार–प्रसार गर्ने सोच बनाएको छु ।
कविर खड्का, अभिनेता

मैले चाहिं नेपालका प्राकृतिक रूपले सुन्दर देखिने स्थानका तस्बिरलाई आफ्ना सामाजिक सञ्जालमा प्रोफाइलका रूपमा प्रयोग गर्ने र सकेसम्म नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा सेयर गर्ने योजना बनाएको छु ।
कमलमणि नेपाल, अभिनेता

नेपालका विभिन्न स्थानमा आफैं भ्रमण गरेर, फोटो खिचेर इन्स्टा र फेसबुकमा पोस्ट गर्छु । ती फोटो सामाजिक सञ्जालमार्फत विभिन्न स्थानका विभिन्न व्यक्तिसमक्ष पुग्नेछ, जसले उहाँहरूलाई ती स्थानको भ्रमण गर्न उत्साहित गराउनेछ ।
अञ्जना मिश्र, बैंकर

सामाजिक सञ्जालमा आफू घुमेका स्थानहरूको तस्बिरहरूमा राम्रो क्याप्सन लेख्ने र बाहिर भएका साथीभाइ, विदेशीहरूलाई नेपाल भ्रमण गर्न उत्साहित बनाउने योजना छ ।
आमेश भण्डारी, अभिनेता

नेपाल भ्रमण वर्षका लागि मैले गीत–संगीतको माध्यमबाटै हाम्रो संस्कृतिका लागि आफ्नो ठाउँबाट सरकारी मातहतका तथा विभिन्न संघ–संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भएर, हाम्रो देशको लोकसंगीतका बारेमा प्रचार गरेर, मैले बुझेको र सिकेको कुरालाई सबैसामु व्यक्त गरेर हाम्रो परम्परालाई संसारभरि पुर्‍याउने प्रयास गर्नेछु ।
याम क्षेत्री, गायक

मेरो सामाजिक सञ्जालमा थुप्रै विदेशी साथी हुनुहुन्छ । त्यसैले म नेपालका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेर उनीहरूलाई आकर्षित गर्नेछु । यसबाहेक पर्यटन क्षेत्रमा हुनुभएका मेरा साथीभाइहरूलाई समेत अझ बढी शक्ति लगाउनका लागि आग्रह गर्नेछु ।
विपना थापा, मोडल

एउटा कलाकर्मीको नाताले विदेशी पर्यटकलाई भित्र्याउन के–कस्तो भूमिका खेल्नुपर्छ, खेल्नेछु । हामी समाजमा जमिसकेपछि आ–आफ्नो ठाउँबाट राज्यलाई आ–आफ्नो क्षेत्रले सक्दो सहयोग गर्नुपर्छ । त्यसैअनुरूप म सांस्कृतिक कार्यक्रमको सिलसिलामा युरोपमा छु । युरोपका धेरै सहरमा मेरो प्रस्तुति पनि छ । त्यही कार्यक्रममार्फत पनि नेपाल घुम्न आह्वान गर्नेछु र नेपालका धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरू समेटेर एउटा गीत तयार पारेको छु । त्यो गीतमार्फत पनि भ्रमण वर्ष २०२० सफल पार्न भूमिका खेल्नेछु ।
सन्दिप न्यौपाने, गायक

भर्खर हामीले अमेरिकाको सन फ्रान्सिस्कोमा ग्लोबल नेपाली फिल्म एवार्ड कार्यक्रममा पनि भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रचार गर्‍यौं । त्यसको भोलिपल्ट त्यहीं नेपाल डे परेज भिजिट नेपाल २०२० आयोजना गर्‍यौं । यसलाई निरन्तरता दिँदै जानेछौं ।
कृष्ण मल्ल, अभिनेता

मेरा प्रत्येक कन्सर्ट तथा सामाजिक सञ्जालमा आफ्नो टोल, छिमेक तथा शहरलाई सफा राखौं तथा से नो टु ड्रग्स भन्ने अभियानलाई प्रत्येक दर्शक र स्रोतालाई सम्बोधन गरेर नेपाल भ्रमण वर्ष सफल बनाउने एउटा सानो प्रयास गर्नेछु ।
सचिन रौनियार, गायक

छायांकनको क्रममा पुगिने हरेक रमणीयस्थललाई सामाजिक सञ्जालमा पोस्ट गर्ने हरेक फोटो र भिडियोमा भिजिटनेपाल २०२० ह्यास ट्याग गर्दैछु । आफ्नो विदेशी साथीहरूलाई पनि भिजिटनेपाल २०२० को सुविधाका बारेमा जानकारी गराउँदै हाम्रो देश घुम्न आउनु निमन्त्रणा दिँदैछु ।
रीमा विश्वकर्मा, अभिनेत्री

Page 15
यौन जिज्ञासा र समाधान

यौन जिज्ञासा

- डा. राजेन्द्र भद्रा

म १९ वर्षीया युवती हुँ । आगामी माघ महिनामा मेरो विवाह हुने लगभग पक्का भएको छ । मेरो विवाह गर्ने केटाको उमेर यस्तै २५ वर्षको हुनुपर्छ । विवाहको प्रसंग उठेदेखि मलाई यौनसम्पर्कको विषयलाई लिएर डर लागिरहेको छ । विवाहपछि सबै श्रीमान्–श्रीमतीको यौनसम्पर्क हुन्छ । मेरो पनि हुने नै छ । मैले सुनेअनुसार पुरुषको लिंग उत्तेजित अवस्थामा मोटो, कडा र लामो हुन्छ । कुनै–कुनै पुरुषको त अत्यधिक ठूलो हुने हुनाले योनिमा छिराउँदा रगत आउने र दुख्ने गर्छ भन्ने सुनेको थिएँ । मैले अहिलेसम्म कसैसँग शारीरिक सम्पर्क नराखेको र वयष्क पुरुषको उत्तेजित लिंग नदेखेका कारण कतै मेरो हुनेवाला श्रीमान्को पनि ठूलो हुने र त्यसले मलाई निकै पीडा देला भन्ने लागेको छ । यस्तो बेलामा मैले के गर्दा मलाई नदुखी आनन्द लिन सकिन्छ ?
– टी.


लिंगको उत्तेजना र नाप ?
लिंगको मुख्य कार्य योनिमा वीर्य राख्नु हो । यसका लागि यौनसम्पर्क राख्नु जरुरी छ । यो पक्कै हो कि यौनसम्पर्क राख्दा यौनसुख प्राप्त हुन्छ । सामान्य अवस्थामा पुरुषको लिंग लुलो अवस्थामा हुन्छ । यस्तो लुलो अवस्थाको लिंग यौनिमा भित्रसम्म पसाउन सकिने स्थिति हुँदैन । त्यसैले पनि सफल रूपमा यौनसम्पर्क राख्न लिंग उत्तेजित हुन आवश्यक हुन्छ ।
लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । कसैको लामो हुन्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुन्छ भने कसैको पातलो, अनि आकार पनि फरक–फरक हुन सक्छ । एक अध्ययनअनुसार लिंग उत्तेजित नहुँदा सालाखाला लम्बाइ ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको उल्लेख गरिएको छ । अहिले देशअनुसार लिंगको नापसम्बन्धी गरिएका अध्ययनहरूको नतिजा पनि आएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कंगोको ७ दशमलव १ इन्च, इक्वेडरको ६ दशमलव ९ इन्च, हल्यान्डको ६ दशमलव २ इन्च, फ्रान्सको ५ दशमलव ७ इन्च, बेलायतको ५ दशमलव ५ इन्च, संयुक्त राज्य अमेरिकाको ५ दशमलव १ इन्च, पाकिस्तानको ४ दशमलव ८ इन्च, दक्षिण कोरियाको ४ दशमलव ४ इन्च, जापानको ४ दशमलव ३ इन्च, थाइल्यान्डको ४ इन्च, भारतको ४ इन्च र उत्तरी कोरियाको ३ दशमलव ८ इन्च देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारणले यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएकाले तुलना गर्नु मनासिव नै होला भन्ने लाग्छ । तपाईंको श्रीमान्को लिंगको नाप यति नै भन्न सकिने स्थिति नभए पनि यो एक आधार भने हुन सक्छ ।

तपाईंको सम स्या के ?
तपाईं अक्षतयोनि अर्थात् अहिलेसम्म यौनसम्पर्क गर्नुभएको छैन भने पहिलो यौनसम्पर्कमा योनिच्छद च्यातिन सक्ने हुँदा अलिकति रगत देखा पर्न सक्छ, तर यो सबै महिलाको हकमा हुन्छ भन्ने छैन । योनि विशेष किसिमको तन्कन सक्ने गुण भएको तन्तुले बनेको विशेष अंग हो । त्यसैले तुलनात्मक रूपमा कडा, मोटो र लामो लिंगलाई पनि सजिलै ग्रहण गर्न सक्छ । फेरि लिंगको नापअनुसार उचित आशनको प्रयोग गरेर आनन्ददायी किसिमले यौनसम्पर्क राख्न सकिन्छ । आफूलाई असजिलो भएको बारेमा तपाईंले यौनसम्पर्कको दौरान आफ्ना श्रीमान्लाई खुलस्त रूपमा लाज नमानीकन भन्नुपर्छ । मलाई विश्वास छ, तपाईंको श्रीमान् पनि संवेदनशील हुनुहुनेछ । सामान्यतः कुनै पनि पुरुषले आफ्नी पत्नीलाई पीडा पुगोस् भन्ने चाहँदैन ।
मानिसले प्राप्त गर्ने सुखहरूमध्ये यौनसम्पर्कबाट प्राप्त हुने सुख उच्चतम हुने भएकाले नै यसलाई चरमसुख पनि भन्ने गरिन्छ, तर तपाईंमा श्रीमान्सँगको यौनसम्पर्कबाट प्राप्त हुने यौन सुखभन्दा पनि पीडातिर जोडिएको देखिन्छ । मेरो विचारमा तपार्इंमा यौनसम्पर्कसँग एक किसिमको भय उत्पन्न भएको छ ।

यौनसम्पर्कसँग भय
हामीलाई विभिन्न परिस्थितिमा डर लाग्छ, एकहदसम्म यो एक स्वाभाविक प्रक्रिया पनि हो । तर, कतिपय स्थितिमा डर लाग्नुपर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभीत हुने गर्छ । यौनसम्पर्कका सन्दर्भमा हुने यस्तो स्थितिलाई हामी यौन सम्पर्कसँगको भय भनिन्छ । यौनसम्पर्क राख्न भयभीत हुने परिस्थितिलाई चिकित्सा भाषामा न्भलयउजयदष्ब वा ऋयष्तयउजयदष्ब भनिन्छ । न्भलय को अर्थ ग्रिक भाषामा सन्तान ९यााकउचष्लन० हुन्छ र ऋयष्तगक को अर्थ यौनसम्पर्क हुन्छ । त्यसैगरी एजयदष्ब शब्दको अर्थ भय हुन्छ ।
तपाईंले पहिले भोग्नुभएको यौनसम्पर्कसम्बन्धी कुनै अप्रिय घटनाप्रति केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भने भएन, तर पनि यौन सम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर चर्चा गर्दैछु ।
तपाईंलाई थाहै भएको कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंलाई भएको यस भयको जडसम्म पुग्न आवश्यक हुन्छ । त्यसैले तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावबारेमा केलाउनुपर्ने हुन्छ । तर्कपूर्ण रूपमा विचार गर्नुभयो भने तपाईंमा भएको नकारात्मक सोच हटाउन सकिन्छ । यदि लिंग निकै लामो भएको स्थितिमा फरक आशनको प्रयोग वा लिंग भित्रैसम्म नपसाउने गरेर पनि यौनसम्पर्क गर्न सकिन्छ ।
कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ । यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ ।

Page 16
Page 17
Page 18
आवरण

कहाँ घुम्ने किन घुम्ने ?

भ्रमण वर्ष– २०२०
- मुकुन्द बोगटी,जनक तिमिल्सिना

तस्बिर : आरके अदिप्त गिरी 

‘अमेरिकाको न्युयोर्क राज्यभन्दा थोरै बढी क्षेत्रफल भएको नेपालको भौगोलिक विविधता क्षेत्रफलका दृष्टिकोणले कुनै पनि मुलुकमै छैन ।’ विश्वप्रसिद्ध फोर्ब्स म्यागेजिनमा सन् २०२० को दशकमा संसारका घुम्नुपर्ने १० वटा ठाउँबारेको रिपोर्टमा क्याथरिक पार्कर माग्येरले लेखेकी छिन् । नेपाललाई २० को दशकमा घुम्नैपर्ने गन्तव्यको पहिलो स्थानमा राखिएको उक्त आलेखमा नेपालको प्राकृतिक सुन्दरता एवं सांस्कृतिक भव्यताको सटिक वर्णन गरिएको छ । हुन पनि हो, न्युयोर्कको क्षेत्रफल १ लाख ४१ हजार ३ सय वर्गकिलोमिटर छ भने नेपाल थोरैले बढी अर्थात् १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर ।
भौगोलिक क्षेत्रफलका दृष्टिले सानो भए तापनि हिमालदेखि समथल तराईको मैदानी भू–भागसम्म फैलिएको नेपालमा अनेकन् प्राकृतिक, सांस्कृतिक र जैविक विविधताहरू छन् । असंख्य जैविक विविधताबीच मनोरम भौगोलिक परिवेशको सम्मिलनले कल्पनातीत स्वर्गकै आभास दिलाउँछ । त्यसैले त माग्येर मात्रै होइन, नेपालको प्राकृतिक मनोरम, वाइल्ड लाइफ टुरिज्म, कला, संस्कृति, ऐतिहासिक सम्पदा, वेशभूषा, संगीत, खानपानकै लोभमा दसौं लाख पर्यटक बर्सेनि नेपाल भित्रिन्छन् ।
संसारकै सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, लोत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण गरी ८ वटा हिमाल नेपालमै छन् । ६ हजार मिटरभन्दा अग्ला १ हजार ३ सय १० हिमश्रृंखलामध्ये माछापुच्छ्रे, सैपाल, अपीजस्ता केही हिमश्रृंखला भर्जिन पिक हुन्, जसमा अहिलेसम्म कुनै पनि सफल आरोहण भएको छैन ।
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ५०/६० वर्षको पर्यटकीय इतिहास भए पनि नेपाललाई पर्वतीय र साहसिक गतिविधि हुने गन्तव्यका रूपमा मात्रै चिनिने बताउँछन् । ‘हामी कहाँ वाइल्ड लाइफ, कल्चर, हेरिटेच, फेस्टिवल, ल्यान्डस्केप पनि त्यत्तिकै आकर्षक छन्,’ जोशी भन्छन्, ‘संसारको ट्रेन्ड नयाँ अनुभव लिने छ । त्यसैले नेपाल लाइफटाइम एक्सिपिरियन्स लिनका लागि उपयुक्त गन्तव्य हो ।’
हिमालको आकर्षण, आरोहणको एड्भेन्चर्स त एकातिर छँदैछ, प्राकृतिक सौन्दर्यका दृष्टिकोणले अन्नपूर्ण पदमार्ग र सगरमाथा पदमार्ग ट्रेकिङका लागि विश्वमै प्रसिद्धि कमाएका छन् । उत्कृष्ट ल्यान्डस्केपका लागि कालापत्थर, अन्नपूर्ण बेस क्याम्प, लाङटाङ भ्याली, अपर मुस्ताङ, रारा र खप्तडको सुन्दरता स्वर्गकै टुक्राजस्तो लाग्छ ।
हिमाली र पहाडी भू–बनावटको आकर्षणले पर्यटकहरूलाई तानिरहेकै छ । तराई क्षेत्रमा वाइल्ड लाइफ टुरिज्मले विशेष ख्याति कमाइरहेको छ । नेपालमा भित्रिने पर्यटकहरूमध्ये झन्डै ६० प्रतिशत पर्यटक वाइल्ड लाइफमा रमाउन आउने गरेको वन्जयन्तु विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठ बताउँछन् । ‘हिमाली र पहाडी क्षेत्रको ल्याडस्केप अद्भुत छ,’ उनी भन्छन्, ‘तराईको वाइल्ड लाइफ अर्को पर्यटकीय रत्न हो । नेपाल आउने पर्यटकमध्ये झन्डै ६० प्रतिशत वाइल्ड लाइफ हेर्न मात्र आउने गर्छन् ।’
गैंडा, हात्ती, बाघ हेर्न र जंगल सफारीका साथै सूर्योदयको आनन्द लिन चितवन राष्ट्रिय निकुन्जमा अहिले धेरै पर्यटक जान्छन् । गत आर्थिक वर्षमा मात्रै १ लाख ८५ हजार ६ सय बढी पर्यटकले चितवन राष्ट्रिय निकुन्ज भ्रमण गरेका थिए । बर्दिया राष्ट्रिय निकुन्जमा बाघ हेर्नेकै लागि आउने पर्यटकको संख्या पनि निरन्तर उकालो लागिरहेको विभागका प्रवक्तासमेत रहेका श्रेष्ठ बताउँछन् । यसबाहेक सगरमाथा राष्ट्रिय निकुन्ज, कोसी टप्पु वन्यजन्तु संरक्षण क्षेत्रलगायतका निकुन्ज र संरक्षण क्षेत्रमा पनि पर्यटक पुगिरहेका हुन्छन् ।
वाइल्ड लाइफ टुरिज्ममा अरू थुप्रै पर्यटकीय सम्भावना नेपालमा विद्यमान छन् । त्यसका लागि वाइल्ड लाइफको अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङका साथै सजिलो पहुँचका लागि भौतिक पूर्वाधारहरूको उचित प्रबन्ध आवश्यक देखिन्छ । ‘चितवन र बर्दियामा सहज एक्सेस भएकै कारण पर्यटकको संख्या बढेको हो,’ श्रेष्ठ थप्छन्, ‘बाँकेमा पनि बाघ छन् । तर, त्यसको प्रचार र ब्रान्डिङ हुन सकेन । हिमचितुवाका लागि शे–फेक्सुन्डो गन्तव्य हुन सक्छ । तर, सहज एक्सेसका लागि इन्फास्ट्रक्चर जरुरी छ ।’
ल्याडस्केपका दृष्टिकोणले समेत अत्यन्तै रमणीय शे–फोक्सुन्डोमा पर्यटक नै पुग्दैनन् । जबकि संसारका १२ देशमा मात्रै पाइने दुर्लभ मानिने हिमचितुवा यहाँ पाइन्छ । इलाम, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा पाइने रेडपाण्डा, बर्दियामा पाइने कृष्णसारलाई पनि पर्यटकीय दृष्टिकोणले सम्भावनाका वन्यजन्तु मानिएको छ । यस्तै, सुदूरपश्चिमको कन्चनपुरको शुक्लाँफाटा आरक्षमा पाइने बाह्रसिंगेलाई पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय बजारमा राम्रो प्रचार—प्रसार गर्न सकिएको देखिँदैन । कोसी टप्पुको अर्ना अर्को पर्यटकीय आकर्षण हो ।
उसो त नेपालमा १७ हजार ९७ वटा जीवजन्तु पाइन्छन् । स्तनधारी जनावर २ सय १२ किसिमका जनावर पाइने नेपालको वाइल्ड लाइफ टुरिज्मको ब्रान्डिङ स्वदेश तथा विदेशमा आवश्यक देखिन्छ । रंगीविरंगी पुतलीमात्रै ६ सय ६४ वटा पाइने सरकारी तथ्यांक छ । पुतलीजस्तै मानिने अर्को प्रजाति मोथका ३ हजार ९ सयभन्दा बढी छन् । २ किसिमका पुतली, ५० स्तनधारी जनावरहरू, २९ प्रजातिका घस्रेर हिँड्ने लोपोन्मुख जीवजन्तु ओसार–पसार प्रतिबन्धित छन् ।
चितवन राष्ट्रिय निकुन्जका पूर्ववार्डेन नरेन्द्रबाबु प्रधान नेपालमा वन्यजन्तु पर्यटनको ठूलो स्कोप देख्छन् । खासगरी विश्वमै दुर्लभ मानिने पाटेबाघ, हिमचितुवा, गैंडा, हात्ती नेपालको मुख्य आकर्षण रहेको उनको तर्क छ । ‘वाइल्ड लाइफ टुरिज्म अफ्रिकापछि नेपालबाटै सुरु भएको हो । नेपालका निकुन्ज र आरक्षण क्षेत्रहरू वाइल्ड लाइफ टुरिज्मका केन्द्र हुन्,’ उनी भन्छन्, ‘सानो दूरीमा धेरै वन्यजन्तु हेर्न सकिने संसारकै नेपालमात्रै त्यस्तो देश हो, जहाँ तराईदेखि पहाडसम्म एकैदिनमै हिँडेर पुग्न सकिन्छ ।’
चरा पर्यटनको सम्भावना पनि नेपाल उत्तिकै छ । ८ सय ८६ किसिमका चराचुरुंगी पाइने नेपालमा १ सय १२ जातका चराचुरुंगी त लोपोन्मुख सूचीमा छन् । विश्वमै दुर्लभ चरामध्ये नेपालमा ४४ प्रजातिका चरा पाइन्छन् । नेपालमै मात्रै पाइने काँडे भ्याकुर नामक चरा लमजुङमा पाइन्छ । चराविद् डा. हेमसागर बराल नेपाल चरा पर्यटनको ठूलो सम्भावना रहेको बताउँछन् । ‘नेपाल चरा पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । दुई साताको बसाइमा नेपालमा ४ सय चरा हेर्न सकिन्छ,’ बराल भन्छन्, ‘हुन त नेपालभन्दा धेरै चरा भएका ठूला देशहरू पनि छन् । तर, छोटो बसाइमै यति धेरै चरा संसारमा विरलै हेर्न पाइन्छ ।’ बरालका अनुसार कोसी टप्पु र चितवनमा मात्रै एकै दिनमा सयभन्दा बढी चरा हेर्न पाइन्छ । अर्ना तथा घुमन्ते र साइबेरियन चराका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष स्वर्ग मानिन्छ ।
हिमाली, पहाडी र तराई क्षेत्रमा फुल्ने थरी–थरीका वनस्पति र फूलहरूले नेपाललाई खुल्ला बगैंचाजस्तै शोभायमान बनाइरहेका हुन्छन् । नेपालमा फूलजन्य बोटबिरुवा १३ हजार बढी रहेको ०६७ बायो डाइभर्सिटी एन्ड एक्सन प्लानमा उल्लेख छ । ४ सय १७ थरिका लोपोन्मुख प्रजातिका फूलहरू नेपालमा छन् । ७ सय प्रकारका जडीबुटी पाइने नेपालमा ३२ प्रकारका रंगीचंगी लालीगुराँसहरू फुल्छन् । एकमात्र सिकार आरक्ष ढोरपाटनमा लामो समयदेखि विदेशी सिकारीहरू आएर सिकार गर्दै आएका छन् ।
संसारकै सर्वाधिक उच्च बिन्दुको आनन्द उठाउन पाइने नेपालमा जल पर्यटनको सम्भावना पनि उत्तिकै छ । हिमाली तथा पहाडी भेगका अवस्थित हिमताल तथा झरनाको सौन्दर्य मुग्ध बनाउने खालको छ । जलसम्पदामा संसारमै दोस्रो धनी देश नेपालमा ६ सयभन्दा बढी नदीनाला छन्, जसमा दृश्यावलोकनसँगै र्‍याफ्टिङ, जलविहार, फिसिङको सम्भावना पनि छ । साहसिक खेलका दृष्टिकोणले पनि नेपालमा पर्यटकहरूका लागि पहिलो रोजाइ हुनसक्छ । बन्जी, रक क्लाइम्बिङ,
र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेनियरिङ, अल्ट्रा रनिङ, स्वीङ, क्यानोइङजस्ता साहसिक खेलको आनन्द उठाउन पनि पाइन्छ ।
नेपालको अर्को पर्यटकीय आकर्षण १ सय २९ भन्दा बढी जातजातिको मौलिक संस्कृति र खानपिन पनि हो । जातिगत भाषा, पर्व, खानपिन, पहिरन, वेशभूषाको आकर्षण पनि विशेष छ । आन्तरिक तथा बाह्य पर्यटकले मनोरन्जन लिन सक्ने एकसे एक विकल्पहरू नेपालमा छन् ।



स्वर्ण सम्पदा
‘सभ्य युरोपियन नगर’ का रूपमा काठमाडौंलाई लुच्यानो पेतेकले सम्पादन गरेको पुरानो किताब ‘तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू’ मा उल्लेख गरिएको छ । अंग्रेज चिकित्सक हेनरी वर्ल्डफिल्ड काठमाडौंको कलासम्पदाबाट यति प्रभावित भएकी उनले हातैले यहाँका कलाकृतिलाई पेन्टिङमार्फत उतारे ।
यसबाट के थाहा हुन्छ भने परापूर्वकालदेखि नै काष्ठकला, मूर्तिकलाका दृष्टिकोणले काठमाडौं उपत्यका संसारकै अद्वितीय ठाउँ हो । विदेशीहरूको आँखामा यहाँका कलाकृति र सम्पदाहरू लिच्छविकालदेखि नै पर्न थालेको इतिहासविद् एकराम महर्जन बताउँछन् । उनका अनुसार त्यो क्रम मल्लकाल, शाहकाल, राणाकाल हुँदै अहिलेसम्म पनि जारी छ । ‘नेपालका सम्पदामा विदेशीको निकै आकर्षण छ,’ उनी भन्छन्, ‘नेपाली नयाँ पुस्तालाई आकर्षित गर्न र विदेशीमाझ थप चिनाउनका लागि यसको इतिहास र कथासमेत उल्लेख गरेर प्रचार–प्रसार गर्न सक्नुपर्छ ।’
प्यागोडा शैलीमा निर्माण गरिएको भक्तपुरको पाँचतले दरबार, मल्लकालमा शिखर शैलीमा बनाइएको पाटनको कृष्ण मन्दिर, महाबौद्ध मन्दिर, लिच्छविकालीन काष्ठमण्डप, चाँगुनारायण मन्दिर, बूढानीलकण्ठको विष्णुको मूर्ति, हनुमानढोकाको कालभैरव विशेष पुरातात्त्विक महत्त्वका सम्पदा मानिन्छन् । ‘लिच्छविकालमा भव्यताका दृष्टिले निर्माण भएको देखिन्छ,’ महर्जन थप्छन्, ‘मल्लकालमा निर्माण भएका वस्तुहरूमा धेरै बुट्टा प्रयोग गरेको पाइन्छ ।’ माटो, काठ र धातु हुँदै सभ्यताको क्रमसँगै निर्माणका कामहरू भएको पाइन्छ । अहिले पनि माटोबाट निर्माण भएका महांकाल, संकटा, बुद्धविहारजस्ता सम्पदा नेपालमा छन् । काठबाट निर्माण भएका थुप्रै संचरना अहिले पनि भेटिन्छन् ।
भक्तपुर दरबार, पाटन दरबार, हनुमानढोका दरबार, गोरखा दरबार तथा नुवाकोटमा रहेका दरबारहरू पनि पुरातात्त्विक र ऐतिहासिक महत्त्वका क्षेत्र हुन् । पशुपतिनाथ, तलेजु भगवती, बौद्धनाथ, जानकी मन्दिर, बुद्धको जन्मस्थल लुम्बिनीलगायतका देशभर सयौं ठूला–साना धार्मिक गन्तव्यहरू नेपालमा छन्, जसले अझै उचित प्रसार–प्रसार पाउन सकेका छैनन् । अझ अर्को रोचक पक्ष के छ भने नेपालका मन्दिरका टुँडालहरूमा कुदिएका यौन जीवन झल्काउने कलाकृतिका अनेकन सन्देशहरू छन्, जसलाई हामीले अहिलेसम्म पर्यटकहरूमाझ चिनाउन सकेका छैनौं ।
पुरानो जनजीवन र इतिहाससँग जोडिएका र लामो समयदेखि प्रचलनमा रहेका चाडपर्वहरूमध्ये अधिकांश काठमाडौंमा छन्, जसमा हिन्दू राजसंस्थासँग जोडिएको पर्व इन्द्रजात्रालाई आकर्षक सांस्कृतिक पर्व मानिन्छ । यस्तै, बिस्केट जात्रा पनि हेर्न ऐतिहासिक सांस्कृतिक सम्पदाहरू हुन् ।

गहना–संगीत र नृत्य
नेपालमा सयथरी बाजा, संगीत र नृत्यहरू विद्यमान छन् । ६० हजारभन्दा बढी भाका, १ सय २५ प्रकारका तालबोल, १३ सय बढी बाजा । हरेक बाजाको तालबोल गाउँपिच्छे भिन्नता । यसैले नेपाली समाजको गहना–संगीत र नृत्यमा रहेको विविधता दर्साउँछ ।
‘संगीतको मुख्य रुट हामीकहाँ नै छन्, हामीकहाँ भएका तालबोलहरू विश्वभर प्रसार भएका छन्,’ लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेल भन्छन्, ‘मुर्चुङ्गा हाम्रो आदिम बाजा हो, त्रिशूल, ओम अक्षर, शिवलिङ्ग र मुर्चुङ्गा एउटै हो । साइबेरियामा पनि मुर्चुङ्गा छ, अर्जेन्टिनामा पनि छ ।’ चेतना लहरमा फैलिएर हजारौं वर्षमा त्यो त्यहाँ पुगेको उनको भनाइ छ । नेपालमा भारद्वाज नामक चराको आवाज सुनेर भरतमुनिले १ सय २५ प्रकारका तालबोलहरूको विकास गरेको उनी बताउँछन् ।
चाडपर्व, जाति, रीतिरिवाज, ऋतुअनुसार नेपालमा गीतका भाका, बोल, बाजा र संगीतमा पनि उत्तिकै फरकपन भेटिन्छ । ‘नेपाल संसारभरको फोक म्युजिकको फाउन्टेन हो,’
कँडेल थप्छन्, ‘आधा संसारको संगीत एकातिर होला तर पूरै हामीतिर छ ।’ बाजा बजाएर उपचार गर्ने सम्भवतः नेपाल विरलै देशमा पर्छ । यहाँको चर्चित पञ्चैबाजाको सम्बन्ध शरीरका पञ्चतत्त्वसँग रहेको संगीत विश्लेषकहरू बताउँछन् ।
पञ्चैबाजाजस्तो संगीतको सेट विश्वमा कहीँ पनि नभएको कँडेलको दाबी छ । कँडेल म्युजिकलाई टुरिज्मका रूपमा लाने सम्भावना बढेको बताउँदै यति ठूलो चीज विश्वका सांगीतिक पर्यटनका लागि केही हुँदैन । ‘अहिले हिमालमा हिउँ छ, हिमाल बेचिरहेका छन्,’ उनी सरोकारवाला निकायप्रति आक्रोश पोख्छन्, ‘३०–३५ वर्षपछि हिमालमा हिउँ रहँदैन, अनि के बेच्छन् ? तराईमा वाइल्ड लाइफमा त्यत्रो पैसा खन्याइएको छ, त्यसबाहेक नयाँ मेनु केही छैन ।’ संगीतझै नृत्यमा पनि नेपाल उत्तिकै धनी छ । नेपालमा ३ हजारभन्दा बढी लोकनाच छन् । देशभर छरिएर रहेका यस्ता नृत्यहरू जाति, क्षेत्र, भूगोलअनुसार फरक–फरक पहिरन, वेशभूषा र तालमा प्रचलनमा छन् ।

समृद्ध स्वाद
नेपालको खाना अरू देशको जस्तो खानापानमा पर्दैन । नेपालका केही खाना साझा देखिए पनि जातजातिका विभिन्न खानामा उनीहरूको संस्कृति लुकेको हुन्छ भने उनीहरूले आफ्नो खानालाई कृषि, मौसम र भौगोलिक अवस्थालाई जोडेर बनाउने गरेका हुन्छन् ।
कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले भन्छिन्, ‘साउन १५ गते खाइने खीर होस् वा असार १५ मा खाने दहीचिउरा, माघ १ गते माघेसंक्रान्ति मनाउँदै खाने घिउ, चाकु, तिलको लड्डु नै किन नहोस् । यी सबै खानामा कृषि, मौसम र भौगोलिक अवस्थालाई मनन गरेरै तयार पारिएको हुन्छ ।’ नेवार समुदायमा खुवाइने ‘लपते भो’कै कुरा गरौं, उनीहरूले भोजको बेला पस्किने परिकारमा यति धेरै विविधता हुन्छ कि यसलाई व्यवस्थित ढंगले नखाने हो भने मानिसले पचाउनै सक्दैनन् । थकाली खानालाई पनि लिन सकिन्छ । उनीहरूले बनाउने खाना मूलतः चिसो क्षेत्रमा रुचाइने दालभात तरकारीकै खाना हो । थकाली खानाको स्वाद भने किन फरक हुन्छ भने यसको निर्माणमा उनीहरूले आफ्नो परम्परागत सीप, कला र स्वादलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न सक्छन् ।
खानपिनले पनि स्वदेशी होस् वा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने धेरै सम्भावना देखिन्छ । हामी कहाँ रैथाने स्वादहरूलाई ब्रान्डिङ गर्न नसकेकै कारण धेरै परिकार लोपोन्मुख अवस्थामा पुगेका छन् । नेवारी खानाकै कुरा गर्दा कुनै एक जनावरबाट सबैभन्दा धेरै परिकार कसैले बनाउन जानेको छ भने त्यो नेवार समुदाय नै हो । नेवार समुदायमा राँगाको मासु म्ये लाबाट ६४ किसिमको परिकार बन्छ भनिन्छ । यो संख्या पहिला अझ धेरै थियो अहिले कतिपय परिकार लोप भइसके । अहिले राँगाको मासुका विभिन्न परिकारमा चार–पाँचवटा स्वादले मात्र नेपालीहरूको मन जित्न सकेको छ ।
यस्तै किराँत समुदायका बासिन्दाले धेरै अघिदेखि जाडो महिनामा ज्यान तताउन र चिसो भगाउन कुखुराको मासुको बाचिपा बनाएर खान्छन् । नेपालमा अहिले १ सय २९ जातिहरू रहेका छन् । सबै जातिको आ–आफ्नै मौलिक परिकारहरू रहेका छन् । ती खानालाई हामीले व्यवस्थित ढंगले स्वदेशी र विदेशीलाई पस्किने हो भने नेपाल खानपिनका लागि अर्को पर्यटकीय गन्तव्य हुन सक्ने घले बताउँछिन् । ‘हाम्रो सबै खानाहरू भौगोलिक अवस्था, मौसम, कृषि उपजसँग जोडिएको त छ नै, यसका अतिरिक्त स्वादमा पनि विविधता रहेको छ,’ उनी भन्छिन्, ‘हिमाली क्षेत्रमा न्यानो हुने परिकारको बोलवाला छ भने पहाडमा मिश्रित र तराईमा गर्मीलाई भगाउने किसिमको छ ।’ पछिल्लो पटक केही स्थानीय खानाहरूको रेस्टुराँ खोलिनु पनि नेपाली खानाप्रति आकर्षण रहेको देखिन्छ । स्थानिय परिकारको रूपमा रहेको भक्का, चुकौनी, मकैका परिकार, हाँसको छोएला, थकाली खानाप्रति खानाका पारखीहरू झुम्मिनु नेपाली खानले विस्तारै बजारीकरण गरेको देखिन्छ । यो बजारीकरण नेपाल भित्र बढ्नु त छ नै, विदेशी बजारको डाइनिङ टेबलमा देखिनुपर्ने अवश्यता पनि रहेको छ किनभने कान्तिपुरका राजा गुणकामदेवले दसौं शताब्दीमा इन्द्रजात्रा सुरु गर्दा, उपत्यकावासीले भैरवको मुखबाट निस्कने ठोलाई प्रसादका रूपमा पिउँदै उल्लास मनाउँदा सायद अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कतिपय मदिराको आविष्कार नै भएको थिएन । नेपालको प्राचीन मदिराका रूपमा रहेको ठो र ऐलाले काठमाडौं उपत्यका पार गरेर आफ्नो स्वाद विस्तार गर्न अझै सकेको छैन । तर, ठोभन्दा पछि आएको बियरमा भने उही उपत्यकावासी सेप्टेम्बर महिनामा मनाइने अक्टोबर फेस्टमा पिउँदै रमाउने गर्छन् ।

 


‘हामी कहाँ वाइल्ड लाइफ, कल्चर, हेरिटेच, फेस्टिवल, ल्यान्डस्केप पनि त्यत्तिकै आकर्षक छन्। संसारको ट्रेन्ड नयाँ अनुभव लिने छ । त्यसैले नेपाल लाइफटाइम एक्सिपिरियन्स लिनका लागि उपयुक्त गन्तव्य हो ।’
– दीपकराज जोशी,
निवर्तमान प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

Page 19
Page 20
आवरण

‘एक करोड पर्यटक आउने वातावरण बनाउनुपर्छ’

- साप्ताहिक संवाददाता

तस्बिर : महेश प्रधान 

भ्रमण वर्ष, २०२० नजिकिँदै जाँदा संस्कृति, उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईको व्यस्तता बढेको छ । भ्रमण वर्ष लक्षित कार्यक्रम, बैठकहरूमा उनी बिहानदेखि बेलुकासम्म व्यस्त छन् । गत बुधबार अपरान्ह व्यस्तताका बीच साप्ताहिकका महेश तिमल्सिनाले भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपाल भ्रमण वर्ष–२०२० मा विदेशी पाहुनालाई कसरी स्वागत गरिँदैछ ?
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा सन् २०१७ मै गरेको हो । घोषणा गरिरहँदा यसका केही निश्चित उद्देश्य थिए । त्यो मध्ये २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने, पर्यटन क्षेत्रका केही प्रमुख पूर्वाधारका काम पूरा गर्ने उद्देश्य थियो । साथै नेपालको अर्थतन्त्रको एउटा प्रमुख आधार पर्यटन हो भन्ने कुरालाई देशभित्र स्थापित गर्ने र त्यही अनुसारको नीति कार्यक्रम बनाउने पनि यसको लक्ष्य थियो । त्यही उद्देश्यलाई सफल बनाउन हामी भ्रमण वर्ष २०२० को तयारीमा जुटिरहेका छौं ।
विशेषगरी पूर्वाधारको कुरा गर्दा हवाई र सडकको कुरा आउँछ । यसपछि होटललगायतका अन्य क्षेत्रका कुरा आउँछन् । यतिबेला हामीसँग एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । जसले वार्षिक ७२ लाख यात्रुलाई सेवा दिइरहेको छ । विज्ञहरूको भनाइअनुसार यसको क्षमता वार्षिक ९० लाखभन्दा बढी छैन । यो विमानस्थललाई हामीले जति विस्तार अथवा सिंगारपटार गरे पनि त्यसले दिन सक्ने सेवा भनेको ९० लाख भित्र नै हो । तर अहिले हाम्रो हवाई यात्रा प्रयोग गर्ने यात्रुको संख्या वार्षिक १० प्रतिशतका दरले वृद्धि भैरहेको छ अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब एक–दुई वर्षमा ‘स्याचुरेटेड’ हुन्छ । लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दैछ । यी विमानस्थलले काठमाडौंको चापलाई केही हदसम्म कम गर्छन् । तर, यहाँको चापलाई उल्लेख्य मात्रामा यिनीहरूले बोक्न भने सक्दैनन् । किनभने यी विमानस्थलहरू राजधानीभन्दा टाढा छन् । त्यसकारण निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाई हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।
पर्यटनको विकासका लागि २० लाख पर्यटकमात्र होइन । अब १० वर्षभित्र नेपालको मुख्य पर्यटकीय पूर्वाधारको काम सम्पन्न गर्नुपर्छ र १० वर्षपछि हरेक वर्ष १ करोड पर्यटक आउने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो सोच रहेको छ । त्यसका लागि पहिलो त एयरपोर्ट नै चाहिन्छ, विदेशी आउने भनेको त एयरपोर्टबाटै हो । त्यसकारण पनि निजगढको अपरिहार्यता देखिरहेका छौं ।

पूर्वाधारको सीमितता, सडकको अवस्था, ट्राफिक जाम, धूवाँधूलो आदि प्रतिकूलता छँदै थिए, अब पर्यटन बोर्ड पनि नेतृत्वविहीन भयो । कसरी सफल होला भ्रमण वर्ष ?
केही कुरामा प्रतिकूलता हुन्छन् त केहीमा अनुकूलता । विगतको तुलनामा एयरपोर्टहरूको स्थिति सुधार भएको छ । हामीसँग ५३ वटा आन्तरिक विमानस्थल छन् । यीमध्ये ३४ वटा विमानस्थलमा हवाई उडान हुन्छ । ती ३४ वटा र बाँकी अरूलाई पनि आधुनिकीकरण गर्ने, बिस्तार गर्ने भनेर हामीले हरेक विमानस्थलमा केही न केही काम गरिरहेका छौं । सडक यातायातका कुरा गर्ने हो भने सडक यातायातको गुणस्तरमाथि प्रश्न गर्न सकिन्छ, तर सडक यातायातको पहुँच त हिजोभन्दा आज बढेको छ ।
सडकको गुणस्तर पनि सधैं यही अवस्थामा रहँदैन । सरकारले सडक पूर्वाधारमा विशेष जोड दिएको छ र बजेटको ठूलो हिस्सा लगानी नै सडकमा गरेको छ । त्यसैले आगामी केही वर्षभित्र सडकको स्थिति यो भन्दा धेरै राम्रोसँग सुधार्छौं । हाम्रो कनेक्टिभिटी एक्सेबिलिटी पनि बढ्दै जान्छ । अहिले नै पनि चार वटा पूर्व–पश्चिम हाई वे समानान्तर ढंगले काम भैरहेका छन् । हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी पूष्पलाल राजमार्ग । नौ वटा उत्तर दक्षिण राजमार्गमा एकसाथ काम भैरहेका छन् । यसले कनेक्टिभिटीलाई जोड्दै लान्छ र पहुँचलाई बढाउँदै जान्छ । साथै पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्छ ।
अलिअलि प्रतिकूलता जहाँ पनि हुन्छन् । त्यसबाट डराउने, भाग्ने, आत्तिने होइन त्यसलाई सामना गर्ने र अनुकूलतामा बदल्ने हो । करिब ५/६ महिना जति मन्त्रालयको राजनीतिक नेतृत्व खाली भयो । जसले गर्दा यसको तयारी जुन उचाइमा पुग्नुपर्‍र्थ्यो । त्यसले केही समस्या भयो होला । म आइसकेपछि पनि केही समय बुझ्नै समय लाग्यो । त्यसले पनि मैले जुन स्पिड लिनुपर्‍र्थ्यो त्यो लिन सकिन होला । जिम्मेवारी भन्ने कुरा त अविच्छिन्न हुन्छ । म नभए पनि मन्त्रालय हुन्छ । यहाँ कर्मचारी तथा विभिन्न निकाय छन् । साथै भ्रमण वर्षको सचिवालयले पनि काम गरिरहेको छ । अब अहिले नेपाल पर्यटन बोर्डमा मुख्य कार्यकारी निर्देशकको समय सकियो । त्यो त यही बेला सकिएला भन्ने अनुमान गरिएको त थिएन ।

तर, केही कर्मचारीले बोर्डमा काम गर्ने वातावरण छैन भनेर राजीनामा दिए, सचिवालयको काम पनि सन्तोषजनक छैन । राजनीतिक हस्तक्षेप भयो भन्ने आरोप पनि छ ? के भन्नुहुन्छ ?
त्यहाँ कुनै पनि राजनीतिक हस्तक्षेप छैन । त्यहाँ आएका नेतृत्वलाई हेर्ने हो भने उहाँहरू कुनै राजनीतिमा संलग्न भएको व्यक्ति होइन । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यावसायिक प्रतिष्ठाबाट नाम कमाएका व्यक्तिहरू नै हुनुहुन्छ । उहाँहरूलाई हाम्रो नियमावली र कार्यविधिले पूर्ण अधिकार दिएको छ । नेपाल पर्यटन बोर्ड भनेको यो पब्लिक प्राइभेट पार्टनरसीप मोडलको संस्था हो । त्यसो हुँदा त्यहाँ को सिइओ राख्ने भन्ने कुरा पनि सरकारले नियुक्ति गर्दैन । छनोट समितिबाट प्रतिस्पर्धाका आधारमा नियुक्ति हुन्छ । अहिलेका दीपकराज जोशी पनि प्रतिस्पर्धाबाटै आउनुभएको हो । अब आउने व्यक्तित्व पनि त्यही प्रक्रियाबाट आउनुहुन्छ ।

नेपाल घुम्न आउने पर्यटकका लागि विशेष प्याकेज के छन् ?
सन् २०२० लाई विशेष भ्रमण वर्ष भनिसकेपछि हामीले विदेशीहरूलाई आकर्षण गर्न केही न केही प्याकेज दिनुपर्छ । त्यसको हामीले तयारी गरेका छौं । यो निजी क्षेत्र र सरकारी क्षेत्र दुवैबाट हुन्छ । सरकारी क्षेत्रबाट पनि केही प्याकेजहरूको हामी अन्तिम निष्कर्षमा पुगेका छौं । जस्तो, अहिलेसम्म आरोहण गर्न अनुमति नदिएका हिमाललाई यो अवसरमा आरोहणको अनुमति दिने । त्यस्ता केही हिमालहरू खोल्दैछौं । हिमाल आरोहणका लागि लाग्ने रोयल्टीमा केही हदसम्म छुट दिने कुराको अन्तिम तयारीमा पुगेका छौं । क्याबिनेटबाट अब केही दिनभित्रमा त्यसको घोषणा गर्छौं । त्यस्तै, विभिन्न राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दा अथवा प्रतिबन्ध लगाइएका स्थानहरूमा प्रवेश गर्दा केही निश्चित शुल्क तिर्नुपर्छ । त्यो शुल्कलाई पनि केही मात्रामा घटाउन गृहकार्य गरिरहेका छौं । त्यो पनि सरकारको तर्फबाट घोषणा हुन्छ । निजी क्षेत्रको तर्फबाट होटल संघ, ट्रेकिङ, ट्राभल, होमस्टेका विभिन्न संघसस्थाहरूले आफ्नो छुट घोषणा गर्नुभएको छ । यस्तै वायुसेवा सञ्चालकका साथीहरूले भ्रमण वर्षको अवसरमा आन्तरिक उडानमा केही छुट गर्छौं भन्नुभएको छ । यसरी सरकारी र निजी क्षेत्रबाट प्रदान गरिएका प्याकेजलाई एकीकृत गरेर एक–दुई दिनभित्रै घोषणा गर्छौं ।

भ्रमण वर्षलाई जोड्दै गर्दा चाइना मार्केटलाई बढी हेरिएको जस्तो देखिन्छ, हाम्रो प्राथमिकता कहाँ–कहाँ हो ?
हामीले १० वटा मार्केटलाई टार्गेट गरिरहेका छौं । नेपालमा पर्यटक आउने सबैभन्दा बढी मार्केट तिनै हुन् । विश्वका सबै मुलुकमा हाम्रो प्रचार–प्रसार हुन्छ नै तर विशेष ध्यान १० वटा मुलुकमा दिन्छौं । हाम्रो मिडिया फोकसदेखि लिएर जनशक्ति परिचालन पनि बढी त्यहीँ गर्छौं । ती मुलुकमा अवश्य पनि चीन, भारत, जापान, बेलायत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायतका मुलुकहरू आउँछन् । ती मुलुकमा नै हाम्रो बढी फोकस हुन्छ । तीमध्ये कतिपय देशहरू जो हिमाल आरोहण, ट्रेकिङतिर बढी आकर्षित देखिन्छन् । कतिपय बन्जी जम्प, प्याराग्लाइडिङतिर आकर्षित छन् भने कतिपय धार्मिक, सांस्कृतिक क्षेत्रमा आकर्षित छन् । यी दस वटा मार्केटमा जुन–जुन क्यारेक्टरका पर्यटकहरू नेपालमा आउन सक्छन् । उनीहरूलाई सहज बनाउने बातावरण गर्छौं ।

भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने भनिरहेका छौं । संख्या बढाउने कुरालाई बढी प्राथमिकता दिन्छौं कि पाहुनालाई गुणस्तरीय खालको सत्कार गर्ने कुरामा ?
संख्या आफ्नो ठाउँमा छ । २० लाखको ठाउँमा २२ लाख पनि पुग्न सक्ला अथवा १९ लाखमात्र पनि हुन सक्ला । तर यो २०२० को महत्वपूर्ण लक्ष्य के हो भने नेपाल सरकार, निजी क्षेत्र र सम्पूर्ण पक्षमा पर्यटन सम्बन्धमा आत्मविश्वास जगाउने सबैभन्दा ठूलो लक्ष्य हो । मलाई विश्वास छ, २०२० को अन्त्यमा पुग्दा नेपालको आत्मविश्वासको लेभल बढ्छ । पछिल्ला केही घटनाले पनि आत्मविश्वास बढ्दै गएको छ । दक्षिण एसियाली खेलकुदको व्यवस्थापनले हाम्रो आत्मविश्वास बढाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यक्तिहरूको भ्रमणका क्रममा भएको सफल व्यवस्थापनले पनि हाम्रो आत्मविश्वास बढेको छ । त्यसैले यो २०२० को पर्यटन प्रवर्द्धनको वर्षले पनि हाम्रो आत्मविश्वास बढाउँछ । त्यही आत्मविश्वासको जगमा टेकेर हामी १० वर्षको नेपालको पर्यटन प्रवर्द्धनको नयाँ घोषणाका साथ अघि बढ्छौं ।

छिमेकी देशहरूबाट आएका पर्यटकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको पाइन्छ, यस्तो खालको सुरक्षा चुनौतीको सम्बोधन कसरी हुन्छ ?
नेपाल भ्रमणमा आएका पर्यटकहरू हाम्रो नीति–नियममा बस्नुपर्छ । त्यो उल्लंघन भयो भने त्यसमाथि निगरानी गर्ने हो । दोस्रो कुरा आएका पर्यटकहरूको सुरक्षाको कुरा हुन्छ । यी दुवै कुरामा सरकारले ध्यान दिन्छ । जस्तै ट्रेकिङ जाने पर्यटकका निम्ति प्रत्येकले एउटा गाइड लानुपर्छ भनेका छौं । हामीले चौबीसै घन्टा पर्यटन बोर्डबाट सूचना लिन्छौं । कुनै पर्यटक आपत्–विपत्मा परे भने हामी आपत्कालीन उद्धार पनि गर्छौं । कोही पर्यटक बिरामी परे भने आपत्कालीन उपचारका लागि सम्बन्धित ठाउँमा लैजान्छौं । यस्तै पर्यटकलाई जुनसुकै समस्या भए पनि हाम्रा जति पनि सरकारी कार्यालय, गैरसरकारी क्षेत्रका संघसस्था मिलेर उनीहरूको सुरक्षामा ध्यान दिन्छौं । नेपाल एउटा शान्ति भूमि हो । त्यसैले कुनै पनि पर्यटक अथवा विदेशीहरूले अर्को देशको विरुद्धमा आपराधिक गतिविधि गर्न पाइँदैन । त्यसैले त्यसलाई हामी कडा निगरानी गर्छौं ।

पर्यटकहरूलाई प्राकृतिक मनोरम देखाएर ठूला व्यापारिक कम्पनी मात्र धनी भए तर स्थानीय तहमा विदेशी पर्यटक पुर्‍याउन सकिएन किन ?
नेपाल भ्रमण वर्ष २०२० को तयारीको सिलसिलामा मैले सयौं बैठक गरिसकें । यी बैठकहरू गर्दा पर्यटनका सम्बन्धमा जागरुकता बढेको छ । हरेक नगर/गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा आफ्नो बजेटको निश्चित हिस्सा खर्च गर्न थालेका छन् । उनीहरूले काठमाडौं आएका विदेशी पर्यटकहरूलाई आफ्नो ठाउँसम्म कसरी ल्याउने भन्ने कुरा सोचिरहेको देख्छु । त्यो धेरै राम्रो कुरा हो । आज त्यसमा उल्लेख्य प्रगति नभए पनि यसले क्रमशः प्रगतितर्फ लान्छ । पर्यटनका केन्द्र भनेका काठमाडौं, पोखरा, सौराहा, सगरमाथा क्षेत्र, खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र मात्र होइनन् । देशभरि नै पर्यटनका त्यत्ति नै सम्भावना छन् भनेर २०२० मा स्थापित गर्छौं ।

वाइल्ड लाइफ र ल्यान्डस्केपमा मात्र प्राथमिकता दिइरहेको देखिन्छ, अन्य पर्यटकीय सम्भावनालाई ब्रान्ड बनाउन हामी चुकेका हौं ?
नेपालसँग भएको प्रोडक्ट भनेको एकातिर प्रकृति हो भने अर्कातिर संस्कृति पनि हो । यही प्रकृति र संस्कृतिलाई जोडेर लाने हो । त्यसमा पनि पर्यटकको आफ्नै इच्छा हुन्छ । कोही धार्मिक एवं सांस्कृतिक पर्यटक हुन्छन्, उनीहरूको इच्छाअनुसारको घुम्ने प्रबन्ध हामीले मिलाउनुपर्छ । घुम्न जाने ठाउँहरूमा खाने–बस्ने ठाउँ राम्रो होस् भनेर स्थानीय तहहरूसँगको साझेदारीमा होमस्टेको कन्सेप्ट अघि बढाउँदैछौं । सांस्कृतिक सम्पदाहरूको सरसफाइमा स्थानीय तहले जोड दिनुपर्छ भनिरहेका छौं । साथै संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू, उहाँहरूका भातृसंगठन, जनसंगठनहरूलाई बोलाएर तपाईंहरूको अबको एजेन्डा पर्यटन क्षेत्र हो है भनेको छु । एउटा मनोविज्ञान बनाइरहेका छौं ।

मुख्य सहरकै वातावरण पर्यटकमैत्री छैन, जस्तो खानेपानी, शौचालयजस्ता सुविधाको अभाव देखिन्छ यस्तो अभावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
समस्या चाङका चाङ छन् । यसको मतलब नेपालमा पर्यटनको कुरा उल्टो दिशातिर जान्छ भन्ने होइन । बाटोघाटोको समस्या छ, यो हामी बनाउँदै जान्छौं, सरसफाइको कुरा छ, हिजोभन्दा आज सरसफाइको अवस्था सुदृढ छ, अझै गर्दै जान्छौं । सार्वजनिक ठाउँहरूमा आराम गर्ने ठाउँ छैनन्, शौचालय छैनन् यी सबै कुरा बनाउँछौं ।

दोहोर्‍याएर नेपाल भ्रमणमा आउने पर्यटकलाई नयाँ स्वाद दिन कस्ता योजना बनेका छन् ?
यसका लागि हामीले नयाँ प्रोडक्टहरू तयार पार्नुपर्छ । प्रदेश र स्थानीय तहसँग हिजोको जस्तो जताततै बजेट नछरौं, खास उपलब्धि हुने ठाउँमा बजेट लगानी गरौं । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर हरेक प्रदेशमा कमसेकम एक–दुई वर्षभित्रमा पर्यटनका निम्ति ठूला–ठूला प्रोडक्टहरू बढाऔं भन्ने प्रस्ताव गरेका छौं । आउने बजेट, नीति तथा कार्यक्रममा हामी त्यसतर्फ ध्यान दिन्छौं । साथै १० वर्षभित्र हामी अध्ययन मात्र गर्दैनौं । १० वर्ष पर्यटन प्रवर्द्धनका निम्ति पूर्वाधारमा के–के काम गर्ने ? प्रमोसनमा के–के काम गर्ने ? नयाँ प्रोडक्टहरू कसरी बनाउने ? साझेदारी कसरी गर्ने ? जनचेतना कसरी फैलाउने ? साथै जनशक्तिको निर्माण कसरी गर्ने भन्ने कुरामा जोड दिन्छौं ।

पर्यटकहरूलाई जति भ्रमण लम्ब्यायो उति नै आम्दानी हुन्छ, पर्यटकलाई लामो समय नेपाल टिकाउने योजनाहरू के छन् ?
टिकाउन पनि धेरैभन्दा धेरै प्रोडक्ट चाहिन्छ । साथै सहजताका साथ जाने–आउने कनेक्टिभिटी चाहिन्छ । हाम्रो हस्पिटालिटी नराम्रो छैन । अझै राम्रो गर्ने हो । मूलतः नेपालमा भएका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले नै उनीहरूलाई टिकाउने हो । त्यसमा मानवीय पक्ष भनेको उहाँहरूलाई गर्ने व्यवहार हो । त्यो व्यवहार हामीले राम्रो गर्‍यौं भने पर्यटक नटिक्ने कुनै कारण छैन ।

आन्तरिक पर्यटक लक्षित कार्यक्रम कत्तिको चलाइरहेका छौं ?
हामीले बाह्य पर्यटक २० लाख भनिरहँदा आन्तरिक पर्यटकलाई पनि छोड्नु हुँदैन । किनभने नेपालका लागि त्यो पनि महत्वपूर्ण पक्ष हो । त्यसैले नेपाल सरकारका कर्मचारीहरू, निजी क्षेत्रका कर्मचारीहरू सबैलाई वर्षमा एउटा निश्चित दिन देशभित्र घुम्न पठाउनुपर्छ र देशभित्र घुम्नका लागि केही इन्सेन्टिभ दिनुपर्छ भन्ने प्रस्ताव अघि बढाएका छौं ।

भ्रमण वर्षको तयारी पुगेन भनेर निराश भएका व्यवसायीलाई उत्साहित बनाउन तपाईं के भन्नुहुन्छ ?
सरकार अघि लाग्ने हो । त्यसमा उहाँहरूले पछ्याउनुहुन्छ । उहाँहरूलाई पछ्याउनुबाहेक अर्को विकल्प छैन । म त भन्छु, सरकालाई निजी क्षेत्रले जितेर अगाडि जानुपर्छ ।

Page 21
Page 22
आवरण

तयारी कमजोर, आकांक्षा धेरै

- महेश तिमल्सिना

२० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित अगाडि सारिएको भ्रमण वर्ष–२०२० को तयारी कसरी गरिँदैछ ? नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्य तयारी अन्तिम चरणमा पुगेका बताउँछन् । भ्रमण वर्षको उद्घाटन जनवरी १ मा दशरथ रंगशालामा हुँदैछ । ‘यतिबेला त्यसैको तयारीमा जुटेका छौं,’ वैद्य भन्छन्, ‘नेपाल भ्रमण वर्ष त बार्‍है महिना चल्ने कुरा हो, त्यसैले हामी अहिले यसको प्रचार–प्रसार र उद्घाटन समारोहको कार्यक्रम व्यवस्थापनतर्फ बढी केन्द्रित भएका छौं ।’
‘लाइफटाइम एक्सपिरियन्स नेपाल’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई कसरी लाइफटाइम एक्सपिरियन्स दिन सकिन्छ भन्नेमै यसको सफलता निर्भर हुनेछ ।
नेपाल भित्रिने विदेशी पर्यटकमा पर्ने प्रभाव र त्यसबाट निर्माण हुने उनीहरूको दृष्टिकोण पर्यटनको भविष्यका लागि पनि महत्त्वपूर्ण हुनेछ । आगमनको पहिलो बिन्दु एयरपोर्टबाटै यसका लागि सुधारका कामहरू थालिएको वैद्य बताउँछन् । अध्यागमन विभाग र गृह मन्त्रालयसँगको सहकार्यमा एयरपोर्टबाट पर्यटकहरू बिनाझन्झट बाहिर निस्कन सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन होल्डिङको समस्या पनि त्यत्तिकै छ । त्यो समस्याबाट छुट्कारा पाउन पार्किङ वे बन्दैछ । ब्यागेज काउन्टर पनि थप्ने काम भइरहेको छ । साथै नेपालीपन झल्काउन एयरपार्टमा विभिन्न सम्पदाको तस्बिर राखिएको छ ।
पर्यटकलाई सहज बनाउन भौतिक पूर्वाधार, सडक, खानेपानी, होटल आदिको राम्रो सुविधा हुनु आवश्यक हुन्छ । यद्यपि अहिले विस्तारका नाममा भत्किएका सडकको समयमै काम सम्पन्न नहुँदा यसको प्रत्यक्ष प्रभाव नेपाल भ्रमण वर्षमा पर्न सक्छ । साथै, पर्यटक पुग्ने अधिकांश ठाउँमा खानेपानी, शौचालयको पनि राम्रो व्यवस्था छैन । यतातर्फ सरकारको राम्रो ध्यान नपुग्दा पर्यटकमा नराम्रो सन्देश जान सक्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार,सडकहरू छिटोभन्दा छिटो सम्पन्न गर्न र अन्य भौतिक पूर्वाधारहरू पनि समयमै सम्पन्न गर्न सम्बन्धित पक्षसँग छलफल भइसकेको छ । पर्यटकलाई सातै प्रदेशमा पुर्‍याउन त्यहाँका सम्भावनाको अध्ययन गरिएको छ र सातै प्रदेशमा पर्यटक आकर्षित गर्ने कार्यक्रम आयोजना गरिने नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले जनाएको छ ।
२०२० को नोभेम्बरमा प्रदेश ७ र प्रदेश ६ मा कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने कार्यक्रम बनाइएको छ । अहिलेसम्म संसारमा सबैभन्दा लामो र्‍याफ्टिङ १ सय ८० किलोमिटरसम्म छ, जुन अमेजन नदीमा भएको थियो । तर, कर्णाली नदीमा भने २ सय किलोमिटरको र्‍याफ्टिङ गरेर विश्व कीर्तिमान बनाउने लक्ष्य राखेको वैद्यले बताए ।
यस्तै, प्रदेश ५ मा बुद्धजयन्तीलाई लक्षित गरी सातदिने कार्यक्रमको आयोजना गरिनेछ । बुद्ध भगवान्को जन्मदिन मनाउने र दुई दिन वर्ल्ड बुद्धिस्ट कन्फ्रेन्स हुनेछ । साथै संसारका विभिन्न बुद्धिस्ट मुलुकका मन्त्रीहरूलाई बोलाएर बृहत् कार्यक्रमको आयोजना गरिनेछ । त्यही क्रममा नेपालको सांस्कृतिक र विदेशको सांस्कृतिक कुरा, बुद्ध धर्मसँग सम्बन्धित कुरालाई प्रस्तुत गर्ने कार्यक्रम बनाइएको छ, जसमा नाटक, गीतसंगीत, नृत्यका माध्यमबाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् । यही क्रममा लुम्बिनी म्याराथन र लुम्बिनी साइक्लिङलगायतका खेलकुद प्रतियोगिता हुनेछन् । प्रदेश ४ मा २०२० डिसेम्बरमा कालीगण्डकीमा माउन्टेन बाइक रेसको आयोजना हुनेछ ।
प्रदेश ३ धार्मिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हो । त्यसैले सरकारले चितवनस्थित देवघाटमा ३ जना शंकराचार्य ल्याउने तयारी गरिरहेको छ । ‘भगवान् शिवजीको महत्त्वपूर्ण मन्दिरहरूको खोजी गरिनेछ,’ वैद्य भन्छन्, ‘त्यसको सर्किट बनाएर धार्मिक पर्यटकलाई त्यतातर्फ जान उत्प्रेरित गरिनेछ ।’
यस्तै प्रदेश २ मा जनकपुरमा हुने विवाहपञ्चमीलाई लक्षित गरी अयोध्याबाट एक समूह ल्याएर सात दिनसम्म विभिन्न कार्यक्रम गरिँदैछ । साथै अयोध्या भर्सेस जनकपुरबीच महिला फुटबल प्रतियोगिता हुनेछ । प्रदेश १ मा अहिलेसम्म सगरमाथा आरोहण गर्नेहरूलाई नेपालमा निम्त्याएर समिटर समिट र क्लाइमेट चेन्जको विषयमा कार्यक्रम गर्ने योजना रहेको वैद्यले जनाए ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न निजी कम्पनीले विभिन्न अफर अघि सारेका छन् । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकका लािग विभिन्न गतिविधि अघि बढाइरहेको छ । ‘सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा हाम्रा मेम्बर एजेन्सीमार्फत हामीले ८ लाखभन्दा बढी पर्यटक ल्याउनका लागि मेम्बर एजेन्सीलाई अनुरोध गरेका छौं,’ टानका अध्यक्ष खुमबहादुर सुवेदी भन्छन्, ‘भ्रमण वर्षमा पर्यटक आउनका लागि थप उत्प्रेरित हुन् भन्ने उद्देश्यले टानले २० प्रतिशत छुट गर्न मेम्बर एजेन्सीलाई निर्देशन दिएका छौं ।’ टानअन्तर्गत हिमाल चढाउने र पदयात्रासम्बन्धी काम गर्ने १७ सयभन्दा बढी ट्रेकिङ एजेन्सी आबद्ध छन् । टानले पोखरामा एडभेन्चर मार्टको आयोजना गर्नेछ भने जनवरी र फेब्रुअरीमा आफ्ना एजेन्सीमार्फत आएका पर्यटकलाई नेवारी लट्के भोजको आयोजना गर्नेछ, जसका लागि पर्यटकले टिकट लिएर टानले तोकेको ठाउँमा गएर खान सक्नेछन् ।
यस्तै होटल संघ नेपाल (हान) ले पनि भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकका लागि विभिन्न प्याकेज अघि सारेको छ । होटल संघ नेपालले नेपाल भ्रमणका लागि आएका पर्यटकलाई प्रिन्टेड ट्यारिफ रेटमा ३० प्रतिशत र फुड एन्ड बेभरेजमा १५ प्रतिशत छुटको घोषणा गरिएको होटल संघ नेपालका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले बताए । ‘हानकै नेतृत्वमा केही समयअघि बैंककमा एसियाका राजदूतहरूको सहभागितामा नेपालमा माइस टुरिज्मको विकास गर्ने विषयमा एउटा कार्यक्रम गर्‍यौं,’ महत भन्छन्, ‘हामीले भिजिट नेपाल र टानसँगको सहकार्यमा एयरपोर्टमा भएका स्टाफहरूलाई हस्पिटालिटीको ट्रेनिङ दिँदैछौं । यसले पर्यटकको स्वागत–सत्कारमा थप टेवा पुग्ने विश्वास लिएका छौं ।’
स्पोर्ट्स टुरिज्म इन नेपाल, माइस टुरिज्म इन नेपाल, कल्चरल हेरिटेज टुरिज्म इन नेपाल, माउन्टेनियरिङ इन नेपाल, वाइल्डलाइफ टुरिज्म इन नेपाल लगायतमा यो भ्रमण वर्ष केन्द्रित भएका छन् । यसैगरी रेस्टुरेन्ट एन्ड बार एसोसियसन, उद्योग वाणिज्य महासंघ, सीएनआई, नेपाल चेम्बर अफ कमर्स, रेडक्रस सोसाइटी, रोटरी, लायन्स क्लबलगायतका संस्थाहरूसँग भिजिट नेपाल–२०२० का लागि सरकारसँग हातेमालो गर्दैछन् ।
सरकारले विभिन्न एयरलाइन्ससँग यसको पब्लिसिटीका लागि सम्झौता गरेको छ, जसमध्ये टर्किस एयरलाइन्ससँग नेपाललाई युरोपमा प्रमोशन गर्ने र विश्वका विभिन्न देशबाट नेपाल आउन चाहने पत्रकार, चर्चित व्यक्तिहरूलाई टिकटमा केही सहुलियत गरिदने सहमति गरेको छ । मलेसिया एयरलाइन्स, सिंगापुर एयरलाइन्स, कतार एयरलाइन्स, फ्लाइ दुबई एयर, नेपाल एयरलाइन्सलगायतका एयरलाइन्ससँग पनि यस्तै खाले सहमति भएका छन् ।

आवरण

फितलो समन्वय

- साप्ताहिक संवाददाता
आदित्य बराल , पूर्व वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड

नेपाल भ्रमण वर्ष–२०२० मा समन्वय र अपनत्व फितलो भएजस्तो लाग्छ । अघिल्ला भ्रमण वर्षहरूमा राष्ट्रपतिदेखि किन्डरगार्डेन स्कुलसम्म एकै ठाउँ बाँधिएर सबैले अपनत्व लिन ऊर्जा दिएको थियो, तर यसपालिको भिजिट नेपालमा भने यो कुरा खड्किएको छ । यसमा सरकार, वायुसेवा, निजी क्षेत्रहरूसँग जसरी समन्वय हुनुपर्ने हो त्यो भएको छैन । पहिलाको तुलनामा यसपालिको भ्रमण वर्षमा स्रोतसाधनको पनि कम छ । नेपाल भ्रमण वर्ष मनाउनका लागि त नेपाल भित्रबाटै पर्यटक जेनेरेट हुने होइन । पर्यटक ल्याउनका लागि त विदेशमै जानुपर्छ । विदेशमा भएका जति पनि डिप्लोम्याटिक एजेन्सीहरू छन् । ती निकायहरूलाई मोबिलाइज गर्न पैसा खर्चनुपर्छ, तर परराष्ट्रबाट जति इकोनोमिक डिप्लोमेसीअन्तर्गत गयो त्यसको केही अंशमात्र मोबिलाइज भएको देखियो । भिजिट नेपाल भनेर प्रचारप्रसार गर्नुपर्ने कुरामा अलि पछाडि परेको हो कि जस्तो लाग्छ ।
यो सँगै पर्यटन प्रवर्द्धनका लागि नेपालमा भएका पूर्वाधारहरूलाई तयारी अवस्थामा राख्ने, झन्डै २५ प्रतिशत दोहोर्‍याएर आउने पर्यटकहरूलाई नयाँपन के दिने ? चितवन, पोखरा, काठमाडौंमा मात्र केन्द्रित पर्यटकलाई सातै प्रदेशमा कसरी फैलाउने ? भन्ने कुराहरू ठूलो चुनौतीका रूपमा देखा परेका छन् । हामीसँग भएका पूर्वाधारहरू निकै कमजोर अवस्थामा छन् । यस्तो अवस्थामा सरकारले नयाँ लगानीका क्षेत्रहरूमा लिबरल पोलिसी ल्याइदिने र एयरलाइन्सहरूलाई अलि बढी सशक्तीकरण गरी नागरिक उड्डयन, पर्यटन बोर्ड, नेपाल एयरलाइन्ससँग समन्वय राम्रोसँग भैदिएको भए धेरैभन्दा धेरै पर्यटक ल्याउन सहज हुन्थ्यो । अहिले त नेपाल एयरलाइन्स एकातिर, पर्यटन बोर्ड एकातिर र सरकार अर्कातिर भएर समन्वयको अभाव देखिएको छ ।
(कुराकानीमा आधारित)

Page 23
आवरण

पूर्वी नेपालको बान्की

- माधव घिमिरे

शिरमा सर्वोच्च शिखर सगरमाथा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडी क्षेत्र । अन्न भण्डारका रूपमा कहलिएका पूर्वी तराईका जिल्लाहरू । फरक भौगोलिक विशेषता बोकेका यी तीनै क्षेत्र समेटिएको प्रदेश १ को समृद्धिको मुख्य आधारमा पर्ने क्षेत्र हो— पर्यटन । बेग्लाबेग्लै विशेषतायुक्त १४ जिल्ला समेटिएको प्रदेश १ आफैंमा एउटा ‘सानो नेपाल’ हो ।
संसारको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला अनि मुलुककै होचो भूभाग झापाको केचनाकवलको बेग्लै महत्त्व छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ । कृषि कर्मले सुधारिएको जीवनस्तर, प्राकृतिक स्रोत, जैविक विविधताले भरिपूर्ण क्षेत्रहरू समेटिएर बनेको यो प्रदेश सांस्कृतिक विविधतायुक्त पनि छ ।
प्राकृतिक स्रोत र मौलिक–सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने सम्भावना रहेको इलामका अगुवा धर्म गौतम औंल्याउँछन् । यसमा धेरथोर प्रयास भइरहेकै पनि छ, तर पर्याप्तचाहिँ नभएको उनको बुझाइ छ । ‘गतिलो गुरुयोजना बनाएर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘पूर्वाधार र पर्यटकको सुविधामा ध्यान दिनुपर्छ ।’
प्रदेशमा मधेसका सन्थाल, धिमाल, थारु आदि आफ्नो संस्कृतिको जगेर्नामा लाग्दैछन् । पहाडी इलाका किराँतहरूको पावनभूमि हो । हिमालमा शेर्पाहरू रमाएर बसेका छन् । जातिपिच्छेका भाषा, संस्कृति र परम्परा छन् र तीसँगै आपसी अन्तरघुलनको आत्मीय सम्बन्ध पनि छ । यो अरूका लागि पनि अनुकरणाीय छ ।

सम्भावनै सम्भावना
प्रदेश १ पूर्वमा भारतको पश्चिम बंगालसँग जोडिन्छ । घुमघामका सौखिन बंगालीहरू नेपाल–भारत सीमा हुँदै इलामको सन्दकपुरतिर ठूलो संख्यामा आउँछन् ।सगरमाथा, कञ्चनजंघाजस्ता हिमशिखर ताकेर आउने तेस्रो मुलुकका पर्यटकलाई यो क्षेत्रमा विचरण गराउने वातावरण बनाउन सक्दा प्रदेश १ का सबै क्षेत्र लाभान्वित हुन पाउँछन् । कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता पर्यटकीय आकर्षणका क्षेत्रहरू यसै प्रदेशमा पर्छन् ।बराहक्षेत्र, हलेसी महादेव, पाथीभराजस्ता नाम चलेका तीर्थस्थलहरूका कारण प्रदेशमा धार्मिक पर्यटनको सम्भावना उत्तिकै प्रबल छ । बूढासुब्बा, गजुरमुखी, सभापोखरी, तिम्बुङ पोखरी, माइपोखरीजस्ता धार्मिक स्थलहरूको पनि आफ्नै महत्त्व छ ।

आकर्षक गन्तव्य
प्रदेशका अन्य गन्तव्यहरूमा कोसीटप्पु वन्यजन्तु आरक्ष, मोरङको मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतना सिमसार, झापाको केचनाकवल, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका सन्दकपुर, अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र छन् । यसैगरी धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुम र आसपास जिल्ला समेट्ने गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरीलगायत गन्तव्य आकर्षक छन् । इलाम, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र आसपास, धनकुटा, तेह्रथुम, मोरङका उत्तरी क्षेत्रलगायत स्थानमा पर्यटकको स्वागतका लागि घरबास (होमस्टे) मा खान–बस्न सुविधा उपलब्ध हुन थालेको छ ।

आवरण

मोहक मैदान

- अजित तिवारी

भारत, उडिसा भुवनेश्वरका कात्तिके माहभाद्र परिवारका सबै सदस्यसहित जनकपुरको जानकी मन्दिर आइपुगे । उडिसामै हिन्दू आस्थाको ठूलो मन्दिर जगरनाथपुरी रहे पनि उनीहरूलाई जनकपुरको धार्मिक महात्म्य लोभ्याइहाल्यो । ‘जनकपुर हिन्दूको आस्थाको ठूलो केन्द्र हो,’ माहभाद्रले भने, ‘यहाँ नपुग्दा धार्मिक भ्रमण अपुरो रहन्छ ।’
त्रेतायुगका राजा जनकको राजधानी रहेको जनकपुरमा सीताको मुगलशैलीको आलिशान मन्दिर छ । त्रेतायुगकै भारत, अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र राम र सीताबीच भएको वैवाहिक सम्बन्धले पनि जनकपुर आउने भारतीय पर्यटकको भीड बढेको छ । त्रेतायुगमा राम र सीताबीच भएको वैवाहिक विधि र कार्यक्रमका सबै स्थल अझै जनकपुरमा छन् । रामले धनुष उचालेर तीन टुक्रा पारेको स्थल जनकपुरको रंगभूमि मैदान हो । रामले त्यहाँ भाँचेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा आकाशमा, अर्को पाताल (पृथ्वीमुनि) मा र तेस्रो धर्तीमा झरेको थियो । राम–सीताको वैवाहिक विधि सम्पन्न भएको मणिमण्डप जनकपुरको पिडारीमा छँदैछ ।
जानकी मन्दिरसँगै रहेको रामजानकी विवाहमण्डपले धेरैलाई आकर्षित गर्छ । गंगा सागरको डिलमा हरेक साँझ हुने आरती हेर्नेको भीड लाग्छ । गंगासागरमा बोटिङको पनि सुविधा छ । गंगासागरनजिकै रहेको स्वर्गद्वारी पनि हेर्न लायक स्थल हो ।
धनुषाको धनुषाधाम मन्दिरको आफ्नै धार्मिक आस्था छ । सीतासँग विवाहका लागि रामले धनुष भाँच्दा एउटा टुक्रा धनुषाधाममा खसेको मान्यता छ । जनकपुरमा नयाँ निर्माण भएको रेल्वे ब्रोडगेज प्लेटफर्म र न्यारोग्रेड रेल्वेको पुरानो इन्जिन र डब्बा पनि अवलोकन गर्न सकिन्छ । जनकपुरमा सुविधासम्पन्न होटल, लज र धर्मशालाहरू छन् । नेपाली, भारतीय, थकाली र अन्य परिकारको खाना पनि उपलब्ध छ ।
जनकपुरको भ्रमणपछि नछुटाउने अर्को धार्मिक स्थल हो— महोत्तरीको जलेश्वरधाम । धार्मिक आस्थाको केन्द्र जलेश्वरधाममा दर्शन गर्ने पर्यटकको संख्या बढ्दो छ । महोत्तरीको बर्दिवासस्थित मुसहरको नमुना बस्तीमा घुम्न जानेको संख्या पनि बढ्दो छ ।
प्रदेश २ मा घुमफिर गर्ने रमणीय र मनमोहक स्थल जिल्लापिच्छे नै छ । सप्तरीको छिन्नमस्ता र कंकालनी मन्दिरबाट धार्मिक यात्रा थाल्ने पर्यटकका लागि भारतको जयपुर सहरको शैलीमा बसाइएको राजविराज प्लान सिटीले आकर्षण गर्नेछन् । मुखै रसाउने राजविराजको पान नछुटाउनुहोला । सिरहाको फूलबारी सलहेश मन्दिर पनि घुमफिर गर्ने स्थल छ ।
सर्लाहीको चन्द्रनगरस्थित नाडिमन ताल अर्को पर्यटकीय स्थल हो ।तालपरिसरमा रहेको महावीर मन्दिर पनि आकर्षणको केन्द्र मानिन्छ । रौतहटको नुनथर इलाकाले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ । चुरे पहाडमा रहेको नुनथर क्षेत्रमा घुम्न, पिकनिक खान र परिवारसहित टहलिन पुग्नेको ताँती नै लाग्छ । बाराको ऐतिहासिक स्थल सिम्रौनगढ र धार्मिक स्थल गढिमाई तथा चुरिया माईको मन्दिर पनि घुम्नलायक ठाउँमा पर्छ । सिम्रौनगढमा अहिले पनि युद्धकालको अवशेष छँदैछ । ठूला इँटा, पोखरी र जलेको चामल त्यहाँ संरक्षण गरेर राखिएको छ । यो हेर्न पनि त्यहाँ ठूलो संख्यामा मानिसहरू पुग्छन् । बारा पुग्नेले त्यहाँको झिर (खसीको सेकुवा), कटियाको मासु, पकौडा र मिठाई मीठो मानेर खान्छन् । बाराको कलैया, निजगढ, सिमरामा बास बस्ने राम्रा होटलहरू छन् । तराई–काठमाडौं जोड्ने फास्टट्र्याकको प्रस्थान बिन्दु हेर्न पनि निजगढ पुग्छन् ।
पर्सा वन्यजन्तु आरक्षमा हात्ती सफारीको सुविधा छ । ५० रुपैयाँ शुल्क तिरेर आरक्षभित्र हात्ती सफारी गर्न सकिन्छ । निकुञ्जभित्र रहेको रामभौरी मन्दिर पनि आकर्षणको केन्द्र मानिन्छ । वीरगन्जमा घडिअर्वा पोखरी, भिस्वा डाँडा, विन्ध्यवासिनी मन्दिर, आईसीपी र ड्राइपोर्ट पनि घुम्न मिल्ने स्थल छ । भिस्वा डाँडामा रहेको बौद्ध गुम्बाहरूले धेरै पर्यटकलाई लोभ्याउँछ ।
मिथिलाको खानाको भने जनकपुरमा व्यावसायिक कारोबार भएको पाइँदैन । दाल, भात, तरकारी, विभिन्न प्रकारको तरुवा, तिरौली, फुलौरी, माछा, दही, मखान मिथिलाको लोकप्रिय खाना हो । जनकपुर आउने पर्यटक र आगन्तुकले यहाँको माछा स्वाद मानी–मानी खान्छन् ।
मिथिला पेन्टिङ यो प्रदेशको अर्को आकर्षण हो । जनकपुरको कुवाराममा रहेको नारी विकास केन्द्रले मिथिला पेन्टिङको व्यावसायिक उत्पादन गर्छ । अमेरिकामा मात्रै वार्षिक १५ लाख रुपैयाँको मिथिला पेन्टिङ निर्यात हुन्छ । जनकपुरको जानकी मन्दिरमा कलाकार सुनैना ठाकुरले मिथिला पेन्टिङको ग्यालरी नै खोलेकी छन् । कलाकार अजित साहले जनकपुरमा मिथिला पेन्टिङको व्यावसायिक उत्पादन गर्छन् । जनकपुरको रेल्वे स्टेसन, रंगभूमि मैदान र रामजानकी विवाह मण्डपको पर्खालमा कुँदिएको मिथिला पेन्टिङ सबैलाई लोभ्याउँछ ।

Page 24
आवरण

अद्वितीय सहर

- दीपक परियार

साझ्झको झिलिमिलीमा जोडी बाँधिएर फेवातालको किनारैकिनार हिँड्नु । उत्तरतिर लस्करै उभिएका हिमाल हेर्दै फेवामा नौकाविहार गर्नु । प्याराग्लाइडिङमा उडेर चराजस्तै उन्मुक्त हुनु । लेकसाइडमा गुञ्जने देशी–विदेशी संगीतमा मन बहलाउनु । पोखरा– वान्स इज नट इनफ ।
विश्वका जुनसुकै सहरबाट हिमाल देखिन सक्छन् । जुनसुकै सहरमा ताल हुन सक्छन् । तर तालमै हिमालको छायाँ टल्किने विरलै सहरमा पर्छ, पोखरा । ८ हजार मिटरभन्दा अग्ला ३ हिमचुचुरा एकैपल्ट हेर्न सकिने अद्वितीय सहर हो, पोखरा । पातलो टिसर्ट लगाएरै यहाँबाट ८ हजार मिटर माथिका अन्नपूर्ण, मनास्लु र धौलागिरि हिमालको दृश्यावलोकन गर्न पाइन्छ । विश्वकै आकर्षक हिमालमध्येको माछापुच्छ्रे पोखराको नजिकै छ ।
पोखरा उपत्यकाभित्रै छन्, ९ ताल । बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, निउरेनी र कमल पोखरीका आआफ्नै विशेषता छन् । डुंगा चढ्ने मात्रै होइन, स्थानीय माछाको स्वाद लिन यी ताल पुग्नुपर्छ । गुफाको सहर पनि हो, पोखरा । छोरेपाटनको गुप्तेश्वर गुफा, बाटुलेचौरको महेन्द्र गुफा र चमेरे गुफा छुटाउन नहुने स्थल हुन् । गुप्तेश्वर गुफा छिचोल्दै गएपछि देखिने पातले छाँगोले थप रोमाञ्चक बनाउँछ ।
फेवातालकै बीचमा रहेको तालवाराही मन्दिर, ऐतिहासिक विन्ध्यवासिनी मन्दिर, लेकसाइडकै केदारेश्वर मन्दिरले धार्मिक पर्यटनलाई उत्तिकै टेवा पुर्‍याएको छ । पोखरा आउँदा छुटाउनै नहुने स्थान हो, पुम्दीभुम्दीको विश्व शान्ति स्तूप । छोरेपाटनबाट बस चढेर वा फेवातालबाट डुंगामा तरेर रानीवनको बाटो स्तूप पुगिन्छ । ह्वाइट गुम्बाको नामले समेत परिचित स्तूपबाट पोखरा, फेवाताल र हिमशृंखला एकै मेसोमा देख्न सकिन्छ ।
पोखरा वरपरका डाँडाकाँडाले उत्तिकै लोभ्याउँछन् । सूर्योदय, सूर्यास्त, पोखरा सहर, हिमशृंखला र फेवाताल हेर्न यहाँका जुनसुकै डाँडा चढे पुग्छ । सराङकोट, काहुँडाँडा, पुम्दीकोट, मट्टिखान, रुपाकोट, निर्मलपोखरी यहाँका अग्ला डाँडा हुन् । शाहवंशीय राजाको उद्गमथलो कास्कीकोट पोखराबाट जम्मा १५ किलोमिटरको दूरीमा पर्छ । यी डाँडाकाँडा अचेल लक्जरी होटल तथा रिसोर्टले भरिएका छन् ।
साहसिक खेलकुद प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छ— पोखरा । सराङकोटबाट कावा खाँदै फेवातालको किनारमा ओर्लन पाउनुको अद्भुत आनन्द अन्यत्र कहाँ ! सराङकोटबाट सररर जिप फ्लायरमा हेम्जा ओर्लनुमा पनि विछट्टै मज्जा छ । अल्ट्रालाइटमा उड्नु, बन्जिजम्प गर्नु, बेलाबेलामा स्काइडाइभ गर्न पाउनुले पोखरालाई साहसिक पर्यटकको केन्द्रका रूपमा स्थापित गरेको छ । पछिल्लोपल्ट हट एअर बेलुन पनि पोखरा भित्रिएको छ ।
रातोपैह्रोको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पुगेर हिमाली जनजीवन बुझ्न सकिन्छ । नयाँबजारमा रहेको प्रदेश संग्रहालय सांस्कृतिक ग्राम बन्ने बाटोमा छ । पोखरा लाहुरेले बनाएको सहर पनि हो । बेलायत, हङकङबाट फर्केका लाहुरेले बनाएका ढुंगा टाँसिएका चिटिक्क परेका घरले पोखराको सौन्दर्य जोगाइराखेको छ । भित्री बाटोमा समेत सर्लक्क परेका पिच रोड, आँगनमा बिछ्याइएका ढुंगा, हरेक घरमा सानोतिनो बगैंचाले पोखरालाई सभ्य सहरको चिनारी दिन्छन् । गुरुङ जातिको संस्कृतिले यहाँको आतिथ्यता सत्कारलाई टेवा दिन्छ ।
घाँटु, कौडा, कृष्ण चरित्रलगायत ऐतिहासिक नाचमा रमाउन पोखरा नजिकका गुरुङ गाउँ पुगे हुन्छ । ती गाउँमा खोलिएका सामुदायिक होमस्टेले अर्गानिक खाना पस्किन्छन् । पोखरानजिकै कालाबाङ घडेरी, मौजा, भुजेल गाउँ, निर्मलपोखरी, ल्वाङघलेल, हेम्जाकोट, चापाकोट, पञ्चासेमा होमस्टे छन् । लोकल कुखुराको मासु र कोदोको ढिंडोसँग न्यानो माया मिसाएर स्थानीयले सत्कार गर्छन् । पिउन चाहनेले कोदोको रक्सी पिए पनि भयो ।
पोखरा एकै मेसोमा घुमेर नसकिने सहर त हुँदै हो, पछिल्लो समय यो ‘ट्रान्जिट’ सहर पनि हो । पोखरावरपरका पर्यटकीय स्थल पुग्न यहीं सहरमा बास बसेर जानुपर्छ । ट्रेकिङ रुचाउने पर्यटकको प्रवेशद्वार पोखरा नै हो । मनाङ, मुस्ताङ, बागलुङ, पर्वत, म्याग्दीका पर्यटकीय स्थल पुग्दा र फर्कंदा पोखरा बस्नैपर्छ । पदयात्रा पर्यटनले प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य हो— पोखरा । अन्नपूर्ण सर्किट, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, पुन हिल, घोरेपानी, घान्द्रुक, सिक्लेस, ताङतिङ, कपुचे ताल, खोप्रा लेकलगायत पदयात्रा मार्ग पर्यटकको रोजाइमा पर्छन् ।
पोखराबाट सुरु भएर नेपालकै ब्रान्ड बन्न सफल भएको छ, पोखरा सडक महोत्सव । लेकसाइडको ३ किलोमिटर क्षेत्र ‘नो भेइकल जोन’ बनाएर अंग्रेजी नयाँ वर्षमा महोत्सव चल्छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा लिएर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष यो महोत्सव गर्छ । पर्यटनमा ‘अफ सिजन’ मानिने समयमा हुने महोत्सवमा देशभरबाट आन्तरिक पर्यटक लेकसाइड ओइरिन्छन् । यसबाहेक पोखरामा हुने रोपाइँ महोत्सव, राष्ट्रिय औद्योगिक व्यापार मेला, लेखनाथ महोत्सव, पोखरा महोत्सवले यो सहरलाई महोत्सवको सहरका रूपमा पनि चिनाएको छ । नयाँ वर्ष, वैशाख पूर्णिमा, साउने संक्रान्ति, तीज, दसैं, तिहार, पुसे पन्ध्र, ल्होसार, माघे संक्रान्ति, फागू पूर्णिमा, चैते दसैंलगायतका गाउँ–गाउँमा मेला हुन्छन् । साहित्य, संगीत र खेलका गतिविधिहरूले पनि पोखरामा आन्तरिक पर्यटकको संख्या बढाएको छ ।

आवरण

‘बुद्ध’देखि ‘बाघ’ दर्शन

- दीपेन्द्र बडुवाल,स्वस्तिक श्रेष्ठ

तस्बिर : मनोज पौडेल 

भूगोल, संस्कृति, रहनसहन र जातीय विविधतालाई समेट्न प्रदेश ५ सरकारले प्रदेशलाई ‘मिनी नेपाल’को संज्ञा दिएको छ । समृद्धिको आधार पर्यटनलाई मानिएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका छ । त्यसबाहेक बाँकेको नेपालगन्ज, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको महेशपुर अन्य ठूला नाका हुन् । आगामी वर्ष भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनासाथ अन्तर्राष्ट्रिय हवाई सम्बन्ध कायम हुनेछ ।
अहिले स्थापित र पर्यटनको केन्द्रका रूपमा बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र रहेका छन् । यहाँ बुद्ध धर्मावलम्बीसँगै विभिन्न आस्थाका मानिस ओइरिन्छन् । अवलोकन गर्ने, बुद्ध दर्शन बुझ्ने र बुद्धको जन्मदेखि मृत्युसम्म जान्न इच्छुक लुम्बिनी आउने गरेका छन् ।
लुम्बिनीलाई आसपासका बौद्धस्थलसित जोडेर ‘बुद्ध सर्किट×’का रूपमा विकास गर्न लागिएको छ । उक्त सर्किटमा रामग्राम, तिलौराकोट, गोटिहवा, निग्लिहवा, सग्रहवा र देवदह रहेका छन् । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित २ सय हाराहारी पुरातात्त्विक स्थल छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष ०७६ घोषणा गरेर मनाइरहेको छ । नेपाल भ्रमण वर्षको लक्ष्य पूरा गर्न लुम्बिनी भ्रमण वर्ष आयोजना गरिएको प्रदेश पर्यटन मन्त्री लीला गिरीले बताए । लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर र अशोक स्तम्भ हुन् । आन्तरिक पर्यटक लक्षित गरेर ६ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँमा लजिङ र फुडिङसहितको ३ रात र ४ दिनको प्याकेज तयार गरेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।

बाघ पहिचान
बर्दिया राष्ट्रिय निकुञ्ज जंगल सफारी, वन्यजन्तु अवलोकन र प्राकृतिक सौन्दर्यका लागि स्थापित छ । पश्चिम क्षेत्रको शानका रूपमा रहेको निकुञ्जमा पछिल्ला वर्ष दुर्लभ पाटे बाघले यसको ब्रान्डिङ गरिरहेको छ । एकान्त मन पराउने र वन्यजन्तु सफारीमा रमाउनेका लागि यो ‘भर्जिन’ गन्तव्य हो । पाटे बाघ, एकसिंगे गैंडा, हात्ती र मृगका बथान सजिलै अवलोकन गर्न सकिन्छ । निकुञ्जमा अहिले जंगल पदयात्रा, जिप सफारी, हात्ती सफारी, कर्णाली र बबई नदीमा जलयात्रा, क्याम्पिङ, फिसिङ, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरू आदिको अवलोकन गर्न सकिन्छ ।

स्वर्गद्वारीदेखि रुरुसम्म
विश्वभरिका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी बनेको छ । त्यस्तै अन्य धर्मावलम्बीले सदियौंदेखि श्रद्धापूर्वक धार्मिक यात्रा गर्दै आएका ऐतिहासिक स्थलमा प्युठानको स्वर्गद्वारी बर्दियाको ठाकुरबाबा धाम, नेपालगन्जको बागेश्वरी मन्दिर, कपिलवस्तुको तौहिवास्थित तौलेश्वर महादेव मन्दिर, गुल्मीको रुरु क्षेत्र धाम, रेसुंगालगायत छन् । यी मन्दिरमा स्वदेशी साथै छिमेकी भारतबाट दर्शनार्थी आउने गरेका छन् । यीमध्ये प्राचीन र भारतीयको भीड लाग्नेमध्ये स्वर्गद्वारी एक हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारी बुटवलबाट पश्चिम प्युठान जिल्लामा रहेको छ । स्वर्गद्वारी पुगेपछि स्थानीय गाईको दूध, दही खान पाइन्छ ।

हिल स्टेसन
रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बासिन्दाका लागि सबैभन्दा नजिकको ‘हिल स्टेसन’ पाल्पाको श्रीनगर डाँडा र ऐतिहासिक रानीमहल हुन् । श्रीनगरबाट हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । बुटवलबाट ४० किलोमिटर यात्रापछि तानसेन पुगिन्छ । तानसेनबाट १५ किलोमिटर दूरीमा रानी महल रहेको छ । कालीगण्डकी किनारमा रहेको रानीमहल प्रेमको प्रतीक भएकाले त्यहाँ घुम्न जाने अधिकांश युवा हुने गर्छन् । त्यहाँको अर्को विशेषता नाइट क्याम्पिङ हो । अर्को रमणीय हिल स्टेसन अर्घाखाँचीाको नरपानी हो । पहाडको खोचमा रहेको नरपानीमा यतिबेला थामिनसक्नु भीड लाग्ने गरेको छ ।

संस्कृति र खानपान
तराईका जिल्लाहरूमा थारु, अवधी, भोजपुरी समुदाय, पहाडमा मगर, क्षेत्री, नेवारलगायत समुदाय मिलेर बसेका छन् । उनीहरूका कौंडा, सराय, मारुनी नृत्य प्रदर्शन गरिन्छ । अहिले पर्यटकलाई थारु, पञ्चैबाजा, नेवारी लाखे र धिमे, स्थानीय बिराहा तथा पञ्जाबी संस्कृति प्रदर्शन गरिंदै आएको छ । बर्दियामा थारु, मगर संस्कृति देखाइन्छ । लुम्बिनीमा स्थानीय बिराहा संस्कृति लोकप्रिय छ । पहाडमा मगर संस्कृतिका साथै झ्याउरे र भजन रुचाइन्छ । यहाँ समुदायपिच्छे फरक खानपान छन् । अहिले पुराना खानाको ब्रान्डिङ बढिरहेको छ । तराईमा घोंगी, लोकल कुखुरा विशेष मानिन्छ । पहाडमा बटुक, सेल र नेवारी खाजाका साथै ढिंडो र लोकल कुखुरा परिकारमा उपलब्ध छन् ।

Page 25
आवरण

लोभ्याउने कर्णाली

- साप्ताहिक संवाददाता

कर्णाली प्रदेशमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउने थुप्रै पर्यटकीय स्थल छन् । पूर्वाधार विकासले गति लिएसँगै ओझेलमा रहेका यी पर्यटकीय स्थलसँग पर्यटकको पहुँच जोडिन थालेको छ ।
कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी कर्णाली प्रदेशमा ६ लाख ६४ हजार ८ सय ६४ पर्यटकले भ्रमण गरेका छन् । प्रदेश सरकारले घुम्नैपर्ने प्रदेशका राष्ट्रिय महत्त्वका २० र अन्तर्राष्ट्रिय महत्त्वका २० पर्यटकीय स्थलको सूची बनाएको छ । भिजिट नेपाल–२०२० प्रचारप्रसार समितिका कर्णाली प्रदेश समिति सदस्य देवराज जैशी यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके यसले राष्ट्रिय रूपमै पर्यटन वर्षलाई सफल बनाउन सघाउने बताउँछन् । पर्यटन वर्षका साथै कर्णाली प्रदेश सरकारले पर्यटनसम्बन्धी दीर्घकालीन गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनामा सन् २०२९ सम्म वार्षिक १५ लाख पर्यटक कर्णाली भित्र्याउने लक्ष्य राखिएको छ ।

मनोरम ताल
स्वर्गकी अप्सरा उपमाले चिनिने मुगुको रारा होस् कि देशको सबैभन्दा गहिरो डोल्पाको फोक्सुन्डो, दुइटै तालले कर्णालीको पहिचान उचो बनाएका छन् । सुर्खेतको बुलबुले ताल, सल्यानको कुभिन्डे ताल, रुकुमपश्चिमको स्यार्पु ताल पर्यटकीय दृष्टिले निकै आकर्षक छन् । कर्णाली राजमार्ग खुलेपछि रारामा बाह्रैमास पर्यटक पुग्ने गरेका छन् । समुद्री सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित रारा १ सय ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ विश्वमा कतै नपाइने असला जातको माछा पाइन्छन् ।
भरपर्दो सडक नभएको कारण फोक्सुन्डो पुग्न भने पर्यटकलाई सास्ती छ । सुर्खेत वा नेपालगन्जबाट जहाजमा वा जाजरकोट–डोल्पा सडकमा दुनै भएर फोक्सुन्डोको यात्रा गर्नुपर्ने बाध्यता पर्यटकलाई छ । त्यहाँ पुगेपछि भने पर्यटकले बाटोको सबै दुःख बिर्सेर आनन्द लिने गर्छन् । समुद्री सतहदेखि ३ हजार ९ सय मिटर उचाइमा अवस्थित यो ताल ६ सय ५० मिटर गहिरो छ । सुर्खेत उपत्यकाको बीच भागमा अवस्थित बुलबुले तालको महिमा त नेपाली सांगीतिक क्षेत्रमा समेत उत्तिकै छाएको छ । जमिनबाट बुलबुले गरेर पानी आउने भएकैले यसको नाम बुलबुले राखिएको स्थानीयको भनाइ छ । सल्यानको कुभिण्डे ताल ‘मिनी रारा’का रूपमा परिचित छ ।

धार्मिक आस्था केन्द्र
सुर्खेतको देउतीबज्यै, जुम्लाको चन्दननाथ र मुगुको छायाँनाथ कर्णालीका प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा रहेका छन् । कर्णाली घुम्न आएका हिन्दू धर्ममा विश्वास गर्ने पर्यटकहरू देउतीबज्यै र चन्दननाथ दर्शन गरेरै फर्कन्छन् । छायाँनाथ भने पूर्वाधार अभावले जान त्यति सजिलो छैन । सुर्खेत उपत्यकाको दक्षिणपूर्वमा अवस्थित देउतीबज्यै राजी समुदायका पुजारी भएको एकमात्र शक्तिपीठ हो । जुम्लाको चन्दननाथ मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । दसौं शताब्दीतिर भारतको कस्मिरबाट चन्दननाथ घुम्न आएका चन्दननाथ महात्मालाई जुम्लाका तत्कालीन खस राजा कल्याल वंशील ठकुरीले गुरु मानेका थिए ।
चन्दननाथले स्थापना गरेको मन्दिर भएकाले यसलाई चन्दननाथ मन्दिर भनिएको जुम्लाका संस्कृतिविद् रमानन्द आचार्य बताउँछन् । हुम्लाको लिमी उपत्यकामा अवस्थित हल्जी गुम्बा पनि पर्यटकीय रोजाइको आकर्षक गन्तव्य हो । १ हजार वर्ष पुरानो यो गुम्बा हेर्नकै लागि स्वदेशी तथा विदेशी पर्यटक लिमी उपत्यका पुग्ने गर्छन् । कर्णालीका अगुवा पर्यटन व्यवसायी निर्मल केसी यहाँका पर्यटकीय स्थलसम्म पुग्नका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँछन् ।

पुरातात्त्विक धरोहर
सुर्खेतको काँक्रेबिहार होस् कि पाण्डवको पालामा बनेका दैलेखका पञ्चदेवल अथवा बाइसे–चौबीसे कालमा बनेको जाजरकोट दरबार होस् कि जुम्लाका पाण्डव गुफा, यी पुरातात्त्विक धरोहर कर्णालीको गलामा गहना बनेर सजिएका छन् । १३ औं शताब्दीमा बनेको विश्वास गरिने काँक्रेविहार हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र पनि हो । भग्नावशेषमा रहेको काँक्रेविहारलाई करिब दुई दशकअघि उत्खनन सुरु गरी अहिले मन्दिर निर्माण गरिएको छ । दुल्लुमा अवस्थित २२ खम्बे पञ्चदेवल इतिहास झल्काउने सम्पदा हुन् । कीर्ति–खम्बा विशेष मानिन्छ । यो वि.सं. १४१४ मा निर्माण भएको त्यहाँ लेखिएको शिलालेखबाट प्रस्ट हुन्छ । नजिकै रहेको अर्को सानो खम्बा, जो वि.सं. ९१२ तिरको हो ।
खस भाषाको उद्गमथलो सिँजाको कनकासुन्दरीमा अवस्थित पाण्डव गुफा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाँच भाइ पाण्डवहरू १४ वर्षसम्म त्यही गुफामा गुप्तबास बसेको किंवदन्ती रहेको छ । गुफाभित्र चारवटा गद्दी रहेका छन् । प्रत्येक गद्दीमा पाँच भाइका एक–एकवटा ऐतिहासिक मूर्ति रहेका छन् । गुफाको बीच भागमा अग्निकुण्ड रहेको छ । गुफाभित्र पस्दा नदी बगेजस्तो आवाज सुनिन्छ । गुफाभित्र पानी भने छैन । इतिहास तथा भाषा–संस्कृतिविज्ञ रमानन्द आचार्य पाण्डवगुफाको प्रचारप्रचार गर्न सकिएमा अध्येताका लागि महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने बताउँछन् ।

आवरण

गन्तव्य सुदूरपश्चिम

- चित्रांग थापा

हिमालदेखि तराईसम्म फैलिएको सुदूरपश्चिम प्रदेश आकारमा सानो छ, तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । भूस्वर्गका रूपमा खप्तडको पहिचान बनेको छ । यहाँको भर्जिन हराभरा पाटन आफैंमा अलौकिक छ । बाह्रसिंगाको विशाल झुन्डको बासस्थान भएको शुक्लाफाँटा निकुञ्ज संसारकै एकान्त कुनामा रहेको सुदूरको प्रमुख पर्यटकीय गन्तव्य हो ।
साइपाल, अपी नाम्पा हिमालमुनिको रमणीय मध्यपहाडी क्षेत्रका नदी नाला, रीतिरिवाज अनि विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले थातथलो छोडेर अन्यत्र बसोबास गर्नेहरूलाई बर्सेनि घर फर्काइरहेको हुन्छ । दार्चुलाको व्यास गर्खाका शौका समुदायको परम्परागत मौलिक संस्कृतिदेखि तराईका कैलाली र कञ्चनपुरका थारु समुदायको चाडपर्व अनि पहिरन र खानपानको आफ्नै विशेष महत्त्व छ । पहाडतिर गौरा पर्वलगायत विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले बेग्लै रौनक छाउने गर्छ । समग्रमा सुदुरपश्चिम धार्मिक, प्राकृतिक र सांस्कतिक रूपले समृद्ध छ ।

प्राकृतिक सौन्दर्य
यतिबेला खप्तड हिमपातले सेताम्य भएको छ । क्षण–क्षणमा बदली भइरहने खप्तडको मौसमले पर्यटकहरूमा रोमाञ्च छाउने गर्छ । सडक यातायात र बसोबास तथा खानपिनको उचित व्यवस्था नहुँदा खप्तड पुग्न समस्या छ, तर एकपटक पुगेका जो–कोहीले पनि फर्केपछि ‘जीवनमा एकपटक अवश्य पुग्नैपर्ने ठाउँ रहेछ’ भन्ने प्रतिक्रिया दिने गरेका छन् ।
खप्तड वास्तवमै अलौकिक र अनुपम सुन्दर छ । सुदूरका तीन पहाडी जिल्ला डोटी, बझाङ र अछामको कुनै न कुनै भाग जोडिने खप्तड समुद्री सतहबाट २ हजार ४ सय मिटरदेखि ३ हजार ७ सय मिटर उचाइसम्म फैलिएको छ । नेपालमा पाइने ७ सय प्रकारका जडीबुटीमध्ये हालसम्मको अनुसन्धानबाट २ सय २४ थरीको जडिबुटी खप्तडमै पाइन्छ ।
खप्तड धार्मिक दृष्टिकोणले पनि प्रसिद्ध छ । जेठ महिनातिर गंगा दशहरामा खप्तडमा ठूलो मेला लाग्ने गरेको छ । ५० वर्षसम्म ‘खप्तड बाबा’ का नामले प्रसिद्ध स्वामी सच्चितानन्द सरस्वतीले ज्ञान प्राप्त गरेका कारण पनि खप्तडको बेग्लै पहिचान बनेको छ । सहस्रलिंग, सिद्धिविनायक, नागढुंगा, केदारढुंगा, खप्तड दह, जगन्नाथ मन्दिर र त्रिवेणीधाम पुग्नैपर्ने खप्तडभित्रका प्रमुख गन्तव्य हुन् । खप्तडका प्रायः सबै ठाउँबाट साइपाल, अपि, मडुग्रा, इङ्गलद्वारलगायतका हिमालहरू देखिन्छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
एक जना ब्रिटिस नागरिकले कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज घुमेपछि भनेका थिए, ‘आहा ! कति राम्रो सुनसान अनि एकान्त ।’ त्यही सुनसान शुक्लाफाँटा केही वर्षयता सुदूरपश्चिम पुग्ने पर्यटकहरूका लागि वन्यजन्तु र जैविक विविधताको क्षेत्रमा विशेष गन्तव्य हुन पुगेको छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो संरक्षण क्षेत्र बाघको घना बासस्थान र विशाल घाँसेमैदानमा चरण गर्ने बाह्रसिंगा र गैंडाका कारण चर्चामा रहने गरेको छ ।
शुक्लाफाँटा हात्ती र जिपमा घुम्न सकिन्छ । शुक्लाफाँटा निकुञ्जसंँगै जोडिएको रानाथारु बस्तीमा सुविधा सम्पन्न होमस्टे पनि सञ्चालनमा छ । शुक्लाफाँटा जंगल सफारी रिसोर्ट सञ्चालन गर्दै आएका कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारी शुक्लाफाँटाको व्यापक प्रचार–प्रसार हुन नसकेको बताउँछन् ।

सुदूरका अन्य गन्तव्यहरू
सुदूरका प्रमुख शक्तिपीठहरू डँडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निंगलासैनी र मेलौली धार्मिक दृष्टिकोणले विशेष महत्त्वका छन् । डँडेल्धुराको भित्री मधेस जोगबूढा क्षेत्रमा पर्ने परशुराम धाम र अछामको वैद्यनाथ धाममा लाग्ने मेलाको पनि विशेष महत्त्व छ । दार्चुलाको मालिकार्जुन, डोटीको शैलेश्वरी र बडीकेदार, डँडेल्धुराको घटाल मन्दिरको विशु जात्रा, कञ्चनपुरको सीमापारि टनकपुरनजिकको पूर्णागिरि मेला तथा बैतडी र दार्चुलाको सीमा गोकुलेश्वरमा शिवरात्रिका अवसरमा लाग्ने मेला विशेष छन् ।
सुदूरपश्चिम नाटाका अध्यक्ष माया प्रकाश भट्ट प्रदेशभित्र रहेका धार्मिक महत्त्वका स्थानहरूमा प्याकेजका रूपमा घुमफिर गर्ने वातावरण तयार गर्न धार्मिक कोरिडोरको अवधारणालाई मूर्तरूप दिनुपर्ने बताउँछन् ।
डँडेल्धुराको अमरगढी किल्ला पनि ऐतिहासिक सम्पदाका रूपमा रहेको छ । बैतडीको नौहाट क्षेत्रका साथै डँडेल्धुराकै अजयमेरु रहेको डोटेली राजाको भग्नावशेष दरबार तथा बैतडीको पाताल भुवनेश्वर गुफा, दिपायलनजिकैको भग्नावशेष दरबार अनि अछामको एकान्त रामारोशन क्षेत्र पनि पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । कैलालीका कान्द्रा, मोहना नदी दोभान जहाँ वर्षायाममा डल्फिन अवलोकन गर्न सकिन्छ ।

Page 26
आवरण

घुमफिरको बेग्लै मज्जा लिने हो ?

- सुजाता मुखिया

पैसा र समय जोहो गरेर वर्ष दिनमा एकाध पटक घुम्न निस्कनेहरू कति होलान् नेपाली समाजमा ? घुम्नकै लागि आवश्यक बजेट निकालेर, समयको प्रबन्ध गरेर घरबाट निस्कने प्रवृत्ति उति धेरै छैन । घुम्ने संस्कृतिको हाम्रो इतिहास त्यति लामो छैन । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेपछि नेपालमा घुमफिरको संस्कृति झाँगिएको मानिन्छ । खासगरी नाङ्गो आँखाले हिमाली चुचुरो नियाल्न र साहसिक हिम–आरोहण विदेशीहरू नेपाल आउन थाले । उनीहरूसँग घुलमिल भइरहँदा नेपालीमा पनि घुम्नुपर्छ भन्ने मानसिकता विकास भएको मानिन्छ ।
त्यसबेलासम्म नेपाली समाजमा तीर्थयात्राका लागि मठ–मन्दिर चहार्नेबाहेक घुम्ने संस्कार थिएन । पछि रमणीय ठाउँ हेर्ने, त्यहाँको कला–संस्कृति अवलोकन गर्ने, जिब्रोको स्वाद फेर्ने, फरक रहनसहनसँग साक्षात्कार गर्ने मनसायले घुमफिर गर्ने लहर चल्यो । गाउँ–गाउँमा होमस्टेको अवधारणा पुग्यो, ठाउँ–ठाउँमा पर्यटन लक्षित महोत्सव आयोजना गरिए । यसबाट मध्यमवर्गीय परिवारमा पनि देश–विदेश दर्शन गर्नुपर्छ भन्ने सोच जाग्यो । चाडपर्वको फुर्सदिलो दिनमा वा आफ्नो अनुकूलता मिलाएर देश चहार्ने वा विदेश सयर गर्ने क्रम बढ्यो ।
घुमफिरको कुरा गर्दा धेरैले ताक्ने गन्तव्य हो, पोखरा, जोमसोम, लुम्बिनी, सौराहा । यद्यपि नेपालमा त्यस्ता अनगिन्ती ठाउँ छन्, जहाँ घुमफिरको बेग्लै अनुभव सँगाल्न सकिन्छ । केही यसप्रकार छन् ।

सन्दकपुर
लेकको स्वाद
पूर्वी नेपालको रहनसहन बुझ्न, अर्थोडक्स चिया र अकबरेको स्वाद चाख्न, लेप्चा जातिको रीतिथिति अवलोकन गर्न, झुल्के घामको सुनौलो दृश्य नियाल्न तपाईंले इलामसम्मको यात्रा गर्नुपर्ने हुन्छ । इलाममा श्रीअन्तु, माइपोखरीजस्ता रमणीय ठाउँ छन् । त्यसमध्ये पनि सन्दकपुरको बेग्लै आकर्षण छ । सन्दकपुर इलाम र भारतको दार्जीलिङ सीमावर्ती भूगोल हो, जहाँ गर्मी छल्न पुग्ने गरिन्छ । समुद्री सतहबाट ३ हजार ६ सय मिटरको उचाइमा रहेको सन्दकपुरबाट देखिने आसपासका दृश्यहरूले तपाईंलाई मोहित बनाउनेछ । आँखैअगाडि देखिने हिमशृंखला, सूर्योदयको दृश्य विशेष लाग्नेछ । सन्दकपुरमा बसोबासको समस्या छैन । व्यवस्थित होटल तथा लज छन् । छुर्पी, च्याङ्ग्राको सुकुटी, सुँगुरको मासु, तोङ्वा छुटाउन नहुने यहाँका परिकार हुन् । सन्दकपुरसम्म पुग्न यातायातको पनि सुविधा छ ।

अरुण उपत्यका
चराचुरुङ्गीको संसार
तपाईं भूगोलमा रुचि राख्नुहुन्छ, चराचुरुङ्गीका बारेमा पनि उत्सुक हुनुहुन्छ भने अरुण उपत्यका उपयुक्त गन्तव्य हुनसक्छ । यो विश्वकै सबैभन्दा गहिरो उपत्यका मानिन्छ । अरुण उपत्यका समुद्री सतहभन्दा ३ हजार ६ सय मिटरसम्म गहिरो भएको अनुमान गरिन्छ । साथै यो क्षेत्र चराहरूको सुरक्षित आश्रयस्थल पनि हो । भनिन्छ, अरुण उपत्यकामा ६ सयभन्दा बढी जातिका चरा पाइन्छन् । विश्वमै बढी चरा पाइने उपत्यका पनि हो यो ।
त्यसो त भौगोलिक बनावट पनि आकर्षक छ । यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको रहनसहन, संस्कृति र जीवनशैली पनि उत्तिकै चाखलाग्दो छ । अरुण उपत्यका संखुवासभा जिल्लामा अवस्थित छ । अरुण उपत्यकाको अर्को विशेषता, यहाँ सबैजसो धर्म मान्नेहरू एकमुस्ट बसोबास गर्छन् । अरुण उपत्यका पुग्न तुम्लिङटारको विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ ।

तीनजुरे
गुराँस पच्छ्याउँदै
गुराँसले हराभरा जंगल चहार्ने चाहना छ भने तीनजुरे–मिल्के–जलजला क्षेत्र उपयुक्त गन्तव्य हुनसक्छ । गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा २८ प्रजातिका त गुराँस नै पाइन्छ । यो तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल हो । तेह्रथुम जिल्लामा पर्ने तीनजुरेलाई गुराँसको राजधानी भनेर चिनिन्छ । यहाँबाट कञ्चनजंघा र मकालुलाई पनि नजिकबाट नियाल्न सकिनेछ । यस क्षेत्रमा पुगेपछि तपाईंले लिम्बू जातिको रहनसहन, तिनको तिक्खर खान्की ‘वाचिपा’, चौंरीको दूध, तोङ्वा, गुराँसको जुस आदिले जिब्रोको स्वाद फेर्न सक्नुहुनेछ । धरानबाट भेडेटार, वसन्तपुर हुँदै गुराँसको राजधानीमा प्रवेश गर्न सकिन्छ ।

शैलुङ
चौंरी डुलाउनेलाई
लेकाली जनजीवन कस्तो हुन्छ ? चौंरी गोठको बास कस्तो हुन्छ ? चौंरीको दूध र छुर्पीको स्वाद कस्तो हुन्छ ? तपाईंमा यस्तै जिज्ञासा छ भने शैलुङको फन्को लगाउनुहोस् । यहाँ पुगेपछि तपाईंले चौंरीको दूधबाट बन्ने थरीथरीको परिकार चाख्न छुटाउनु हुन्न । किनभने शैलुङमा चौंरीपालन गर्ने र त्यसको दूधबाट मिठाई, छुर्पी, चिज आदि बनाइन्छ ।
शैलुङमा सयवटा थुम्को तपाईंलाई विशेष लाग्न सक्छ । यो दुर्लभ जडीबुटीको भण्डारसमेत हो । हिमपात हुनासाथ सहरियाहरू शैलुङलाई गन्तव्य बनाएर घरबाट निस्कन्छन् । अर्थात् हिउँसँग खेल्नका लागि शैलुङ एक निर्विकल्प गन्तव्य हो ।
दोलखा जिल्लामा अवस्थित शैलुङबाट रमणीय हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसो त यो धार्मिक पर्यटनका लागि पनि उत्तिकै चिनिएको छ । शैलुङमा हरेक १२ वर्षमा गोदावरी फुल्ने विशेष मेलासमेत लाग्ने गर्छ । सयवटा थुम्का भएको शैलुङ पुग्न खोलाखर्कबाट पैदल हिँड्नुपर्छ ।

जलजला
आँखाभरि गुराँस
माओवादी द्वन्द्वका बेला धेरै सुनिने नाम हो, जलजला । त्यसो त पहाडी जनजीवन हेर्न र बुझ्न पनि जलजला एक सही गन्तव्य हो । यो पहाड अहिले प्राकृतिक, धार्मिक, सांस्कृतिक आकर्षण बनेको छ । पाखाभरि फुल्ने गुराँसले जलजलालाई बिछट्टै रुपवती बनाउँछ । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकाले घेरेको छ । रोल्पाको सदारमुकाम लिवाङबाट २४ कोष पूर्व, व्यापारिक केन्द्र सुलिचौरबाट २२ कोष उत्तरमा अवस्थित छ । यो ठाउँ समुद्री सतहबाट ३ हजार १ सय ९३ मिटर उचाइमा छ ।

पोकली झरना
हेरिरहूँ लाग्ने
अग्लो पहराबाट झरेको पानीको छाँगो, पानीको वेगसँगै उड्ने भुवाझैं बाछिटाहरू, अनि त्यसमा परेको सप्तरंगी इन्द्रेणी । यस्तो दृश्य देख्दा तपाईं पक्कै रोमाञ्चित हुनुहुन्छ । यो रोमाञ्चकता सँगाल्न पोकली ओखलढुंगा पुग्नुपर्छ । त्यही छ, पोकली झरना ।हुन त पहाड र हिमाली भूगोललाई समेटेर फैलिएको हाम्रो देशमा यस्ता अनगिन्ती झरना छन् । पोकली झरनाचाहिँ तपाईंलाई विशेष लाग्न सक्छ । यो नेपालकै दोस्रो अग्लो झरना हो । लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरना चटाने भागमा बजारिँदै झरेको पानीको बेगले आनन्द दिलाउँछ । त्यसो त ओखलढुंगा पुगेपछि थोलेदाम्बा डाँडा पुग्नैपर्छ । नेपालको नक्सा बनाउँदा प्रयोग गरिएका सातवटा डाँडामध्ये एक हो यो । यहाँबाट सगरमाथा, गौरीशंकरलगायतका हिमाली दृश्यहरू निकै आकर्षक देखिन्छ ।

सिन्धुली गढी
घुमेर हेर्दा
‘सिन्धुली गढी घुमेर हेर्दा’ गीत सुनेपछि नै घुम्न मन लाग्छ, सिन्धुली गढी । इतिहासमा चासो राख्नेहरूका लागि यो काइदाको गन्तव्य हुनसक्छ । सिन्धुलीगढीले ऐतिहासिक महत्त्व बोकेको छ । नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । अहिले पनि उक्त युद्धका अवशेष त्यहाँ पाइन्छ ।हाम्रा पूर्खाहरूले शक्तिशाली अंग्रेज फौजसँग युद्ध गरेका थलो हो यो । वि. सं. १९७५ मा सिन्धुली गढीमा सेना बस्न १४ ढोका ५६ झ्यालको दरबार बनाइएको थियो । यो दुईतले दरबारलाई अहिले जीर्णोद्धार गरिएको छ । बीपी राजमार्ग निर्माणपछि सिन्धुलीको सौन्दर्य थप आकर्षण बढेको छ ।

पुनहिल
पदमार्ग हुँदै
पहाडी भेगमा पैदल यात्रा गर्ने रहर छ भने पुनहिल रोजाइको गन्तव्य हुनसक्छ । पोखराबाट उक्लिएर अन्नपूर्णतर्फ लाग्ने पदयात्रीहरू पुनहिल हुँदै बढ्छन् । यहाँबाट अन्नपूर्ण हिमाल र धौलागिरि हिमाललाई आँखैअगाडि देख्न सकिन्छ । साथै सिजनमा यहाँका पाखाहरू गुराँसले ढकमक्क हुन्छ । भनिन्छ, पुनहिल क्षेत्रमा मात्र १६ प्रजातिका गुराँस पाइन्छ । हुन त यो पहाड गुराँसकै लागि बढी चिनिएको पनि छ ।
पुनहिल म्याग्दी जिल्लामा अवस्थित छ । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलले मौसमअनुसार आफ्नो रूप बदल्ने गर्छ । पदयात्रा गर्न चाहनेको लागि पुनहिल सुन्दर गन्तव्य हो । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ ।
पोखरादेखि एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । जंगलको बीचमा ारहेको पहाडको टाकुरामा अवस्थित घोडेपानीदेखि ४५ मिनेट उकालो चढेपछि पुनहिल पुगिन्छ ।

गोरखा दरबार
ऐतिहासिक गन्तव्य
गोरखा भनेपछि पृथ्वीनारायण शाहको स्मरण हुन्छ । उनै पृथ्वीनारायण शाहले कस्तो दरबारमा बसेर राज गरेका थिए ? सयौं वर्षअघिको दरबार कस्तो थियो ? हेर्न गोरखा पुग्नुपर्छ ।
भनिन्छ, यो दरबार चार सय वर्ष पुरानो हो । गोरखा जिल्लामा रहेको ऐतिहासिक दरबार पहाडको टुप्पोमा अवस्थित छ । ४ सय वर्ष पुरानो गोरखा दरबारको राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मको राजाहरूले राज्य गरेको इतिहास छ । त्यहाँ एक पुरानो गुफा पनि छ । दरबारको पश्चिममा देवी गोरखकालीको मन्दिर छ । विभिन्न आकृति कुँदिएको झ्याल ढोकाले दरबारलाई भव्य बनाएको छ । दरबार वरिपरिको मनमोहक दृश्यहरू निकै रमणीय छ ।

बीसहजारी ताल
जता हेर्‍यो उतै राम्रो
तालतलैया हेरेर रमाउनुहुन्छ, पशुपन्छीको दैनिकी नजिकबाट नियाल्नुहुन्छ भने तपार्इं पुग्नुपर्छ, बीसहजारी ताल । चितवनमा पर्ने बीसहजारी ताल बरन्डाभार जंगलभित्र छ । यो ताल विभिन्न राष्ट्रबाट बसाइँसराइ गरी आउने मौसमी चराहरूको आश्रयस्थल हो । रामसार क्षेत्रमा सूचीकृत भएसँगै यो ताल पर्यटकको नजरमा पर्न थालेको छ ।
पर्यटक यस तालमा जलचर, चराचुरुङ्गी र जंगली जनावर हेर्न आउने गरेका छन् । ३२ सय हेक्टरमा फैलिएको यो तालमा दुर्लभ वन्यजन्तुदेखि बाघ, गैंडाहरूले पानी खान आउँछन् । यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीसहजारी ताल नामाकरण गरिएको हो ।

चुम भ्याली
हिमालको काखमा
चुम भ्यालीको एउटा खास विशेषता हो, यहाँ कुनै पनि किसिमको हिंसा हुँदैन । मारकाट हुँदैन । चीनसँग सिमाना जोडिएको चुम भ्याली अहिंसाको क्षेत्रले चिनिन्छ । यहाँ पशुबलि निषेध गरिएको छ । यस क्षेत्रमा काटमार गर्न पाइँदैन । त्यतिमात्र होइन, यहाँको कुनै पनि होटल तथा रेस्टुराँहरूमा मासुको परिकार बन्दैन ।
तर, चुम भ्याली त्यति मात्रैमा पनि सीमित छैन । यो आफैंमा एक रमणीय गन्तव्य हो । यहाँको आकर्षक भूबनोटले जो–कोहीको मन तान्छ । हिमालको काखमा बसेको चुम भ्यालीबाट देखिने दृश्यहरू निकै मोहक लाग्छ । यो ठाउँ पदयात्राका लागि उपयुक्त हुन सक्छ । बौद्ध धर्मालवम्बीहरूको बसोबास रहेको चुम भ्याली सांस्कृतिक रूपमा पनि सम्पन्न छ । यस क्षेत्रमा पुग्न गोरखा सदरमुकामबाट ५ दिनको पैदलयात्रा गर्नुपर्छ ।

त्रिपुराकोट
डोल्पाको गन्तव्य
मध्यपश्चिमको डोल्पा दुर्गम र विकट भए पनि भौगोलिक रूपले अत्यन्तै सुन्दर जिल्ला हो । हुन त डोल्पा भन्नासाथ धेरैले फोक्सुन्डो ताल सम्झने गर्छन् । यो ताल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको हो ।तर, डोल्पाको आकर्षण यो ताल मात्र होइन, त्रिपुराकोट पनि हो । यहाँ नेपालकै प्रसिद्ध शक्तिपीठ रहेको छ । रमाइलो कुरा त के भने दसैंमा त्रिपुराकोटमा टीका लगाउने साइत अन्यत्रभन्दा फरक हुन्छ । त्रिपुराकोटले प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छ । यहाँ सयौं वर्ष पुरानो बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर रहेको छ । आवश्यक प्रचार–प्रसार नभएकाले यहाँ पर्याप्त मात्रामा धार्मिक पर्यटक कमै आउने गरेका छन् ।

साततले दरबार
कति रहरलाग्दो
काठमाडौंबाट नुवाकोट पुग्न कठिन छैन । केही घण्टाको दूरी छिचोलेर नुवाकोट पुग्न सकिन्छ । नुवाकोट पुगेपछि साततले दरबार किन नहेर्ने ? यो सदियौं पुरानो दरबार हो । पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा विजय प्राप्त गरेपछि भव्य नौतले दरबार बनाएका थिए । ९० सालको भूकम्पले दुई तला भत्काएपछि दरबारको साततला मात्र बाँकी भएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि नुवाकोट निकै शक्तिशाली राज्यका रूपमा चिनिएको थियो । नुवाकोट दरबारमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । दरबारको सातौं तलामा रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिन्थ्यो ।

तान्जे गाउँ
मह सिकार गर्न
नेपालमा पर्वतारोहणका लागि मात्र पर्यटक आउँदैनन् । लुम्बिनी वा पशुपतिनाथको दर्शनका लागि मात्र पनि पर्यटक आउँदैनन् । यहाँ विभिन्न किसिमका पर्यटक आउँछन्, जसमध्ये एक हो मह सिकार हेर्ने । भीर मौरीले बनाउने महको सिकार कसरी गरिन्छ भनेर हेर्नकै लागि पर्यटकहरू नेपालसम्म आइपुग्ने गर्छन् । तर, हामी नेपालमै भएर पनि यसबारे खासै चासो छैन ।
यदि महको सिकार गरेको हेर्ने रहर भए तान्जे गाउँ पुग्नुपर्छ । कहालीलाग्दो भीरमा झुन्डिएर जोखिपूर्ण ढंगले मह सिकार गरेको दृश्य निकै रोचक लाग्न सक्छ । यहाँ मौरीको मह सिकार गर्ने आफ्नै विधि विधान छन् । ती सबै विधि विधान पूरा गरेर मौरीको मह सिकार गरेको हेर्न सकिन्छ । मह सिकार गर्नका लागि दर्जन बढी सिकारी खटिन्छन् । उनीहरूलाई करिब १० घण्टा समय लाग्छ । यो लोपोन्मुख परम्परा हो । भनिन्छ, यो परम्परा २ सय वर्षअघिदेखि चलेको हो । तान्जे गाउँ लमजुङ जिल्लामा पर्छ ।

परशुराम धाम
धार्मिक पर्यटन
पश्चिम नेपाल यातायातको हिसाबले त्यति सुविधाजनक छैन । तर, त्यहाँको प्राकृतिक सौन्दर्यले जो–कोहीको मन तान्न सक्छ । यस्तै गन्तव्य हो, परशुराम धाम । यो धाम डँडेल्धुरामा अवस्थित छ । धार्मिक आस्था राख्नेहरूका लागि परशुराम उपयुक्त थलो हुनसक्छ । धार्मिक विश्वास के छ भने त्रेतायुगमा परशुरामले यहाँ तपस्या गर्दै यज्ञ गरेका थिए ।
त्यसो त यहाँ पुगेपछि धामको अवलोकन मात्र होइन, आसपासको दृश्यले पनि तपाईंलाई लोभ्याउँछ । यो धाम महाकाली नदीको किनारमा अवस्थित छ । यही महाकाली नदीले नेपाल र भारतको सीमा पनि छुट्याउँछ । पूर्व–पश्चिम राजमार्गको दैजी सडकखण्डबाट परशुराम धाम ३० किलोमिटरको दूरीमा छ ।

बेनी बजार
घुम्दैफिर्दै
तपाईंलाई लामो पदयात्रा गर्ने रहर छ, हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्न मन छ भने तपाईंले बेनी बजारलाई केन्द्र बनाएर नयाँ अनुभव सँगाल्न सक्नुहुनेछ । बेनीबाट धौलागिरि हिमालको आधार शिविरसम्म यात्रा गर्न सकिन्छ । त्यहाँसम्म पुग्ने नयाँ मार्ग छ, धौलागिरि स्याङ्चुरी पदमार्ग । यो पदमार्गबाट झींगाउँ, पाखापानी, कोटगाउँ, रायखर्क, छरी, फेदी हुँदै धौलागिरि आधार शिविरमा पुगिन्छ । यत्तिका दूरी छिचोल्नका लागि तपाईंले सात दिनको समय छुट्याउनुपर्छ । यात्रामा तपाईंले ग्रामीण रहनसहनसँग मात्र साक्षात्कार गर्नुहुनेछैन, नाउर, थार जस्ता दुर्लभ वन्यजन्तु पनि देख्न सक्नुहुनेछ । यो पदमार्ग बेनीबाट सुरु भएर पुनः बेनीमा पुगेर टुंगिन्छ । फर्कनका लागि भने अर्को बाटो समात्न सकिन्छ । काठमाडौंबाट बेनीसम्म आउजाउ गर्न दुई दिन लाग्छ, बस यात्रामा ।

लिमी भ्याली
मूर्ति र गुम्बाको उपत्यका
बेग्लै चालचलन, कला संस्कृति, बोलीचाली, पहिरनशैली बुझ्न र हेर्नका लागि तपाईं लिमी भ्याली पुग्न सक्नुहुन्छ । यो हुम्ला जिल्लामा अवस्थित छ । यहाँ बोलिने भाषा, यहाँ मनाइने पर्वमा आफ्नोपन मिल्छ । यो उपत्यकामा तीनवटा गाउँ समेटिएको छ, तिल, हल्जी र जाङ । यी बस्ती आफैंमा निकै पुराना हुन् । यहाँ हल्जी गुम्बा छ । भनिन्छ, हल्जी गुम्बा हजार वर्ष पुरानो हो । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा नै यहाँको खास आकर्षण हुन् । लिमी भ्याली प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बाको उपत्यका हो । यस क्षेत्रलाई लोपोन्मुख एवं दुर्लभ वन्यजन्तुको संरक्षित आश्रयस्थल पनि मानिन्छ । लिमी भ्याली पुग्न नेपालगन्ज र सुर्खेतबाट हवाईजहाजमा सदरमुकाम सिमिकोट पुग्नुपर्छ । त्यहाँबाट भने हिल्सा, सल्ली हुँदै बढ्नुपर्छ । तर, तपाईंसँग पर्याप्त समय छैन भने लिमी भ्यालीको यात्रा थाल्नु ठीक हुन्न । किनभने यहाँ आउजाउ गर्न समय लाग्छ । सिमिकोटबाट एक साता पैदल हिँडेपछि लिमी भ्याली पुग्न सकिन्छ ।

खप्तड
धर्तीको स्वर्ग
खप्तड पुग्नेहरूलाई लाग्न सक्छ, यो त धर्तीको स्वर्ग हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगममा रहेको खप्तड विशाल घाँसे मैदान हो । खप्तडमा २२ वटा घाँसे मैदान छ । लेकाली फूल र घाँसले हराभरा यो विशाल घाँसे मैदान देख्नसाथ तपाईंले आनन्दित महसुस गर्नुहुनेछ । यसलाई तपोभूमिको रूपमा समेत लिइन्छ । यहाँ वर्षौंअघि खप्तड बाबाले तपस्या गरेका थिए । यसको आसपासमा ५३ वटा थुम्का छन् । तर, खप्तडको आकर्षण यतिमात्र होइन । यहाँ खप्तड दह, नागढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर पनि छ । खप्तडमा लाग्ने गंगा दशहरा मेला पनि निकै प्रसिद्ध छ । यो मेला हरेक वर्ष जेठ महिनामा लाग्छ । खप्तडसम्म पुग्नका लागि तमैल र डोटीको झिंग्रानबाट यात्रा थाल्नुपर्छ । मोटरबाटो हुँदै तमैल पुगेपछि ४ घण्टा जति पैदल हिँड्नुपर्छ ।

बारपाक
तंग्रिएको बस्ती
बारपाक भन्नासाथ हामीलाई विनाशकारी भूकम्पको सम्झना हुन्छ । ठूलो जनधनको क्षति हुने गरी २०७२ सालमा गएको भूकम्पको केन्द्रबिन्दु थियो, बारपाक । त्यसबेला यो सुन्दर र विशाल बस्ती तहसनहस भएको थियो । ढुंगाले छाएको एकनासको घर, ढुंगाले बनाइएको बाटो, आगन, गल्ली । विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको यो गाउँ कम्ता आकर्षक थिएन । तर, भूकम्प गएसँगै बारपाकले आफ्नोपन गुमाउनुपर्‍यो । जबकी कुनै बेला बारपाकको चिनारी नै ढुंगै ढुंगाले बनेको घर एवं बस्ती थियो ।अहिले बारपाक तंग्रिएको छ । पुरानो बारपाक र अहिलेको बारपाक नितान्त भिन्न छ । बारपाकको यात्रा किन पनि रोचक हुन्छ भने यो बस्तीले एउटा भयानक त्रासदी झेलेर अहिले मुस्कुराइरहेको छ । यहाँको जनजीवन आफ्नो लयमा फर्किएको छ । यो आफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ हो । यहाँ पर्यटकीय र ऐतिहासिक सम्पदा छन् ।

 


नरिवलको जटाको आकारको भएकाले यसलाई जटापोखरी भनिएको हो । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरी एक हिमताल हो, जहाँ वर्षमा ६ महिनाभन्दा बढी पानी जम्छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि जटापोखरी पुगिन्छ ।

- जटापोखरी

 

धादिङ जिल्लामा अवस्थित रुबिभ्याली घुम्नलायक ठाउँ हो । नाम नै काफी छ, रुबि । भनिन्छ, बहुमूल्य पत्थर रुबि पाइने भएकाले यसको नाम रुबिभ्याली रहेको हो । दूरीको हिसाबले काठमाडौंबाट सबैभन्दा नजिकको आधार शिविर हो यो । धादिङबेसीबाट ३९ किलोमिटर यात्रा गरेपछि यो ठाउँ पुग्न सकिन्छ ।

- रुविभ्याली

 


तनहुँ जिल्लामा पर्ने बन्दीपुर तनहुँ, कास्की, लमजुङ र गोरखाको जक्सन पनि हो । तपाईंले यहाँ नेवारी रहनसहनसँग साक्षात्कार गर्नुहुनेछ । नेवारी संस्कृतिमा आधारित बन्दीपुरको सहरी संरचना साढे २ सय वर्ष पुरानो मानिन्छ । बन्दीपर आसपासका क्षेत्रमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

- बन्दीपुर

 


नेपालमा पर्वतारोहणका लागि मात्र पर्यटक आउँदैनन् । लुिम्बनी वा पशुपतिनाथको दर्शनका लागि मात्र पनि पर्यटक आउँदैनन् । यहाँ विभिन्न किसिमका पर्यटक आउँछन्, जसमध्ये एक हो मह सिकार हेर्ने । भीर मौरीले बनाउने महको सिकार कसरी गरिन्छ भनेर हेर्नकै लागि पर्यटकहरू नेपालसम्म आइपुग्ने गर्छन् ।

- तान्जे गाउँ

 


हिमाली सौन्दर्यमा रमाउनुहुन्छ भने धम्पुस उपयुक्त गन्तव्य हुनसक्छ । पोखरानजिकको यो ठाउँ आफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमध्ये एक हो यो । भनिन्छ, धम्पुसबाट माछापुच्छ्र्रे जति आकर्षक देखिन्छ अन्यत्र कहीँबाट पनि देखिँदैन । त्यसैले धेरैजसो त यहाँ माछापुच्छ्र्रेको सग्लोरूप हेर्नकै लागि पुग्ने गर्छन् ।

- धम्पुस

 

 

दामन काठमाडौंबाट नजिकको गन्तव्य हो । मकवानपुर जिल्लामा पर्ने दामनमा खासगरी हिउँ खेल्न जाने गरिन्छ, हिउँद याममा । यहाँ आगन्तुककै लागि भ्यूटावर पनि बनाइएको छ । हिम शृंखलाहरूको दृश्य हेर्दै रमाउनुको बेग्लै आनन्द छ । दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ ।

- दामन

Page 27
Page 28
Page 29
आवरण

रोजाइका १० होमस्टे

- प्रकृति दाहाल

स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन यतिबेला देशभर विस्तार हुँदैछ । स्थानीय कला–संस्कृति प्रदर्शन गर्नु, अतिथि सत्कार गर्नु, मौलिक उत्पादनको प्रवर्द्धन गर्नु, होमस्टेका विशेषता हुन् । देशैभर छरिएर रहेका होमस्टेमध्ये चर्चामा रहेका दसवटा होमस्टेबारे तयार पारेको सामग्री :

नाम्जे, धनकुटा
अमेरिकी समाचार संस्था सीएनएले २०११ मा विश्वका १२ वटा गाउँको सूचीमा समावेश गरेको गाउँ हो– नाम्जे । साँगुरीगढी गाउँपालिका–६ मा अवस्थित होमस्टेको आकर्षण भनेको आत्मा बस्ने घर हो । उक्त घर अमेरिकाका क्याथोलिक युनिर्भसिटीका १२ जना आर्किटेक इन्जिनियरले बनाएका हुन् । गाउँमा २१ घरमा होमस्टे सञ्चालन गरिएको होमस्टेका संयोजक अनिलकुमार राना बताउँछन् । एक रातको ५ सय रुपैयाँ लाग्ने राना बताउँछन् । रानाका अनुसार एकरातको प्याकेजमा स्वागत, डिनर, बास र ब्रेकफास्ट समावेश छ । होमस्टेमा मकैको भात, लोकल कुखुराको मासु, बंगुरको मासु र अतिथिका लागि इच्छाअनुसार पेयपदार्थ पनि व्यवस्था गरिन्छ । नाम्जे पुग्न धरानबाट भेडेटार हुँदै पुगिन्छ । धरानबाट नाम्जे २१ किमि छ । धरानबाट भेडेटार जान राजारानी जाने बस चढ्नुपर्छ । भेडेटारबाट नाम्जे ४ किमि छ । भेडेटारबाट बसमा जान सकिन्छ ।

अन्तु, इलाम
चियाले प्रख्यात स्थान हो– इलाम । १ हजार ८ सय २३ मिटरमा रहेको अन्तु डाँडा भने सूर्योदयका लागि प्रख्यात छ । अन्तु गाउँबाट मिरिक बजारको मनोमोहक दृश्य देख्न सकिन्छ । हिमशृंखला, कञ्चनजंघा र कुम्भकर्ण नियाल्न सकिन्छ । अन्तुको अधिकांश क्षेत्र चिया बगानले ढाकेको छ । चियाको दृश्य हेर्न पर्यटक अन्तु होमस्टेमा पर्यटकहरू आउने गरेको होमस्टेका अध्यक्ष धनकुमार आले बताउँछन् । अन्तुमा लाप्चा, राई, मगर, तामाङ, लिम्बू र नेवार संस्कृति झल्कने नाचगान प्रदर्शन गरिन्छ । एट्याज कोठामा बसेको एक रातको १ हजार रुपैयाँ लाग्छ, जसमा खाना, ब्रेकफास्ट आवास समावेश गरिएको हुन्छ । इलामको फिक्कलबाट अन्तु १४ किमि दूरीमा छ । फिक्कलबाट ४५ मिनेटको बस, जिप यात्रामा जान सकिन्छ ।

सुनखरी, पर्सा
पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ मा रहेको होमस्टे हो– सुनखरी होमस्टे । उक्त बस्तीमा १५ घरमा होमस्टे सञ्चालित छन् । होमस्टेमा पुगेका पर्यटकहरूले पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गराउने गरेको सुनखरी होमस्टेका अध्यक्ष शम्भु पौडेल बताउँछन् । पौडेलका अनुसार होमस्टेमा आउने पर्यटकहरूले ऐतिहासिक ढुंगेश्वर महादेव मन्दिर पनि अवलोकन गर्न सक्छन् ।
होमस्टेमा ५ सय रुपैयाँमा एक रात बिताउन सकिन्छ । सुनखरी होमस्टे पुग्न पर्सा हुँदै १० मिनेटमै सुवर्णपुर पुगिन्छ ।

दरै गाउँ, चितवन
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रहेको होमस्टे हो– दरै गाउँ होमस्टे । २०७१ सालदेखि सञ्चालनमा आएको उक्त दरै गाउँका ११ घरमा होमस्टेहरू सञ्चालनमा आएका छन् । जंगलमा जरायो, चित्तलहरू देख्न सकिन्छ । यसका साथै होमस्टेमा दरै जातिका संस्कृतिहरूलाई पनि अवलोकन गर्न सकिन्छ । स्थानीय कुखुरा, हाँसको स्वादका परिकारहरूको स्वाद लिन सकिन्छ ।
दरै गाउँमा १ हजारमा १ रात बिताउन सकिने अध्यक्ष गोविन्द गैरे बताउँछन् । उनका अनुसार रुमको ६०, खाना र खाजा भने सस्तो छ । दरै गाउँ होमस्टे पुग्न चितवनबाट जान सकिन्छ । चितवनबाट पर्सा १७ किमि दूरीमा छ । पर्सा बस, जिप र अटोबाट पुग्न सकिन्छ । पर्साबाट भने दरै गाउँ ७ किमि दूरीमा छ । पर्साबाट गाउँसम्म गाडी चल्छ । एक किलोमिटर भने कच्ची बाटोकोयात्रा गर्नुपर्छ ।

चित्लाङ, मकवानपुर
२०११ देखि मकवानपुरमा सञ्चालनमा आएको हो– चित्लाङ होमस्टे । २ हजार २ सय ८० मिटरमा रहेको उक्त गाउँका ६ घरमा होमस्टेहरू सञ्चालनमा छन् । चित्लाङ पुग्ने पर्यटकहरूले सम्राट अशोकले ईसापूर्व २ सय ७३ मा बनाएको चैत्य अवलोकन गर्न सकिने होमस्टेका संयोजक राधाकृष्ण बस्नेत बताउँछन् । उनका अनुसार चित्लाङमा अर्गानिक उत्पादन मुला, साग, आलु, भुइँस्याउ पाइन्छ । यस ठाउँमा बाख्राको दूधबाट बनेको चिजको पनि स्वाद लिन सकिन्छ ।
होमस्टेमा एकराते प्याकेजको १ हजार २ सय रुपैयाँ लाग्छ । काठमाडौंबाट चन्द्रागिरि हुँदै चित्लाङ पुग्न सकिन्छ । थानकोट पार्कपछाडि गोदामबाट जिप चल्छन् । त्यहाँबाट चन्द्रागिरि भन्ज्याङ हुँदै चित्लाङ पुगिन्छ । गोदाम चित्लाङ पुग्न १३ किमिको कच्चीबाटोको यात्रा गर्नुपर्छ ।

सिरुबारी, स्याङ्जा
नेपालको पहिलो होमस्टे हो– सिरुबारी होमस्टे । २०५२ सालदेखि क्याप्टेन रुद्रमान गुरुङको पहलमा सञ्चालनमा आएको हो । स्याङ्जा जिल्ला आदिखोला गाउँपालिका–१ सिरुबारीमा अवस्थित छ, जहाँ ४३ घरमा होमस्टेहरू सञ्चालनमा छन् । १ हजार ६ सय १० मिटरमा रहेको सिरुबारीमा गुरुङ बस्ती छ । उक्त होमस्टेमा गुरुङ जीवनशैली, हिमाली सौन्दर्यले मन लोभ्याउँछ । अतिथिहरूलाई पञ्जैबाजासहित स्वागत गर्नु सिरुबारीको परम्परा रहेको छ ।
सिरुबारी होमस्टेमा स्वदेशी र विदेशीलाई फरक मूल्य राखिएको होमस्टेका अध्यक्ष जुम गुरुङ बताउँछन् । उनका अनुसार नेपाली पर्यटकलाई एक दिनको १ हजार २ सय र विदेशी पर्यटकलाई एक दिनको २ हजार रुपैयाँ खर्च लाग्छ । पोखराबाट सिरुबारी गाडीमा जान सकिन्छ । पोखराबाट छुटेको ४ घण्टामा सिरुबारी पुग्न सकिन्छ ।

काउलेपानी, लमजुङ
प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्य हो– काउलेपानी । काउलेपानी होमस्टे पहिलो वातावरणमैत्री होमस्टे बनेको छ । २०११ देखि सञ्चालित काउलेपानी होमस्टे बेसीसहर नगरपालिका–३ मा अवस्थित छ । २५ घर रहेको उक्त गाउँमा १५ घर होमस्टे सञ्चालनमा रहेको होमस्टेका संयोजक देवबहादुर गुरुङ बताउँछन् । यहाँ पाहुनाहरूलाई लोकल कुराको स्वाद साथै गुन्द्रुक, ढिँडो चखाइन्छ । यस होमस्टेबाट बुद्ध हिमाल, मनास्लु, माछापुच्छ्रेजस्ता करिब १५ वटा हिमाल देख्न सकिने गुरुङको भनाइ छ ।
होमस्टेमा एक रात बिताएको ९ सय रुपैयाँ लाग्छ । गुरुङका अनुसार प्याकेजमा स्वागत, डिनर, बास, र ब्रेकफास्ट समावेश हुन्छ । बेसीसहरबाट काउलेपानी कच्ची सडक छिचोल्नुपर्छ । मोटरसाइकल जिपममार्फत करिब ४० मिनेटको यात्रामा पुग्न सकिन्छ ।

ग्राभर भ्याली, बाँके
बाँके जिल्लाको पहिलो सामुदायिक होमस्टे हो– गाँभर भ्याली होमस्टे । बाँके बैजनाथ गाउँपालिकामा अवस्थित भ्यालीमा १७ वटा होमस्टे सञ्चालनमा छन् । गाउँमा थारु र मुगेलीहरूको संयुक्त बसोबास छ । मुगेली थारुको मिश्रित संस्कारमा परम्परागत परिकारहरूको स्वाद लिन सकिने भ्यालीका अध्यक्ष कृष्ण चौधरी बताउँछन् । चौधरीका अनुसार अनदीको भात, ढिक्री, कोदो, ढिँडो, घोघी र गंगटोजस्ता थारु स्वादहरू लिन सकिन्छ ।
प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्छ, जसमा साँझको खाना, बास, ब्रेकफास्ट समावेश गरिएको हुन्छ । खाजामा भने थारुहरूको ढिक्री, कोदाको रोटी, अन्डा समावेश गरिने चौधरी बताउँछन् ।
गाभर भ्याली पुग्न नेपालगन्जसम्म हवाई यात्रा वा बस यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट १० किमिको बाटो पार गर्दै कोहलपुर पुगिन्छ । कोहलपुरबाट भ्याली ८ किमि छ । कोहलपुरबाट गाभर भ्याली पुग्न भने १ किमि कच्ची बाटोको यात्रा गर्नुपर्ने हुन्छ ।

थारु होमस्टे, सुर्खेत
सुर्खेतको वीरेन्द्रगर नगरपालिका–१० मा नयाँ गाउँमा २०७५ सालदेखि थारु होमस्टे सञ्चालनमा आयो । सामुदायिक होमस्टेका रूपमा विकास गर्ने भने पनि जितबहादुर चौधरीको घरमा मात्रै होमस्टे सञ्चालनमा छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक्लै भए पनि सञ्चालनमा लागेको चौधरी बताउँछन् । चौधरीले आउने पाहुनाहरूलाई लोकल कुखराको मासु, कालो सुगुरको मासुको स्वाद चखाउँछन् । त्यस्तै थारुका अन्य परिकारहरूको पनि स्वाद लिन सकिन्छ । होमस्टेमा ८ जनासम्म बस्न सक्छन् । उक्त गाउँ पुग्ने पर्यटकहरूले बुलबुल ताल अवलोकन गर्न सक्छन् ।
होमस्टेमा एक रातको १ हजार रुपैयाँ लाग्छ, जसमा खाना, बास र बेकफास्ट समावेश गरिएको हुन्छ । खाजामा अनादिको भात, ठिकुरी माछा, आलुको अचार समावेश गरिएको हुन्छ ।
त्यहाँ पुग्न सुर्खेत विमानस्थलबाट २ किमिको यात्रा तय गर्नुपर्छ ।

रानाथारु होमस्टे, कञ्चनपुर
कञ्चनपुर भीमदत्त नगरपालिका–१४, १६ मा रहेको ४२ घरधुरीमध्ये ८ वटा घरमा होमस्टे सञ्चालनमा रहेको बताउँछन्, होमस्टेका अध्यक्ष पर्शुराम राना । उनका अनुसार होमस्टेमा ३२ जनासम्म पाहुना राख्न सक्ने सुविधा छ । रानाथारु होमस्टे पुगेका पर्यटकहरूले दोधारा चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षणजस्ता पर्यटकीय ठाउँहरू अवलोकन गर्न सक्नेछन् ।
रानाथारु होमस्टेमा प्रतिव्यक्ति १ हजार रुपैयाँमा बस्न सकिने सुविधा रहेको रानाको भनाइ छ । रानाथारु होमस्टे पुग्न महेन्द्रनगर जानुपर्छ । महेन्द्रनगरबाट शुक्लाफाटा ६ किमि दूरीमा पर्छ । शुक्लाफाटा पुग्न बस, जिपको प्रयोग गर्न सकिन्छ । शुक्लाफाँटाबाट १ किमि दूरीमा रहेको छ, जहाँ पुग्न शुक्लाफाँटाबाट १० मिनेट लाग्छ ।

Page 30
खेलकुद

चर्चादेखि चर्चितसम्म

आईपीएल ट्वान्टी–२०
- साप्ताहिक संवाददाता

कुनै पनि खेलका खेलाडीहरूलाई तिम्रो लक्ष्य के हो भनेर सोध्यो भने ओलम्पिक वा विश्वकप खेल्ने भन्ने हुन्छ । यस्तै कुनै क्रिकेटरलाई के खेल्ने लक्ष्य छ भनेर सोध्यो भने पक्कै पनि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भन्ने नै उत्तर आउँछ । पछिल्लो पटक आईपीएलका टिमले क्रिकेटरलाई दिने पैसा र चर्चा अरू कुनै क्रिकेट प्रतियोगिताले दिँदैन, जसका कारण आईपीएल क्रिकेटर र दर्शकलाई विश्वकै सर्वाधिक आकर्षणको प्रतियोगिता भएको छ ।
नेपालमा भर्खर क्रिकेट करिअर थालेका सन्दीप लामिछानेले पनि आईपीएलमा मौका पाएपछि उनी नेपालको मात्र नभएर विश्वकै चर्चित खेलाडीको सूचीमा पर्न सफल भए । आईपीएलमा उनी आबद्ध रहेको टिम दिल्ली क्यापिटलले तेस्रो सिजनका लागि अनुबन्ध गरे पनि उनको टिमले अझैसम्म पनि खासै सफलता पाएको छैन । तर, उनको खेलले पाएको चर्चाले उनलाई फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका अरू ढोका पनि खुल्यो, जसका कारण उनी अहिले नेपालको सर्वाधिक आम्दानी गर्ने खेलाडी भएका छन् भने चर्चाका हिसाबले नेपालकै चर्चित खेलाडी पनि बनेका छन् ।
आईपीएल अहिले खेलाडीहरूलाई आर्थिक रूपमा समृद्ध बनाउँदै उनीहरूको प्रतिभाको मूल्यांकन गर्ने प्रतियोगिता पनि भएको छ । यही प्रतियोगितामार्फत धेरै खेलाडीले चर्चासहित आफूलाई करोडपतिको सूचीमा राख्न सफल भएका छन् । यसपटक पनि सन् २०२० मा आयोजना हुने आईपीएल प्रतियोगिताको खेलाडी खरिद प्रक्रिया हालै कोलकतामा सम्पन्न भयो । यो लिलामीले धेरै खेलाडीलाई खरिद गरेर र केही चर्चित खेलाडीहरूलाई कुनै पनि टिमले खरिद नगरेर पनि
चर्चामा ल्याइदियो ।

खेलकुद

महँगा खेलाडीहरू

- साप्ताहिक संवाददाता

विश्वकै सर्वाधिक आर्थिक कारोबार हुने व्यावसायिक क्रिकेट प्रतियोगितका रूपमा रहेको आईपीएलको खेलाडी लिलामीमा यसपटक अस्ट्रेलियाका क्रिकेटरहरू नै हावी भए । सर्वाधिक मूल्यमा खरिद गरिएका पाँच खेलाडीको सूचीमा अस्ट्रेलियाका ३ खेलाडी, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका एक/एक खेलाडी परे ।
यसपटकको आईपीएलमा सर्वाधिक महँगो मूल्य तिरेर कोलकता नाइट राईडर्सले अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कुमिङ्सलाई खरिद गर्‍यो । टेस्ट क्रिकेटमा उत्कृष्ट बलरको र्‍याङ्कमा रहेका प्याटलाई १५ करोड ५० लाख भारुमा कोलकताले खरिद गरेको थियो । यो लिलामीमा रोयल च्यालेन्जर बेंगलुरसँग २३ करोड र दिल्ली क्यापिटलसँग २६ करोड भारु भए पनि कोलकताले आफ्नो पक्षमा उनलाई पार्न सफल भएको थियो ।
अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल यसपटक आईपीएलको खरिदमा दोस्रो महँगा खेलाडी बने । ग्लेनलाई आफ्नो टिममा पार्न यसपटक दिल्ली क्यापिटल र किंग इलेभेन पन्जाबबीच प्रतिस्पर्धा भएको थियो । ४ करोड भारुबाट खरिद प्रक्रिया सुरु हुँदा पन्जाबले ९ करोड तिर्न मञ्जुर भयो । यो बेलामा पन्जाबसँग ४२ करोड भारु थियो भने दिल्लीसँग २६ करोड भारु रहेको थियो । अन्ततः पन्जाबले ग्लेनलाई १० करोड ७५ लाख भारुमा खरिद गर्न सफल भयो ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिस ट्वाटी–२० क्रिकेटका अनुभवी खेलाडी मानिन्छन् । चेन्नाई सुपर किंग, राजस्थान रोयल्स, दिल्ली क्यापिटलबाट क्रिकेट खेलिसकेका मोरिसले २ सय ३७ विकेट लिइसकेका छन् । यसपटक भएको लिलामीमा उनलाई १० करोड भारुमा रोयल च्यालेन्जर्स बेंगलुरले आफ्नो टिममा पार्न सफल भयो ।
वेस्टइन्डिजका पेसर सेल्डन क्रोटेललाई किंग इलेभेन पन्जाबले आफ्नो टिममा पार्न सफल भयो । सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध ट्वान्टी–२० खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा उनले प्रवेश गरेका थिए । सन् २०१५/१६ मा क्रिकेटमा खासै सक्रिय नभएका सेल्डनलाई पन्जाबले यसपटक ८ करोड ५० लाख भारु तिरेर आफ्नो टिममा पारेको थियो ।
अस्ट्रेलियाका नाथान कुल्टर नाइललाई यसपटक मुम्बाई इन्डियन्सले आफ्नो टिममा पार्न सफल भयो । ट्वान्टी–२० को १ सय ८ खेल खेलेका नाथानले १ सय ३० विकेट लिइसकेका छन् । जसका कारण उनलाई खरिद गर्न १ करोड भारुवाट खरिद बढाबढ भएको थियो । मुम्बई र चेन्नाईबीच प्रतिस्पर्धा भएको यो लिलामीमा नाथानलाई मुम्बईले ८ करोड भारुमा आफ्नो टिममा पारेका थिए ।

खेलकुद

जो टिममा परेनन्

- साप्ताहिक संवाददाता

खेल करिअरले चर्चामा रहे पनि कुनै पनि टिमले खरिद गर्न चासो नदेखाउने खेलाडीहरूको सूची यसपटक केही लामै देखियो । जसमा भारतीय खेलाडीहरू पनि परे । जोडदार स्ट्रोकको कारण चर्चामा आउने युसुफ पठानलाई यसपटक कुनै पनि टिमले लिएनन् । कुनै समय आईपीएलमा राजस्थानबाट अविस्मरणीय क्रिकेट खेलेका पठानले ३७ बलमा शतक रन बनाएको कीर्तिमानसमेत थियो ।
राजस्थान रोयलमा लामो समय आबद्ध भएका स्टुवार्ट बिन्नीलाई पनि यसपटक कुनै टिमले लिने चासो देखाएनन् । वेस्टइन्डिजका कार्लोस ब्रेथवेटलाई बिस्फोटक ब्याट्सम्यान मानिन्छ । ट्वान्टी–२० विश्वकपमा वेस्टइन्डिजलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कार्लोसलाई पनि यसपटक कुनै टिमले आफूसँग आबद्ध गरेनन् ।
भारतीय क्रिकेटर मनोज तिवारीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन रहेको थियो । उनको खेल हेर्नेहरू उनी पनि आईपीएलमा देखिनुपर्ने खेलाडी हो भन्छन् । तर, तिवारीलाई पनि यसपटक कुनै पनि टिमले खरिद गर्ने इच्छा नै देखाएनन् । ३४ वर्षीय तिवारी भन्छन्— म अझै पनि १० वर्ष क्रिकेटमा टिक्न सक्छु ।
सुरुवाती मूल्य ५० लाख भएर पनि वेस्टइन्डिजका केसरिक विलियमलाई पनि यसपटक कुनै टिमले लिन इच्छा देखाएनन् । यसपटकको लिलामीमा वेस्ट इन्डिजका धेरै राम्रा खेलाडीमा आईपीएलका टिमको आँखा पर्न सकेन, जसमा हेडेन वाल्स, इविन लुइस पनि परे ।

खेलकुद

नयाँ अनुहार

- साप्ताहिक संवाददाता

आईपीएलले केही अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई निराश तुल्याए पनि आर्थिक रूपमा कमजोर भएका तर प्रतिभावान् खेलाडीहरूलाई करोडपति पनि बनाउने देखायो, जसमा यशस्वी जयसवालको नाम अगाडि आयो । १७ वर्षीय यी क्रिकेटरलाई राजस्थान रोयल्सले २ करोड ४० लाख रुपैयाँमा तिरेर आफ्नो टिममा पार्‍यो । मुम्बईको आजाद मैदानमा अभ्यास गर्ने यशस्वीको बस्ने कुनै निश्चित ठेगाना थिएन, उनी कुनै पनि ठाउँमा रात बिताउने गर्थे भने बाँच्नका लागि पानीपुरी बेच्ने कामसमेत गर्थे । विजय हजारे ट्रफीमा कम उमेरमै दोहोरो शतक बनाएपछि यशस्वीको चर्चा बढेको थियो ।
१९ वर्षमुनिको भारतीय टिमका कप्तान प्रियम गर्गको सुरुवाती मूल्य २० लाख थियो । सनराइज हैदरावादले अन्ततः गर्गलाई १ करोड ९० लाख भारुमा आफ्नो टिममा राख्न सफल भयो । गर्गको बुबा स्कुलको बस चलाएर छोराको आवश्यकताहरू पूरा गर्दै आएका थिए । उनी मेरठको एक गाउँको स्कुलमा कक्षा १० मा पढिरहेका छन् ।

Page 31
खेलकुद

लिग चम्काउने चुनौती

- हिमेशरत्न बज्राचार्य

तस्बिर : केशव थापा 

लिग यस्तो फुटबलको प्रतियोगिता हो, जसको आयोजना नगरेर सुखै छैन । लिगबिना कुनै पनि देशको फुटबल विकास नै हुन सक्दैन, यो सिद्धान्त र नियमजस्तै छ । यो त सबैलाई छर्लङ्ग थाहा भएको तथ्य पनि हो, तर यसको आयोजना उत्तिकै जटिल पनि छ, त्यसैले सजिलो छैन लिग गर्न । केही दिन मात्र होइन, केही सातामा पनि सकिने हुन्न, लिग । नकआउट प्रतियोगिता भएको भए, आयोजना सुरु भएको भर्खरजस्तो लाग्न सक्छ, तर तुरुन्तै सकिन्छ ।
तर लिग एकपल्ट सुरु भएपछि कहिले पो सकिने हो, व्यग्र प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यत्तिको लामो हुन्छ, यो । अहिले सहिद स्मारक लिगको ‘ए’ डिभिजन चलिरहेको छ । यसको दोस्रो चरण सकेर अहिले तेस्रो चरणका खेल भइरहेका छन् । प्रतियोगितामा सहभागी कुल १४ टिमको आधारमा एकले अर्कोसँग एक एक खेल खेल्ने आधारमा यसपल्टका लिग १३ चरण चल्नेछ । त्यसको अर्थ नियमित खेल हुँदा पनि प्रतियोगिता अझै कम्तीमा दुई महिना मज्जाले चल्नेछ, अझ त्योभन्दा पनि बढी समय लाग्न सक्नेछ ।
अनि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठ्याक्कै यस्तै महसुस गर्दो हो, लिग गर्न कति धेरै गाह्रो पो रहेछ । एन्फाले दुई चरणका खेल सकिँदा अझ धेरै गुनासो सहनुपरेको छ, विशेषतः व्यवस्थापन पक्षलाई लिएर । टालटुले पाराले काम गर्ने एन्फाको शैलीका कारण धेरैलाई चित्त बुझ्दैन । त्यसमाथि पूरा नेपाली फुटबललाई लिएर दुई ठूला आरोप लागेको छ । पहिलो, नेपाली फुटबलको स्तर खस्केको छ, यो स्तरले नेपाली फुटबल माथि जान सक्दैन ।
दोस्रो, लिग हेर्न दर्शक नै आएनन् । खालि खालि दशरथ रंगशालामा फुटबल खेल्नु–खेलाउनुको मज्जा नै के र ? भर्खरै सकिएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पुरुष फुटबलमा स्वर्ण जित्न पनि सफल रह्यो । यसक्रममा नेपालले पस्केको फुटबल केही हदसम्म स्वादिलो पनि थियो । नेपालले खेलेका लगभग सबै खेलमा दर्शकको कमी थिएन । लगभग पूरा भरिएको रंगशालामै नेपालले आफ्ना खेल खेलेको थियो । त्यति बेला गज्ज्बको माहौल तयार भएको थियो ।
तर यस्तै माहौलको सानो अंश पनि साग सकिएर तुरुन्तै आयोजना भएको लिगमा किन देखिएन त ? फेरि पनि त्यसको उत्तर हो, लिग फुटबल सर्वथा फरक छ । लिग फुटबल मज्जाले चल्न त्यसका लागि इतिहास र परम्परादेखि संस्कृति पनि चाहिन्छ । आजको आजै लिग गरेर त्यसले तुरुन्तै सफलता र लोकप्रियता पाउने होइन । भूकम्पपछि पाँच वर्ष लिग हुन सकेन । पोहोर लिगको सुरुवात त भयो, तर त्यसमा पनि रेलिगेसन नै थिएन् ।
त्यो त लिगको मर्ममाथि नै प्रहार थियो । अझ भनौं, त्यो कलंकको लिग थियो । त्यसै कारणले यसपल्टको लिगले त्यसको कुनै स्वामित्व ग्रहण गर्न सकेन । नेपालमै पनि ०६० सालयता लिग खुबै लोकप्रिय भएको थियो । लिगका खेल हेर्ने भनेपछि मरिमेट्ने दर्शक तयार भइसकेका थिए । मनाङ–मर्स्याङ्दी, थ्री स्टार र पुलिसजस्ता टिम मैदानमा उत्रनुपर्थ्यो, आयोजकको सबैभन्दा ठूलो तनाव हुन्थ्यो, दर्शकको व्यवस्थापन कसरी गर्ने हो भनेर ।
तर ती सबै स्थिति भूकम्पपछि हराए । थ्री स्टारको अहिलेका प्रशिक्षक मेघराज केसीले भनेजस्तै नेपालमा अहिले ३० जना खेलाडीको हाराहारीमा एकखाले स्तरीय खेलाडीको समूह छ । ती खेलाडीले एकै टिमबाट खेल्दा त ठिक्कको फुटबल पस्कने सक्ने हुन सक्छ । तर ती सबै खेलाडी छरिएको स्थितिमा कुनै एक खास टिम राम्रो भन्ने अवस्था नै हुन्न । जति बेलासम्म उत्तिकै राम्रो स्तरमा फुटबल खेल्ने ठूलो जमातको खेलाडी तयार हुन्न, देशको फुटबल उँभो लाग्दैन ।
त्यसैले यसपल्ट लिगमा जति पनि खेल भए, ती सबैले पस्केको फुटबल तल्लो स्तरको छ । न त कुनै टिमले आहा भन्न लायक आक्रमण बुनेको छ, न त कुनै टिमले ओहो कति राम्रो छ भन्ने रणनीति पस्कन सकेको छ । तर एउटा तथ्यमा सबै के सहमत हुनु पर्छ भने एन्फाले कडा मेहनत गर्ने हो र लगातार लिगको आयोजना गर्ने हो भने त्यो माहौल नेपाली फुटबलमा फेरि फर्कनेछ, जति बेला लिग फुटबल नै सबैभन्दा बढी लोकप्रिय हुनेछ । चुनौती नै हो, लिग फुटबल चम्काउने ।

करोडौंको लगानी
लिग फुटबलको अर्को विशेषता हो, यो उत्तिकै खर्चालु पनि छ । अहिलेको लिगलाई मात्र भनेर प्रत्येक एउटा क्लबले ७० लाखदेखि एक करोड रुपैंयासम्म खर्च गर्नेछन् । आयोजक एन्फाले मात्र प्रतियोगिता सञ्चालनमा ६ करोड रुपैयाँको हाराहारीमा खर्च गर्नेछ । यस्तोमा यो लिगका सबै बजेट जोड्ने हो भने पनि २० करोड रुपैयाँभन्दा बढी हुनेछ । धेरैलाई लाग्न सक्छ, यति धेरै रकमको खर्च गरेर लिग चलाउनु कतै अनुत्पादक त हुन्न ?
यसको उत्तर हो— हुन्न । यसको पहिलो उत्तर त के हो भने लिगबिना कुनै पनि देशको फुटबल अगाडि नै बढ्न सक्दैन । दोस्रो उत्तर के भने लिगको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ, यो लगानी पनि मज्जाले उठ्छ । यसका स्रोत हुन्, प्रायोजकदेखि दर्शकबाट उठ्ने रकम । अनि टेलिभिजन प्रसारणको बिक्री पनि । अझ लिगलाई राम्रो व्यवस्थापन मात्र दिन सक्नुपर्छ, यसले नाफा खान सक्छ । विश्व फुटबलका ठूला लिगले सिकाएको पाठ यही हो ।
लिगको मुख्य प्रायोजकका रूपमा एन्फाले कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको अनुबन्ध गरेको छ । लिगमा सहभागी सबै क्लबको अलग–अलग आफ्नै प्रायोजक छ । यी प्रायोजक २० लाख रुपैयाँदेखि माथिका छन् । थ्रीस्टारको मुख्य प्रायोजक रुस्लान रहेको छ अनि सहायक प्रायोजक एडिडास । मुख्य प्रायोजक नरहेर पनि एडिडासले थ्रीस्टारसँग २५ लाख रुपैयाँको अनुबन्ध गरेको छ । तय छ, थ्रीस्टारले प्रायोजकबाट राम्रै साथ पाएको छ ।
फेरि एन्फाले पनि प्रत्येक क्लबलाई तयारीकै लागि भनेर २० लाख रुपैयाँ अलगै दिएको पनि छ । यस्तोमा चुनौती हो, क्लबमै पनि उत्तिकै राम्रो व्यवस्थापनको आवश्यकता । के नेपालमा क्लबका व्यावसायिक व्यवस्थापनले प्रवेश पाइसकेको छ त ? छैन । यो अर्को चुनौती भयो । लिगले दर्शकलाई तान्न सक्यो भने उत्तिकै आम्दानी हुन्छ । एउटा ‘सेल आउट’ खेलबाट नै कम्तीमा पनि ५० लाखभन्दा माथि कमाउन सकिन्छ । उपयुक्त समय हुन्छ, फ्लडलाइटमा खेल हुन्छ भने यो सर्वथा सम्भव उपाय हो ।

खेलाडी कति महँगा ?
लिग राम्रो हुन सबैभन्दा उत्तिकै महत्त्वपूर्ण पक्ष हो, व्यावसायिक अब्बल दर्जाका खेलाडी । खेलाडीले खेलेरै राम्रो कमाउन सक्छ भने किन अरू थोककै बढी ध्यान दिन्छ र ? जति बेला नेपालमा लिग फुटबल लोकप्रिय थियो, त्यति बेला खेलाडीले मज्जाले कमाउन थालेका थिए । केही खास खेलाडी ६० सालतिरै महिनामा १ लाख रुपैयाँका हाराहारीमा कमाउन थालेका थिए । त्यति बेला यतिसम्म भन्न थालिएको थियो, सीधा बल प्रहार गर्न सक्नेको भाउ पनि महिनाको ३० हजार ।
तर यी सबै भूकम्पपछि कता हो कता हुने गरेर हराए । एक समय कस्तोसम्म स्थिति भयो भने फुटबल खेलाडीहरू बेरोजगार हुन थाले, पलायनको स्थिति आयो । केही राष्ट्रिय स्तरकै खेलाडी पनि अरबतिर लागे । लिग भएन भने हुने स्थिति यस्तै हो । त्यो अर्थमा यसपल्टको लिगमा पनि खेलाडीले राम्रो भाउ पाएका छैनन् । नेपाली फुटबलमा खेलाडी र क्लबबीचको अनुबन्ध पारदर्शी हुने गर्दैन । एन्फाले ध्यान दिनुपर्ने यो अर्को विषय भयो ।
तर यही कारणले खेलाडीले कति कमाउने गरेका छन्, त्यसको ठ्याक्कै विवरण छैन । राष्ट्रिय टिमबाट खेलेकै खेलाडीको अनुबन्ध पनि २५–३० हजारको हाराहारीमा छ । कम्तीमा कागजले यस्तै देखाउने गर्छ । त्यसलाई छाडेर टेबलमुनिबाट खेलाडीले कति पाउने गर्छन्, त्यो तिनै क्लब र खेलाडीलाई मात्र थाहा छ । लिग लगातार हुनुपर्छ, सबै पक्षको व्यवस्थापन पनि राम्रो हुनुपर्छ, त्यो दिन पनि फेरि टाढा छैन, जति बेला खेलाडीले फुटबल खेलेरै फेरि महिनामै राम्रै कमाउने छन् ।

विदेशी खेलाडीको प्रभाव
नेपालको लिगमा उपाधिको होड हुँदा निर्णायक एउटा तत्त्व विदेशी खेलाडीको प्रभाव हो । सबैलाई थाहा छ, यसपल्टको लिग त्यही क्लबले जित्नेछ, जसका लागि उसका विदेशी खेलाडीले राम्रो खेल्छन् । पुलिस क्लबका प्रशिक्षक हुन्, पुराना खेलाडी अनन्त थापा । उनले प्रस्ट भनेका छन्, विदेशी खेलाडीको खेल नै लगभग निर्णायक पक्ष हो भनेर । दुःख के भन्दा पुलिस मात्र होइन, आर्मी र एपीएफले विदेशी खेलाडी उतार्न सक्दैन, त्यसैले यी तीन विभागीय टिम लिगमा कमजोर हुने गर्छन् ।
मनाङले आर्मीविरुद्धको दोस्रो चरणको खेलमा चार विदेशी खेलाडी उतारेको थियो । बढीमा चार विदेशी खेलाडी नै उतार्ने अनुमति छ । त्यो खेल मनाङले जित्यो पनि । उपाधिको होडमा रहेको थ्री स्टारसँग विदेशी खेलाडीको कमी छैन । यस्तो अधिकांश खेलाडी अफ्रिकी मुलका हुने गर्छन्, विशेषतः क्यामरुन, नाइजेरिया, घाना, आइभरिकोस्टतिरका । यी कति राम्रा खेलाडी हुन् र किन नेपाल आएर खेल्छन्, त्यो पनि प्रश्न छ । कतै नबिकेर नेपालमा खेल्न आएका त होइनन् ?
अथवा फुटबलभन्दा पनि उनीहरूको रुचि अन्यत्र नै त छैन ? ठूलो डर लुकेको छ, यसमा । तर एउटा तथ्य यो पनि निश्चित छ, यी खेलाडी हाम्रा नेपाली खेलाडीमाथि हाबी भने हुने गर्छन् । विदेशी खेलाडीमै टिकेर प्रत्येक क्लबको प्रदर्शन आधारित हुने गरेको छ । यसपल्ट उपाधिको महत्त्वाकांक्षी देखाएको च्यासलमा जापानी खेलाडी छ, फ्रेन्ड्समा भने ब्राजिली खेलाडी । यी खेलाडीले कति कमाउने गर्छन्, त्यो पनि पारदर्शी छैन ।
खालि एउटा न्यूनतम सर्त हो, यी खेलाडीले वर्क परमिट भने लिनैपर्छ । फेरि त्यही ०६० सालतिर फर्कने हो भने नेपालमै खेल्न भनेर केही राम्रा विदेशी खेलाडी आइसकेका थिए । सायद यसपल्ट त्यत्तिको दर्जाका खेलाडीले लिग खेल्न छैनन्, तर यो पनि सर्वमान्य तथ्य हो, कुनै पनि देशको लिग राम्रो हुन विदेशी खेलाडी चाहिन्छ नै । लिग खेल्न उत्तिकै राम्रा विदेशी खेलाडी आउने छन् भने त्यसको फाइदा नेपाली फुटबललाई नै हुने हो, नेपाली खेलाडीले नै सिक्ने अवसर पाउने हो ।
अन्त्यमा के हो भने एन्फाले स्तरीय लिगका लागि लगातार प्रयास गर्नुपर्छ र यसले ढिलो–चाँडो रंग देखाउने नै छ । लिग राम्रो हुन्छ त समग्र नेपाली फुटबल पनि राम्रो हुन्छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बारम्बार भन्ने गरेका छन्, जति बेलासम्म क्लब बलियो हुन्न, त्यति बेलासम्म नेपाली फुटबल पनि बलियो हुन्न । उनी आफैं हिमालयन शेर्पाका अध्यक्ष हुन् । नेपाली क्लब बलियो हुनु भन्नुको अर्थ फेरि लिग बलियो हुनु भन्न नै त हो ।

Page 32
जाँदाजाँदै

‘त्यसपछि आशाजी तुरून्त तयार भइन्’

- साप्ताहिक संवाददाता

रञ्जित गजमेर, संगीतकार 

संगीतकार रञ्जित गजमेर तथा बलिउडकी लोकप्रिय गायिका आशा भोसले यतिबेला काठमाडौंमा छन् । भोलि शनिबार आयोजना हुने सांगीतिक कार्यक्रम ‘म्युजिकल जोर्नी अफ रञ्जित गजमेर विद आशा भोसले’ मा सहभागिता जनाउन उनीहरू काठमाडौं आएका हुन् । त्यही मेसोमा साप्ताहिकका कृष्ण भट्टराईले संगीतकार गजमेरसँग गायिका भोसलेसँगको सहकार्यका बारेमा लामो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश :

गायिका आशा भोसलेसँग पहिलो भेट कसरी भएको थियो ?
कुनै बेला भारतीय संगीतकार आरडी वर्मनको स्टुडियोमा मेरो दिन–रात बित्दथ्यो । गायिका आशा भोसले पनि वर्मनको स्टुडियोमा आउने–जाने गर्नुहुँदो रहेछ । त्यही क्रममा हाम्रो भेट भयो ।

पहिलो भेटघाटको कुनै प्रसंग ठ्याक्कै सम्झना छ कि ?
गायिका आशा भोसले निर्माता शक्ति सावन्तको एउटा चलचित्रको गीत गाउन स्टुडियोमा आउनुभएको रहेछ । आरडीले मलाई उहाँसँग नेपालको संगीतकार भनेर चिनजान गराइदिनुभयो । उहाँहरूले मलाई माया गरेर ‘कान्छा’ नाम राखिदिनुभएको थियो । ‘नेपालबाट मादल लिएर आएका संगीतकार उनै हुन्’ भन्दै मेरो प्रशंसा गरिदिनुभयो ।

घुलमिलको क्रम कसरी अघि बढ्यो ?
आशाजी वर्मनको स्टुडियोमा आइरहने गर्नुहुन्थ्यो । हामी दिनभरि त्यहीँ हुन्थ्यौं । उहाँ खानपिनमा निकै रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । धेरै पटक त उहाँले नै हामीलाई खाना पकाएर खुवाउनुहुन्थ्यो । मलाई माया गरेर ‘नेपाली कान्छा’ भनेर बोलाउनुहुन्थ्यो ।

उहाँसँग सांगीतिक सहकार्यको वातावरणचाहिँ कसरी बन्यो ?
त्यो बेला (सन् १९८३ ताका) चलचित्र निर्देशक तुलसी घिमिरे पनि मुम्बईमै बस्नुहुन्थ्यो । उहाँले चलचित्र ‘बाँसुरी’ बनाउने निर्णय गर्नुभएको थियो । उक्त चलचित्रको संगीत मैले नै तयार पारिरहेको थिएँ । मेरी श्रीमती कुसुम गजमेर तथा निर्देशक घिमिरेले चलचित्रका गीतहरू मुम्बईमै रेकर्ड गराउने योजना बनाएका रहेछन् । एउटा स्याड सङ तथा एउटा युगल गीतमा महिला स्वरको खोजी गर्न मलाई आग्रह गर्नुभयो । नेपालबाट तारादेवी अथवा दार्जीलिङबाट अरुणा लामालाई बोलाउनुपर्ने बाध्यता थियो, जसलाई बोलाए पनि धेरै खर्च लाग्ने निश्चित थियो । त्यसपछि निर्देशक घिमिरे र कुसुमले नै मलाई ‘उहाँलाई एक पटक आग्रह गर्ने कि ?’ भनेर सुझाए । मैले उहाँ भनेको को हो ? भनें । उनीहरूले आशा भोसलेको नाम लिए ।

त्यसपछि के गर्नुभयो ?
उनीहरूको प्रस्ताव नराम्रो थिएन । उहाँले भारतीय संगीतकार जयदेवको संगीत निर्देशनमा त्यसअघि नै नेपाली चलचित्र माइतीघरका लागि नेपाली गीत गाइसक्नुभएको थियो । यद्यपि, आशा भोसले जस्तो महान् गायिकालाई मैले कसरी आफ्नो संगीतमा गीत गाउन आग्रह गर्ने भन्ने भयो । त्यसको भोलिपल्टै स्टुडियो पुगेर संगीतकार वर्मनलाई नै मैले नेपाली चलचित्रको संगीत निर्देशन गर्ने मौका पाएको मात्र बताइन्, आशा भोसलेलाई गीत गाउन लगाउने भित्री मनसाय पनि सुनाएँ । आशाजी स्टुडियोमै हुनुहुन्थ्यो, वर्मनले ‘कान्छाले तिमीसँग गीत रेकर्ड गराउने रे’ भनिदिनुभयो । वर्मनको कुरा सुनेर आशाजी उत्साहित हुनुभयो, तुरुन्तै गीत गाउन तयार पनि हुनुभयो । म खुसीले झन् बढी उत्साहित भएँ ।

रेकर्डिङको तयारी कसरी गर्नुभयो ?
पहिला त घर फर्किएर निर्देशक घिमिरे र कुशुमलाई उक्त खुसीको खबर सुनाएँ । त्यसको केही दिनमै हामीले चलचित्र ‘बाँसुरी’ को पहिलो गीत ‘झझल्को लिएर आए सावन...’ रेकर्ड गर्‍यौं । त्यही दिन हामीले त्यही चलचित्रको युगल गीत ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ पनि रेकर्ड गर्‍यौं । उक्त गीतमा आशा भोसलेसँग नेपाली गायक उदितनारायण झाले युगल गायन गरेका थिए । मुम्बईमा संगीतको अध्ययन गर्न गाएका उदितनारायण झाले पहिलो पटक स्टुडियोमा उभिएर माइक अगाडि गाएको पहिलो गीत पनि त्यही नै थियो ।

आशा भोसलेलाई नेपाली शब्द उच्चारण गर्न कत्तिको गाह्रो थियो ?
नेपाली लिपि र मराठी भाषाको लिपि उस्तै हुने भएकाले शब्द उच्चारण गर्न उहाँलाई खासै गाह्रो भएन । यद्यपि, गीतमा उल्लेख भएका शब्दको अर्थ बुझाउनका लागि गीतकार कुसुम गजमेर रेकर्डिङ अवधिभर स्टुडियोमै रहनुभयो ।

बाँसुरीका दुवै गीत लोकप्रिय भएपछि आशाजीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
उहाँ असाध्यै खुसी हुनुभयो । त्यसपछि नेपालका अन्य निर्माता–निर्देशकहरूले पनि मेरै संगीत निर्देशनमा आशाजीलाई राखेर गीत बनाउने, गाउन लगाउने प्रस्ताव राख्नुभयो । त्यसपछि त उहाँ नेपाली गीत भनेपछि हुरुक्क हुनु थाल्नु भयो ।

अन्य चलचित्रहरूका लागि कसरी मनाउनुभयो ?
चलचित्र बाँसुरीका गीतहरू लोकप्रिय भएपछि ममाथि पनि अझ राम्रा गीतहरू बनाउने चुनौती थपियो । मैले आफ्नो तर्फबाट मेहनत जारी राखें । त्यसपछि निर्देशक शम्भु प्रधानले चलचित्र मायालुका गीतहरू मलाई दिनुभयो । उक्त चलचित्रमा आशाजीकै स्वरमा रेकर्ड भएका गीतहरू किन किन बढ्दैछ ढुकढुकी मुटुको, को होला मेरो मायालु, टाढा भै नदेऊ फेरि जस्ता गीतहरू निकै लोकप्रिय भए । त्यसपछि त चलचित्र साइनोको नयाँ–नयाँ सजाऊँ है संसार, चलचित्र लाहुरेको साउने झरीमा तथा पहाडको माथि–माथि, सम्झनाको के सोचें मैले, चिनोको मोहनी लाग्ला है तथा तिम्रो मनमा लुकेका कुरा जस्ता गीतहरू सदावहार नै बने ।

उहाँलाई अत्यन्त मनपर्ने पाँच नेपाली गीतहरू कुन–कुन हुन् ?
झझल्को लिएर आएछ सावन, साउने झरीमा, के सोचें मैले, बादलको माथि माथि तथा टाढा भैनदेऊ फेरि जस्ता गीतलाई उहाँले विशेष मनाउनुभएको छ ।

आशाजीसँग गर्नुभएको पछिल्लो गीत कुन हो ?
पछिल्लो पटक अमेरिकामा बसोबास गर्ने गायक किशोर शिवाकोटीसँगको युगल गीत ‘गुराँस फुल्यो...’ करिब दुई वर्षअघि रेकर्ड गरिएको थियो । त्यसयता हामीले सांगीतिक सहकार्य गर्ने मौका पाएका छैनौं ।

निकट भविष्यमा सहकार्य गर्ने सम्भावना कत्तिको छ ?
उहाँ उमेरले ८६ वर्षको हुनुभयो, म ७९ को भएँ । यो उमेरमा पनि हामी दुवैमा काम गर्ने जोस उत्तिकै छ । त्यसैले भविष्यमा सहकार्य गर्ने सम्भावना पनि उत्तिकै छ । निर्माताहरू आउनुभयो भने हामी तत्कालै सहकार्य गर्न सक्छौं ।