You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
Page 4
Page 5
Page 6
Page 7
Page 8
Page 9
Page 10
Page 11
Page 12
Page 13
Page 14
चिठी

चिठी

- नारी संवाददाता

इमेलबाट

म नियमित रूपमा नारी मासिक पढ्छु । यसमा प्रकाशित सबै सामग्री मन पर्छन् । नारी मासिकको फागुन अंकमा प्रकाशित मोक्टेल राम्रो लाग्यो । मौसम तथा चाडपर्वअनुसार यस्तै सामग्री प्रकाशित गरे राम्रो हुने थियो ।
वैभिका शर्मा, चितवन

म नारीको नियमित पाठक हुँ । यसमा प्रकाशित भइरहेको प्रश्नोत्तर स्तम्भ असाध्यै मन पर्छ । नारीले महिलाका स्वास्थ्य, सौन्दर्य तथा फेसनसम्बन्धी प्रश्नोत्तरलाई मौसम सुहाउँदो गरी प्रस्तुत गर्दै जाओस् ।
शीला अधिकारी, पर्सा

नारी मासिकको फागुन अंक समयमै हात पर्‍यो । यसमा प्रकाशित ‘मातृत्वको तयारी कसरी’ शीर्षकमा प्रकाशित स्टोरीमा मातृत्वका बारेमा पूर्ण जानकारी दिइएको रहेछ । नारी मासिकले यस्तै प्याकेजका अरू पनि स्टोरी समेट्दै जाओस् ।
सम्झना गुरागाईं, धादिङ

म नियमित रूपमा नारी मासिक पढ्छु । नारीमा प्रकाशित सबै स्तम्भ उत्कृष्ट छन् । नारीमा टिनएजसम्बन्धी सामग्री कमै प्रकाशित हुन्छ । त्यसैले टिनएजसम्बन्धी स्तम्भ पनि नियमित समावेश गरेमा राम्रो हुने थियो ।
नानु अर्याल, कौशलटार

समग्रमा नारी मासिकको फागुन अंक उत्कृष्ट लाग्यो । यसमा समावेश गरिएका सामग्री पठनीय छन् । मूर्तिकलामा लागेका महिलाका बारेमा पनि जान्न पाएँ । नारीले आफ्नो क्षेत्रमा अघि बढिरहेका यस्तै महिलाका कथालाई समावेश गर्दै जाओस् ।
प्रसन्ना केसी, चाबहिल

अझ परिवर्तन होस्
म १२ वर्षदेखि नारी मासिक पढिरहेकी छु भने नेपाली महिलामा आएको परिवर्तन पनि हेरिरहेकी छु । जुन गतिमा नेपाली समाज परिवर्तन भैरहेको छ, त्यही गतिमा नारीका स्तम्भहरू परिवर्तन हुन नसकेजस्तो लाग्छ । पहिलेको तुलनामा नारी मासिकमा केही परिवर्तन भए पनि नारीका लेख–रचना प्रस्तुतिको मूल तहमा तात्विक भिन्नता भने आउन सकेको छैन । समय अनुकूल विचार प्रभावकारी रूपमा पस्कन तथा महिलालाई अघि बढाउन ‘नारी’ अग्रसर हुनुपर्छ । समाजका हरेक वर्ग तथा पेसालाई समेट्ने प्रयास नारीले गरे पनि पर्याप्त छैन । यो कुरालाई नारी मासिकको टिमले मनन गर्नु आवश्यक छ ।
रुचि रिजाल, नैकाप

परिस्थितिलाई नियन्त्रण गर्न सके परिवार सुन्दर हुन्छ ।परिस्थितिलाई नियन्त्रण गर्न सक्ने क्षमता भए दाम्पत्य जीवन मात्र होइन, सबै काम सफल हुन्छन् । एक्जयाक्टली अर्याल लक्ष्मी
हो त नि ।
रञ्जु गौतम

स्वयं खुसी रहनुपर्छ
बितेको पल फर्किदैन र भविष्यको पनि कुनै जानकारी हुँदैन । अतः आजको क्षण नै महत्वपूर्ण छ । आज नै वास्तविक जीवन हो । हाम्रो आज राम्रो छ भने निश्चित रूपमा भविष्यमा राम्रो हुने आशा गर्न सकिन्छ । कतिपय अवस्थामा मानिसहरू आफ्ना स–साना इच्छा दबाउँछन् र पछि गएर त्यसका लागि परिस्थितिलाई दोषी ठहर्‍याउँछन् ।

यो ठीक हो ।
पार्वती पाण्डे

सही कुरा ।
सानु राना


छोरी
छोरी जन्मिएकी छ डाक्टर साब, घुतुमुने । नर्सले श्रीमान्को काखमा छोरी राखिदिइन् । सधै धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याईंपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–छोरी भै भनेर मन नखुम्च्याउनु होला ज्वाईंसाब, भोलि मर्न लाग्दा आफ्नै शरीरको अंग दिएर बचाउने छोरी नै हुन्छन् । मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् । मेरा आँखा आँसुले भरिए ।

कसैले केही गर्दैनन् । एक भन्दा अर्को राम्रो देखिने होड मात्र हो । कर्मविनाको आदर्श खोकाइमा सबै एक से एक असल, यथार्थ भोगाइमा सबै फेल । मेरो निजी अनुभूतिमा ।
समशेर अधिकारी

खराब त आमा–बा, दाजुभाइ, छोराछोरी सबै हुन्छन् तर बुहारी पनि छोरीसरह हो भनेर माया र सम्मान दियो भने आखिर कुल धान्ने त बुहारीले नै हो ।
सविता पोखरेल

पिण्ड छोरीले दिए पनि हुन्छ ।यदि मरेपछि साँच्चिकै बुवा–आमाले खानुहुन्छ भने जिउँदो हुँदा त्यही छोरीले पकाएर खान हुने अनि मरेपछि छोराले दिनुपर्ने ?
सुजाता बाँस्तोला

त्यही भएर छोरा–बुहारीले पिण्ड दिने काम बन्द गर्नुपर्‍यो र छोरीले नै पिण्ड दिनुपर्‍यो अब ।
लोचन भण्डारी

Page 15
Page 16
सरोकार

मत - अभिमत

- नारी संवाददाता

महिलालाई आत्मरक्षाको अभ्यास गराउनु जरुरी छ । निरुदेवी पाल (सभापति, प्रतिनिधिसभा महिला तथा सामाजिक समिति)

हाम्रो समाजमा एउटा भ्रम छ–महिलाको इज्जत ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले बलात्कार हुँदा महिलाको ‘इज्जत’ लुटिएको ठानिन्छ । तर जुन पुरुषले अपराध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन ।
डा. अरुणा उप्रेती


देशबाट

नेपालको राजनीतिमा महिलाको उल्लेखनीय सहभागिताको विषय दक्षिण एसियामा मात्र नभएर विश्वभर चर्चामा छ । अहिले मन्त्रिपरिषद्को २५ सदस्यमा ४ महिला छन् । जुन १६ प्रतिशत महिलाको सहभागिता हो । संघीय संसद्को ३३४ सदस्यमा ११२ महिला छन्, जुन ३३.५ प्रतिशत हो । सातै प्रदेशको संसद् संख्या ३३० मा १९४ महिला छन्, जुन ५८.७ प्रतिशत हो । स्थानीय तहका ३८,५०० जनप्रतिनिधिमा मेयर तथा अध्यक्षमा १८ जना महिला छन् भने उपमेयर तथा उपाध्यक्षमा ७ सय जना महिला छन् । यसैगरी वडाध्यक्षमा ६२ जना, महिला वडासदस्य ६,७४२ जना, दलित महिला सदस्य ६, ५६७ र खुला सदस्यमा २६४ गरी १४, ३५३ जना महिलाको सहभागिता छ । जुन स्थानीय जनप्रतिनिधिमा महिलाको ३७ प्रतिशत सहभागिता हो । त्यस्तै कानुन कार्यान्वयनसँगै राज्यका अन्य निकायमा पनि महिलाको सहभागिता बढ्दोछ । 

 

विदेशबाट

भारतको सर्वोच्च अदालतले दक्षिण भारतीय राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गर्न महिलालाई निषेध गर्न नहुने फैसला सुनाएको छ । उक्त मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो । रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाले धार्मिक काममा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न पाउँदैनथे । त्यो परम्पराबाट लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट सो आदेश आएको हो । त्यससम्बन्धी निर्णय सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुशरण गर्ने अधिकार महिला–पुरुष दुवैलाई भएको’ बताएका छन् ।
सेवानिवृत्त हुन लागेका मिश्रले केही समययता धेरै उदार निर्णय गरेका छन् । ती निर्णयमा व्यभिचार र समलैङ्गिक यौनसम्बन्धलाई अपराध मान्ने उपनिवेशकालीन कानुन खारेज गर्ने आदेश पनि संलग्न छन् । इजलासमा सम्मिलित एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले सो विषयमा असहमति व्यक्त गरिन् ।

Page 17
सरोकार

सरोकार

- नारी संवाददाता

सन् १९०० ताका नेपाली महिलाको पहिरन र गरगहना । तस्बिर : नेपाल तस्बिर संग्रहालय

 

तथ्यांक

नेपालको सन्दर्भमा तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि २०६३ मंसिरसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा करिब १४ हजारको मृत्यु भयो । जसमा एक हजारको हाराहारीमा महिलाको मृत्यु भयो । पुरुषको मृत्युको असर पनि महिलामा पर्‍यो । धेरैले एकल महिला भएर सामाजिक अपहेलनाको सामना गर्नुपर्‍यो । यसर्थ द्वन्द्वका कारण महिला सबैभन्दा बढी पीडित भए । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर झन्डै २४ करोड ५० लाख एकल महिला र उनीहरूमा आश्रित ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ११ करोड ५० लाखभन्दा बढी एकल महिला गरिबीमा बाँच्न बाध्य छन् । ८ करोडभन्दा बढी महिला शारीरिक दुर्व्यवहार सहन बाध्य छन् । नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ । 

 

सकारात्मक समाचार

‘पार्टी अन ह्वील’ अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा दुई बस सञ्चालनमा आएका छन् । विभिन्न समारोहका लागि डिजेको संगीत र पेयपदार्थको सुविधासहित पार्टी गर्न मिल्ने बस भारतमा बनेका हुन् । ‘पार्टी बस नेपाल’ का सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ओराल्ने गर्नेछन् । त्यसका लागि अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ । 

 

सरोकार

हातखुट्टा नभएकी ‘सौन्दर्य गुरु’

- नारी संवाददाता

दुई वर्षकी हुँदा हानालाई मेनेन्जाइटिस भयो । जीवन जोगाउन गाह्रो भएपछि उनका चारैवटा हातखुट्टा काटियो । हुर्कंदै गर्दा उनले सञ्चारमाध्यममा आफूजस्ता मानिस देखिनन् । क्रमशः उनी सामाजिक सञ्जालमा आफ्नो जीवन र आफूले जानेका विषयमा कुरा गर्न थालिन् । सामाजिक सञ्जाललाई आत्मविश्वास बढाउन प्रयोग गरिन् । सोचिन्, ‘सुन्दर भएर अरुलाई सुन्दर बन्न सिकाउँछु ।’ परिणामतः उनी सौन्दर्य गुरु बनिन् । अहिले उनी मानिसलाई सौन्दर्यसम्बन्धी ज्ञान दिन्छिन् । उनको बुझाइमा सौन्दर्य भनेको आवरण होइन, ज्ञान, उत्प्रेरणा, आत्मविश्वास र खुसी हो ।

 

सरोकार

विमानसँग विवाह

- नारी संवाददाता

जर्मनीमा बस्ने एक महिलाले विमानसँग विवाह गर्ने भएकी छिन् । राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी हुन् । सन् २०१४ मा टेगल एयरपोर्टमा पहिलोपटक उक्त विमान देखेपछि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने निर्णय गरिन् । उनको विवाह नेदरल्यान्डको आम्स्टर्डममा हुनेछ । उनलाई विमानका पखेटा र थ्रस्टहरू मनपर्छन् । उनी विमानलाई ‘सात्स’ भन्ने गर्छिन् जसलाई जर्मन भाषामा ‘मनपर्ने मान्छे’ भनिन्छ । विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । विमान कालिगढ बन्ने उनको सपना छ । उनले खेलौना विमान किनेर त्यसैसँग सुत्ने गरेकी छिन् ।
सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुसी थिइनन् । उनी भन्छिन्–‘सात्स नै मेरो पहिलो प्रेम हो । अरु विमानभन्दा सात्स फरक छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राका क्रममा म उसलाई अझ बढी चिन्छु ।’

Page 18
आजकी नारी

अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

- नारी संवाददाता

अभियन्ता राधा पौडेल एआईएम एल्मुनाई अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए अवार्ड) बाट सम्मानित भएकी छिन् । विश्वकै महत्वपूर्ण अवार्डमध्ये एक मानिने ट्रिपल ए अवार्डबाट सम्मानित हुने राधा प्रथम नेपाली भएकी छन् ।
फिलिपिन्समा रहेको एसियन इन्स्टिच्युट अफ मेनेजमेन्ट (एआईएम) ले राधालाई अवार्ड प्रदान गरेको हो । उनले महिनावारीका कारण महिलामाथि हुने विभेदविरुद्ध काम गरेकीले यो अवार्ड इन्स्टिच्युटले दिएको बताएको छ । एआईएममा अध्ययन गरिसकेका विद्यार्थीहरूमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ । १० वर्षअघि उनले यही इन्स्टिच्युटबाट स्नातकोत्तर पूरा गरेकी थिइन् ।
‘खलंगामा हमला’ उनको पहिलो कृति हो । यही पुस्तकले उनलाई मदन पुरस्कार दिलायो । त्यसैगरी उनलाई सन् २०१२ मा शान्ति स्थापनाका लागि काम गरेको भन्दै यूएनडीपीले अन्तर्राष्ट्रिय एनपीस अवार्डबाट सम्मानित गरिसकेको छ ।

आजकी नारी

उत्कृष्ट तीनमा

- नारी संवाददाता

बेलायतमा सम्पन्न मिस इंग्ल्यान्ड शीर्षकको सौन्दर्य प्रतियोगितामा नेपाली मूलकी प्रतिष्ठा राउत सेकेन्ड रनरअप भइन् । २० हजार आवेदनबाट उनी फाइनलसम्म पुग्न सफल भएकी हुन् ।
टप–२० सम्मको यात्रा तय गर्ने आशा राखेकी प्रतिष्ठा भन्छिन्, ‘मेरा लागि यो अनपेक्षित थियो ।’ प्रत्येक वर्ष भाग लिइरहेका प्रतिस्पर्धीहरूका अगाडि उनी नयाँ थिइन् । उनी भन्छिन्, ‘सवैजना अनुभवी थिए । कुन राउन्डमा के गर्ने कसरी गर्ने भन्ने उनीहरूसँग अनुभव थियो ।’ टप–३ सम्म आइपुग्दा उनलाई एकदमै खुसी लागेको बताउँछिन् । उनले च्यारिटीका लागि सबैभन्दा धेरै पैसा संकलन गरेकी थिइन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको थियो । त्यसका साथै उनले ‘ब्युटी अफ द प्रपोज’ को समेत उपाधि जितेकी थिइन् ।
२६ वर्षीया प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । उनी ५ वर्षको उमेरदेखि परिवारसँग बेलायतमा बस्दै आएकी छिन् । उनका बुवा बेलायती गोर्खा सैनिक हुन् । १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा पेसाले आर्किटेक हुन् ।

आजकी नारी

टेनिसमा उपाधि विजेता

- नारी संवाददाता

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । पोखरामा भएको खेलमा प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको प्रतिस्पर्धामा महिला एकलतर्फ उपाधि जित्न सफल भइन् । ग्रान्डस्लाम अंकका लागि संचालित टुर्नामेन्टमा यो जितसँगै प्रेरणाले ३० अंक समेत जोडेकी छन् । उक्त प्रतियोगितामा विभिन्न ११ देशका पुरुष ३२ र महिला ३२ गरी ६४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
टेनिसको उच्च तहको प्रतिस्पर्धा ग्रान्डस्लाम अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन गरी वर्षमा चारवटा हुन्छन् । ग्रान्डस्लाम खेल्न त्यति सहज छैन । टेनिस खेलाडीहरूको सपना हो ग्रान्डस्लाम खेल्ने । आइटिफ बरियतामा राम्रो अंक ल्याएमा जुनियर ग्रान्डस्लामका लागि छनौट हुन्छ जुनियरमा राम्रो भए सिनियर ।
११ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी प्रेरणाले पछिल्लो पटक नेपालमा हुने प्रतियोगिताहरूमा कुनैमा पनि हार व्यहोर्नु परेको छैन ।
१३ औं सस्करणको सागमा प्रेरणा लन टेनिसको एकल प्रतिस्पर्धामा सेमिफाइलसम्म पुगेर कांस्य पदक जितेकी थिइन् ।

Page 19
Page 20
विचार

विश्व महिला सम्मेलन र समानताको सवाल

- प्रतिभा सुवेदी

चौथो विश्व महिला सम्मेलन भएको २५ वर्षपछि संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा पाँचौ सम्मेलन गर्ने तयारी थियो । तर ‘कोरोना भाइरस आतंक’का कारण सम्मेलन अनिश्चित कालका लागि स्थगित भएको छ । यद्यपि सम्मेलनमा उठ्ने विषयबारे बहस जारी नै छ ।
सम्मेलनको मुख्य उद्देश्य ‘विश्वमा कसरी महिला–पुरुषबीच समानता कायम गर्न सकिन्छ ?’ भन्ने बहस गर्नु थियो । रोजगार महिलाको तलब वृद्धिसँगै महिलाकै हातमा पारिश्रमिक पर्ने उपायको खोजी, महिला विकासको क्षेत्रमा प्रतिबद्धता जनाएका देशले गरेको प्रगति र चुनौतीबारे पनि सम्मेलनमा छलफल हुने बताइएको थियो । अहिले स्थगित भए पनि ढिलो–चाँडो पाँचौ महिला सम्मेलन हुनेछ । पाँचौ सम्मेलनबारे बहस गर्नुपूर्व महिला सम्मेलन सुरु हुनुको कारण, इतिहास र प्रभावबारे बुझ्न आवश्यक हुन्छ ।
सन् १९४६ मा स्थापना झएको महिलाको स्थितिसम्बन्धी आयोग ९ऋयmष्ककष्यल यल तजझ क्तबतगक या ध्यभल० ले विश्वव्यापीरुपमा महिलाको स्थिति अध्ययन गर्ने निर्णय गर्‍यो । जसका लागि विश्व महिला सम्मेलन आयोजना गर्ने नीतिअनुसार सन् १९७५ मा पहिलो सम्मेलन सम्पन्न भयो । मेक्सिकोमा आयोजित पहिलो सम्मेलनले महिलाको विकास र समानताका लागि चेतना जागरणमा सहयोग पुर्‍याएको निष्कर्ष निकालियो । सम्मेलनले ‘सहभागी प्रत्येक राष्ट्रले नारी विकास कार्य–योजना संचालन गर्न आ–अफनो देशको आवश्यकता र मागका आधारमा राष्ट्रिय कार्ययोजना तर्जुमा गरी योजनावद्धरुपमा सरकारी तथा गैरसकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने’ निर्णय गरेको थियो ।
सन् १९८० मा कोपेन हेगनमा आयोजित दोस्रो सम्मेलनले महिला सञ्जालको आवश्यकता महसुस गर्‍यो । सन् १९८५ मा नैरोविमा आयोजित तेस्रो सम्मेलनले महिलालाई विकासको मूलधारमा समावेश गर्ने निर्णय गर्‍यो ।
सन् १९९५ मा चीनको बेइजिङमा आयोजित चौथो विश्व महिला सम्मेलनमा नेपालले पनि सहभागी हुने अवसर पायो । जसकारण नेपालमा महिलाका मुद्दाबारे बहस हुनथाल्यो । महिला आन्दोलनलाई उक्त सम्मेलनले निकै ठूलो सहयोग गर्‍यो । जुन सम्मेलनमा सहभागी नेपालसहित १९८ देशले महिलालाई निर्णायक तहमा उपस्थिति गराउने र हिंसामुक्त समाज निर्माण गर्नेलगायत मुद्दामा प्रतिवद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभरबाट करिब ३० हजार महिलाको सहभागिता थियो ।
सम्मेलनको प्रभावस्वरुप नेपालमा महिला मन्त्रालय स्थापना भयो । राज्यका हरेक तहमा महिलाको सहभागिताबारे कुरा उठ्न थाल्यो । परिणामतः अहिले संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिता छ । तर महिलाको क्षमता विकासमा राज्यका कुनै तहले यथेष्ट बजेट छुट्याएका छैनन् । जसकारण महिलामा जुन गतिका साथ विकास हुनुपर्थ्यो, हुन सकेको छैन ।
विगतका सम्मेलनमा महिलाको मूल समस्या के हो ? भन्नेबारे व्यापक छलफल भएको थियो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका क्षेत्रका महिलाले राजनीतिक सहभागिताबारे बढी कुरा उठाएका थिए भने कतिपयले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक रुपमा समानताको आवाज उठाएका थिए । चौथो सम्मेलनले विकासाोन्मुख देशमा मातृ–शिशु, परिवार नियोजन र महिला स्वास्थ्य मात्र महिलाका मुद्दा नभएर, जातीय शोषण, भेदभाव, विकास, वातावरण तथा अर्थनीति पनि महिला आन्दोलनको मुद्दा हुनुपर्छ भन्नेमा जोड दिएको थियो ।
सम्मेलनपछि पनि प्रभाव र उपलब्धीबारे पटक–पटक छलफल भयो । योजनाको पुनर्मूल्यांक भयो । महिलाका मुद्दा पहिचान भयो । महिलाको विकासका लागि गरिबी, शिक्षा, महिलाविरुद्ध हुने हिंसा, सञ्चारमाध्यममार्फत महिलाका योगदान सार्वजनिक गर्ने, बालिका विकास र द्वन्द्वपीडित महिलालगायत विषयलाई केन्द्रमा राखियो । अहिले महिला सशक्तिकरण र दीगो विकासबीचको सम्बन्धबारे कुरा उठिरहेकोछ ।
अहिले विश्वका करिब एकतिहाई महिला कृषि पेसामा आवद्ध छन् । नेपालका करिब ६० प्रतिशत महिला कृषिकर्म गरेरै जीवन धानिरहेका छन् । यसको अर्थ विश्वभरका महिला दीगो विकाससँग जोडिएका छन् । कृषिमा आवद्ध हुनु भनेको उत्पादन, वातावरण र अर्थोपार्जनमा सहयोग गर्नु हो । यस विषयमा पनि अहिले बहस–छलफल भइरहेको छ । तर, आ–
आफ्ना देशका महिलाको पछिल्लो स्थितिको प्रतिवेदन बोकेर पाँचौं सम्मेलनमा जान तयार भएकाहरू रोकिएका छन् । कोरोना भाइरसका कारण अहिले स्थगित भए पनि निकट भविष्यमै सम्मेलन हुने आँकलन गर्न सकिन्छ ।
सम्मेलन जहिले भए पनि महिलाका मुद्दा भने निश्चित छन् । मूलतः समानता नै महिलाको मुख्य मुद्दा हो । नेपालमा महिला–पुरुष समानताका लागि भएका केही प्रयास सकारात्मक छन् । तर पर्याप्त छैन । राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता हुनैपर्ने नीतिले महिला विकासमा सहयोग गरेको छ । तर आरक्षण केही समयका लागि मात्रै हो । त्यसैले क्षमता विकाससँगै महिलाको चेतनास्तर उकास्ने दूरगामी कार्यक्रमको खाँचो छ ।

Page 21
Page 22
अन्तर्वार्ता

आफैं सचेत र जागरूक हुनुपर्छ

- नारी संवाददाता

नेपालका थोरै ‘महिला राजनीतिक विश्लेषक’ मध्येकी एक हुन्, डा. इन्द्र अधिकारी । पर्वतको मल्लाजमा जन्मिएकी अधिकारीले सेना–सरकार सम्बन्धमा पिएचडी गरेकी छिन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल र राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । विद्यालयस्तरको पढाइदेखि नै अब्बल इन्द्रले अहिले समयसापेक्ष सटिक राजनीतिक विश्लेषण गर्ने महिलाको छवि बनाएकी छिन् । समसामयिक घटनाप्रति अपडेटेड अधिकारीसँग नेपाली राजनीतिमा महिलाको सहभागिता, चुनौती र सम्भावनाबारे उपासना घिमिरेले गरेको कुराकानीः

 

नेपाली राजनीतिमा महिला सहभागिता कम हुनको कारण के होला ?
नेपालमा राज्यको संरचना निर्माण भएसँगै पुरुष हावी भएको इतिहास छ । त्यतिबेलाको समाज ‘महिलालाई चौघेराबाट बाहिर आउन दिनु हुँदैन’ भन्ने पुरुष मानसिकताबाट ग्रस्त थियो । पछि राजा तथा राणाले आफ्नी रानी तथा श्रीमतीलाई राज्यका केही निकायमा स्थान दिन थाले । त्यो पनि पुरुषको निगाहमा मात्रै । महिलालाई राज्यको नेतृत्व गर्ने छुट नै थिएन । निर्णय तहमा भन्दा पनि राजा तथा राणाकी श्रीमतीको हिसाबमा पछि लाग्नुको विकल्प थिएन । प्रणाली नै यस्तो बनाइएको थियो कि, महिलाले नेतृत्व एवं निर्णय गर्ने तहमा पुग्ने आश नै गर्दैनथे । जब राजनीतिक दलको अवधारणा आयो, तब राजनीतिमा महिलाको सहभागिताबारे कुरा उठ्न थाल्यो । तर, भारतमा बनेका कांग्रेस, कम्युनिस्ट पार्टीका नेताले पनि श्रीमतीलाई सँगै लिएर हिँड्नेबाहेक कुनै जिम्मेवारीमा राखेनन् । क्रमशः महिलामा पनि चेतना
बढ्यो । राजनीतिक दलले महिलाका संगठन खोले । जहाँ पुरुष नेताका श्रीमती र आसेपासे सहभागी भए । जब मंगलादेवी, साहना प्रधानहरू राजनीतिमा उदाए, तब राजनीतिमा महिला सहभागिताबारे बहस हुन थाल्यो । सन् १९५० पछि मात्रै राज्यका निकाय र राजनीतिमा महिलाको सहभागिताबारे बहस हुन थालेको हो । जसको असर अहिले पनि छ । वर्षौंदेखिको विभेदका कारण महिलालाई माथि उठ्न मुस्किल परिरहेको छ । अहिले पनि हाम्रो राजनीतिक नेतृत्वमा पुरुष मानसिकता हावी छ । अहिले आरक्षण दिएर महिलालाई थोरै भए पनि महिला सहभागिता बनाउने प्रयास त भएको छ । तर त्यो पर्याप्त र प्रभावकारी हुनसकेको छैन । यसर्थ अहिले पनि राजनीतिमा महिलाको सहभागिता सन्तोषजनक छैन ।

परिवर्तित राजनीतिक परिवेशमा महिलालाई अघि बढ्न के कुराले रोकेको छ ?
मुख्यतः आन्तरिक सशक्तीकरण र चेतनास्तरकै समस्या छ । अहिले पनि राज्यले महिलालाई जागरुक बनाउन आवश्यक पहल गरेको छैन । जसकारण महिलाको राजनीतिक चेतनास्तर कमजोर छ । महिलाले पनि आफूमा आवश्यक विकास गर्न सकेका छैनन् । तुलनात्मक रूपमा महिला जागरण बढेको छ । महिलालाई राज्यले गर्ने विभेद कम भएको छ । शिक्षासँगै बढ्दो खुला समाजका कारण महिलाले स्वतन्त्रता र अधिकारका लागि आवाज उठाउन थालेका छन् । तर त्यो पर्याप्त छैन । राजनीतिमा होमिएका महिलालाई टिक्न र अघि बढ्न अझै गाह्रो छ । विवाह, पारिवारिक जिम्मेवारीलगायत धेरै कुराले महिला गाँजिएका छन् । सन् १९९० पछि तत्कालीन दुवै सदनमा पाँच प्रतिशत महिला सहभागिता अनिवार्य भएसँगै आरक्षणको बहस तीव्र भयो । राजनीतिक संगठनमा पनि महिला सहभागिता बढ्न थाल्यो । पछि विश्वव्यापी रूपमै राजनीतिमा महिला सहभागिताको विषय
उठ्यो । परिणामतः अहिले नेपालमा पनि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको अभ्यास भइरहेको छ । यसले थोरै भए पनि सकारात्मक संकेत गरेको छ । राज्यका हरेक निकायसँगै राजनीतिमा महिला सहभागिता बढ्दो छ ।

आरक्षणका कारण बढेको सहभागिता कत्तिको प्रभावकारी होला त ?
यो गम्भीर विषय हो । आरक्षणका नाममा महिलाको संख्या बढेको देखाउने र उनीहरूलाई साक्षी मात्रै बनाउने स्थिति राम्रो होइन । गुणात्मक रूपमा फड्को नमारुन्जेल संख्या मात्रै पनि महत्वपूर्ण कुरा हो । तर, महिलाले पनि आफ्नो सोचमा विकास गर्न जरुरी छ । पुरुषको पछि लाग्दा मात्रै आफू सुरक्षित हुन्छु भन्ने मानसिकताबाट महिला उम्कनुपर्छ । पुरुषका कारण आफ्नो समस्या समाधान नहुँदा पनि मौन बस्ने प्रवृत्तिका कारण पनि महिला पछि परिरहेका छन् । आरक्षण भनेको केही समयका लागि मात्रै हो भन्ने कुरा बुझ्न जरुरी छ । विगतमा भएको विभेदका कारण मूल प्रभावमा आउन नसकेका लागि समान बनाउन दिइने अवसर मात्रै हो, आरक्षण । यसर्थ आफूले विकास गर्न नसक्ने हो भने आरक्षण मात्रैले अघि बढाउन सक्दैन । यसर्थ आरक्षणलाई प्रभावकारी बनाउन महिलाले आफूलाई गुणात्मक हिसाबमा पनि विकास गर्नुपर्छ ।

मन्त्रिपरिषद्मै ३३ प्रतिशत महिला छैनन् । आरक्षण त भन्नका लागि मात्रै जस्तो भयो नि, होइन ?
हो । तर यो प्रश्न उठाउने कसले ? अदालतमा मुद्दा हाल्यो भने भविष्य नै सकिन्छ भनेर महिला नै डराउँछन् । सरकारमा मात्रै के र ? देशका ठूला पार्टीका निर्णय तहमा पनि ज्यादै थोरै मात्रै महिला छन् । पार्टीका महिला संगठन छन् । तिनीहरू पनि यस्ता मुद्दामा बोल्दैनन्, डराउँछन् । अधिकारकर्मीहरू पनि गफ मात्रै ठूला गर्छन् । अधिकारका लागि कानुनी लडाइँ लड्न तयार हुँदैनन् । अनि कसरी बढ्छ राजनीतिमा महिला सहभागिता र प्रभावकारिता ? यसप्रति महिला नै बढी सचेत र जागरुक हुन जरुरी छ ।

राजनीतिमा महिला सहभागिता र प्रभावकारिता बढाउन चाहिँ के गर्नुपर्ला ?
मुख्यतः महिला आफैं सचेत र जागरुक हुनुपर्छ । प्राप्त अधिकारको भरपूर उपयोग गर्नेतिर सोच्नुपर्छ । र, राजनीतिमा जरैदेखि प्रवेश गर्नुपर्छ । आफू महिला भएको हीनताबोध होइन, गर्व गर्नुपर्छ । पुरुषको छायामा रमाउने होइन, पुरुषसँग प्रतिस्पर्धा गर्ने मानसिकता विकास गर्नुपर्छ । पाएको जिम्मेवारी कुशलतापूर्वक बहन गरेर पुरुषभन्दा कमजोर नभएको प्रमाणित गर्नुपर्छ । आफू जुझारु नहुने हो भने आरक्षण कोटाबाट कुर्सीमा पुगेर मात्रै हुँदैन ।

महिलालाई समाजले विश्वास नै नगर्ने स्थिति छ । कसरी विश्वास जित्न सकिएला ?
विश्वास जित्ने त काम गरेरै हो । पुरुषसत्ताले ग्रस्त समाजले सहजै महिलाको नेतृत्व पचाउँदैन । तर, उल्लेख्य काम गरेर आफूलाई प्रमाणित गरिसकेपछि नपत्याएर सुखै छैन । कहिलेकाहीँ जोखिम मोलेरै भए पनि लड्न सक्ने क्षमता विकास गर्नुपर्छ । मानिसले परिणामलाई हेरेर धारणा बनाउने हो । त्यसैले परिणाम देखिने गरी महिला लाग्नुपर्छ । पुरुष र समाजलाई प्रश्न गर्ने आँट गर्नुपर्छ ।

अहिले महिला निर्णायक तहमा आउन नसकेका हुन् कि नल्याइएको हो ?
दुवै हो । पुरुषसत्ताले महिलाको नेतृत्व स्वीकार्न गाह्रो मान्छ । र महिलाले पनि आफूलाई समयसापेक्ष विकास गर्न सकेका छैनन् । एकअर्थमा महिलामा पनि पुरुषवादी सोच छ । खासगरी हामीले चिन्तन–चेतनाको स्तर बढाउनमा ध्यान दिनुपर्छ । तब निर्णायक तहमा पुग्न महिलालाई सजिलो हुन्छ । कसैले हात समाएर मात्रै हिँड्न खोज्दा हात छुटेको दिन गाह्रो हुन्छ ।

महिलामा नेतृत्व विकासका लागि के सुझाव दिनुहुन्छ ?
महिलालाई अघि बढाउने कि नबढाउने भन्नेमा परिवारको हात हुन्छ । परिवारका सदस्यको धारणा पनि समाजकै कारण निर्माण भएको हुन्छ । त्यसैले सबैभन्दा पहिला परिवारका सदस्यलाई बुझाउन सक्नुपर्छ । उनीहरूलाई बुझाउन खोज्नुपूर्व आफूले बुझ्नुपर्छ । क्रमशः समाजले बुझ्छ । चुनौती मोल्नै नखोज्ने र बुझ्न/बुझाउनै नखोज्ने कारण पनि महिलाको नेतृत्व विकासमा समस्या भएको हो । महिलाले औपचारिक अध्ययनसँगै समाज निर्माणका आधार, विभेदको कारणलगायत विषयमा यथेष्ट अध्ययन गर्नुपर्छ । अध्ययनबिना अरु बुझाउन सकिँदैन । अधिकार लडेरै पाउने हो भन्ने कुरा बुझ्नुपर्छ । कसैले निगाहवश दिएको कुराले आफूलाई विकास गर्दैन । कम्तीमा महिलामा आलोचनात्मक चेतको खाँचो छ । र, आत्मसम्मानमा सम्झौता नगर्ने गरी आफूलाई विकास गर्नुपर्छ ।

Page 23
Page 24
रोजगारी

फूलसँगै फुलेका महिला

- प्रकृति दाहाल

करिब ७ वर्षअघि जिनामायाले गोदावरीमा मड्रिङ फ्लोरिङ नर्सरी सञ्चालनमा ल्याइन् । गोदावरीबाट सुरु गरेको फूल व्यवसाय फस्टाउँदै गएपछि उनले थानकोटमा अर्को नर्सरी सञ्चालनमा ल्याएकी छन् ।

फूल कसलाई मन पर्दैन र ? सबैलाई मन पर्छ । ढकमक्क फुलेको फूलले आनन्दित बनाउँछ । ऊर्जा बढाउँछ । त्यसैले अचेल घरको कौसी, बरन्डा र छतमा फूल राख्ने/रोप्ने चलन बढ्दै गएको छ । सजाउन मात्र होइन, व्यावसायिक रूपमा फूल खेती गर्ने चलन बढेको छ ।
घरमा फूल फुलाउँदै, रमाउँदै व्यावसायिक फूल खेतीमा लागिन् ललितपुरकी जिनमाया चापागाईं । उनी फूल भनेपछि हुरुक्क हुन्थिन् । घरमा ढकमक्क फूल फुलाउने उनको चाहना थियो । त्यसैले उनले घरमा थुप्रै किसिमका फूल फुलाइन्, घर सजाइन् । फूलसँगै उनको दैनिकी बित्न थाल्यो । सौखका लागि फूल फुलाउन थालेकी उनले फूलमार्फत आम्दानीको बाटो खोज्न थालिन् ।
उनको फूल खेती गर्ने रहर पूरा गर्न श्रीमान्ले साथ दिए । करिब ७ वर्षअघि गोदावरी मड्रिङ फ्लोरिङ नर्सरी सञ्चालनमा ल्याइन् । गोदावरीबाट सुरु गरेको फूल व्यवसाय फस्टाउँदै गएपछि उनले थानकोटमा अर्को नर्सरी सञ्चालनमा ल्याइन् । उनी अहिले फूल खेतीमा रमाइरहेकी छन् । सँगै मनग्ये आम्दानी गरिरहेकी छिन् । भन्छिन्–‘रहर र आम्दानी दुवै मिसिएकाले यो खेतीमा रमाइलो महसुस गरेकी छु ।’ बीउ रोप्नु, बिरुवा स्याहार्नु र माटोसँग खेल्नु उनको दैनिकी हो । उनले करिब ३ रोपनी जग्गामा फूल खेती गरेकी छन् । आम्दानीका लागि गरिएको फूल खेतीले अन्य ५ जनालाई रोजगारीसमेत प्रदान गरेको छ । फूल खेतीबाट राम्रो आम्दानी गरिरहेकी उनी भन्छिन्–‘जीवन यापनका लागि पनि फूल उपयोगी रहेछ ।’


भीमसेनगोलाकी अम्बिका घिमिरे पनि फूलसँग रमाउन थालेको लामो समय भयो । २०५९ सालदेखि उनी फूलबारीमा काम गरिरहेकी छिन् । फूल रोप्दै, बिरुवा उमार्दै उनले नर्सरी सञ्चालन गरेकी छिन् । नर्सरीमा मौसमी र बाह्रै महिना फुल्ने फूलहरू फुलाउँछिन् । उनले करिब १ रोपनी जग्गामा ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरिरहेकी छन् । उनले विदेशबाट बीउ ल्याएर आफैं बिरुवा उमार्छिन् । फूलको बिरुवा उमार्न सजिलो नहुने उनको अनुभव छ । बिरुवा उमार्न मल, हावापानी एवं घामको मात्रा मिलाउनुपर्ने उनी बताउँछिन् । भन्छिन्– ‘तालमेल मिलाउन सकिएन भने न बिरुवा उम्रन्छ न हुर्कन्छ ।’ फूलको व्यवसाय राम्रो फस्टाउँदै गएको उनको अनुभव छ । हरेक चाडपर्वमा होस् वा सजावटका लागि फूलको प्रयोग बढ्न थालेपछि व्ययसाय पनि राम्रो भएको उनले बताइन् । उनको नर्सरीबाट मखमली, गोदावरी र सदाबहार कौसीमा फुल्ने पिटुनियाजस्ता फूलहरू बढी बिक्री हुन्छन् । महिलाहरूका लागि फूल व्यवसायले राम्रो रोजगार प्रदान गर्ने गरेको भक्तपुरकी नर्सरी सञ्चालक राधा मर्ताङी बताउँछिन् । ‘औपचारिक शिक्षा नलिएका महिलाले पनि सीपमार्फत फूल व्यवसाय गर्न सक्छन्, उनी भन्छिन्– ‘यसकारण फूल व्यवसाय महिलाहरूका लागि राम्रो अवसर बनेको छ ।’ परम्परागत रूपले नर्सरी सञ्चालन गर्दै आएकी उनले व्यवसायमा समस्या पनि हुने गरेको सुनाइन् । बिरुवा उमार्न होस् वा फूल फुलाउन मल र माटोसँग साथै रहनुपर्छ । जसकारण कहिले हातमा एलर्जी हुने त कहिले पानीको अभाव हुने उनले बताइन् । फूल खेतीमा धेरै नै मेहनत गर्नुपर्ने उनको अनुभव छ । ‘मेहनतका साथ फूल खेतीलाई निरन्तरता दिन सकेमा व्यावसायिक रूपले सफलता पाउन सकिन्छ ।’ उनी भन्छिन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार अहिले कुल फूल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । महिला उद्यमीलाई सरकारले अनुदान दिने भएपछि व्यावसायिक फूल खेतीमा महिलाको आकर्षण बढ्न थालेको एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् । उनका अनुसार पुरुषले पनि महिलालाई नै अग्रसर गराउँछन् ।

 

फूलको माग बढ्दो छ

कुमार कसजू श्रेष्ठ
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

फूल खेती गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
आफूले कति लगानीमा व्यवसाय गर्ने भन्ने बारेमा विशेष ध्यान दिनुपर्छ । सँगै बजार पनि बुझ्नुपर्छ । बजारमा कस्ता फूलहरूको माग छ त्यहीअनुसारको उत्पादनतर्फ ध्यान दिनुपर्छ । फूल खेतीमा पानी महत्वपूर्ण हुने भएकाले पानीको अवस्था पनि बुझ्नुपर्ने हुन्छ ।

व्यावसायिक फूल खेतीमा महिलाको उपस्थिति कस्तो छ ?
फूल खेतीप्रति महिलाको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । अहिले कुल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । सरकारले व्यावसायिक महिलाका लागि अनुदान दिन थालेपछि फूल व्यवसाय गर्न महिलाहरू उत्साही भएका छन् ।

फूलको बजार अवस्था कस्तो छ ?
माग दिनप्रतिदिन बढ्दै गएको छ । फूलको माग पनि मौसम र चाडपर्वअनुसार हुन्छ । रोज, लाहुरे, डाहलिया, गोदावरी, जर्बेरा, पिटुनिया, हेज, कार्नेसनजस्ता फूलको माग सधै हुन्छ । नेपाली बजारमा आवश्यक मात्रामा उत्पादन हुन नसक्नुमा जमिन, जनशक्ति एवं प्रविधिको अभाव मुख्य कारण हुन् ।

व्यावसायिक तालिम कहाँबाट लिने ?
फ्लोरिकल्चर एसोसिएसनले फूल खेतीका लागि बेसिक र एडमान्स तालिम दिँदै आएको छ । व्यवसाय सुरु गर्न तालिमले सहयोग पुर्‍याउँछ । एसोसिएसनले देशव्यापी रूपमा तालिम सञ्चालन गर्छ । आफूलाई उपयुक्त हुने स्थानमा तालिम लिएर व्यवसाय सुरु गर्न सकिन्छ । त्यस्तै सिटिइभिटीबाट मान्यता प्राप्त संस्थाहरूबाट तालिम लिन सक्ने व्यवस्था पनि छ ।

Page 25
Page 26
राम्रो काम

महिलालाई अटो मेकानिक तालिम

- नारी संवाददाता

बिहानको १० बजेदेखि नै हेटौंडा उपमहानगरपालिका–९ को मुन्ना अटो वर्कसपमा ‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ लेखिएको कालो ज्याकेट लगाएका महिला देखिन्छन् । हातमा रेन्च, पिलास र अन्य उपकरण लिएका उनीहरू मोटरसाइकल मर्मत गर्न थाल्छन् । उक्त दृश्य देख्दा अधिकांश आश्चर्यमा पर्छन् । नजिकै आएर सोध्छन्, ‘तपाईंले के गर्न लाग्नुभएको ?’ पछि उनीहरूले बुझ्छन् कि, यहाँ महिलाका लागि अटो मेकानिक तालिमअन्तर्गत सीप विकास तालिम सञ्चालन भइरहेको छ ।
‘पहिले यस्तो मेसिनरी काम पुरुषले मात्र गर्न सक्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ’ तालिम लिइरहेकी हेटौंडा १५ की निरु सुनार भन्छिन्, ‘तालिम लिएपछि आफैंले चक्का फेर्ने, नटहरू कस्ने, चेन इस्पकेटका काम सबै गर्न सक्छु ।’ केही समयअघि श्रीमान्को मोटरसाइकल मर्मत गर्दा खुसी लागेको उनले बताइन् । सीप सिकिरहेकी अनुजा प्रजाले भन्छिन्, ‘तालिम लिन थालेपछि मान्छेले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । आफैं केही गर्न सकिन्न भन्ने आँट बढेको छ ।’
हेटौंडा १८, हर्नामाडीमा पनि यस्तै अटो मेकानिक तालिम सञ्चालन भएको छ । जहाँ सुकौराका तल्लो भेगका महिला सहभागी भएको हेटौंडा– १८ का वडाध्यक्ष अनिल बानियाँले बताए । हेटौंडामा पहिलोपटक महिलाका लागि यस्तो तालिम सञ्चालन भएको हो । दलित तथा जनजाति महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास सेवाले उक्त तालिम सञ्चालन गरेको हो । ‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ परियोजनाअन्तर्गत हेटौंडा १५ र १८ मा महिलाहरूका लागि अटो मेकानिक उद्यम संचालन भइरहेको छ । हेटौंडा १५ र १८ मा ५–५ जना महिलाको समूह बनाई संचालन गरिएको तालिममा ७ जना दलित र ३ जना जनजाति महिलाको सहभागिता छ । तालिमका सहभागी महिलाहरू ग्यारेज स्थापनाका लागि उपयुक्त ठाउँ खोज्न थालिसकेका छन् ।

Page 27
Page 28
रिपोर्ट

प्यास पानीको : महिला बढी मारमा

- लक्ष्मी भण्डारी

७मेलकी मेरिना प्रधान दिनभर कलेजमा पढाउँछिन् । साँझ घर फर्कंदा बाटोमा तरकारीलगायत घरमा आवश्यक सामग्री किन्छिन् । घर पुगेर फ्रेस हुन नपाउँदै काममा व्यस्त हुन्छिन् । छोरीको स्याहारसँगै खाना बनाउँछिन्, खुवाउँछिन् । श्रीमान् अबेला घर आउँछन् । खाना आएपछि सरसफाई गर्नैपर्‍यो । सुत्दा रात छिप्पिसक्छ । कहिलेकाहीं लखतरान ज्यानलाई विश्राम दिन नपाउँदै उठ्नुपर्छ । कारणः मेरिनाको टोलका धारामा राति मात्रै पानी आउँछ । पानी भरिसकेर राम्रोसित निदाउन नपाउँदै उठ्ने बेला भइसक्छ । फेरि उहीं घरधन्दा र कलेज ।
धारामा नियमित पानी नआउँदा उनको दैनिकी नै प्रभावित हुन्छ । कलेजमा पढाइरहदा पनि पानीकै चिन्ताले सताउँछ । ‘पानीकै कारण निकै तनाव व्यहोर्नुपरेको छ’ मेरिना भन्छिन्, ‘पानी आउने हो कि नआउने हो भन्ने चिन्ताले जतिबेलै सताउँछ, आउँदा पनि कतिबेला आउने हो टुंगो हुँदैन ।’ मेरिनाका श्रीमान् पनि जागिरे नै हुन् । तर पानी भर्ने जिम्मेवारी मेरिनाकै काँधमा छ । उनी भन्छिन्, ‘हामी दुबैजना दिनभर काम गर्छौ तर पानी भर्नेलगायत घरको काम चाहिं एक्लैले गर्नुपर्छ ।’ महिला भएकै कारण दोहोरो जिम्मेवारी बहन गर्नुपरेको उनको अनुभव छ ।
कतिपटक त धारामा पानी नआएपछि किनेकै पानीले भाँडा माझ्ने, कपडा धुने गर्नुपरेको उनले बताइन् ।


चण्डोलकी रिंकुको स्थिति पनि उस्तै छ । कोठा भाडामा लिएर बस्दै आएकी रिंकुले पानीको अभावमा व्यहोुर्नुपरेको सास्ती कम छैन । गाउँबाट सुख पाउन सहर आएकी रिंकुलाई काठमाडौंको पानी अभावले निकै सताएको छ । धारामा पानी कुर्दाकुर्दै रात नै बितेको अनुभव छ उनीसँग । पानीकै कारण टोलमा धेरैपटक झmगडासमेत भएको छ । ‘सुख पाउन सहर आएको तर यहाँ त पानीकै लागि लडाईं लड्नुपर्दो रहेछ’ रिंकु भन्छिन्, ‘पानी आभावको सास्तीले त अहिले नै गाउँ फकौं जस्तो लाग्छ तर कामधन्दा यतै छ, के गर्नु ?’
मेरिना र रिंकु त प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौंका अधिकांशले भोगिरहेको साझा पीडा हो यो । गृहिणी महिलासँगै दिनभर पेसा/व्यवसाय गर्ने महिलाले झन् धेरै सास्ती खेप्नुपरेको छ । कोठा भाडामा लिएर बस्नेहरूका समस्या अझ धेरै छ । निद्रा बिगारेर बल्लतल्ल थापेको पानी पजि घरबेटी अड्कली–अड्कली बाँड्छन् । कति पिउने, कतिले पकाउने अनि कतिले नुहाइधुवाइ गर्ने ? गाउँका नदी–खोलामा फालाफाल पानी चलाइएका उनीहरु भन्ने गर्छन्–‘यो काठमाडौंमा त पानी खान नपाएर मरिन्छ कि क्या हो ?’
मेलम्चीको पानी काठमाडौं ल्याउलान् र धीत मर्ने गरी उपभोग गरौंला भनेर काठमाडौंबासी तड्पन थालेको वर्षौ भइसक्यो । तर, अहिले पनि मेलम्चीको पानी कहिले काठमाडौं आउने हो ? टुंगो छैन । सरकारले आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याएर बाँड्ने भनेको छ । तर, काठमाडौंबासी सरकारको कुरा पत्याउनेवाला छैनन् ।




डा.चेतबहादुर परियार
जल तथा वातावरणविज्ञ

अव्यवस्थित सहरीकरण,  औद्योगीकरण र व्यक्तिगत लापरबाहीका कारण पनि काठमाडौंमा पानीको अभाव बढेको हो । थप पानीका स्रोतको पहिचान गरी संग्रह गरेर व्यवस्थित तरिकाले वितरण गर्ने हो भने धेरै समस्या हल हुन्छ । फोहोर प्रशोधनलगायत विधिबाट कृत्रिम पानीको मुहान पनि निर्माण सकिन्छ ।

काठमाडौंमा पानी वितरणको इतिहास र स्थिति
१८९०–९३ सालताका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीको सुरुवात गरेका हुन् । त्यसपछि विभिन्न नाम र पद्धति हुँदै २०२७–२८ सालतिर ‘पानी गोश्वारा’ का नामबाट पानी वितरण हुन थाल्यो । जुन २०३७ सालसम्म कायम रह्यो । २०४२ सालसम्म खानेपानी तथा ढल निकास समितिको नामबाट उपत्यकामा पानी वितरण गरियो । त्यसपछि यसको नाम खानेपानी तथा ढल निकास संस्थान भयो । २०४६ साल फागुन १५ गतेदेखि नेपाल खानेपानी संस्थानका नामबाट पानी वितरण हुन थाल्यो ।
२०६२ सालमा अध्यादेशमार्फत् काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गरी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रिया अघि बढ्यो । नयाँ ऐन बनेपछि अर्थात् २०६४ साल फगुन १ गतेदेखि उपत्यकामा पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले गरिरहेको छ । उपत्यका बाहिरको जिम्मा बोर्डले लिएको छ ।

रामचन्द्र ढकाल
वित्तीय–प्रमुख, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

खासगरी महिलाले खानेपानी अभावको मार बढी झेलिरहेका छन् । अहिलेका महिला पहिलेका जस्तै गृहिणीमा मात्रै सीमित छैनन् । दिनभरि काम गरेर पानी भर्न राति उठ्नुपर्ने बाध्यता छ । पानीकै कारण परिवार र छिमेकमा विवाद बढ्दो छ । यसर्थ हामीले सकेसम्म दिउँसो मात्रै पानी छाड्ने तयारी गरिरहेका छौं । र, मेलम्चीको पानी आएपछि सजिलो हुने अपेक्षा छ ।

मेलम्चीको पानी आउँदा पनि अभाव पूर्ति हुँदैन
उपत्यकामा दैनिक ४० करोड लिटर पानीको माग छ । तर अहिले दैनिक ३५ करोड लिटर पानी मात्रै पूर्ति भइरहेको छ । मागको मात्रा वर्सेनि पाँच प्रतिशतको दरले बढिरहेको छ । यो स्थितिमा मेलम्चीबाट १७ करोड लिटर पानी ल्याइए पनि काठमाडौंको माग पूर्ति हुन कठिन छ ।
केयुकेएलले अहिले दैनिक वर्षातमा १५ र हिउँदमा करिब १० करोड लिटर पानी वितरण गर्दै आएको छ । त्यस्तै ट्यांकर, बोटल र बोरिङ व्यवसायीले दैनिक ८ करोड लिटरको हाराहारीमा खानेपानी आपूर्ति गर्दै आएका छन् । ‘मेलम्चीको पानी काठमाडौं ल्याउने बेलासम्म उपत्यकामा पानीको माग दैनिक ४५ करोड पुग्ने सम्भावना छ’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले भने ।
२०६८ सालको जनगणनानुसार काठमाडौं उपत्यकाको जनसंख्या ३० लाख छ । अहिले बढेर करिब ५० लाख पुगेको अनुमान गरिएको छ । उक्त तथ्यांकमा कोठा भाडामा बस्नेहरू परेका छैनन् । यसकारण काठमाडौंमा पानी उद्योग गर्नेको यकिन तथ्यांक नै आउन नसकेको वातावरणविद् गोविन्द साहको भनाइ छ । साहका अनुसार प्रत्येक व्यक्तिलाई दिनको औसत १ सय ५० लिटर पानी चाहिन्छ । यसअनुसार काठमाडौं उपत्यकाको माग पूरा गर्न दैनिक ५२ करोड ५० लाख लिटर पानी आवश्यक छ । ‘बदलिँदो जीवनशैलीका कारण व्यक्तिगत तथा अन्य प्रयोजनमा झन् धेरै पानी खर्च भइरहेको छ’, उनले भने–‘वातावरणीय प्रदूषणका कारण पनि पानी खपत बढ्दो छ ।’
उपत्यका आसपासका पानीका मुहान सुक्न थालेपछि खानेपानी लिमिटेडलाई नियमित पानी वितरण गर्न समस्या भइरहेको प्रवक्ताले बताए । खानेपानी लिमिटेडले दैनिक पाँच करोड लिटर पानी मात्रै भण्डारण गर्ने क्षमता राख्छ ।
उपत्यकामा बोरिङबाट जमिनमुनिको पानी तान्ने क्रम बढेपछि राजधानी आसापासका पानीका मुहान सुक्न थालेको पनि केयुकेएलको ठम्म्याइ छ ।
बोर्डसँग लिमिटेडले दैनिक दुई घण्टा पानी वितरण गर्ने सम्झौता गरेको छ । जसअनुसार आलोपालोमा पानी छाड्नुपर्ने वाध्यता भएको प्रवक्ता राईको भनाइ छ । उनी भन्छन्– ‘आलोपालो छाड्दा कतै राति र कतै बिहान छाड्नुपर्ने हुन्छ । जसकारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।’
खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाका अनुसार सरकारले गम्भीर रूपमा लिएकैले मेलम्ची परियोजना परिकल्पना गरिएको थियो । विविधीकारणले ढीला भए पनि आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइपुग्छ ।
बढ्दो मागसँगै पानी आपूर्ति कम भएपछि पानी व्यवसायीले गुणस्तरहीन पानी संकलन र वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ । निजी क्षेत्रका पानी व्यवसायीका लागि स्पष्ट कानुन र मापदण्ड नहुँदा समस्या झन् बढेको सरोकारवालाको तर्क छ ।
ट्यांकर तथा पानी व्यवसायीले पनि मागबमोजिमको पानी पूर्ति गर्न सकेका छैनन् । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालका अनुसार खानेपानीको माग अत्यधिक बढेपछि समयमा पानी डेलिभरी गर्न सकिएको छैन । ‘अहिले अर्डर गरेको पाँच दिनमा मात्रै खानेपानी पुर्‍याउन सकिने स्थिति छ’ उनले भने, ‘सुख्खायाममा त झन् गाह्रो हुने निश्चित छ ।’

डा.ई.सञ्जीव विक्रम राणा
कार्यकारी निर्देशक, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

काठमाडौंमा दैनिक ४० करोड लिटर भन्दा बढी पानीको माग छ भने हाल वर्षामा १५ र हिउँदमा १० करोड लिटर मात्रै पूर्ति गर्न सकिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणको आधिकारिक जिम्मा केयुकेएल लाई लिजमा दिएको छ । यसतर्फ सरकारको पनि गम्भीर ध्यानाकर्षण छ । आगामी असारभित्र २७ अरब खर्चिइ सकेको मेलम्ची आउनैपर्छ, भर्खरै श्वेतपत्र जारी भइसकेकाले अब आउँछ नै । अब मेलम्ची आएपछि यो समस्या अवश्य हट्छ । त्यसपछिका लागि समेत थप पानीका लागी सिस्नेरी, कुलेखानी, टोस्ने, महादेव खोला, बाग्मती धापको नाङमती ड्यामलाई विकल्पका रूपमा राखिएको छ ।

भूकम्पपछि पानीका मुहान सुके
२०७२ सालको भूकम्पअघिसम्म दहचोकमा पानीका तीनवटा मुहान थिए । भूकम्पसँगै पानीका तीनवटै मुहान सुके । पानीको मुहान सुकेपछि घर नै सर्नुपरेको बताउँछन्, स्थानीय टीकाराम शर्मा । शर्मा मात्रै होइनन्, पानीको हाहाकार भएपछि करिब दुई सय परिवार बसाइ सरे । स्थानीय राजेन्द्र केसीका अनुसार भूकम्पपछि ऐतिहासिक इन्द्रदहमा पनि पानी सुकेको छ ।
दहचोकमा मात्रै होइन, भूकम्पपछि काठमाडौंका अधिकांश पानीका मुहान सुके । जसकारण पानीको माग झन् बढेको बताउँछन्, ट्यांकर व्यवसायी संघका अध्यक्ष दाहाल ।

दैनिक डेढ करोडको कारोबार
काठमाडौंमा निजी क्षेत्रले मात्रै दैनिक करिब १ करोड ४० लाख रुपैंयाँ बराबरको पानी बिक्री गर्छन् । निजी ट्यांकरमार्फत् ८१ लाख जारमार्फत् ३५ लाख बोतलको २४ लाख रुपैंयाँको पानी बिक्री हुन्छ । तथ्यांकअनुसार करिब ७ सय ट्यांकरबाट दैनिक ४ हजार स्थानमा पानी वितरण हुन्छ । काठमाडौंमा जोरपाटी, बालाजु, स्वयम्भू, मातातीर्थ, चोभार, सातदोबाटो र भक्तपुरको झौखेलसहित सात स्थानबाट व्यवसायीले पानी संकलन गर्छन् । त्यस्तै ललितपुरको गोदावरी, चाल्नाखेल, मातातीर्थ, गोंगबु, जोरपाटी, भक्तपुरको झौखेल र सुन्दरीजलमा जार तथा मिनरल वाटरका लागि पानी संकलन हुन्छ । यसरी संकलन तथा वितरण हुने पानीको गुणस्तरमाथि बारम्बार प्रश्न उठिरहेको छ ।

प्रकाश राई
प्रवक्ता, काठमाडौं उपत्यका खानेपानी लिमिटेड

उपत्यकामा वर्सेनि करिब ५ प्रतिशतका दरले पानीको माग बढिरहेको छ । भएको पानी पनि भण्डारणको अभावमा संग्रह तथा वितरण गर्न समस्या भइरहेको छ ।

प्राप्ति थापा (कुलेश्वर)
मेलम्चीको पानी भन्दा–भन्दै बित्यो धेरैको जवानी
मेलम्चीको पानी नै नपिई बित्दैछ धेरैको जिन्दगानी
दुई दशक बित्दा पनि आएन मेलम्चीको पानी ।
स्थिर सरकार हुँदा पनि पूरा भएन परियोजना
कहिले पूरा होला काठमाडौंबासीको सपना
पीडा छ मनमा धेरै
एउटा जारलाई ५० रुपैंयाँ तिर्दा
ट्यांकरको त कुरै नगरौं
ढाडै सोझिन्छ हप्ता–हप्तामा किन्दा
थाहा छैन कसले गर्दा नआएको हो पानी ?
तोकेको मिति सरेको सर्‍यै गरेको किन हो कुन्नि?
कहिलेसम्म आउने हो मेलम्चीको पानी ?
जवाफ दिने जनतालाई कसले हो कुन्नि ?

अम्बिका बिष्ट (जोरपाटी)
दिनभरको काम र बिहान–बेलुकाको घरधन्दाले लखतरान भइन्छ । राति मस्तसँग निदाइरहेको बेला पानी आउँछ । निद्रा बिथोलिएपछि भोलिपल्टको दैनिकी नै प्रभावित हुन्छ । कहिले त धारामा पानी नआएर किन्नुपर्ने हुन्छ । दुःख गरेर कमाएको पैसा पानी किन्न खर्चनु पर्दा दुख लाग्छ । व्यर्थै गाउँ छाडिएछ जस्तो लाग्छ ।

यशोदा दहाल (टोखा)
मेलम्चीको पानी आउला भन्ने आश पनि मर्न लागिसक्यो । अब त धारामा पानी नआई नेताले भनेको पत्याउने स्थिति छैन । मेलम्चीको पानी आयो भने चाहीं अलि सजिलो हुन्थ्यो कि ?

दुर्गा थापा (चाबहिल)
रगत जतिकै महत्वपूर्ण पानी पूर्तिका विषयमा सरकार गम्भीर छैन । पानीमा समेत राजनीति भएको देख्दा उदेक लाग्छ । देशमा सरकार भएको अनुभूति नै हुँदैन । पुरुषहरूले पानी व्यवस्थापनको जिम्मा महिलाको मात्रै भन्ठान्छन् । हामीजस्ता प्रोफेसनल महिलाको पीडा कसले बुझ्ने ?

दीपा अधिकारी (सीतापाइला)
मेलम्चीको पानी–पानी भन्दाभन्दै गयो जवानी । अरु सुविधा जति नै भए पनि पानी नभएपछि केही नभएजस्तो हुँदोरहेछ । पानी हाम्रो साथी हो तर सहरमा पानी दुर्लभ चीजजस्तै भइसकेको छ । किनेको पानी अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता छ । पानी नहुँदा सरसफाइ हुँदैन ।

Page 29
Page 30
Page 31
Page 32
Page 33
Page 34
Page 35
Page 36
Page 37
Page 38
विदेश

अफगान शान्तिवार्ताकी मध्यस्थकर्ता फाजिया

- नारी संवाददाता

सन् १९९० को दशकमा तालिवान अतिवादीले अफगानिस्तान कब्जा गरेपछि फाजिया कोओफीको डाक्टर बन्ने सपना चकनाचूर भयो । यही समूहले महिलालाई सार्वजनिक जीवनबाट वञ्चित गर्‍यो, फाजियाका श्रीमान्लाई कैद गर्‍यो । जब फाजिया राजनीतिमा प्रवेश गरिन्, उनी स्वयंको ज्यान लिन खोज्यो । तै पनि उनले तालिवानसँगको शान्तिवार्तामा डगमगाइनन् । सौहार्द्रपूर्ण रूपमा उपस्थित भइन् । फाजियाले बीबीसीसँग भनेकी छिन्–‘त्यतिबेला म अलिकति पनि डगमगाइनँ, मेरा लागि दृढ हुनु महत्वपूर्ण थियो । म अफगानिस्तानका सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै थिएँ ।’

केही तालिवानले जब कडा नजरले हेरे
कोओफी पान–अफगानी प्रतिनिधिमण्डलकी एक हिस्सा थिइन् । उनले कट्टरपन्थी इस्लामवादी पूर्व शासकहरूसँग धेरै चरणमा वार्ता गर्नुका साथै अमेरिकाद्वारा आयोजित शान्तिवार्तामा समेत भाग लिएकी थिइन् । गत वर्ष उनी र अर्की एक महिला मानव अधिकार अभियानकर्ता लैला जाफरी सय जनाभन्दा बढी पुरुषले भरिएको मस्कोको एक होटलको कोठामा थिए । कोठाको एक छेउमा तालिवान लडाकु र प्रतिनिधिहरू थिए भने अर्कातर्फ ती दुई महिलाले अफगानका पुरुष राजनीतिज्ञ र कार्यकर्ताको बीचमा आफ्नो सीट तानेर बसे । सोही बेला फाजियाले भनिन्–‘अब अफगानिस्तान विभिन्न दृष्टिकोणले प्रतिनिधित्व भएको मुलुकमा दरिइसकेको छ, देश एक विचारधाराको अधीनमा छैन ।’ उनको वक्तव्यपछि तालिवान प्रतिनिधिमण्डलका केही सदस्यले उनलाई कडा नजरले हेरे । केहीले उनको उक्त कुरा नोट समेत गरिसकेका थिए । लामो वार्ता प्रक्रियाका क्रममा तालिवानले ‘कठपुतली सरकार’ लाई मान्यता नदिने भन्दै अफगान सरकारसँग प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेको थियो । पछि अमेरिका र रसियाले निरन्तर दबाब दिएपछि सम्झौता सम्पन्न भएको थियो । त्यसपछि पनि उक्त समूहले एक अनौपचारिक अफगानिस्तान प्रतिनिधिमण्डलसँग कुरा गर्न राजी भएको थियो । कोओफी तीन चरणका वार्तामा टोलीको सदस्यका रूपमा थिइन् । यिनको जीवन तालिवानले नाटकीय रूपमा परिवर्तन गरिदिएको थियो । त्यसपछि उनले महिलाको अधिकारका बारेमा सीधै कुरा गर्न थालिन् । उनले बढी भन्दा बढी महिलालाई शान्ति प्रक्रियामा समावेश गरिनुपर्छ भन्ने आवाज उठाएकी थिइन् ।
‘हाम्रो पक्षमा महिला प्रतिनिधिहरू भएकाले मैले तालिवान समूहलाई यो सुझाव दिएँ कि उनीहरूले पनि महिलालाई टेबलमा ल्याउनुपर्छ । तिनीहरू तुरुन्तै हाँसे ।’ फाजिया भन्छिन्–‘जुन समूह, पार्टी, खेमाका भए पनि आखिर महिला त महिला नै हुन् । अबको युगमा उनीहरू सशक्त र अधिकार सम्पन्न हुनु जरुरी छ ।’ सन् १९९६ को शासनका क्रममा तालिवानले महिलालाई शिक्षा र रोजगारीमा प्रतिबन्ध लगायो । इस्लामी कानुनको कडा संस्करण लागू गरायो, जसभित्र ढुंगाले हानेर कोर्रा लगाउने अमानवीय काम हुन्थे । आफ्नो सम्पूर्ण जीवन अफगानिस्तानमा बिताइसकेकी फाजिया कोफीले त्यस्तो सजाय भोगेका मानिसलाई नजिकबाट नियालिरहेकी थिइन् ।
वार्ताका क्रममा तालिवानीको बोल्ने पालो आयो । वार्ताकारले आफ्नो यौन समानताको मागमाथि विश्लेषण गर्दै बोले–‘महिला प्रधानमन्त्री बन्न सक्छन् तर राष्ट्रपति बन्न सक्दैनन्, महिला न्यायाधीश हुन सक्दैनन् ।’ आफू यो कुरासँग असहमत भए पनि कुनै तर्क नगरेको कोओफी बताउँछिन् । यसले उनको कूटनीतिक क्षमतलाई प्रस्ट्याउँछ । वार्ताको ढाँचाले दुईतर्फी छलफललाई अनुमति नदिने हुनाले पनि उनले त्यहाँ कुनै तर्क–वितर्क गर्नुको तुक देखिनन् र चुप लागेर बसिन् । आजको आधिकारिक तालिवान लाइन भनेको महिला काम गर्न र शिक्षित हुन सक्छन्, तर केवल इस्लामी कानुन र अफगानी संस्कृतिको सीमाभित्र रहेर मात्र ।

मैले कहिल्यै बुर्का किनेकी छैन
फाजिया कोओफीले सेप्टेम्बर १, १९९६ मा पहिलोपटक एक तालिवान योद्धा देखेकी थिइन् । तालिवानले सहर कब्जा गर्दा उनी काबुलमा मेडिकल साइन्स पढ्दै थिइन् । उनले तिनीहरूलाई पाँचौं तलाबाट देखेकी थिइन् । सडकमा झगडा भइरहेको थियो । जहाँ स्वचालित राइफल देखिन्थे । क्रमशः उनी अध्ययनरत मेडिकल कलेजले पनि आतंककारीको आदेश अनुशरण गर्न थाल्यो । अनि उनको बाल्यकालदेखिको डाक्टर बन्ने सपना चकनाचुर भयो । अनेक अप्ठेराका बाबजुद पनि उनी काबुलमै बसिन् र स्कुलबाट बाहिरिएका केटीहरूलाई अंग्रेजी पढाउन थालिन् । ‘यो एक धेरै नैराश्यपूर्ण अवधि थियो । यदि कसैले तपाईंलाई कमजोर पार्छ र तपाईका लागि अवसरहरू रोक्न चाहन्छ भने त्यो भन्दा पीडादायी अर्को के हुनसक्छ ।’ त्यो संक्रमणकाल सम्झदै फाजिया भन्छिन्–‘तालिवानले महिलालाई सार्वजनिक रूपमा शरीरमा बुर्का लगाउने आदेश जारी गर्‍यो । तर मैले कहिल्यै बुर्का किनेकी छैन ।’
तालिवानका तथाकथित लडाकुहरू सडकमा गस्ती गर्थे । उनीहरूले बुर्का नलगाएका महिलाहरूलाई कुटपिट गर्थे । अन्तत अमेरिकामा भएको सेप्टेम्बर ११ को हमलापछि तालिवानलाई हटाइयो । त्यसपछि धेरै मानिसहरूले राहत महसुस गरे । भन्न थाले–‘हामी सडकमा हिँड्न सक्छौं र तालिवानले कुटेको डर नमानी किनमेल गर्न सक्छौं ।’

नाफाको जिन्दगी
तालिवानको पतनपछि, कोओफीले संयुक्त राष्ट्र संघका लागि काम गरिन् । पूर्व बालसैनिकको पुनःस्थापना गरिन् । जेलमा रहेका पतिको क्षयरोगका कारण मृत्युपछि उनी एक्लैले दुई छोरी हुर्काइन् । तर यसका बाबजुद सन् २००५ मा संसदीय चुनावको घोषणा भएपछि उनले चुनावी मैदानमा प्रवेश गर्ने निर्णय गरिन् । उनी भन्छिन्–‘मेरा लागि महत्वपूर्ण चुनौती भनेको छुट्टै पहिचान बनाउनु थियो ।’ सांसदका रूपमा आफ्नो दुई कार्यकालमा पहिले उनी संसद्को प्रवक्ता बनिन् । उक्त समयमा उनलाई मार्ने प्रयास भएको थियो तर उम्किइन् । सन् २०१० मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाएर फर्कने क्रममा उनीमाथि गोली बर्साइएको थियो । कोओफी र उनका दुई छोरीलाई सुरक्षा अधिकारीहरूले बचाएर पहाडको सुरुल भूमि पुर्‍याए, जहाँबाट उनीहरूलाई हेलिकप्टरद्वारा काबुल पठाइएको थियो ।

हरेक मानिस शान्ति चाहन्छन्
तालिवान र अमेरिका शान्ति सम्झौतातर्फ अगाडि बढिरहेको दस वर्ष बितिसक्यो । लडाकुलाई पुनः समूह बनाउन र युद्ध गर्न केही वर्ष लागेको थियो । (सन् २००१ पछि उनीहरूले बढी क्षेत्र नियन्त्रण गरे । यस युद्धबाट ठूलो मानव क्षति भएको छ ।) हजारौं नागरिक मारिए, घाइते भए । अफगानिस्तान विश्वको गरिब देशमध्ये एक हुनुको एउटा कारण यही हो । ‘करिब २८ लाख अफगानी विदेशमा शरणार्थीका रूपमा दर्ता भएका छन् भने २० लाख बढी आफ्नै देशभित्र विस्थापित छन् । करिब २० लाख विधवा छन् ।’ यस्तो उराठलाग्दो अवस्थाबाट वाक्क भएका हरेक मानिसले शान्ति चाहेको बताउँदै फाजिया भन्छिन्–‘सबैजना शान्ति चाहन्छन् । हामी युद्धको समयमा जन्मिएका थियौं र युद्धमा हुर्कियौं । न त मेरो पुस्ता र न मेरा बालबालिकाहरूलाई थाहा छ शान्तिको अर्थ के हो ?’ तर कुनै पनि हालतमा शान्ति सम्झौता होइन । शान्ति भनेको सम्मान, न्याय र स्वतन्त्रताका साथ बाँच्ने क्षमता भएको उनको बुझाइ छ । लोकतन्त्रको विकल्प नरहेको बताउँदै उनले अब तालिवान सहमत र परिवर्तन भएको हेर्ने इच्छा जाहेर गरेकी छिन् । तालिवान प्रवक्ता सुहेल शाहिनले एक वक्तव्य दिएका थिए–‘शान्ति विरोधाभासमा रहेका महिलाले वार्ता पछाडि लैजान महिलाको अधिकार प्रयोग गर्दैछन् ।’ तर फाजिया कोओफी भन्छिन्–‘महिलाले धेरै गुमाएकी छ, हामी अरू कति हराउन सक्छौं ?’ फाजियाका दुवै छोरी काबुल विश्वविद्यालयमा भर्ना भइसकेका छन् । मिडिया र इन्टरनेटको पहुँचका साथ आफूलाई सशक्त पार्ने अभ्यासमा उनीहरूले आफूलाई बानी परिसकेका छन् । ‘कुनै पनि शक्तिले मेरी छोरी र सोही उमेरका अन्य केटीलाई घरमा बन्दी बनाउन सक्दैन । फाजियाले भनिन् ।
स्रोत : बीबीसी वर्ल्ड सर्भिस

Page 39
Page 40
स्वास्थ्य

महिलामा बढ्दो धूम्रपान

- डा. प्रकाश बूढाथोकी

समाजमा उपभोक्तावादी संस्कृति हाबी हुँदै जाँदा नयाँ पुस्ताले आफूलाई उदार र खुला विचारको पक्षमा उभ्याएको छ । अहिले समाजको बनावट र महिलाको भूमिकामा ठूलो परिवर्तन आएका कारण समाजमा महिलाको भूमिका र क्षमता बढ्दै गएको छ र बढी उत्तरदायित्व निर्वाह गर्नुपरेको छ । यसरी एकातिर घरपरिवारको बोझ तथा अर्कातिर कार्यालयको कामको चपेटामा पर्दा दोहोरो मानसिक दबाब एवं तनावबाट राहत र मुक्तिका लागि धेरैले कुनै न कुनै अम्मल बसाल्छन् । नयाँ पुस्ताको जीवनशैलीमा आएका कतिपय खुला र परिवर्तित व्यवहारको एउटा नकारात्मक कडी सहरी समाजमा युवतीमाझ भित्रिएको चुरोट संस्कृति पनि हो । अहिले महिला अम्मलीको संख्या बढ्दै गएको छ । दोहोरो मानसिक दबाब तथा धूम्रपानको असर परेपछि महिलाका लागि शारीरिक एवं मानसिक रूपमा अझ घातक साबित हुन्छ । सुरुमा फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीको लहलहैमा लागेर धूम्रपान गर्दै गएपछि त्यही कुरा लतका रूपमा विकसित हुन्छ । त्यसपछि विभिन्न किसिमका रोगले आक्रमण गर्छन् ।

धूम्रपान भन्नाले के बुझिन्छ ?
सुर्तीजन्य वनस्पति (निकोटियना रस्टिका र निकोटियना) टोवाकमको पात सुकाएर सीधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिसाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग, गुट्खा आदिमा हुने निकोटिन नामक रासायनिक पदार्थलाई मुख, म्युकोसा, नाक वा छालाबाट शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्रपानको संज्ञा दिइन्छ । यो धूवाँ सेवन मात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुर्व्यसन हो ।

प्रकोप
विश्व स्वास्थ्य संघले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकका ७२ प्रतिशत घरमा न्यूनतम एक जनाले धूम्रपान गर्ने गरेको पाइएको छ भने त्यसमा १२ प्रतिशत मानिसले १० वर्ष नपुग्दै सुर्तीजन्य वस्तु सेवन गर्ने गरेका छन् । नेपालका महिला सुर्ती सेवनमा विश्वका महिलाहरूमा प्रथम स्थानमा छन् भने पुरुषहरूमा दक्षिण कोरिया प्रथम स्थानमा छ भने नेपाल पनि अग्रपंक्तिमै छ । भौगोलिक विविधताअनुरूप जिल्लाअनुसार, क्षेत्रअनुसार धूम्रपान गर्ने महिलाको संख्या फरक–फरक पाइन्छ । तराईको तुलनामा पहाडमा र पहाडमा भन्दा हिमाली क्षेत्रमा धूम्रपान गर्ने महिलाको संख्या बढी छ । सहरमा रात्रि मनोरञ्जनस्थलमा काम गर्ने, मनोरञ्जन गर्न आउने, डान्स, डिस्कोजस्ता पार्टीहरूमा बढी उपस्थिति जनाउने महिलाहरूमा धूम्रपानको लत बढेको पाइन्छ भने गरिब वर्गका महिला पनि अम्मली देखिन्छन् । चुरोट पिउनुलाई सामान्य मान्ने घरानियाँ एवं सम्पन्न परिवारका सहरी महिलाहरू र दुःख–पीडा बिर्साउन बिडीको मद्दत लिने गाउँघरका गरिब महिला दुवै यसको अम्मली भएका छन् । गाउँघरमा अशिक्षा, गरिबी, बेरोजगारी, आनन्द उठाउने अर्को बाटो नभएर धूम्रपान सेवन गर्नेहरू बढी देखिन्छन् । त्यसैगरी तराईको तुलनामा पहाडमा पहाडको तुलनामा हिमालमा बढी पूर्वमा भन्दा पश्चिममा बढी र किशोरावस्थाका अम्मली बढी पाइन्छन् । 
भर्खरका किशोरीमा चुरोटको लत मौलाउनुको पछाडि तिनको पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत, साथीहरूको संगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण तथा कतिपयमा डिप्रेसन पनि कारण पाइन्छ । अभिभावकको बेवास्ता, पाश्चात्य संस्कृतिको आकर्षण वा मोह, पैसाको दम्भ एवं नैतिक शिक्षाको अभावका कारण निजी क्याम्पसमा अध्ययनरत युवायुवतीमा चुरोट पिउने प्रवृत्ति बढेको देखिन्छ । मोडलिङ तथा सिनेमामा काम गर्ने सेलिब्रेटीहरूमा चुरोट संस्कृतिले जरा गाडेको छ । लतका बारेमा खुल्न नचाहे पनि यसको बढ्दो संख्या सबैले स्वीकार गर्छन् । यस क्षेत्रका उनीहरू आदर्श व्यक्तित्वका रूपमा युवापुस्तामा रहेका कारण चलचित्र, म्युजिक भिडियो, मोडलिङ तथा विद्युतीय सञ्चार माध्यमबाट प्रभावित भएर टिनएजका युवतीहरू चुरोटको लतमा परेको पाइन्छ ।



निजी क्याम्पसमा वर्गीय हिसाबले धनी परिवारका छोराछोरी पढ्छन् । पैसाको खाँचो नहुने र अभिभावक पनि त्यति फुर्सदमा नहुने पृष्ठभूमि भएका किशोरकिशोरी यो लतमा बढी लागेका छन् । नयाँ कुराको अनुभव गर्ने कौतूहलताका कारण पनि यो समूह चुरोट तथा सुर्तीको लतमा लागेको पाइन्छ । यद्यपि चुरोट सेवनले स्वास्थ्यमा हानि गर्छ भन्ने उनीहरूलाई थाहा नभएको होइन । आधुनिक र पश्चिमी जीवनशैलीको नक्कल गर्ने चुरोटले गर्ने नोक्सानी बिर्साइदिएको छ । प्लस टुमा अध्ययनरत किशोरी मात्र चुरोटको लतमा लागेका छैनन्, क्याबिन र डान्स–रेस्टुराँमा काम गर्ने युवतीहरूको अर्को समुदायमा पनि चुरोट संस्कृति झाँगिएको छ । उनीहरू आधुनिक बन्ने होडमा भन्दा पनि ग्राहकको संगत र मालिकको कमाइका लागि चुरोट र रक्सीको लतमा फसेका छन् । मानसिक तनाव, आर्थिक अभाव एवं पारिवारिक वातावरण नपाउँदा यो पेसामा लागेका युवती आफ्नो पीडा बिर्सन चुरोट पिउँछन् । उनीहरू मालिक र ग्राहकको चाहनाअनुसार चुरोट तथा रक्सी पिउन बाध्य हुन्छन् । 
सहरी क्षेत्रमा महिलाहरूले धूवाँरहित सुर्ती–खैनी बढी चपाएको पाइन्छ । दाँत दुख्ने वा सास गन्हाउने समस्याबाट मुक्ति पाउन गाउँघरमा चुरोट, बिडी खाने चलन छ । अरू त अरू १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूम्रपान गरेको पाइन्छ । ७१ दशमलव ४ प्रतिशत भन्दा बढी महिला तथा ८५ प्रतिशतभन्दा बढी पुरुषले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको अनुमान छ।

धूम्रपानमा के छ ?
अप्रशोधित सुर्ती वा कक्कडमा २ हजार ५ सयभन्दा बढी रासायनिक तत्व हुन्छ भने ४३ तत्व कार्सिनोजन हुन्छ । यही सुर्तीलाई धूवाँका रूपमा सेवन गर्दा ४ हजार रसायन हुन्छ । जसमा ४ सय विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यास तथा ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्व हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा अझ वृद्धि हुन्छ ।
उक्त कार्सिनोजन तत्वमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलिन्युक्लियर एरोमेटिक हाइड्रोकार्बन, टार, खोटो (७० प्रतिशत फोक्सोमा टाँसिन्छ) फेmनोल, त्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडिहाइड, ट्रेस, धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० आदि पर्छन् । प्रमुख प्राणघातक रसायन निकोटिन, खोटो र कार्बनमोनोअक्साइड आदि हुन् । एसिटोन, एमोनिया, आर्सेनिक, वेन्जिन, फर्मालिनजस्ता तत्वले चुरोटको धूवाँमा रहेको विषाक्ततालाई थप ऊर्जा दिन्छन् ।

नकारात्मक असर
अम्मली बनाउने तत्व निकोटिनको ६० मि.लि. ग्राम सुईले मानिसको मृत्यु गराउँछ जुन चुरोट, बिडी, कक्कड, तम्बाखु आदि सुर्तीमा २० मिलि ग्राम पाइन्छ । सुर्तीजन्य पदार्थमा पाइने रसायनले शरीरलाई क्षीण र दुर्बल बनाउनुका साथै आर्थिक एवं सामाजिक रूपमै कंगालसमेत बनाउँछ ।
हालै गरिएका अनुसन्धानहरूले पुरुषको तुलनामा महिलाहरूमा धूम्रपान गर्दा दुई गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएका छन् । धूम्रपानमा भएका तत्वहरूले शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्त नली, श्वासप्रश्वास, प्रजनन्, दन्त स्वास्थ्यका साथै मस्तिष्कमा घातक असर गर्छन् । धूम्रपान गरेको एक मिनेटमै मुटुको धड्कन ३० प्रतिशतका दरले बढ्छ, कोरनरी हार्ट रोगको खतरा बढ्छ, दम, स्तन क्यान्सर, मुखको क्यान्सर, मुटु रोग आदि २५ किसिमका रोग र दुई–तिहाई क्यान्सरको जोखिम बढाउँछ। 
धूम्रपान नगर्ने महिलाको तुलनामा धूम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै–कुनै बेला अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छ । चुरोट, बिडी, तम्बाखु आदिमा पाइने नशालु तथा हानिकारक तत्वले महिलाको जीवरस (हर्मोन्स) निर्माण गर्ने ग्रन्थिहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपनसम्म सिर्जना गर्न सक्छ ।

टिप्स

  • महिलाहरूले आफ्नो सुन्दरता एवं यौनेच्छालाई अझ बढी ताजा बनाउन चाहने हो भने कुलतमा नफसी संयमित बन्नुपर्छ ।
  • विश्वमा सबैभन्दा बढी धूम्रपान गर्ने महिला नेपालका हुन् ।
  • धूम्रपानले पुरुषको तुलनामा महिलालाई बढी असर देखाउँछ भने समयअघि छाला चाउरी परी वृद्ध देखिन्छ ।
  • धूम्रपानकै कारण आमा बन्ने सौभाग्य तथा नाति–नातिना देख्ने चाहनामा समेत कुठाराघात हुन्छ ।
  • चुरोट नपिउने महिला चुरोट पिउने महिलाको तुलनामा ५० प्रतिशतले बढी आकर्षक तथा सुन्दर देखिन्छन् ।
  • विश्वमा १२ प्रतिशत महिला, त्यसमा विकसित देशमा २४ प्रतिशत तथा विकासशील देशमा ७ प्रतिशतले धूम्रपान गर्ने गरेको तथ्यांक छ ।
Page 41
Page 42
स्वास्थ्य

पाठेघरको ऐजेरू

- नारी संवाददाता

डा.बालकृष्ण साह , प्रसूति तथा स्त्रीरोग विशेषज्ञ , मोरङ सहकारी अस्पताल, विराटनगर

त्रिचालीस वर्षको उमेरमा गर्भवती महिलाको जस्तो ठूलो पेट लिएर ओपिडीमा परीक्षणका लागि विराटनगर अमरटोलकी सुशीला (नाम परिवर्तन) आउँदा उनी गर्भवती होलिन् भनेर मैले अन्तिम महिनावारी कहिले भएको थियो भनेर सोधें तर उनी गर्भवती थिइनन् । उनी महिनावारीमा बढी रगत बगेर पेट ठूलो भएपछि अस्पताल आएकी थिइन् । उनको परीक्षण गर्दा पाठेघरमा फाइबराइड रहेछ र त्यो पनि धेरै ठूलो । उनको फाइबराइडसहितको पाठेघरको तौल ३ किलो ५ सय ग्राम थियो । सुशीलाजस्ता धेरै महिलामा यस्तो समस्या पाइन्छ । यद्यपि सामान्यतया यति ठूलो चाहिँ धेरैको हुँदैन । फाइबराइड भन्नेबित्तिकै डराउनु पर्दैन । यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, क्यान्सर होइन । यो मुख्यतया मांसपेशी तथा फाइबरले बनेका कारणले यसलाई फाइबराइड भनिएको हो । सामान्य भाषामा यसलाई ऐजेरू भनिन्छ ।
महिलाहरूमा हुने समस्याहरूमध्ये यो पनि एउटा प्रमुख हो ।सन् २०१६ को तथ्याङ्कअनुसार विश्वका २१ दशमलव ४ प्रतिशत महिलामा फाइबराइडको समस्या छ । सामान्यतया उमेर बढ्दै गएपछि फाइबराइड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० वर्ष पार गरेका ४० प्रतिशतसम्म महिलाको पाठेघरमा फाइबराइड भएको तथ्याङ्कले देखाएको छ । अधिकांश फाइबराइड स–साना भएका कारण महिलाहरूमा कुनै लक्षण वा असर देखिँदैन । यस्ता महिलाहरूमा अरू नै समस्याका कारण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गर्दा फाइबराइड देखिएको पाइन्छ ।

लक्षण
फाइबराइड ठूलो वा सानो जे भए पनि यसले ल्याउने प्रमुख समस्या महिनावारीको गडबडी हो । महिनावारीमा बढी रक्तस्राव हुने, लामो समय रक्तस्राव हुने, थोरै–थोरै दिनको अन्तरालमा रक्तस्राव हुने, महिनावारीमा असह्य पीडा हुने आदि समस्या हुन सक्छन् । फाइबराइड ठूलो भए पेट ठूलो हुने तथा आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या हुन सक्छ । यस्तो अवस्थामा तल्लो पेट दुख्ने, कम्मर दुख्ने एवं पिसाबको संक्रमण हुन सक्छ । फाइबराइड नै हो भन्ने निश्चित गर्न अल्ट्रासाउन्ड (भिडियो एक्सरे) वा अन्य इमाजिङ (सिटी स्क्यान वा एमआरआई) गराउनुपर्ने हुन्छ ।

फाइबराइड भएपछि क्यान्सर हुन्छ ?
फाइबराइडले क्यान्सर पनि हुनसक्छ भन्ने डर अधिकांश महिलामा हुन्छ । यही डरका कारण अधिकांश महिला आत्तिन्छन् भने शल्यक्रिया गरेर भए पनि पाठेघर फाल्न हतार गर्छन् । यद्यपि फाइबराइड एकदम सुस्त गतिमा बढ्ने ट्युमर हो । यो बढेर सुन्तलाको आकारमा आउन पनि ३ वर्ष लाग्छ । यसबाट क्यान्सर हुने सम्भावना शून्य दशमलव दुई प्रतिशत मात्र हुन्छ । कसैकसैमा फाइबराइडको वृद्धि तीव्र गतिमा हुनसक्छ । यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

उपचार
पाठेघरमा ऐजेरू भन्नेबित्तिकै हामी शल्यक्रिया भन्ने सोच्छौ । यद्यपि फाइबराइडमा शल्यक्रिया गर्नैपर्छ भन्ने छैन । कुनै समस्या नभएको फाइबराइडमा उपचार चाहिँदैन तर महिनावारीमा बढी रक्तस्राव भए तुरुन्त उपचार गर्नुपर्छ । फाइबराइडको दीर्घकालीन उपचार भनेकै शल्यक्रिया हो । शल्यक्रिया गरेर ऐजेरू वा फाइबराइड मात्र निकाल्ने प्रक्रियालाई मायोमेक्टोमी भनिन्छ । कम उमेर तथा पाठेघर जोगाउनुपर्ने अवस्थामा मायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिलता आए पाठेघर नै निकाल्नुपर्ने हुनसक्छ । उमेर पुगेका अर्थात् सामान्यतया ४५ वर्ष पार गरिसकेको अवस्थामा फाइबराइडलगायत पाठेघर नै निकाल्न सकिन्छ । यस्तो शल्यक्रियालाई हेस्टेरेक्टोमी भनिन्छ ।
शल्यक्रियाबाहेक फाइबराइडमा अन्य औषधोपचार छैन भन्न मिल्दैन । फाइबराइडमा उपचार गर्नुपर्ने कारण अत्यधिक वा लामो समयसम्म हुने रक्तस्राव नै हो । रक्तस्राव धेरै हुने र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तस्राव रोक्ने तथा शरीरमा रगतको मात्रा बढाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तत्काल रक्तस्राव रोकिने औषधि थोरै समयका लागि प्रयोग गरिन्छ । कम उमेरमा ऐजेरू पलाए हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुँदैन । पाठेघर तथा अण्डाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोन उत्पादन गर्ने र हिस्टेरेक्टोमी गरेपछि यस्तो हार्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकाले कम उमेरमा हिस्टेरेक्टोमी गराउनु घातक साबित हुनसक्छ । त्यस्तो अवस्था वा अन्य अवस्था जसमा लामो समयसम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भए लामो समयसम्म हार्मोनल उपचार गराउन सकिन्छ, यद्यपि फाइबराइड औषधिले मात्र पूर्णरूपमा निको हुँदैन ।

Page 43
Page 44
खानपान

रक्त समूहअनुसार खानपान

- सुजाता मुखिया

बेलाबखत एकै किसिमको खानाले कसैलाई फाइदा गर्छ भने कसैलाई बेफाइदा गर्छ । खाना उही हो, त्यसमा भएको पोषक तत्व उही हो, गुण अनि स्वाद पनि उही हो । हामी सोच्छौं, खाना उही भए पनि कसरी व्यक्तिअनुसार त्यसको प्रभाव फरक हुनसक्छ ? एकै किसिमको खानाले कसरी मानिसको शरीरमा फरक असर गर्छ ? त्यसले कसैलाई फाइदा गर्छ, कसैलाई किन बेफाइदा गर्छ ? रक्त समूहअनुसार पनि हामीले खाने खानामा प्रभाव पर्छ । कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुरालाई मध्यनजर गरेर खानपान छनोट गर्दा त्यसबाट बढी लाभ लिन सकिन्छ ।

एन्टिजेन मार्कर के हो ?
हरेक प्रकारको ब्लडमा एउटा खास प्रकारको एन्टिजेन मार्कर हुन्छ । यो मार्करले खाना पचाउन सहयोग गर्छ । यो एन्टिजेन मार्करले अलग–अलग खानामा अलग–अलग तरिकाबाट प्रतिक्रिया जनाउँछ । यदि त्यसको पहिचान गरेर सही ढंगबाट डाइट खाए स्वस्थ रहन सकिन्छ ।

अनुसन्धानले के भन्छ ?
अमेरिकाको नेचुरोप्याथी एक्सपर्ट डाक्टर पिटर जे डीको अनुसन्धानअनुसार हरेक व्यक्तिले खाने खाद्यपदार्थले उसको ब्लड ग्रुपसँग रासायनिक रूपबाट प्रतिक्रिया गर्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूहअनुसार खाना खाए शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । यसले शरीरमा एक्स्ट्रा फ्याट जम्न दिँदैन ।
डाक्टर पिटर ब्लड ग्रुपको हिसाबबाट भोजन गर्नुपर्छ भन्ने सिद्धान्तका लागि परिचित छन् । उनका अनुसार ब्लड ग्रुपको हिसाबले खाना खाए शरीरमा पर्याप्त मात्रामा ऊर्जा मिल्छ र रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुन्छ । हरेक व्यक्तिको पाचन शक्ति एवं रोग प्रतिरोधी क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ ।

किन खाने रक्त समूहअनुसार खाना ?
हरेक खानामा लेक्टिस नामक प्रोटिन हुन्छ । अलग–अलग रक्त समूहका व्यक्तिको रगत खानामा पाइने प्रोटिनमा फरक किसिमको प्रतिक्रिया जनाउँछ । त्यसको सीधा असर हाम्रो स्वास्थ्यमा पर्छ । रक्त समूहअनुसारको डाइट चार्ट तयार गरेमा लाभदायक हुन्छ । यसले तौल नियन्त्रणमा समेत सहयोगी भूमिका खेल्छ । तर प्रश्न उठ्न सक्छ, तौल नियन्त्रण गर्न व्यक्तिगत डाइट चार्ट वा तालिका बनाएर पनि गर्न सकिन्छ भने रक्त समूहअनुरूप नै किन खाने ? किनभने हरेक व्यक्तिको पाचन क्षमता एवं रोग प्रतिरोधात्मक क्षमता उसको रक्त समूहमा निर्भर हुन्छ । रक्त समूहअनुसार खाना खाँदा सानोतिनो समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया कसरी हुन्छ
डाइट थ्यौरीअनुसार जब हामी खाना खान्छौं, हाम्रो रगतमा एक प्रकारको मेटाबोलिक प्रतिक्रिया हुन्छ । यस्तोमा हामीले खाएको खानामा भएको प्रोटिन र विभिन्न ब्लड ग्रुपमा भएको एन्टिजेनमा परस्पर प्रतिक्रिया हुन्छ । खराब भोजन गर्नाले एन्टिजेनमा असर पर्छ । लेक्टिस टाँसिने किसिमको प्रोटिन हो । लेटिक्स जुन रक्त समूहसँग मेल खाँदैन, त्यसले शरीरका कोशिकाहरूमा क्षति पुर्‍याउँछ । भोजनबाट प्राप्त हुने लेक्टिस हानिकारक हुँदैन तर अलिअलि भए पनि हाम्रो शरीरमा असर गर्छ । यदि यो लेक्टिस रक्त समूहसँग मेल खाएन भने शरीर पोल्ने–सुन्निने हुनसक्छ ।



ब्लड ग्रुप र रोग प्रतिरोधक क्षमता
‘ओ’ रक्त समूहका व्यक्तिहरूमा धेरैजसो एग्जिमा, एलर्जी, ज्वरो आदिको आशंका बढी हुन्छ । ‘बी’ रक्त समूहका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ‘एबी’ रक्त समूह भएका व्यक्तिलाई सानोतिनो बिरामीले छुँदैन । यद्यपि यो समूह भएका व्यक्तिलाई क्यान्सर, एनिमियाँ वा मुटुको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

जस्तो ब्लड ग्रुप त्यस्तै खाना
रक्त समूहअनुसारको आहारले तन्दुरुस्त रहन मद्दत गर्छ । रक्त समूहको हिसाबले खाना खानु स्वास्थ्यको दृष्टिकोणले लाभदायक हुन्छ । स्वस्थ शरीरका लागि रक्त समूहअनुसारको खानपानले प्रभाव पार्छ । शरीरलाई स्वस्थ राख्नका लागि सन्तुलित आहारसँगै आफ्नो रक्त समूहअनुसारको उचित खानपानमा ध्यान दिँदा दुई गुणा बढी फाइदा हुन्छ । रक्त समूहअनुसारको आहार खाँदा नेगेटिभ र पोजेटिभ दुवै रक्त समूहले एकै प्रकारको आहार खानुपर्छ ।

कुन रक्त समूहकाले के खाने ?
रक्त समूह ‘ए’ : शाहाकारी भोजन
रक्त समूह ‘ए’ भएका व्यक्तिले मांसाहारीभन्दा शाहाकारी भोजन खानु उत्तम हुन्छ । यो समूहका व्यक्तिको प्रतिरक्षा प्रणाली संवेदनशील हुन्छ । यो समूहका लागि हरियो सब्जी, अन्न, अंकुराएका गेडागुडी, फल ड्राइ फ्रुट्स, ब्रेड, नुडल्स, चाइनिज फुड, डिनर रोल, बर्गरजस्ता खानेकुरा उपयुक्त हुन्छन् । तौल घटाउन मासु तथा दूधबाट बनेका परिकार, गहुँ आदि खानुहुँदैन ।
अन्य रक्त समूहको तुलनामा यो रक्त समूहका व्यक्तिको पाचन शक्ति केही कमजोर हुन्छ भने मासु तथा दूधबाट बनेका परिकार पचाउन गार्‍हो हुन्छ । यस्तो स्थितिमा पेटसँग जोडिएको समस्या हुने सम्भावना बढी हुन्छ । समूह ‘ए’ को रगतमा गाढापन बढी हुने भएकाले सागसब्जी एवं फलफूल बढी प्रयोग गर्नुपर्छ । क्षारयुक्त फलको सेवन फाइदाजनक हुन्छ । मांसाहारी हो भने रेड मिटको साटो माछा प्रयोग गर्न सकिन्छ ।

समूह ‘बी’ : संयमित आहार
रक्त समूह ‘बी’ भएका व्यक्तिले दूधबाट बनेका परिकार सन्तुलित मात्रामा खानुपर्छ । हरेक प्रकारका गेडागुडी, सागसब्जी, अन्न आदि खान सकिन्छ । रक्त समूह ‘बी’ भएका व्यक्तिलाई सबै प्रकारको खाना सुट गर्छ यद्यपि खाना संयमित भएर खानुपर्छ । बिहानको खानामा मासु खाइएको छ भने बेलुका सब्जी खानुपर्छ । प्याकेजिङ गरिएको खाद्यपदार्थ, बन्दागोभी, मकै, तिल, बदाम, चना, मुसुरो तथा रहर दाल आदि कम खानु फाइदाजनक हुन्छ ।
बढी मात्रामा गहुँ र टमाटरले पनि फाइदा गर्दैन । तौल नियन्त्रण गर्न मकै, कुखुराको मासु, गहुँ, बदाम आदि सेवन गर्नुहुँदैन । अण्डा, मासु, हरियो सब्जी तथा ग्रिन टीको सेवनले तौल कम गर्न सघाउ पुर्‍याउँछ ।

समूह ‘एबी’ : सन्तुलित आहार
समूह ए र बी दुवै रक्त समूहको लक्षण ग्रुप ‘एबी’ मा पाइन्छ । यो रक्त समूह भएका व्यक्तिले शाहाकारी भोजन खानु उपयुक्त हुन्छ । फलफूल तथा सागसब्जीको प्रयोग बढी गर्नुपर्छ । रक्त समूह ‘एबी’ भएका व्यक्तिले माछा, मासु, सब्जी, अन्न, कार्बोहाइड्रेट, दूध, दूधबाट बनेका परिकार खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ । यस प्रकारको खाना खाँदा स्वस्थ रहन सकिन्छ । मांसाहारीहरूका लागि माछा राम्रो विकल्प हो ।

समूह ‘ओ’ : प्रोटिनयुक्त आहार
समूह ‘ओ’ सबैभन्दा पुरानो ब्लड ग्रुप हो । यो ब्लड ग्रुप भएकाहरूले उच्च प्रोटिनयुक्त खानेकुरा तथा मासु पर्याप्त मात्रामा खानुपर्छ । उच्च प्रोटिन भएको खानासँगै कार्बोहाइड्रेट, फलफूल तथा सागसब्जीको सेवन स्वास्थ्यका दृष्टिले फाइदाजनक मानिन्छ भने दूधबाट बनेका परिकार त्यति खानु हुँदैन । रेड मिट, सी फुड, पालुंगो, ब्रोकाउली आदिले तौल कम गर्न मद्दत गर्न सक्छन् । तौल नियन्त्रण गर्न गहुँ, मकै, मुसुरोको दाल, गोभी, चामल, भटमास, सिमी एवं दूधबाट बनेका परिकारबाट टाढै रहनुपर्छ । मांसाहारीमा माछा, रेड मिट तथा कुखुराको मासु सेवन गर्न सकिन्छ ।

Page 45
Page 46
स्वास्थ्य समाचार

नेपाल नेसनल हस्पिटलमा फर्टिलिटी सेन्टर

- नारी संवाददाता

कलंकीस्थित नेपाल नेसनल हस्पिटलमा निःसन्तान दम्पतीका लागि नेपाल नेसनल फर्टिलिटी सेन्टरको स्थापना भएको छ । गत महिना सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरुष वा महिलामा हुने बाँझोपनको समस्याले पारिवारिक विग्रह ल्याउने बताए । तिमिल्सिनाका अनुसार निःसन्तानको समस्याले महिलाहरू बढी पीडित हुने गरेका छन् । निःसन्तान दम्पतीका लागि सेन्टरले गुणस्तरीय उपचार गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डाः प्रकाश पौड्यालले अस्पतालले स्थापनाकालदेखि नै विभिन्न सेवा गर्दै आएको जानकारी दिए । अस्पतालले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको दाबी उनले गरे । बाँझोपनको समस्या विकराल रहेको बताउँदै फर्टिलिटी सेन्टरको स्थापना अस्पतालको सेवा बिस्तारका अतिरिक्त निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको उपचार महँगो भएको भन्ने धारणालाई चिर्दै उपचारलाई सर्वसुलभ बनाउने उद्देश्यले निर्देशित भएको डा. पौड्यालले बताए ।
कार्यक्रममा अस्पतालकी फर्टिलिटी सेन्टर प्रमुख डा. निकिता ढकालले नेपालमा हरेक ६ जोडीमध्ये एकजोडीमा निःसन्तानको समस्या रहेको बताइन् । डा. ढकालका अनुसार निःसन्तानको समस्याले डिप्रेसन, एन्जाइटी, पारिवारिक विग्रह तथा सामाजिक बहिष्करणजस्ता समस्या निम्त्याउने गरेको छ । न्यूनतम शुल्कमा सर्वसाधारणलाई सेवा प्रदान गर्ने तथा ठाउँ–ठाउँमा बाँझोपन निदानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थापित नेपाल नेसनल फर्टिलिटी सेन्टरको उद्देश्य रहेको डा. ढकालले बताइन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे, प्रदेश सांसद केशव पोखरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले तथा अस्पताल संचालक समितिका अध्यक्ष रामचन्द्र शर्मा आदिले आ–आफ्नो धारणा राखेका थिए ।

स्वास्थ्य समाचार

धूम्रपानले कम उमेरमै बूढोपन

- नारी संवाददाता

अहिले धूम्रपान गर्नेहरूको संख्या बढ्दो छ । युवा–युवती एवं बूढापाका सबैले धूम्रपान गर्छन् । जाडोमा चिसोबाट जोगिने वहनामा पनि यसको सेवन गर्नेहरू प्रशस्तै छन् । अधिक धूम्रपानले कम उमेरमै बूढोजस्तो देखिने अध्ययनबाट पत्ता लागेको छ । अमेरिकामा गरिएको अध्ययनअनुसार चुरोट बढी सेवन गर्नेहरू वास्तविक उमेरभन्दा बढी बूढो देखिने गरेका छन् । अध्ययनकर्ताहरूले सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । जसमध्ये एउटा समूहमा कहिल्यै धूम्रपान नगर्ने तथा अर्को समूहमा अहिले धूम्रपान गरिरहेका तथा विगतमा गरेकाहरूलाई समेटिएको थियो । अन्य कुरा समान रहे पनि धूम्रपान गर्ने तथा नगर्ने बीचको तुलना गर्दा धूम्रपान नगर्ने भन्दा गर्नेहरू बढी बूढो देखिएको उक्त अध्ययनले देखाएको छ । यसका साथै बढी धूम्रपान गर्नेहरूमा बुढ्यौलीका साथै घाँटी, फोक्सो, आन्द्रा, छाला आदिमा समस्या देखिन्छ । यसको असर कति मात्रामा धूम्रपान गरिएको भन्ने कुरामा भर पर्ने बताइन्छ ।

Page 47
Page 48
स्वास्थ्य

औषधीय गुण भएका वनस्पति

- सुदर्शन अधिकारी

अदुवा
अदुवालाई महत्त्वपूर्ण औषधिका रुपमा लिइन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वयुक्तसमेत हुन्छ । यसलाई मसलाका रुपमा प्रयोग गरिन्छ । अदुवाले पेट सफा गरी वायु विकार कम गर्छ । जाडोमा चिसोबाट जोगिन चियामा अदुवा मिसाएर खाइन्छ । अदुवालाई जेठ–असार महिनामा स–साना टुक्रा बनाई २०–३० सेन्टिमिटरको दूरीमा रोप्नुपर्छ । अदुवा तीनदेखि चार महिनामा तयार हुन्छ । यसबाट सुठो पनि बनाइन्छ ।

लसुन
यो पनि मसलाकै रुपमा प्रयोग हुने औषधीय गुणयुक्त वनस्पति हो । लसुनको रस घाउमा समेत प्रयोग गर्न सकिन्छ । यसको उपयोग रुघाखोकी लाग्दा गरिन्छ । लसुनले वायु विकास नष्ट गर्छ । यसले ग्यास्टिक कम गर्न सघाउँछ । यसको बिजुला रोपिन्छ जसलाई ५–६ महिनामा तयार गर्न सकिन्छ ।

हलेदो (हल्दी वा बेसार)
हल्दीलाई मसलाको राजा नै मानिन्छ । यसको रंगले तरकारीलाई आकर्षक बनाउँछ । हलेदो प्राकृतिक सौन्दर्य प्रसाधन पनि हो । हलेदो कुटेर वा मेसिनमा पिसेर सुकाएपछि बेसार बन्छ । बेसार कीटनाशक हुन्छ । यसले छालाको रोग निको पार्छ । दूधको तर तथा बेसारको लेप अनुहारमा दल्दा छालाको चमक बढ्छ । हलेदोको प्रयोगले क्यान्सर हुन दिँदैन । यसको प्रयोग होमियोप्याथिक तथा आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ । यसको बिरुवा सात महिनासम्म हरियो हुन्छ ।

तेजपात
यो वनस्पति सुगन्धित, चम्किलो तथा शोभादायक हुन्छ । यो मझौला खालको रुख हो । यसलाई वैज्ञानिक रुपमा कैसिया भनिन्छ । हरियोमा वासना नआउने यसको पात सुकेपछि भने निकै सुगन्धित हुन्छ । यसको पात चिया, पुलाउ तथा तरकारीमा प्रयोग गरिन्छ । यसमा पनि औषधीय गुण हुन्छ ।

लेमन ग्रास
लेमन ग्रासलाई गन्धतृनाका नामले समेत चिनिन्छ । सुगन्धित तेल उत्पादनमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ । नेपालका पहाडी जिल्लामा यसको राम्रो उत्पादन लिन सकिन्छ । यसको फूल वर्षा ऋतुमा फुल्छ । यसको पात चम्किलो हुन्छ । कागतीको जस्तो वासना आउने भएकाले यसलाई चियामा मिसाएर पिइन्छ । यो घाँस हरियो चियाका नामले समेत प्रसिद्ध छ । लेमन ग्रासको तेलले मालिस गर्दा पीडा कम हुन्छ ।

धनियाँ
धनियाँको फूल तथा पात सुकाएर वा हरियो दुवै प्रयोग गर्न सकिन्छ । धनियाँलाई कुनै पनि तरकारीमा हालेर वा अचार बनाएर खाइन्छ । धनियाँको प्रयोग सलादका रुपमा समेत गरिन्छ । धनियाँले गर्मी भगाउँछ । सुकेको धनियाँलाई भिजाएर मिस्री–पानीसँग खाँदा गर्मी ठीक हुन्छ भने खानामा रुचि जाग्छ । यसको लेप वा रसले केश झर्न रोकिन्छ । यसलाई सामान्य रुपले गमला वा करेसाबारीमा उत्पादन गर्न सकिन्छ ।

मेथी
हरियो र सुकेको दुवै प्रकारको मेथी औषधीय गुणयुक्त हुन्छ । यसको वासना मीठो हुन्छ र यसले पेटको विकार हटाउँछ भने उच्च रक्तचाप तथा सुगरका बिरामीलाई समेत निकै फाइदा दिन्छ । यसलाई करेसाबारी तथा गमलामा उत्पादन गर्न सकिन्छ । यसको उचाइ तीस सेन्टिमिटरदेखि एक मिटरसम्म हुन्छ । मेथीको हरियो साग पनि उपयोगी मानिन्छ ।
स्रोत : वनस्पति शास्त्र

Page 49
Page 50
शिक्षा

मन्टेश्वरी : प्रभावकारी शिक्षण पद्धति

- लक्ष्मी भण्डारी

पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागतको सट्टामा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी सिकाइने यो शिक्षण विधिप्रति अभिभावकएवम् बालबालिकाको आकर्षण बढ्दो छ । विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा अघि बालकालिकालाई सिकाउन अपनाइएको उक्त विधि निकै प्रभावकारी मानिन्छ । जसकारण सहर–बजारमा मन्टेश्वरी विद्यालय खोल्ने क्रम पनि बढेको छ । बालबालिकालाई मन्टेश्वरी विधिबाट सिकाउने ठाउँलाई ‘प्रि–स्कुल’ पनि भनिन्छ ।
मन्टेश्वरी किन्डर वर्ल्ड, बेस्ट मन्टेश्वरी, युरो किड्स, अक्षरा स्कुल, बालुवाटार स्कुल, मिल्सबेरी, हाइड एन्ड सिक, एन्जल मन्टेश्वरी, टाइम्स मन्टेश्वरी, बचपन, सेमरक, बचपन, किड्जी आदि स्कुल अहिले नेपालमा चल्तीका प्रि–स्कुल हुन् । भारतमा ख्यातिप्राप्त ब्रान्ड युरो किड्स नेपाल भित्रिएको १३ वर्ष पुगिसकेको छ । टंगालबाट सुरु भएको युरो किड्सको अहिले नेपालका १० वटा सहरमा ३० वटा र संसारभर १० हजार शाखा छन् । गतवर्ष बेस्ट इन्टरनेसनल अवार्ड प्राप्त गरेको युरो किड्स नेपालले प्रारम्भिक शिक्षाका क्षेत्रमा नेपालमा नयाँ आयाम थपेको बताउँदै युरो किड्सकी सञ्चालक शैलजा अधिकारी भन्छिन्–‘युरोकिड्सले सधै आफ्नै नवीन र सिर्जनात्मक शैक्षिक पद्धति अवलम्बन गरेको छ ।’ यसले युनोइया नामक आफ्नै पाठ्यक्रमको विकास गरेको छ । जसले बालबालिकाको बौद्धिक, मानसिक, सामाजिकलगायत चौतर्फी विकासका सहयोग पुर्‍याएको अधिकारीको भनाई छ । काठमाडौंको टंगाल, बाँसबारी, सामाखुसी र तीनकुने गरी चार वटा शाखा रहेको यो स्कुलले बालबालिकालाई केन्द्रिकृत, लचकता र दयालु बनाउने कुरामा मुख्य जोड दिइरहेको पनि अधिकारीले बताइन् । उनले भनिन्–‘अत्याधुनिक शैक्षिक पद्धतिहरूद्वारा हामी बच्चाको जग बलियो बनाउन दत्तचित्त छौं ।’


समयसँगै संशोधन गरिरहने युरोकिड्सका संसारभर एउटै पाठ्यक्रम पढाइन्छन् । योग, संगीत, फिटनेससहितको सुरक्षित बालमैत्री वातावरणयुक्त यो स्कुलमा ‘माइन्ड, बडी र सोल’ लाई हिलिङ गर्ने क्रियाकलापहरू गराइन्छ । थ्रि पिलर्स अफ युनोइयाअन्तर्गत चेतनामूलक दिमागी ज्ञान, स्पेस लर्निङ, भावनात्मक सिकाइलगायतका कला प्रदान गरिन्छ । युरो किड्सको अर्को विशेषता भनेको विविध खाले सिर्जनात्मक सीप र सिकाइद्वारा दिमाग, शरीर र आत्मालाई नै प्रभाव पार्ने किसिमको शिक्षा प्रदान गर्नु हो ।
करिब नौ वर्षअघि सुरु भएको हाइड एन्ड सिक प्रि–स्कुलले बालबालिकाको सैद्धान्तिक, बौद्धिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल कुमुद भट्ट छतकुली बताउँछिन् । ‘मन्टेश्वरी शैक्षिक पद्धतिद्वारा हामीले बालबालिकाको व्यावहारिक ज्ञानलाई बढी प्राथमिकतामा राखेका छौं ।’ स्वयम्भू सानो भर्‍याङस्थित यो स्कुल फराकिलो क्षेत्रफलमा फैलिएको छ । यहाँ बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्ने गरिएको छ । मन्टेश्वरीलगायत एकीकृत शैक्षिक पद्धतिद्वारा पढाइ हुने हाइड एन्ड सिकमा पारिवारिक वातावरण, स्वच्छ आहार, सफा र सहज खेल मैदान तथा मायालु वातावरणमा बालबालिका रमाएर सिकिरहेका छन् ।
अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अञ्जु भट्टराईका अनुसार भविष्यमा अन्तर्राष्ट्रिय स्पर्धाका लागि युवा तयार गर्न पनि अहिले बालबालिकालाई प्रयोगात्मक तरिकामा सिकाउन जरुरी छ । नेपालमा मन्टेश्वरी शिक्षा भित्र्याउने मन्टेश्वरी किन्डर वर्ल्डकी संस्थापक प्रिन्सिपल पवित्र लिम्बू भन्छिन्–‘हामीले मन्टेश्वरी शिक्षा सुरु गरेदेखि शैक्षिक क्षेत्रमा निकै विकास भएको छ ।’
नेपालको शिक्षा प्रणाली नै कमजोर भएका कारण विद्यालय तथा विश्वविद्यालयलाई ‘बेरोजगार उत्पादन गर्ने थलो’को आरोप लागिरहेका बेला यो पद्दतिको सिकाइ प्रभावकारी हुने शिक्षाविद्हरूको तर्क छ ।‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रयोगात्मक शिक्षाको खाँचो छ’, मनोविद् डा. नन्दिता शर्मा भन्छिन्– ‘जसका लागि बालबालिकालाई पढाउने भन्दा पनि सिकाउने शिक्षा प्रणाली अपनाउन आवश्यक छ ।’
मनोचिकित्सक रोजिना मानन्धरका अनुसार बालमस्तिष्क छिट्टै टिप्ने, टुट्ने र जोडिने खालको हुन्छ । बाल्यवस्थामा सिकेका कुराले पछिसम्म गहिरो प्रभाव पार्ने भएकाले दिमागलाई बढी भारी नहुने गरी रमाइलो तथा सहज तरिका सिकाउनुपर्ने उनको मत छ ।

मन्टेश्वरीमा के सिकाइन्छ ?

शैलजा अधिकारी
संस्थापक, युरो किड्स

अहिले सञ्चालित सबै मन्टेश्वरी नामका विद्यालयले प्रभावकारी ढंगमा बालबालिकालाई सिकाउन सकेका छैनन् । नाम मन्टेश्वरी दिएर परम्परागत शैलीमै पढाउने विद्यालय पनि धेरै छन् । यसप्रति अभिभावकहरू सचेत हुन आवश्यक छ ।
मन्टेश्वरीमा विद्यार्थीले खुला बगैंचामा हुर्कने वातावरण पाउनुपर्छ । कक्षा कोठा नै बगैंचाजस्तो हुनुपर्छ, जहाँ बालबालिकाले आफूखुसी नयाँ कुरा जान्ने अवसर पाउँछन् । उनीहरूले कुनै पनि दबाब र अप्ठ्यारो महसुस गर्नुहुँदैन । बालबालिकाको रुचि र क्षमता पहिल्याउँदै फरक–फरक तरिकाले सिकाउन सक्नुपर्छ । तबमात्रै मन्टेश्वरी शिक्षा प्रभावकारी हुन्छ ।

कस्तो हुनुपर्छ मन्टेश्वरी विद्यालय ?

मोना दाहाल
संस्थापक प्रिन्सिपल, मिल्सबेरी स्कुल

बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउनुका साथै सामाजिक तथा व्यावहारिक मूल्य–मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा गर्नु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हो । विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार पार्नु पनि प्रि–प्राइमरी पाठ्यक्रमको उद्देश्य हो । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा व्यावहारिक सीप कसरी सिकाउने भन्ने विषयमा भने कतै केही उल्लेख छैन । यद्यपि मन्टेश्वरी शिक्षा प्रणालीबाट ती उद्देश्य पूरा गर्न सकिन्छ ।

कहिले–कसरी सुरु भयो मन्टेश्वरी शिक्षा ?

अञ्जु भट्टराई
संस्थापक, अक्षरा स्कुल

इटालियन नागरिक मारिया मन्टेश्वरीले विकास गरी अभ्यासमा ल्याएको एक शैक्षिक पद्धति हो–मन्टेश्वरी । जसलाई अहिले विश्वभर आत्मसात् गरिएको छ । चिकित्सकीय क्षेत्रमा संलग्न उनले मानसिक रूपमा कमजोर, अशक्त बालबालिकालाई हेर्ने गरी रोम युनिभर्सिटीको मनोविज्ञान शाखामा इन्टन गर्न थालिन् । त्यहीँ काम गर्दागर्दै उनले फरक किसिमको शिक्षा पद्धति आवश्यक रहेको महसुस गरिन् । पछि उनले एक सुकुम्बासी बस्तीका बालबालिकालाई भेला गराएर सोही पद्धतिको शिक्षामा अभ्यस्त गराइन् । उनले स्थापना गरेको ‘चिल्ड्रेन हाउस’ नामको मन्टेश्वरी स्कुल पहिलो हो । नोबेल पुरस्कारबाट पुरस्कृत उनलाई ‘फर्ट फाउन्डर अफ मन्टेश्वरी’ पनि भनिन्छ ।

 

के हो मन्टेश्वरी शिक्षा?

कुमुद भट्टट्ट छतकुली
संस्थापक प्रिन्सिपल, हाइड एन्ड
सिक स्कुल

मन्टेश्वरी शिक्षा घोकन्ते र परम्परागत सैद्धान्तिक शिक्षाभन्दा ठीक विपरीत छ । यसमा पुस्तक पढ्न, होमवर्क गर्न, पाठ कण्ठ गर्न लगाइँदैन । शिक्षकले लौरो देखाएर विद्यार्थीलाई तर्साउँदैनन् । बच्चाहरूलाई सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षामा जोड दिइन्छ ।
खासमा मन्टेश्वरी शिक्षा बालबालिकाको मनोविज्ञानअनुसार उपयुक्त ढंगले कुनै पनि कुरा सिकाउने पद्धति हो । यसमा सर्वप्रथम बालबालिकाको मनोविज्ञान बुझ्ने प्रयास गरिन्छ । उनीहरूको रुचि, क्षमता, स्वभाव, प्रवृत्ति सबै कुरा बुझेपछि कुन हिसाबले सिकाउने ? के सिकाउने ? भन्ने कुरा टुंगो गरिन्छ । यो दबाबरहित सिकाइ पद्धति हो । यसमा विद्यार्थीले थाहै नपाई शिक्षा ग्रहण गर्छन् ।मन्टेश्वरी शिक्षामा विद्यार्थीलाई पुस्तक पढाउने होइन । सबै ज्ञानेन्द्रिय प्रयोग गरेर सिकाइन्छ । कुनै पनि कुरा हेरेर, सुँघेर, सुनेर, छामेर सिकाइन्छ । यसका लागि विभिन्न खेल र खेलौनालाई स्रोतका रूपमा उपयोग गरिन्छ । खेलको माध्यमबाट उनीहरूले नयाँ कुरा सिक्छन् । उनीहरूलाई स्वतन्त्र ढंगले सिक्न र खेल्न दिइन्छ ।

Page 51
Page 52
Page 53
Page 54
शिक्षा

केही मन्टेश्वरी स्कुल

- नारी संवाददाता

मन्टेश्वरी किन्डर वर्ल्ड
नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरअन्तर्गत सन् २००२मा स्थापना भएको मन्टेश्वरी किन्डर वर्ल्डमा करिब हजार बालबालिकाले सिकिरहेका छन् । यसका हरेक शाखा पार्किङ, खेल मैदान तथा विभिन्न प्लेस्टेसनयुक्त छन् । सबै शाखामा बालबालिकाहरूलाई मनपर्ने रंग तथा चित्रहरू कुँदिएका छन् । मारिया मन्टेश्वरीको फिलोसोफीमा आधारित यहाँको शिक्षा पद्धतिले बालबालिकाहरूलाई आत्मनिर्भर बनाउनुका साथै स्वनिर्णय गर्ने क्षमताको विकास गराउँछ । यहाँ नेपाली संस्कारलाई आदर गर्दै सबै विद्यार्थीलाई मन्टेश्वरी विधिबाट सिकाइन्छ । यहाँको पाठ्यक्रमले बालबालिकाहरूलाई खेलका साथमा सिक्ने बानीको विकास गराउँछ । यहाँको पद्धति हरेक वर्ष आवश्यकताअनुसार परिमार्जित गर्दै लगिन्छ । यो स्कुलले बालबालिकाहरूलाई स्वस्थ तथा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

बचपन स्कुल
भारतीय ब्रान्डको प्रि–स्कुल ‘बचपन’ यसै वर्षदेखि नेपालमा सुरुवात भएको हो। बचपनका निर्देशक मधुसूदन पाठक (सीतेबा)का अनुसार यहाँ डिजिटल प्रविधिको प्रयोग गरी बालबालिकालाई सिकाइन्छ । ‘डिजिटल पाठ्यक्रममा पेन र किताब आफैं बोल्छन्’ उनी भन्छन्, ‘त्यसैले यो बढी प्रभावकारी र रमाइलो हुन्छ ।’ यहाँ नेपाली कला, संस्कृतिको जगेर्ना हुने गरी पाठ्यक्रम विकास गरिएको छ । अहिले यहाँ प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजी गरी चार वटा कक्षा सञ्चालन भइरहेका छन् । बचपनमा पुस्तकमा भएका जति पनि चित्र तथा अक्षरहरू प्रविधिको माध्यमद्वारा स्मार्ट एलइडीको डिस्प्लेमा आवाजसहित प्रसारण हुन्छ र यसैको माध्यमद्वारा बालबालिकाले हाँस्दै–खेल्दै धेरै कुरा सिकिरहेका हुन्छन् ।

मिल्सबेरी स्कुल
मिल्सबेरी मन्टेश्वरी विद्यालयको क्षेत्रमा स्थापित नेपाली ब्राण्ड हो । काठमाडौंमा मात्रै ५ वटा शाखा रहेको मिल्सबेरी स्कुलले दशक नाघिसक्दा आफ्नो फरक पहिचान र विश्वसनीयता कायम गर्न सफल भएको मिल्सबेरीका संस्थापक प्रिन्सिपल मोना दाहालको भनाई छ । मिल्सबेरीका प्रबन्ध निर्देशक सुशील दाहाल भन्छन्– ‘गुणस्तरमा सम्झौता नगरी असल मानव उत्पादन गर्नु नै मिल्सबेरीको पहिलो सर्त हो, त्यसका अलावा बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक क्षमता वृद्धि र प्रस्फुटनका लागि मन्टेश्वरीले मात्रै नपुग्ने हुँदा एकीकृत पद्धति (इन्टिग्रेटेड मेथड्स) समेत अबलम्बन गरिएको छ ।’
बाँसबारीस्थित मिल्सबेरी स्कुलमा सुविधा सम्पन्न फराकिलो प्ले ग्राउन्ड, ४ सय ५० सिट क्षमताको थियटर–अडिटोरियम हल, स्ट्यानबाइ डाक्टर–नर्ससहितको क्लिनिक, हाइजेनिक भान्सालगायतका सुविधा उपलब्ध छन् ।

युरो किड्स
युरो किड्स भारतकै राम्रा प्रि–स्कुल ब्रान्डमध्ये एक हो । एक दशकअघि नेपालमा शाखा सञ्चालन भएको युरो किड्समा खेलकुदका माध्यमबाट बालबालिकालाई सिर्जनशील, कल्पनाशील एवं विवेकशील बनाउने गरी सिकाइन्छ । युरोकिड्सका विश्वभरि १ हजारभन्दा बढी शाखा फैलिएका छन् ।स्कुलका हरेक पक्षलाई बालमैत्री बनाउनु, व्यावहारिक तथा प्रयोगात्मक ज्ञान युरो किड्सको विशेषता हो ।बालबालिकाहरूको मनोभाव बुझेर व्यवहार गर्नु युरो किड्सको अर्को विशेषता हो । यसको पाठ्यक्रमले बालबालिकाहरूलाई चुनौतीसँग जुध्न तथा प्रतिस्पर्धा गर्न
सक्षम बनाउँछ ।


एन्जल मन्टेश्वरी
एक दशकअघि स्थापना भएको एन्जल मन्टेश्वरीमा १८ महिनादेखि ६ वर्षसम्मका नानीबाबुले सिक्छन् । घरेलु वातावरणमा सिकाई हुने यो मन्टेश्वरीमा जीवन जिउने कला पनि सिकाइन्छ । ४ रोपनी क्षेफलमा फैलिएको एन्जल मन्टेश्वरीमा पर्याप्त खेलमैदान र बगैंचा निर्माण गरिएको छ । यहाँको पाठ्यक्रम दक्ष शिक्षकको सहयोगमा तयार पारिएको छ ।

टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल
२०६८ सालमा स्थापना भएको टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल, बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै अघि बढिरहेको छ ।स्कुलकी एकेडेमिक निर्देशक रञ्जना कायस्थका अनुसार यहाँ हरेक दिन बालबालिकालाई पृथक् किसिमका रमाइला गतिविधिमा संलग्न गराउँदै माया तथा अपनत्वको भावना विकास गराइन्छ । ‘टोड्लर्स इन्टरनेसनल प्रि–स्कुल बालबालिकाको जग बलियो बनाउने कुरामा सधैं कटिबद्ध छ’, टोड्लर्सका प्रिन्सिपल सुवास लामा भन्छन्– ‘हामी सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानलाई बढी प्राथमिकता दिन्छौं ।

सेमरक शिक्षालय
२०७० सालदेखि नेपालमा सञ्चालनमा आएको सेमरक प्रि–स्कुल भारतीय सेमरक शिक्षालयको शाखा हो । भारतको पहिलो यो प्रि–स्कुलका काठमाडौं उपत्यकाभित्र ७ वटा शाखा छन् । यहाँ १८ महिनादेखि ६ वर्षसम्मका बालबालिकाको भर्ना लिइन्छ ।

सिटी मन्टेश्वरी
६ वर्षअघि सञ्चालनमा आएको अनामनगरस्थित सिटी मन्टेश्वरीमा चीनबाट ल्याइएको कोर्सअनुसार बालबालिकालाई सिकाइन्छ । यहाँ बालबालिकाको विकासका लागि जीवनशैली, सँस्कार र सभ्यता सिकाइन्छ । त्यस्तै २ वर्षदेखि ६ वर्षसम्मका बालबालिकालाई बोल्ने–सोच्ने तथा विकल्पको खोजी गर्ने अभ्यास गराइन्छ । सिटी मन्टेश्वरीमा वृक्षरोपण, बगैंचामा पानी हाल्ने, फलफूल टिप्ने, तरकारी काट्ने, पकाउनेदेखि सबै कुराको ज्ञान र सीप सिकाइन्छ ।

बेस्ट मन्टेश्वरी
सन् २००५ मा स्थापना भएको बेस्ट मन्टेश्वरीको कुलेश्वर, बत्तीसपुतली, धुम्बाराही, सिन्चाहिटी, लाजिम्पाट, सामाखुसीलगायत ठाउँमा शाखा छन् । जहाँ मारिया मन्टेश्वरी प्रणालीअनुरूप सिकाई हुन्छ । बेस्ट मन्टेश्वरीका सबै शाखा शान्त, रमाइला एवं हरियालीयुक्त छन् । यसको आफ्नै मन्टेश्वरी तालिम केन्द्र छ । यहाँ हरेक विद्यार्थीको भावना बुझेर अध्यापन गराइने संस्थापक प्रिन्सिपल पवित्र लिम्बू बताउँछिन् ।

Page 55
Page 56
आउटलेट

सुस्वास्थ्य मेडी स्पा

- नारी संवाददाता

जावलाखेलमा सुस्वास्थ्य मेडी स्पा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरबाट उपचार गराउनु स्पाको विशेषता हो । मेडी स्पामा जिम स्पासम्बन्धी सुविधा लिन सकिन्छ भने तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी लिन सकिन्छ । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा आउने स्पामा एक पटकमा ४ जनासम्मले सुविधा लिन सक्छन् । १ हजारदेखि ४ हजार रुपियाँसम्मका सुविधा उपलब्ध छन् । 

आउटलेट

नार्ले स्मोक हाउस ग्रिल एन्ड बार

- नारी संवाददाता

विशेषताः हाँडीगाउँ गहनापोखरीमा सात महिनादेखि नार्ले स्मोक हाउस ग्रिल एन्ड बार सञ्चालनमा आएको छ । पारिवारिक वातावरण रहेको रेस्टुराँको आन्तरिक सज्जा राणाकालीन शैली झल्काउने खालको छ । रेस्टुराँको मेनुमा विशेष परिकारका रूपमा ग्रिल्ड, रोस्टेड, सेकुवा राखिएको छ । यहाँ दार्जीलिङको स्वादको मःम पाइन्छ । त्यसका साथै नेपाली परिकारलाई नयाँ स्वादमा चाख्न पाइन्छ । भारतको दिल्लीमा लामो समय रेस्टुराँको अनुभव संगालेका सञ्चालक प्रभात योगी नेपाली परिकारलाई कन्टिनेन्टल फ्युजनमा ग्रिल्ड गरिएको बताउँछन् ।

बजारमा नयाँ

लोटसको प्रोब्राइट

- नारी संवाददाता

लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ ।
यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् । प्रोबायोटिक उत्पादनले पाचन प्रक्रियालाई धेरै राम्रो गर्नुका साथै यसका उत्पादन छालाका लागि पनि एकदमै उपयोगी छन् । लोटस हर्बलले ल्याएको प्रिमियम स्किन केयर ब्रान्ड प्रोब्राइट आधुनिक अनि वृहत् अनुसन्धानपछि विकास गरिएको उत्पादन हो । यसले महिलाको छालासम्बन्धी विभिन्न समस्यामा फाइदा पुर्‍याउँछ ।

Page 57
Page 58
सौन्दर्य

जुरोका प्रकार

- नारी संवाददाता

१–फ्रेन्च नोट अप डु हेयर स्टाइल
यो हेयर स्टाइलमा अगाडि कानको भाग छुट्याउने । पछाडिको केशको भाग तलको भाग मात्र बीचको भागलाई पोनिटेल बनाउने र बेसिक गरेर लाम्चो सेपमा बनाएर बीचमा सेट गर्ने ।

  •  बाँकी ए सेपको केशलाई क्रस गर्दै दायाँको बायाँ र बायाँको दायाँ क्रस गर्दै सम्पूर्णलाई
    क्रस गर्ने ।
  • अगाडिको भागको केशलाई पछाडिको केशसँग क्रस गर्दै सेट गर्ने ।
  • यो हेयर स्टाइल दुलहीका लागि राम्रो हुन्छ । छोटो र पातलो केशमा पनि यो बनाउन सकिन्छ ।

२–फ्रेन्च क्रस नोट हेयर स्टाइल
यो हेयर स्टाइल पुरानो फ्रेन्च जुरोलाई मोडिफाइ गरेर बनाइएको हो । अहिले यसको नयाँ नाम फ्रेन्च क्रस नोट हेयर स्टाइल हो । छोटो केशमा पनि बनाउन सकिने यो स्टाइल ब्राइडल पार्टीका लागि राम्रो देखिन्छ ।

 

३–बिगवन हेयर अप डु
यो हेयर स्टाइल बनाउन धेरै सजिलो छ । आजकल धेरैजसोको केश मध्यम खालको हुने भएकाले यो हेयर स्टाइल बनाउन सकिन्छ । पछाडिको केश पोनिटेल बनाएर स्टाफिङ फिक्स गरेर बन बनाउने अगाडिको केश मोडलको अनुहारअनुसार डिजाइन दिनुपर्छ ।



 

४–मोडल हेयर अप डु
यो हेयर स्टाइल कार्यक्रममा मोडलका लागि धेरै राम्रो देखिन्छ । यो डिजाइनमा पछाडि स्टाफिङ फिक्स गरेर आफूले कस्तो डिजाइन दिने सोहीअनुसार केशलाई दायाँबाट बायाँ र बायाँबाट दायाँ फिक्स गर्ने ।

 

५–रिसेप्सन हेयर स्टाइल
यो हेयर स्टाइल विवाहको भोलिपल्ट गरिन्छ । कर्ल गरेर केशलाई एक साइड राखेर बनाइन्छ । अगाडिको भाग दुलहीको अनुहारको आकारअनुसार डिजाइन दिइन्छ ।

 

६–रसियन हेयर स्टाइल
यो हेयर स्टाइल पनि अगाडि पोनिटेल बनाएर बनाइने हेयर स्टाइल हो । यसमा पोनिटेल बाँधे पनि पार्टिसन गरेर प्रत्येक केशमा नेट फिक्स गर्नुपर्छ र केशको लम्बाइअनुसार डिजाइन दिनुपर्छ ।

 

७–रसियन हेयर स्टाइल
यो हेयर स्टाइल मोडलहरूका लागि राम्रो देखिन्छ । कुनै पनि ठूलो कार्यक्रम तथा चाडपर्वमा यो राम्रो देखिन्छ । अगाडि पोनिटेल बाँधेर केशको मोटाइअनुसार पार्टिसन गर्नुपर्छ ।पार्टिसन गरेको केशलाई हेयर ब्रेड तीन आँठे गर्दै त्यही केशबाट पातको आकार निकाली राउन्डमा डिजाइन गर्दै सम्पूर्ण केशलाई राउन्ड बनाउनुपर्छ ।

 

नोट : कुनै पनि केशलाई डिजाइन दिँदा ग्राहकको केशको लम्बाइअनुसार डिजाइन दिनुपर्छ । जुरो बनाउँदा सकेसम्म हेयर पिन देखिनुहुँदैन । सिल्की केश छ भने क्रिपिङ गरेर गर्न सकिन्छ । केशको प्रकृतिअनुसार क्रिपिङ तापक्रम मिलाएर मात्र क्रिपिङ गर्नुपर्छ । हेयर स्प्रे प्रयोग गर्दा स्टिकनेस नभएको प्रयोग गर्नुपर्छ । कुनै पनि केशको डिजाइन बनाउँदा चाहिने सामग्री यु पिन, बब पिन, फाइन पिन र रबर विभिन्न आकारको स्टाफिङ डेकोरेसन फ्लावर आदिको आवश्यकता पर्छ ।
स्रोत : लक्ष्मी महत, सौन्दर्यविद्,
फेसिनेटेड ब्युटी ट्रेनिङ स्कुल
तस्बिर : नवराज वाग्ले

Page 59
Page 60
Page 61
Page 62
सौन्दर्य

सुन्दरताका लागि लेजर

- नारी संवाददाता

सुन्दर हुने इच्छा कसलाई हुँदैन र ? बढ्दै जाने उमेर, घामका किरणसँगको प्रत्यक्ष सम्पर्क, धूलो–धूवाँ, दुर्घटनामा लागेको घाउ, शरीरमा हर्मोनको गडबडीका कारणले अनुहार वा शरीरका विभिन्न ठाउँमा दागहरू देखिन्छन् । छालामा आउने दागमा चायाँ र पोतो साझा समस्या हुन् । यससँगै शरीरमा आउने अनावश्यक रौं पनि एक हो । कुनै पनि दाग शरीरमा देखिएको केही समयमा आफै जान्छ तर केही दाग भने जीवनभर रहन्छ । छालाको आवरणमा आउने यो दाग खासै समस्या नभए पनि सुन्दरता आत्मविश्वाससँग जोडिएको विषय हो । अहिले प्रविधिको विकाससँगै धेरै कुराको सुविधा भएको छ । छालामा आएका यस्ता दागलाई अस्थायी र स्थायी रूपमा हटाउने प्रविधि छन्, त्यसमध्येको एक लेजर पनि हो ।

लेजर के हो ?
लेजर विकिरणको माध्यमले उपचार गर्ने पद्धति हो । यसमा इलोक्ट्रोम्याग्नेटिक रेडियसनको प्रयोग हुन्छ । विद्युतीय माध्यमबाट परावैजनी किरण निकाली अनुहार वा छालामा आएको चायाँ, पोतो, जन्मजात कोठी, ट्याटु आदि हटाउन सकिन्छ । कुनै पेसा तथा व्यवसायको फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने व्यक्तिको अनुहारमा चायाँ–पोतो आयो, अनुहारमा चाउरी पर्‍यो, ठूला–ठूला कोठी आए भने उसले काम नै गुमाउनुपर्ने परिस्थिति आउन सक्छ । हामीकहाँ उपचारका लागि आउने कतिपयले अनुहारमा आएको दाग, पेटमा देखिएको स्ट्रेचमार्क, केश झरेको कारणले व्यावसायिक जीवनमा विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो गर्छन् । मार्केटिङमा हिँड्नुपर्ने युवा ‘केश झरेर तालु हुन लागियो, काममा समस्या हुन्छ’ भन्दै उपचारका लागि आउने गरेका छन् । आफ्नो रूप र सौन्दर्यलाई मेन्टेन गरिराख्न अहिले विभिन्न उपचार सेवा उपलब्ध भएकाले यसको उपयोग गर्न सक्दा आफूलाई सुन्दर र स्मार्ट राख्न सकिन्छ । छालामा आउने दाग मात्र होइन, शरीरमा भएका अनावश्यक रौंलाई हटाउन पनि यो प्रविधिको प्रयोग गरिन्छ । आँखीभौं, काखीमुनिका रौं, यौनाङ्गमा हुने रौं, केशलाई सामान्य मान्न सकिन्छ तर महिलाका दारी–जुंगा पलाउनु, पुरुषको छातीमा अत्यधिक रौं आउनु, आँखीभौं जोडिने गरी रौं आउनुलाई अनावश्यक रौं आउनु भनिन्छ । यस्ता अनावश्यक रौंलाई शरीरमा कुनै चोट नपुर्‍याई सेलेक्टिभ टस्यु थर्मोलाइसिस प्रक्रियाबाट निकाल्नु नै हेयर रिमुबल लेजर थेरापी हो । लेजर प्रविधि सन् १९६० बाट सुरु भए पनि नेपालमा २००४ तिर मात्र प्रयोगमा आएको हो ।

लेजरका प्रकार
१) एब्लेटिभ लेजर
२) नन् एब्लेटिभ लेजर
एब्लेटिभ भन्नाले शरीरमा घाउ बनाएर गरिने लेजर हो भने नन् एब्लेटिभ भनेको कतै पनि कुनै चोट नपुर्‍याई लाइट पास गरी गरिने प्रकिया हो । लेजरको विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । मेडिकल क्षेत्रमा विभिन्न शल्यक्रिया, विभिन्न रोगको उपचार गर्न तथा शारीरिक सुन्दरताका लागि लेजर गर्न थालिएको छ । पहिले औषधि खाएर वा लगाएर पूर्णरूपमा निको पार्न नसक्ने दाग लेजरको माध्यमले सजिलोसँग नदुख्ने गरी निकाल्न सकिन्छ ।
लेजर गर्दा थाहा पाउनुपर्ने कुराहरू शरीरमा मुसा, कोठी, चायाँ, पोतो, दाग, डन्डिफोर, जन्मदाग, ट्याटु, दुर्घटनाबाट लागेका चोटपटकका घाउहरूले मानिसमा आत्मविश्वासको कमी गराएका हुन्छन् । यसबाट मुक्ति पाउनका लागि विभिन्न उपायको खोजी गरिरहेका हुन्छन् । यसका लागि बजारमा थुप्रै लेजर मेसिन उपलब्ध छन् । इन्डियन, चाइनिज, कोरियन वा अन्य लेजर बजारमा आएका बेला उपभोक्ताले गुणस्तरीय लेजरको खोजी गर्नुपर्ने देखिन्छ । त्यसैले जहिले पनि लेजर गर्नेबारे सोच्दा कहाँ गर्ने, लेजर गर्ने ठाउँमा कस्ता चिकित्सक छन् ? लेजरको विषयमा राम्रो ज्ञान छ वा छैन भन्ने जानकारी प्राप्त गरेर मात्र लेजर गर्नुपर्छ । लेजर गर्दा छाला बिग्रिने हो कि, क्यान्सरजन्य रोग लाग्ने हो कि भन्ने चिन्ता हुन्छ । गुणस्तरीय लेजर गर्ने ठाउँ नभएको र चिकित्सकमा लेजरसम्बन्धी राम्रो ज्ञान नभएको खण्डमा छालामा समस्या देखिन सक्छ । चिकित्सकसँग परामर्श गरेर लेजर गर्दा राम्रो हुन्छ ।

कुन समस्यामा कुन लेजर गरिन्छ ?
लेजर विधि सबैभन्दा कम चोट लगाएर सजिलो तरिकाबाट उपचार गर्ने विधि हो । यसमा मिनिमल इन्भेजिभ सर्जरी गरिन्छ । बिरामीलाई बेहोस नबनाई जुन ठाउँमा समस्या भएको हो त्यही ठाउँको छालालाई मारेर टिस्यु निकालिन्छ । लेजर गर्दा कति शक्तिको कुन लेजर कुन टिस्यु फाल्न प्रयोग गर्दैछु भन्ने जानकारी हुनुपर्छ । शरीरमा रहेका अनावश्यक रौं निकाल्दा, कुनै दाग, कोठी, खत हटाउन विभिन्न प्रकारका लेजर प्रयोग गरिन्छ । कालो कोठी, शरीरमा पलाएको मुसा फाल्नका लागि कार्बनडाइअक्साइड लेजरको प्रयोग गरिन्छ भने छालामा भएको
ट्याटु हटाउन एनडी याग लेजरको प्रयोग गरिन्छ । त्यस्तै विभिन्न ठाउँको समस्याका लागि विभिन्न प्रकारका लेजरको प्रयोग गरिन्छ । लेजर एकपटक मात्र गरेर दाग हट्दैन । त्यसैले दागको प्रकृति हरेर ४ देखि ६ पटकसम्म गर्नुपर्ने हुन्छ । थोरै दाग भएकाले कम र धेरै दाग हुनेले धेरै पटक गर्नुपर्ने हुन्छ । तर प्रत्येक पटक लेजर गर्दा सकारात्मक परिवर्तन देखिनु आवश्यक छ ।
चाउरीपनका लागि उपयुक्त बोटक्स चाउरीपन हुनुका विभिन्न कारण हुन्छन् । एजिङ फ्याक्टरका कारण हुने चाउरीपन तथा छालाको स्याहार–सम्भारमा ध्यान नदिएर हुने चाउरीपनको छुट्टाछुट्टै उपचार गर्नुपर्ने हुन्छ । चाउरीपन हटाउन दुई थरी उपचार विधि अपनाइन्छ । बोटक्स इन्जेक्सन र लेजरका माध्यमबाट चाउरीपन हटाउन सकिन्छ । बोटक्स महँगो हुने र दीर्घकालीन पनि नहुने भएकाले लेजर गरेर चाउरीपन हटाउने गरिएको छ । कसैको अनुहारमा बोल्दा मात्र चाउरीपन देखिन्छ भने त्यो ‘डाइनामिक’ चाउरीपन हो । जतिबेला पनि देखिने चाउरीपनलाई ‘स्टाटिक’ चाउरीपन भनिन्छ ।

- डा. मनीषा सिंह डर्मेटोलोजिस्ट

Page 63
Page 64
सौन्दर्य

बदलिँदो मेकअप ट्रेन्ड

- नारी संवाददाता
सुजाता परियार मेकअप आर्टिस्ट

समयक्रमसँगै मेकअप गर्ने तरिका र मेकअपका प्रसाधन सामग्री छनोटमा पनि परिवर्तन आएको छ । व्यस्त जीवनमा घन्टौं खर्चेर गरिने हेभी मेकअपले ज्यादा साइड इफेक्ट गर्न थालेपछि मेकअपको शैलीमा परिवर्तन आएको हो ।
अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेकअप आर्टिस्टदेखि सेलिब्रेटीसम्मले नोमेकअप र न्याचुरल मेकअप लुकलाई रुचाएको विभिन्न अध्ययनले देखाएको छ । समग्रमा सन् २०२० मा ब्युटी इन्डस्ट्री हेभी मेकअप ग्लामबाट हेल्दी स्किन केयर रुटिन र नेचुरल ग्लो सफ्ट मेकअपमा परिवर्तित भएको छ । यस्तो मेकअपले समयको बचतका साथै छालाप्रति आमविश्वास बढाएको छ ।

२०२० को मेकअप ट्रेन्डमा आएका परिवर्तन
आइब्रोज : अहिले हेल्दी फुल डिफाइन्ड इन्सेन्ट आइब्रोजबाट सरेर नेचुरल भर्जिन ब्रोजमा फेसन रुचि बढेको छ । मेकअप १० मिनेटको समयबाट १ मिनेटको क्विक टचमा आएको छ । जसले नेचुरल लुक्स पनि दिन्छ ।
फाउन्डेसन : समय हेरी फुल कभरेज म्याट बेशबाट लाइट कभरेज बेर विथ डुई र ग्लास बेर स्किन ट्रेन्डमा छ ।
अहिले स्किन केयरको ट्रेन्ड भएकाले पनि स्किन मेकअप खासै जरुरी हुँदैन । ग्लसी र डुई लुकको ट्रेन्डले गर्दा म्याट लुक अब २०२० मा गइसकेको छ । त्यसैले ग्लसी ग्लास स्किन ट्रेन्ड चलेको छ ।
हाइलाइटर : हाइलाइटरले स्किनलाई हेल्दी बनाउँछ र जवान देखाउँछ । त्यसैले अनुहारको उठेको भागमा हाइलाइटर लगाउने चलन थियो तर बदलिँदो मेकअप ट्रेन्डसँगै यसको प्रयोगमा पनि परिवर्तन आएको छ ।
आइस्याडो : आइमेकअपमा हामीले गर्दै आएको क्रिज, स्मोकी ड्रामाटिक आइस्याडोबाट अहिले वान आइस्याडो ब्लेन्डमा आएको छ । हल्का कलर र सफा देखिने भएकाले पनि ड्रामाटिकबाट हल्का सफा आइमेकअपको ट्रेन्ड प्रचलनमा हो । क्लिन मिमल आइजसँग बोल्ड लिप्स वा इन्सेन्ट आइजसँग सफ्ट लिपको ट्रेन्ड प्रचलनमा छ । त्यसमा नेचुरल आइस्याडो ब्लेन्ड गरी हल्का सिमरको टच गरेर बोल्ड लिपको लुक वा क्रियटिभ आइ जसमा नियोन, पिंक, रेट्रो कलर प्रयोग गरी नेचुरल ग्लसी लिप्सको ट्रेन्ड चलेको छ ।


फेक प्रकल्स : यो नेपालमा भन्दा पनि अन्तर्राष्ट्रिय मेकअप इन्डस्ट्रीमा धेरै चलेको मेकअप हो । जसमा फेक प्रेकल्स अर्थात् नक्कली तिलकोठी बनाइन्छ । तर २०२० मा यो हटेर अहिले फेक तिलकोठी नबनाई नेचुरल तिलकोठी छ भने पनि मेकअपले नछोपी देखाउने चलन आएको छ ।
सुपर लाइट अन्डरलाइन कन्सिलर : नेचुरल ग्लसी स्किन एन्ड मेकअपको ट्रेन्डमा अति नै कम कन्सिलर प्रयोग गर्ने साथै फाउन्डेसनभन्दा २ देखि ३ सेडबाट १ सेड लाइटर कन्सिलर प्रयोग गर्ने चलन छ । त्यसैले २०२० मा सुपर लाइट कन्सिलरबाट स्पट कन्सिलरको ट्रेन्ड आएको छ ।
क्रेजी कन्टोरिङ : हेभी क्रिम कन्टोरिङपछि, पाउडर कन्टोर त्यसपछि ब्रन्जरले कभर गर्ने लामो कन्टोरिङबाट २०२० मा १ लाइट ब्रोन्जरले हल्का मात्र ब्लेन्ड गर्नेतिर सरेको छ । जसले अनुहारलाई प्राकृतिक र स्वस्थ देखाउँछ । यसले समयको बचतका साथै अनुहारलाई आकर्षक देखाउँछ ।
म्याट वाट ग्लसी लिप्स : २०२० को मेकअप ट्रेन्डमा हेल्दी ग्लसी स्किनका साथै ग्लसी लिप्स पनि ट्रेन्डमा छ । यसले म्याट लिप्सको कन्सेप्टलाई पनि विस्थापित गर्दैछ । यो ग्लसी लिप्स २०२० मेकअप ट्रेन्डको हिट लिस्टमा परेको छ ।
ल्यासेस : फेक फुल ग्लाम ल्यासेस लगाउने चलन २०२० मा नेचरल लंग स्टोच ल्यासेसमा परिवर्तन भएको छ । प्राकृतिक तरिका अपनाउन थालेपछि फेक ल्यासेस लगाउने चलन हटेको छ ।

Page 65
Page 66
सौन्दर्य

अन्तर्राष्ट्रिय ब्युटी एक्स्पो

- नारी संवाददाता
 तस्बिर : नवराज वाग्ले

भृकुटीमण्डपमा तीन दिने ब्युटी एक्स्पो सम्पन्न भयो । त्यसमा ब्युटी, हेयर, हेल्थ, फिटनेस र लाइफ स्टाइलसम्बन्धी स्टलहरू राखिएका थिए । एक्स्पोमा विभिन्न ब्रान्डमा कस्मेटिक प्रोडक्टका कम्पनीहरूले निःशुल्क मेकअप तथा हेयर स्टाइल, हेयर केयरको डेमो प्रदर्शनी गरिएको थियो । बजारमा आएका नयाँ कस्मेटिक प्रोडक्टहरूलाई पनि समावेश गरिएको थियो । जहाँ निःशुल्क नेल आर्ट, हेयर केयर, स्किन केयर समावेश थिए । प्रदर्शनीका तीन दिनै भारतबाट आएका ब्युटी तथा हेयर एक्सपर्टहरूले ब्युटिसियनहरूमाझ प्रदर्शनीको आयोजना गरे । उक्त प्रदर्शनीमा बयोधा अस्पतालकी डा.निस्ला शाक्यद्वारा निःशुल्क छाला जाँच गरिएको थियो । प्रदर्शनी अवधिभरि हरेक स्टलमा ६० प्रतिशत छूटको व्यवस्था गरिएको थियो । प्रदर्शनीमा सौन्दर्यका लागि आवश्यक सम्पूर्ण सामग्री समावेश गरिएको थियो ।

Page 67
Page 68
कभर गर्ल

स्वप्निल यात्रामा क्रिस्टिना

- नारी संवाददाता

अमेरिकामा सूचना प्रविधि पढ्न गएकी क्रिस्टिना गुरूङ बिदामा नेपाल आएकी थिइन् । उनले देखिन्– सिक्वेल सिनेमा ‘प्रेम गीत ३’ को नायिकाका लागि अडिसनको विज्ञापन । त्यसले उनलाई आकर्षित गर्‍यो । अडिसन दिने २ हजार ७ सय १४ जना आवेदकमा उनको पनि नाम थियो । त्यसबाट जब टप २५ मा छानिइन्, उनको मन ढुक्क भयो । उनलाई लाग्यो, ‘पक्कै म नै छानिन्छु ।’
अध्ययनका लागि अमेरिका जानुअघि उनले नेपाली चलचित्र त्यति हेरेकी थिइनन् । अमेरिका पुगेपछि भने युट्युबमा उपलब्ध सबै नेपाली चलचित्र हेर्न भ्याइन् । चिनो र साइनो चार पटकसम्म दोहोर्‍याएर हेरिन् । पछिल्लो समयको चलचित्रमा चाहिँ ‘प्रेम गीत’ उनलाई खुब मन परेको थियो । त्यसकै सिक्वेलमा आफूले अभिनय गर्न पाउने कल्पनाले पनि उनी उत्साहित थिइन् ।
त्यसो त, उनी सानी छँदा खेल्ने क्रममा बहिनीलाई हिरो बनाउँथिन्, अनि आफू सल ओढेर हिरोइन हुन्थिन् । अनि ‘चाहन्छु म तिमीलाई नै’ भन्दै नाच्थिन् । यसरी हुर्किएकी क्रिस्टिनासँग रगतमै अभिनय रूचि थियो । टेलिसिरियलमा अभिनय गरिसकेकी आमाकी छोरी थिइन् उनी । आफूलाई रूचि भएको क्षेत्रमा लागेर छोरीले प्रगति गरेको देख्ने चाहना थियो आमाको । त्यसैले एसएलसीपछि नै चलचित्रमा आउने प्रयास गरेकी पनि थिइन् । तर अध्ययनलाई अघि बढाउँदै जाँदा अमेरिका पुगिन् । त्यो विरानो ठाउँले उनलाई धेरै सिकायो । त्यहाँ पनि उनले अभिनयको मोहलाई मनमनै हुर्काइन् । भरत नाट्यमको कक्षा लिइन् । त्यसले नै उनलाई २५ जनामध्येबाट पनि उत्कृष्ट बनायो । उनी नायिकाको रूपमा छनोट भइन् । त्यसअघि नै उनले केही म्युजिक भिडियोमा अभिनयको अनुभव पनि गरिसकेकी थिइन् ।
उनलाई चलचित्रको टिम राम्रो लाग्यो । दर्शकले पनि उनको अभिनय रुचाए । उनी दङ्ग परिन् । दर्शकले रुचाए अभिनयलाई निरन्तरता दिने उनको योजना छ । नृत्यप्रति क्रिस्टिनाका गहिरो रुचि छ, अनि अभिनयमा हरेक किसिमका चरित्रमा देखिने चाहना । चलचित्रका साथमा शास्त्रीय नृत्यमा पनि केही नयाँ गर्ने सोच छ उनको । क्रिस्टिनालाई चलचित्रमा छिरेको सुरूको दिनदेखि अभिनेत्री सुष्मा कार्कीजस्तै देखिन्छिन् भन्ने कमेन्ट सुन्दै आएकी छिन् । ‘म आफूजस्तो किन देखिन्न ?’ उनी आफैँसँग प्रश्न गर्छिन् । आफू जे–जस्तो देखिए पनि अभिनयको मामिलामा फरक छु भन्ने उनलाई लाग्छ । भन्छिन्, ‘अनुहार मिल्नु संयोग हो तर अभिनयले म फरक छु ।’

छोटो–मीठो
मनपर्ने खाना : सेकुवा, छ्वेला, आलुबोडी र तामा ।
रंग : सेतो तथा पहेंलो ।
पहिरन : कुर्ता–सुरुवाल ।
गन्तव्य : सौराहा तथा पोखरा ।
मनपर्ने नायक : प्रदीप खड्का ।
संयोजक : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : एनएस बाई जेनी, केन्द्रभवन लाजिम्पाट
मेकअप तथा हेयर स्टाइल : रचना शाक्य, केटिएम मेकअप स्टुडियो
लोकेसन : टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार

Page 69
Page 70
Page 71
Page 72
पहिरन शैली

नेचुरल फेब्रिकः स्वस्थ र फेसनेबल

- नारी संवाददाता

रश्मि तण्डुकार , फेसन डिजाइनर

अहिले फेसनमा पनि प्राकृतिकपन खोज्न थालिएको छ । सँगै आफूले प्रयोग गरेका सामग्रीले प्रकृतिमा असर नपरोस् भनेर फेसनप्रेमी सचेत हुन थालेका छन् । पोलिस्टर, नाइलन आदिले वातावरण प्रदूषित बनाइरहेको छ । पोलिस्टरका कपडा माटोमा मिमिन एक सय वर्षभन्दा बढी समय लाग्छ । जसकारण सचेत फेसनपारखीले वातावण बचाउन र प्रदूषण घटाउन प्राकृतिक कपडाप्रति आकर्षण बढाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक कपडाको माग बढिरहेका बेला नेपालका फेसनपारखी पनि यसतिर आकर्षित भएका हुन् । नेचुरल फेब्रिक (हरयाम, कटन, बाम्बो, अल्लो, सिल्क आदिबाट बनेका कपडा)को माग नेपाली बजारमा बढ्दो छ । पहिला यी कपडा महँगो, परम्परागत र कम टिकाउ हुने भन्दै रोजाइमा पारिँदैनथ्यो । तर पहिरनलाई स्वास्थ्यसँग जोडेर हेर्न थालिएसँगै नेचुरल फेब्रिकमा डिजाइनर वेयर बनाइने ब्रान्ड बढेका छन् । सबा नेपाल, बोरा स्टुडियो, अबिर डिजाइनर हब, एकादेशमा, करुणा वेयर आदि प्राकृतिक फेब्रिकमा ट्रेन्डी डिजाइन गर्ने ब्रान्ड हुन् । प्राकृतिक फेब्रिकबाट कपडा लगाउनु स्वास्थ्यका हिसाबले निकै लाभदायक मानिन्छ ।
नेपालमै बनाइने एक मात्र फेब्रिक अल्लो दार्चुला र शंखुवासभामा उत्पादन हुन्छ । यसको धागो बनाउनेदेखि कपडासमेत नेपालमै बन्छ । अल्लो एन्टी फंगल हो । स्किन एलर्जी छ भने यसको प्रयोगले कम गर्छ । यो अन्य कपडाको तुलनामा बलियो हुन्छ । यसको विशेषता भनेकै न्यानो र बलियो हो । त्यस्तै कटन, बाम्बो, ह्याम फेब्रिकले गर्मीमा शीतलता दिन्छन् । कटनले पसिना सोस्छ । कसैमा सिन्थेटिक फेब्रिकको प्रयोगले पसिना गन्हाउने समस्या छ भने यी कपडाको प्रयोगबाट समस्या हटाउन सकिन्छ ।
गर्मीको समयमा कटन, ह्याम, बाम्बो र सिल्क फेब्रिकबाट क्याजुअल ड्रेस, कामकाजीहरूका लागि सर्ट, स्कर्ट, पाइन्ट, वान पिस आदि विभिन्न डिजाइनमा बनाउन सकिन्छ । त्यस्तै टिनएजरलाई स्कर्ट, ड्रेस, ट्याङ टप राम्रो देखिन्छ । यी फेब्रिकको सल पनि बनाउन मिल्छ । यस्ता फेब्रिकमा कुरुसले बुनेर हेभी लुक्स दिन सकिन्छ । बाम्बोमा कलर डाइ गरेर साडी पनि बनाउन सकिन्छ । अल्लोको कोटसँगै कटन मिक्स फेब्रिक छ भने टप्स, कुर्ती, वान पिस, स्कर्ट, आउटर पनि बनाएर लगाउन सकिन्छ । यी सबै प्राकृतिक फेब्रिकमा नेचुरल डाइ र केमिकल डाइ दुवै गर्न मिल्छ । प्रदूषण नहुने हिसाबमा नेचुरल डाइ नै उपयुक्त हुन्छ । अवको फेसन ट्रेन्डमा टाइ एन्ड डाइ फेब्रिक भित्रदै छ जुन नेचुरल फेब्रिकमा अझ राम्रो देखिन्छ ।
अरू कपडाको तुलनामा यस्ता नेचुरल फेब्रिकको बढी केयर गर्नुपर्छ । यस्ता कपडालाई नर्मल ह्यान्ड वास गरेर छायामा सुकाउनुपर्छ । बाम्बो र ह्याम चाउरिपर्ने फेब्रिक भएकाले कभर लगाएर झुन्ड्याउनुपर्छ ।

Page 73
Page 74
सेलिब्रेटी फेसन

मेरो रोजाइ ब्यागी पहिरन

- नारी संवाददाता

मिस युनिभर्स नेपाल– २०१८ की विजेता हुन्–मनिता देवकोटा । गोरखामा जन्मी–हुर्किएकी मनिताले अमेरिकाको इस्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा डिग्री हासिल गरेकी छन् । उनी महिला अधिकार, प्रजनन अधिकार, बालबालिकाको शिक्षा र महिनावारी स्वास्थ्यका क्षेत्रमा काम गर्न रुचाउँछिन् ।
देवकोटा फेसनप्रति पनि उत्तिकै सचेत छिन् । उनी सेलिब्रेटी भएपछि फेसनप्रति सजग हुनुपर्ने बताउँछिन् ।

 

पहिरन
म धेरैजसो ब्यागी पहिरन लगाउँछु । यस्तो पहिरनले सहज बनाउँछ । जिन्स पनि लगाउँछु । मलाई मन पर्ने रंग पिंक, सेतो र मरुन हुन् । यी रंगका पहिरनको राम्रो कलेक्सन छ । मलाई परम्परागत पहिरन पनि लगाउन मन पर्छ । त्यसैले साडी, कुर्था पनि लगाउँछु । पार्टी वेयरमा साडी, लेहेंगा मेरा रोजाइका पहिरन हुन् ।

मेकअप
मेकअप समय र इभेन्टअनुसार गर्छु । दैनिक मेकअपमा चाहिँ मोइस्चराजर क्रिम, सनक्रिम फाउन्डेसन, मस्कारा लगाउँछु । कुनै इभेन्टमा जानुपर्‍यो भने केही हेभी मेकअप हुन सक्छ ।

हेयर स्टाइल
हेयर स्टाइलले मानिसको लुक्समा फरकपन ल्याउँछ । म प्रायः केशलाई खुल्ला छोड्छु । केश खुल्ला छोड्दा आफूलाई सुहाएको महसुस हुन्छ । केशको स्याहारमा भने मेरो खासै ध्यान जाँदैन । कहिलेकाहीँ ओएल मसाज र ट्रिटमेन्ट भने गर्छु ।

एसेसरिज
एसेसरिजमा घडी लगाउँछु । मलाई टप मन पर्छ ।

फुटवेयर
म क्लोज सुज, स्पोर्ट सुज बढी लगाउँछु । पार्टीमा जाँदा भने हिल पनि लगाउँछु ।

Page 75
Page 76
गहना

मौलिक ज्वेलरी डिजाइनमा आयुषा

- सिर्जना दुवाल श्रेष्ठ

भारतबाट समाजशास्त्रमा स्नातकोत्तर आयुषाको धेरै समय देशबाहिरै बित्यो । त्यसैले नेपाली संस्कृति र चाडपर्व उनका लागि टाढा हुँदै गए । पढाइ सकेर फर्किएपछि आयुषा गैरसरकारी संस्थामा जागिरे भइन् । राम्रो कमाइ र स्थायी जागिरले उनलाई बलियो भविष्यको सपनाले बाँध्यो । तर पनि उनले सन्तुष्टि भने पाएकी थिइनन् । आफैंमा अधूरो महसुस गरिरहेकी थिइन् ।
जागिरे जीवनमा सेरामिक्सका सिर्जनात्मक सामग्रीहरू हातैले बनाएर घरमा सजाउने आयुषा अहिले कन्सेप्चल ज्वेलरी डिजाइनिङमा सक्रिय छिन् । त्यतिबेला उनले सगरमाथा, क्षेपु, महांकाल, चन्द्र, सूर्य, धर्मचक्र, बज्र र कुमारीजस्ता नेपालको पहिचान झल्काउने प्राकृतिक एवम् सांस्कृतिक सम्पदाका अनेक आकृतिलाई भित्तामा उतारेकी थिइन् । पछि आयुषाले महिलाका गरगहनामै नेपाली सम्पदाका नामअनुसार प्रतीक झल्काउने प्रयास थालिन् । पाटन, वसन्तपुरतिर घुम्न जाँदा पर्यटकलाई नेपाली गहना बेचेको देख्दा आफूले पनि केही नयाँ गहना बनाउने सोचिन् । र, ‘आमो’ ब्रान्डमार्फत झुम्का, औंठी, लकेट, ससाना चिम्टी, साडी पिन आदि सामग्री उत्पादन गर्न थालिन् ।
सन् २०१५ मा सुरू ‘आमो’ अन्तर्गत नेपाली संस्कृति र पहिचान हस्तकलामार्फत उतारिएको छ । आमो शब्दले माया, प्रेम एवं ममताको भाव झल्काउने उनले बताइन् । गरगहनाको सौख र आफ्नो संस्कृतिको मायाले आयुषालाई आमोको गन्तव्य तय गराएको थियो । बाल्यकालमा देखेको डिजाइनर बन्ने सपना पूरा गर्न पाउँदाको खुसी भने उनले धेरैपछि मात्रै अनुभव गर्न पाइन् । सुरुसुरुमा विदेशी डिजाइनले बजार ओगटेका बेला आयुषाले नेपाली हस्तकलाका गरगहना पाइनन् । उनी विदेशी साथीलाई नेपाली सभ्यता देखाउन नपाउँदा खिन्न हुन्थिन् । नचाहेरै पनि तिनै सामान किन्न बाध्य हुन्थिन् । आयुषाले आफ्ना अपूर्ण चाहनालाई नयाँ रूपमा परिवर्तन गर्ने सोचिन् । यसका लागि फेरि ग्राफिक डिजाइनमा स्नातकोत्तर गर्न काठमाडौं विश्वविद्यालयमा भर्ना भइन् । पढाइपछि उनले करिब सात महिना कामका बारेमा अध्ययन गरिन् । अनि ५० हजार रूपैयाँ लगानी गरी ‘आमो यात्रा’ सुरू गरेको आयुषा बताउँछिन् ।
सुरुसुरुमा परिवारले यस्तो पनि काम हुन्छ ? भनेर सोध्थे । क्रमशः आयुषाको काम र मेहनत देखेपछि परिवारका सदस्यले पनि प्रोत्साहन दिन थाले । काम थाल्दा त उनलाई कालीगढबाट विश्वास पाउन पनि मुस्किल पर्‍यो । पछि उनले बनाएका ज्वेलरी डिजाइन युवापुस्तामाझ मात्र होइन ५० वर्ष कटेकाले पनि रुचाए । अरु गहनाभन्दा फरक र भिन्न देखिने भएर पनि आयुषाको ‘आमो’ ब्रान्डको नेपाली ज्वेलरीको माग बढ्दो छ । उनले सुरूदेखि नै झुम्का, ब्रासलेट, औंठी, पिन आदि गरगहना उत्पादन गरिरहेकी छिन् । नेपालका प्राचीन वास्तुकला र संस्कृतिका प्रतीक झल्किने ती सामानको डिजाइन उनी आफैं कोर्छिन् । अहिलेसम्म उनले २ सय ५० डिजाइन बनाइसकेकी छिन् । आयुषाले ‘आमाको बगैंचा’, ‘वर्षा’, ‘शक्ति’, ‘देवी’ नामबाट डिजाइनको शृंखला पनि बनाएकी छिन् । उनले हरेक शृंखलाका सामानमा जीवनका केही अमूल्य सम्झना र क्षणलाई प्रतीकमा उतार्ने प्रयास गरेकी छन् । ‘आमाको बगैंचा मेरो अजी (हजुरआमा) मा समर्पित छ । यसमा उहाँको बगैंचा र बोटबिरुवाप्रतिको माया झल्किन्छ,’ आयुषाले भनिन्, ‘यसैगरी वर्षा शृंखलाले पानी र शरद ऋतुको विशेषता झल्काउँछ ।’ त्यस्तै शक्ति र देवी शृंखला भने नारी शक्तिमा समर्पित भएको उनको भनाइ छ । आयुषाका अनुसार पित्तल, निकोल र तामाबाट बनाइएका ‘आमो’ का उत्पादनमा २२ क्यारेट सुनको जलप लगाइएको छ ।


उनले डिजाइन गरेका मौलिक गहनाको मूल्य ६ सयदेखि ६ हजार रुपैयाँसम्म पर्छ । कालीगढीले बनाएका यी गहना बजारमा पाइने सामान्य झुम्का र औंठीभन्दा महँगा हुन्छन् । तर पनि नेपाली मौलिक उत्पादनको माया गर्नेले थोरै पैसाको मुख नहेर्ने उनको तर्क छ । व्यापार भन्दा पनि नेपाली मौलिक पहिचान झल्काउने वास्तुकलाको संरक्षण गर्नु नै मुख्य उद्देश्य भएको उनको भनाइ छ । उद्देश्य पूरा गर्न उनले ‘आमो’ को चार वर्षे यात्रामा कुनै पनि बाहिरी कुरामा ध्यान दिइनन् । अहिले काठमाडौं विश्वविद्यालयमा डिजाइनिङ पढाइरहेकी आयुषा अबको पुस्ताले यस्तै रचनात्मक काम गरून् भन्ने चाहन्छिन् ।

Page 77
Page 78
पेट केयर

कुकुर मोह

- प्रकृति दाहाल

आपसमा नमिल्ने भनेर चिनिने कुकुर, बिरालो र मुसा एकसाथ पाल्ने रहर थियो, न्यूरोडकी सुस्मिता रञ्जितलाई । रहर पूरा गर्न उनलेपाँच वर्षअघि तीनै जनावरलाई घरमा ल्याएर पाल्न थालिन् । तर, केही समयपछि मुसा मर्‍यो । अहिले उनले कुकुर र बिरालो पालिरहेकी छिन् ।
रञ्जिताको घरमा कुकुर र बिरालो आपसमा मिलेर बसेका छन् । अनि कुकुर–बिरालोसँग रमाउँदै दैनिकी बिताइरहेकी छिन् उनी । बिरालोभन्दा कुकुरसँग उनको प्रेम प्रगाढ छ । अहिले कुकुरसँगै खेल्छिन्, रमाउँछिन् र सुत्छिन् ।
बाल्यकालदेखिकै ‘कुकुर प्रेमी’ रञ्जिता अहिले खुसी छिन् । बाटामा भेटिएका हुन् वा कसैका घरमा पालेका कुकुरसँग खेल्दाखेल्दै उनमा कुकुर पाल्ने रहर पलायो । रहर पूरा गर्न बुल मास्टिफ जातको कुकुर घरमा ल्याएर पाल्न थालिन् । तर कुकुरसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा अनभिज्ञ थिइन् । त्यसैले उनले कुकुरपालन तालिम लिन थालिन् । तालिमले उनको कुकुर मोहलाई झन् बढायो । कुकुरका आनीबानी र हाउभाउले झनै मोहित बनायो । अचेल त एकछिन कुकुर भेट्न पाइनन् भने पनि अत्तालिन्छिन् । कुकुरको न्यास्रोले सताउँछ उनलाई ।
उनी अहिले १५ वटा कुकुरको हेरचाह गर्छिन् । कुकुरलाई नै तालिम दिन्छिन् । उनले बुल मास्टिफ, पम, डक्सनलगायत जातका कुकुरलाई तालिम दिने गरेकी छिन् ।
फरक–फरक स्वभावका हुने भएकाले कुकुरअनुसार व्यवहार गर्नुपर्ने उनी बताउँछिन् । रञ्जिता भन्छिन्–‘कुनै कुकुर रिसाहा हुन्छन् भने कुनै शान्त स्वभावका हुन्छन् ।’ उनका अनुसार मानिससँग घुलमिल गर्न पाउँदा कुकुरहरू एकदमै रमाउँछन् । ईर्ष्या पनि कुकुरमा उत्तिकै हुन्छ । उनी भन्छिन्–‘एउटा कुकुरलाई माया गर्‍यो भने अर्को रिसाउँछ ।’
उनी कुकुरलाई तालिम दिन सजिलो नभएको बताउँछिन् । पाल्दा होस् वा तालिम दिँदा, कुकुरले टोकेका वा झम्टेका थुप्रै अनुभव छन् उनीसँग । ‘कुकुरको मुड बुझ्न एकदमै गाह्रो हुन्छ’ उनी भन्छिन्, ‘मुड बुझेर उसलाई चलाउन सकिएन भने टोक्ने वा झम्टने गर्छ ।’
करिब ५ वर्षअघि थानकोटका विश्वराज जोशीलाई बुल मास्टिफ कुकुर उपहार आयो । पहिलेदेखि कुकुरप्रति मोह भएका जोशी उपहार पाएपछि कुकुर पाल्न हौसिए । कुकुरसँगको संगत बढ्यो । कुकुरका आनीबानीप्रति नजिकिँदै गए । कुकुर उनको खास साथी बन्न पुग्यो । खाँदा–बस्दा वा घुमफिरमा निस्कँदा पनि कहिल्यै कुकुरलाई छुटाएनन् । कुकुरप्रतिको मोहले उनलाई थप कुकुर पाल्ने रहर बढ्न थाल्यो । कुकुरको संख्या बढाउँदै लगे र व्यापारप्रति आकर्षित भए ।
केही समयपछि उनले विदेशबाट कुकुरहरू झिकाउँदै नेपालमा बिक्री गर्न थाले । उनले सबैभन्दा बढी बिक्री गर्ने कुकुरको जात हो, जर्मन सेफर्ड । उनी बिक्रीका लागि भारतबाट बढी कुकुर आयात गर्छन् । जुन कुकुरको मूल्य एक लाखदेखि डेढ लाख रुपैयाँसम्म पर्ने उनी बताउँछन् । ‘पछिल्लो समय मानिसहरू कुकुरप्रति बढी आकर्षित भएका छन्’ उनी भन्छन्, ‘जसकारण नेपालमा कुकुरको व्यापार बढ्दो छ ।’ उनका अनुसार बच्चादेखि वृद्धसम्मलाई कुकुर मन पर्न थालेको छ । सुरक्षा दिनुका साथै एक्लोपन हटाउन सहयोग गर्ने भएकाले कुकुर पालनप्रतिको आकर्षण बढेको उनको बुझाइ छ । ‘पछिल्लो समय मानिसहरू कुकुरप्रति पनि जानकार हुन थालेका छन्, ‘कुकुरका ब्रान्डप्रति सजग हुँदै रुचिअनुसारको कुकुर खोज्नेको मात्रा बढेको छ ।’

तालिम लिन आवश्यक छ

प्रवीण बज्राचार्य कुकुर ट्रेनर
प्रजातिअनुसार कुकुरको स्वभाव फरक हुन्छ । कुनै शान्त स्वभावका हुन्छन् त कुनै चञ्चल र रिसाहा । तर कुकुरलाई सही तरिकाले चलाउन सके साथीजस्तै हुन्छन् ।सामान्य कुकुर पाल्न पनि मासिक करिब २० हजार रुपैयाँ खर्च लाग्छ । त्यसका लागि आर्थिक रूपले पनि तयार हुनुपर्छ । कुकुरलाई घरमा लगेपछि धेरै समस्या आउने गरेका छन् । कुकुरबाट कहिले झम्टिने, टोक्ने जस्ता गतिविधि हुन्छन् । जसकारण कुकुरलाई कसरी ट्रेन गर्ने भन्ने विषयमा ज्ञान हुनु आवश्यक छ । त्यसका लागि कुकुर पाल्नेले कुकुरसम्बन्धी तालिम लिनुपर्छ । कुकुर पनि तालिमप्राप्त नै किन्नुपर्छ । सामान्यतया घरमा पाल्ने कुकुरलाई नमस्ते गर्न, उचित स्थानमा शौच गर्न, मान्छेको भाषा बुझ्न सक्ने तालिम दिइन्छ ।

Page 79
Page 80
पेट केयर

नेपालमा पालिने प्रचलित कुकुर

- नारी संवाददाता

जर्मन सेर्फड
विश्वमै सबैभन्दा बढी पालिने कुकुर हो, जर्मन सेफर्ड । शारीरिक बनोट ठूलो भएका यी कुकुरमा छिटो कुरा बुझ्ने र सुँघ्ने क्षमता बढी हुन्छ । तुलनात्मक रूपमा यो जातको कुकुर बढी आज्ञाकारी हुन्छ । २४ देखि २९ इन्चसम्म अग्लो हुने जर्मन सेफर्ड नेपाली बजारमा १० हजारदेखि ५ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।

ल्याब्राडोर
२२ देखि २४ इन्चसम्म उचाइको हुने ल्याब्राडोर जातको कुकुरमा सुँघ्ने क्षमता बढी हुन्छ । यसर्थ यसलाई अपराध अनुसन्धानमा बढी प्रयोग गरिन्छ । नेपालमा ल्याब्राडोर जातका कुकुरको मूल्य २५ हजार रुपैयाँसम्म पर्छ ।

पग
पहिलोपटक चीनमा फेला परेको यो प्रजातिको कुकुरप्रतिको आकर्षण विश्वभर बढ्दो छ । चञ्चले र मिलनसार स्वभावका पग जातका कुकरको मूल्य नेपालमा १५ हजार रूपैयाँसम्म पर्छ ।

ग्रेट डेन
नेपालमा पाइने सबैभन्दा अग्लो जातको कुकुर हो ग्रेट डेन । ३० इन्चसम्म अग्लो हुने यो कुकुर निकै सौखिन हुन्छ । यो कुकुर सोफामा बस्न रुचाउँछ । आकार ठूलो भए पनि मानिसमाथि झम्टिदैन । नेपालमा ग्रेट डेनको मूल्य २५ देखि ४० हजार रुपैयाँसम्म पर्छ ।

हिमालयन सिपडग
नेपालका भोटे कुकुरलाई हिमालयन सिपडग भनिन्छ । यो जातका कुकुर चिसो मौसममा बस्न रुचाउँछन् । यो जातका कुकुर शक्तिशालीसँगै सचेत र बुद्धिमान् मानिन्छन् । यिनीहरूलाई सुरक्षाका लागि प्रयोग गरिन्छ ।

कुकुर पाल्दा ख्याल गर्नुपर्ने कुरा के–के हुन् ?
विशेषगरी केका लागि कुकुर पाल्ने भन्ने कुरा ख्याल गर्नुपर्छ । त्यस्तै बजेटका विषयमा पनि सचेत हुनुपर्छ । सौखका लागि सानो जातका कुकुर पाल्नु राम्रो हुन्छ भने सुरक्षाका लागि ठूला जातका कुकुर रोज्नु उत्तम हुन्छ । कुकुरलाई दिने समयका विषयमा पनि ख्याल गर्नुपर्छ ।

कुकुरलाई कस्ता खानेकुरा खुवाउनुपर्छ ?
पहिले कुकुरलाई घरकै खानेकुरा खुवाउने चलन थियो । तर अहिले मानौ घरका खानेकुराले पुग्दैन । बजारमा कुकुरका लागि बनेका थुप्रै खानेकुरा पाइन्छन् । विशेषगरी कुकुरलाई जंक फुड खुवाउनुपर्छ । जसमा कुकुरलाई चाहिने सबै तत्व मिसाइएको हुन्छ । यस्तो खानाले कुकुरलाई स्वास्थ्य राख्न सहयोग गर्छ ।

कुकुरलाई कस्ता खोप र सुई लगाउनुपर्छ ?
विशेष गरी रेबिज सुई लगाउनुपर्छ र तौलअनुसार जुकाको औषधि खुवाउनुपर्छ । बाँचुन्जेलसम्म वर्षको १ पटकका दरले निरन्तर खोप लगाउनुपर्छ ।
हिम केसी : पशु चिकित्सक

Page 81
Page 82
इन्टेरियर

इन्टेरियरमार्फत शीतलता

- नारी संवाददाता

निष्ठा गिरी , इन्टेरियर डिजाइनर

जाडोयामका लागि सजाइएको घर, कोठा तथा कार्यालय गर्मीयामका लागि उपयुक्त नहुनसक्छ । ऊर्जा तथा नयाँपनका लागि मौसमअनुसार सजावटका सामान र शैली परिवर्तन गर्दा उर्जा तथा नयाँपनको अनुभूति हुन्छ । यसका लागि खासै धेरै खर्च भने गर्नुपर्दैन ।
गर्मीमा शीतलताका लागि सजावटमा अपनाउने केही सुलभ र सजिला तरिका छन् । जुन संसारभर नै चल्तीमा छन् । घरको छत सेतो रंगले रंग्याउँदा शीतल हुन्छ । जसले कोठा पनि उज्यालो देखिन्छ । हरेकको घरमा बगैंचाका लागि प्रशस्त ठाउँ हुँदैन । तर घरभित्रै गमलामा इन्डोर प्लान्ट राखेर शीतल बनाउन सकिन्छ । यस्ता इन्डोर प्लान्ट सूर्यको प्रकाश कम चाहिने खालको रोज्नुपर्छ । जसले सजिलै बिरुवा हुर्कन/बढ्न मद्दत गर्छ ।
जाडो मौसममा जाडो छल्न प्रयोग भएको बाक्लो पर्दाको साटो हलुका, पातलो र उज्यालो रंगको पर्दा परिवर्तन गर्दा सूर्यको प्रकाश कोठामा छिर्छ । घर तथा कार्य क्षेत्रको भित्तामा उज्यालो रंगको पेन्टिङ झुन्डाएर राख्न सकिन्छ । सधै सोफा परिवर्तन गर्न सम्भव हुँदैन तर सोफा, कुसनका खोलहरू परिवर्तन गर्न सकिन्छ । रंग छान्दा सोफाको डिजाइन र कोठाको साइजअनुसार छान्नुपर्छ, । सेता, क्रिम, पिंक र उज्यालो कलरले कोठामा शीतलताको आभास दिलाउँछ ।
सम्भव छ भने कोठाको साटो ढोकामा सिसाको पल्ला काठको ढोकाको पल्लाको साटो सिसाको पल्ला राख्न सकिन्छ, जसले गर्दा कोठा उज्यालो हुन्छ । पुराना फर्निचरलाई नयाँ रंगले नयाँपन दिन सकिन्छ । घरका भित्तामा ऐनाहरू थप्दा कोठा ठूलो भएको अनुभव हुन्छ । कोठा ठूलो देख्दा गर्मीको अनुभव हुँदैन ।
घरलाई रंगीन र रोमान्टिक बनाउन प्राकृतिक फूलहरू कोठाको कुनातिर राख्न सकिन्छ । यसले कोठा सुन्दर देखिन्छ । टेबलमा मौसमअनुसारका फलफूल राख्दा पनि कोठामा नयाँपन तथा उज्यालो भएको महसुस हुन्छ ।



न्यू लुकका लागि डेकोरेटिभ आइडियाज

  • प्रवेशद्वारमा डोरबेलको सानो घन्टी राख्नुपर्छ । यसले घरमा आएका पाहुनाको ध्यान आकर्षित गर्छ ।
  • लिभिङ रुमलाई आधुनिक बनाउन ग्लास टप भएको कफी वा सेन्टर टेबल छनोट गर्नुपर्छ ।
  • बोल्ड लुकका लागि आधुनिक फर्निचरका साथमा स्टाइलिस लाइटिङ मिलाउनुपर्छ । यसका लागि स्टाइलिस टेबल, ल्याम्प, क्यान्डल स्ट्यान्ड आदि प्रयोग गर्न सकिन्छ ।
  • फुल साइज पर्दाबाट पनि कोठालाई मोर्डन लुक दिन सकिन्छ । यसको प्रयोग पार्टिसनका लागि पनि गर्न सकिन्छ ।
  • कलर्ड ल्याम्पले पनि घरलाई रेट्रो लुक प्रदान गर्छ ।
  • इन्टेरियर डेकोरेसनमा बुड, बाम्बो, केराको पात, पत्थर आदि प्रयोग गर्नुपर्छ । यिनको प्रयोगले घरलाई फ्रेन्डली र स्टाइलिस लुक प्राप्त हुन्छ ।
  • नेचुरल लुकका लागि बोट–बिरुवाले घर सजाउनुपर्छ । यसका लागि इन्डोर प्लान्ट प्रयोग गर्न सकिन्छ ।
  • कृत्रिम झरना वा फोहराबाट पनि घर सजाउन सकिन्छ ।
  • डिजाइनर फ्रेमयुक्त ऐना, पेन्टिङ आदिले कोठालाई ट्रेडिसनल लुक दिन्छन् ।
  • सफ्ट लुकका लागि कोठामा धेरै कम फर्निचर राख्नुपर्छ ।
  • नेचुरल लुकका लागि केन फर्निचर खरिद गर्नुपर्छ ।
  • वातावरणमैत्री लुकका लागि सफा फिनिसिङ भएका बाँसका फर्निचर पनि उपयोगी हुन्छन् ।

Page 83
Page 84
परिकार

परिकार

- नारी संवाददाता

सेफ विनु श्रेष्ठ , टाइम्स स्कायर, बालुवाटार

टाइम्स स्क्वायर प्ल्याटर

मटन, चिकेन, पोर्क, ब्रोकाउली, काउली, आलु एवं ससेजलाई सोथे ग्रिल गरेर चीज, सलाद राखेर सर्भ गरिन्छ । यो रेस्टुराँको खाना धेरैको रोजाइमा पर्छ । 

भेज बास्केट 

सामग्री : काउली, ब्रोकाउली, गाजर, सिमीको मिका ३० ग्राम, चीज २० ग्राम, बास्केट आकार बनाउन मैदा १ सय ग्राम ।
विधि : मैदाको पिठो मुछी बास्केटको आकार बनाएर त्यसमा भेज किमा हालेर माथिबाट चीज टपिङ गरेर ओभनमा ८ मिनेटजति बेक गर्ने ।

 

क्रिस्पी कर्न

सामग्री : उसिनेको मकै १५० ग्राम, क्रिम १२० ग्राम, चीज ८० ग्राम, मकैको पिठो १ सय ग्राम ।
विधि : मकैको पिठो मुछेर एउटा बाबल बनाउने । क्रिम र मकैलाई पकाएर उक्त मकैको पिठोबाट बनेको भाँडोमा राख्ने र चीजले टपिङ गर्ने ।

 

पोटाटो विथ प्राउन

सामग्री : म्यास पोटाटो १६० ग्राम, प्राउन १८० ग्राम, चीज ६० ग्राम ।
विधि : म्यास पोटाटोमाथि ग्रिल गरिएको प्राउन राखेर चीज र क्रिमले टपिङ गरेर खान सकिन्छ ।

 

मटन छ्वेला सेट

सामग्री : मटन १८० ग्राम, हरियो लसुन २० ग्राम, पोलेका खुर्सानी ३–४ वटा, तोरीको तेल २० मिलिलिटर, नुन स्वादअनुसार, अदुवा र लसुनको पेस्ट १५ ग्राम ।
विधि : मटनलाई लामो आकारमा काटेर चारकोलमा पोली एउटै साइजमा काटी सबै मरमसला एवं भुटेको तोरीको तेलले मोल्ने । मटन सेटमा मटन छ्वेला, चिउरा र बदाम साँधेको राखेर सर्भ गरिन्छ ।

Page 85
Page 86
प्रश्नोत्तर

कस्तो बाथरुम ?

- नारी संवाददाता

सेलिना शाक्य बज्राचार्य , बज्र ग्रुप

हिजोआज कस्ता बाथरुम चलेका छन् ?
हिजोआज एडभान्स बाथरुमको खोजी बढेको छ । नेपालीहरू प्यानबाट कमोडमा प्रवेश गरेकै धेरै भएको छैन । अहिले निट एन्ड क्लिन राख्न सहज हुने भएकाले वाल ह्याङगिङ कमोड बढी चलेका छन् ।

पहिला र अहिलेका बाथरुममा फरक के छ ?
पहिलाका बाथरुम साँघुरा हुन्थे तर अहिलेका अत्यन्तै फराकिला हुँदैछन् । अहिले बाथरुम नुहाउने मात्र नभई आनन्द लिने ठाउँमा परिणत भएका छन् । हिजोआज यसलाई रिक्रियसन प्लेसका रूपमा हेरिन्छ । यो परफरमेन्स सावर लिने तथा रिल्याक्स महसुस गर्ने ठाउँका रूपमा विकसित भएको छ ।

अत्याधुनिक बाथरुमका फाइदा तथा विशेषता के–के छन् ?
पछिल्लो समयमा बाथरुमलाई आनन्दका साथ समय बिताउने स्थान बनाउन थालियो । यो कुरालाई बाथरुमभित्र राखिएका एसेसरिज तथा सामग्री एवं तिनको आकार–प्रकार, शैली तथा गुणस्तरले पनि निर्धारण गर्छन् ।

आधुनिक बाथरुम निर्माणमा कति खर्च लाग्ला ?
एउटा राम्रो बाथरुम बनाउन १ लाखदेखि १० लाख (सौना, ज्याकुजी, स्टिमसहित) सम्म खर्च हुन्छ ।

बाथरुमको हेरचाह गर्ने विधि ?
बाथरुमको धारालाई ट्वाइलेट क्लिनर, साबुन वा सर्फले सफा गर्नु हुँदैन । त्यसले धाराको रंग खुइलिँदै जान्छ । तसर्थ बाथरुमको धारा पानीले मात्र पुछ्नुपर्छ ।
बाथरुमलाई भरसक सुख्खा राख्नुपर्छ । बाथरुममा सबैभन्दा राम्रो, बलियो तथा गुणस्तरीय राख्नुपर्ने सामग्री भनेको धारा र एसेसरिज नै हो । साथै साइफोनिक्स ट्वाइलेटमा बढी
ट्वाइलेट पेपर प्रयोग गर्नु हुँदैन ।

Page 87
Page 88
प्रश्नोत्तर

अभिभावकको भूमिका

- नारी संवाददाता

सभ्यता खड्का स्वाँर , अध्यक्ष, प्रि–स्कुल कमिटी अफ नेपाल

बालबालिकाहरू ग्याजेट मोहमा पर्नुको कारण के हो ?
हामी बाल्यावस्थामा माटो वा बालुवासँग खेल्थ्यौं, पुतली बनाएर, आमाबुवा भएर खेल्थ्यौं तर अहिले बालबालिकाहरू सिमेन्टको घरभित्र ग्याजेटका भरमा रमाउन बाध्य छन् । उनीहरूलाई न कतै दगुरेर खेल्ने ठाउँ छ, न खेल्नलाई साथीसंगी छन् । जन्मिएदेखि व्यस्त आमाबुवाहरू बालमस्तिष्कमा रंगीन कार्टुन हेर्न मोबाइल हातमा थमाउँछौं । हुन पनि अहिले हामी यति व्यस्त छौं कि बालबालिकासँग खेल्न भ्याउँदैनौं । काम गर्नेको भरमा वा प्रि–स्कुललाई जिम्मा दिन्छौं र घर फर्केपछि ग्याजेटलाई साथी बनाइदिन्छौं । यसरी ग्याजेटसँग नजिकिँदा बालबालिकाहरू ग्याजेट नशामा परिसक्छन् अनि अभिभावकहरू मोबाइल नहेर, ल्यापटप नचलाऊ भनेर बन्देज लगाउन खोज्छन् । कुनै पनि बालबालिकाले आफै ग्याजेट चलाउन सिकेका होइनन्, यसमा शतप्रतिशत अभिभावककै हात छ ।

ग्याजेट र बालबालिकाको डरलाग्दो सम्बन्धलाई हटाउन के उपाय गर्नुपर्ला ?
ग्याजेटमा लत बस्दै गरेपछि एकैपटक बन्देज लगाउँदा नकारात्मक सोच पलाउन सक्छ । त्यसैले मोबाइल दिँदा समय निश्चित गरी रुटिन सेटअप गर्न लगाउनु उपयुक्त हुन्छ । नियम बनाउँदा सबैजना बसेर उसैलाई नियम बनाउन दिनुपर्छ । जसमा ब्रेकफास्टदेखि स्कुल रेडी हुन र फ्रेस हुने, मोबाइल हेर्ने, सुत्ने समय तोक्नुपर्छ । आफैले बनाएको रुटिन भएपछि हत्तपत्त ब्रेक गर्न खोज्दैनन् ।

अहिलेका बालबालिकाहरू त्यति जिम्मेवार नदेखिनुको कारण के होला ?
यसमा पनि अभिभावककै कमजोरी देख्छु । बालबालिकालाई काम नगराउने, सानै छन् भैगो भन्दा उनीहरूमा भएको क्षमता पनि घट्दै जान्छ । त्यसैले उनीहरूलाई गर्न सक्ने भान्साका कामहरू गर्न दिने, मटर केलाउन दिने, पुछपाछ गर्न लगाउने, आफूले खाएका प्लेटहरू माझ्न लगाउने, आइरन गर्न दिने आदि कामहरू गर्न लगाउँदा उनीहरू स्वावलम्बी हुन खोज्छन् ।

अभिभावकले के–कस्तो भूमिका खेल्नुपर्छ ?
अहिले एकल परिवार भएपछि बालबालिकाहरू खेल्न पाउँदैनन् । यदि बालबालिकाहरूसँग आमाबुवामध्ये एकजना खेल्ने हो भने एकजना मात्रै बच्चा ठीक छ अन्यथा दुई जना पाउनुपर्छ । बालबालिकालाई बलियो बनाउन एउटा घर निर्माणमा आवश्यक तत्वजस्तै सोच बनाउनुपर्छ । अहिले हामीले अन्तर्राष्ट्रिय बालबालिका विकास कार्यक्रमलाई संचालन गरेका छौं । यसको मुख्य लक्ष्य नै अभिभावकलाई गरेका छौं । हामी ठूलो मान्छे बच्चाको जुत्तामा कसरी अटाउने । यसकै वरपर रहेर अभिभावकलाई आफ्ना नानीहरूसँग नजिकिन लगाउने सोंच हो । यो कार्यक्रममा बसेपछि धेरैजसो अभिभावक आफूले आफ्ना बालबालिकाहरूलाई सजाय दिइरहेको सोच्छन् ।

आफ्ना बालबालिकाहरूसँग कसरी नजिकिने त ?
आपसमा दिनभरिका कुराहरू आदान–प्रदान गर्ने वातावरण बनाउने । पहिले आफ्नै कुराहरू बताउने र उनीहरूका दिनभरिका राम्रा, नराम्रा कुराहरू सुन्न खोज्ने । पहिले उनीहरूलाई साथी बनाउन सक्नुपर्छ । उनीहरूसँग घुलमिल हुनुपर्छ । साथी भएपछि उनीहरूको मनभित्र छिर्न सजिलो हुन्छ । धैर्यसँग बालबालिकाहरूका कुरा सुन्न सक्नुपर्छ । यसो नगर्दा भविष्यमा घरमा खुल्न नसकेर बिग्रने समस्या आउँछन् । आफू चेन्ज हौं अनि मात्र बालबालिकामा चेन्ज खोजौं ।

बालबालिकाहरू विद्यालयमा खुसी छन् वा छैनन् कसरी थाहा पाउने ?
बालबालिकाहरू स्कुल जानलाई आनाकानी गछनर्् भने पक्कै स्कुलमा उनीहरूलाई केही समस्या भएको कुरा बुझ्नुपर्छ । बिहान स्कुल जाँदा र फर्केर आउँदा खुसी भएर आएका छन् भने उनीहरू खुसी छन् ।

Page 89
Page 90
प्रश्नोत्तर

इयर क्यान्डलिङ

- नारी संवाददाता

अनिल ठाकुर , इयर क्यान्डलिङ स्पेसलिस्ट , लुक्स हेयर एण्ड ब्युटी आर्ट

इयर क्यान्डलिङ भनेको के हो ?
कानभित्र जम्मा भएको फोहोरलाई क्यान्डलिङको माध्यमद्वारा बाहिर निकाल्ने प्रक्रिया नै इयर क्यान्डलिङ हो ।

यो कसरी गरिन्छ ?
एकपटकमा एउटा मात्र कानमा गर्नुपर्छ । एउटा कानको सकिएपछि मात्र अर्को कानको सुरु गर्नुपर्छ । कानमा राखिएको पाइपको भित्रबाट क्यान्डलको तातो बिस्तारै कानभित्र पुग्छ जसले कडा भएर बसेको कानेगुजीलाई नरम बनाउँदै लैजान्छ । अन्त्यमा, पाइपभित्रको औषधिले फोहोरलाई तानेर बाहिर निकाल्छ । यो पाइप अस्ट्रेलिया, अमेरिका र युरोपबाट झिकाइन्छ ।

यो गर्न कति समय लाग्छ ?
दुई कानका लागि ३० देखि ४० मिनेट लाग्छ ।

यसको कुनै साइड इफेक्ट्स छ कि ?
छैन ।

कति महँगो पर्छ ?
त्यति महँगो छैन । दुई कानका लागि करिब २ हजार रुपैयाँ पर्छ ।

कति समयको अन्तरालमा गर्नुपर्छ ?
दुई महिनाको अन्तरालमा गर्दा उत्तम हुन्छ ।

Page 91
Page 92
समाचार

कामकाजी दम्पती

- सिर्जना दुवाल श्रेष्ठ
डा. सुनिता मलेखु दम्पती

दैनिक जीवनदेखि चाडपर्व, घुमफिर, मनोरञ्जन, औषधि, शिक्षा आदि कुराले खर्च बढाइरहेको छ । यस्ता खर्च व्यवस्थापनका लागि घरमा एकजनाको कमाइ मात्र पर्याप्त हुँदैन । श्रीमान् कमाउने र श्रीमती भान्सा सम्हाल्ने पुरातन सोचमा अहिले परिवर्तन आएको छ । यसरी श्रीमती पनि आयआर्जनमा लागेपछि पारिवारिक जीवन सहज हुने मात्र होइन, आर्थिक एवं मानसिक जीवन पनि सहज हुँदै गएको छ । यद्यपि यसको साइड इफेक्ट पनि उत्तिकै छ । नेपाली समाजमा अहिले पनि पुरुषहरू आफ्ना हरेक कुरा श्रीमतीबाट गराउन खोज्छन् । धेरै श्रीमान्ले आफ्ना स–साना कामका लागि पनि श्रीमतीमाथि निर्भर हुन्छन् वा उनीहरूमाथि हुकुम चलाउन थाल्छन् । कामकाजी महिलाहरू कामको बोझले यति थिचिएका हुन्छन् कि उनीहरू स्वयं खुसी हुन पाउँदैनन् । कामकाजी दम्पतीले धेरै पटक कतै जाने कार्यक्रम बनाउँछन् तर एकजनालाई कार्यालयबाट छुट्टी मिल्दैन र यात्रा नै स्थगित गर्नुपर्छ ।
यसैगरी बेलुका कुनै पार्टीमा जाने कार्यक्रम बनेको छ तर श्रीमान्–श्रीमतीमध्ये एकलाई कार्यालयको कामको चापले आउन ढिला भयो भने त्यस्तो बाध्यता बुझ्नुपर्छ । कामकाजी दम्पतीमा कार्यालयको तनाव पनि हुन्छ । कसैका हाकिम रिसउठ्दा पनि हुनसक्छन् । यस्तोमा हाकिमको दबाब वा प्रताडना झेलेर जब श्रीमान् वा श्रीमती घर आउँछन् उनीहरू आफ्नो रिस आफ्नो जीवनसाथी वा सन्तानमाथि उतार्न सक्छन् । यद्यपि यस्तो स्थितिमा एक–अर्काको समस्या र तनावका बारेमा खुलेर छलफल गर्नुपर्छ । यदि उनीहरूले एक–अर्कालाई साथी मानेर आफ्नो समस्या भन्ने हो भने तनाव धेरै हदसम्म कम हुन्छ ।

सुगारिका केसी दम्पती

पूर्वमिस नेपाल सुगरिका केसी र सनत न्यौपाने एक–अर्काको काममा स्वतन्त्र छन् । उनीहरूबीचको पहिलो सर्त नै एकले अर्काको कुनै पनि काममा हस्तक्षेप नगर्नु हो । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गएको छ । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । सुगरिका भन्छिन्–धेरैजसो परिवारमा निराशावादी चिन्तन बढ्दै गएको छ, एकताभन्दा बढी विचलन छ । सनत न्यौपानेका अनुसार जतिसुकै व्यस्त दम्पती भए पनि घर, परिवार तथा सन्तानका लागि समय दिनैपर्छ । न्यौपाने भन्छन्–घर बलियो बनाउन सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ । परिवार बलियो बनाउन एउटै छतमुनि बस्ने सदस्यहरूबीच प्रेम र विश्वास हुनु आवश्यक छ । सम्बन्ध बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो । हामी दुवै एक–अर्कालाई प्रेम, सम्मान र विश्वास गर्छौं । समय भयो कि हामी दुवै छोरा सनातनसँग व्यस्त हुन्छौं । डाक्टर कपेन्द्र शेखर अमात्य र डा.सुनीता मलेकू पनि निकै व्यस्त जीवनसाथी हुन् । उनीहरू हरेक काम मिलेरै गर्छन् । सम्बन्ध टिकाइरहने हो भने एकले अर्कोलाई भावनात्मक रूपमा सम्मान गर्नुपर्छ । वर्तमान अवस्थामा महिलाहरू पनि पुरुषसरह पढेलेखेका हुने र उत्तिकै कमाउने भएका छन् । यस्तो स्थितिमा महिलाले घरको पनि पूरै जिम्मेवारी निर्वाह गर्नुपर्‍यो भने घरमा समस्या सिर्जना हुन सक्छ । त्यसैले मिलेर काम गर्नुबाहेक अरू कुनै विकल्प छैन । सुनीताका अनुसार परिवारलाई बलियो बनाउन परिवारभित्र पर्याप्त संवाद हुनुपर्छ । ‘अहिले त परिवारका मानिसले नातागोता चिन्नै छोडिसके, एउटै छानामुनिका सदस्यहरूबीच अन्तरक्रिया नै हुन छाडिसक्यो,’ सुनिता भन्छिन्–‘एकलाई अर्कोसँग बोल्ने फुर्सद छैन । एक त व्यस्त जीवनशैली, अर्को ग्याजेट र इन्टरनेट मोहले परिवारबीचको सम्बन्धमै चिसोपन आइरहेको छ । यसले परिवार बलियो बनाउन सक्दैन तसर्थ परिवारभित्र संवाद एकदमै आवश्यक छ ।

मोना पोखरेल दम्पती

डा. विश्व पोखरेल तथा सिइए मोना पोखरेलले ८ वर्षअघि प्रेम विवाह गरेका हुन् । डा. पोखरेल गंगालाल अस्पतालका सर्जन हुन् भने मोना पनि आफूले पढेको चार्टर एकाउन्टेन पेसामा व्यस्त छिन् । जति नै उदार र आधुनिक सोच भए पनि महिलाहरू घरमा आएपछि व्यावहारिक बन्धनमा पर्नुपर्छ । दुई वर्षका फरक दुई जना छोरा भएपछि डा. विश्व पोखरेलको जीवनमा त्यति परिवर्तन आएन तर मोनाको जीवनमा थुप्रै परिवर्तन आए । घरमा सासू र काम गर्नेहरू भए पनि महिलाहरूमा आफै काममा खटिने बानी हुन्छ जुन मोनाको जीवनमा पनि लागू हुन्छ । उनका श्रीमान्ले घर, परिवार र छोराहरूका लागि भनेर गंगालालबाहेक अरू कुनै अस्पताल वा क्लिनिकमा काम गरेका छैनन् । यो दम्पतीलाई परिवार नै आफ्नो बलियो शक्ति हो भन्ने लाग्छ । मोना भन्छिन्–‘कामकाजी दम्पतीमा आगो र पानीको जस्तो व्यवहार हुनुपर्छ ।’ यो सन्दर्भमा मोनाले पानीको भूमिका निभाउँछिन् । मोना भन्छिन्–‘हाम्रो देशमा महिलाले केही हदसम्म सहनशील भूमिका निर्वाह गर्नुपर्छ ।’ हुन त मोनाले कमाएर घर चलाउनुपर्ने अवस्था छैन तर दुवैले बाहिर काम गर्दा बाहिरी दुनियाँ देख्ने र बुझ्ने मात्र होइन, दिमाग समेत फ्रेस हुन्छ । अहिले छोराहरू साना भए पनि भोलि ठूला हुँदै गएपछि आफू घरमा एक्लो हुँदा डिप्रेस हुन सक्ने सम्भावना नहोला भन्न सकिँदैन । अहिलेको व्यस्त जीवनमा कामकाजी दम्पतीले एक–अर्काको सहयोगविना घर सुन्दर बनाउने कल्पना नगरे हुन्छ ।

सीता पाठक दम्पती

२७ वर्ष लामो वैवाहिक जीवन बिताइरहेका मानव अधिकार आयोगका सदस्य सुदीप पाठक तथा सीता पाठकको जीवन पनि निकै व्यस्त छ । छोराहरू हुर्किए पनि पाठक दम्पती मानव अधिकार एवं सौन्दर्यको आ–आफ्नै काममा व्यस्त रहन्छ । कति छाक उनीहरूले एक्ला–एक्लै खानुपर्ने बाध्यता छ । यद्यपि उनीहरू एक–अर्काको काममा कहिल्यै अवरोध सिर्जना गर्दैनन् । घरको प्रायः काम सीताले गरे पनि घरलाई आवश्यक सामग्रीको जोहो र किनमेल सुदीप आफै गर्छन् । कहिले सुदीप कार्यक्रमको सिलसिलामा हप्तौं दिन बाहिर हुन्छन् भने कहिले श्रीमती कामको सिलसिलामा बाहिर । तैपनि उनीहरू कहिल्यै एक–अर्काको काममा बाधक भएनन् । सुदीपका अनुसार यदि एकले अर्काको काममा सहयोग र सम्मान गरिएन भने त्यो दम्पतीको सम्बन्ध भाँचिएको लठ्ठीजस्तै हुन्छ । सीता भन्छिन्–जब श्रीमान्–श्रीमती दुवै जागिर खान थाल्छन् तब उनीहरूबीचको सामीप्यता स्वतः कम हुन्छ । दुवै बिहान उठ्नासाथ हतार–हतार खाना खाएर घर बाहिरिन्छन् । दिनभर आ–आफ्नो काममा व्यस्त हुन्छन् र साँझ घर आउँदा दुवै थकित र टेन्सनमा हुन्छन् । त्यसमा पनि हाम्रो नेपाली समाजमा महिलाले घरभित्रका सम्पूर्ण काम गर्नुपर्छ भन्ने मान्यता छ । त्यसले गर्दा कतिपय महिलामा मैले मात्र किन घरको काम गर्ने, म पनि त बाहिर काम गरेर कमाएर आएकी छु भन्ने भावना आउँछ । अहिले एकल परिवारको अवधारणा वा बाध्यताले स–साना छोराछोरीलाई कहाँ छोड्ने, होस्टेलमा राख्ने वा काम गर्नेहरूको जिम्मामा छोड्ने भन्ने हुन्छ । यसले गर्दा बिस्तारै छोराछोरीसँगको सम्बन्ध पातलिँदै जान्छ । यसरी दुवै कामकाजी हुँदा घरको आम्दानी बढे पनि एक–अर्काका लागि पर्याप्त समय भने हुँदैन । दम्पतीमा धेरैपटक कसैलाई केही कुरा गर्न मन लागेको हुन्छ तर अर्कोलाई हुँदैन । श्रीमान् वा श्रीमतीले फिल्म हेर्ने, सपिङ गर्ने, होटलमा खाना खाने होस् वा कतै घुम्न जाने इच्छा गरे मन नभए पनि उनीहरूको खुसीका लागि तयार हुनुपर्छ । आपसी निर्णय गर्दा सर्त राख्नु हुँदैन । यसले सम्बन्धमा असर गर्न सक्छ । कामकाजी दम्पतीले एक–अर्कासँग त्यति नै अपेक्षा राख्नुपर्छ जुन पूरा गर्न उनीहरूलाई पनि समस्या नहोस् । जागिर खाने दम्पतीहरूले एक–अर्कासँग बिताउन थोरै मात्र समय निकाल्न सक्छन् । त्यसैले कामकाजी दम्पतीहरूले जति समय मिल्छ त्यसलाई हाँसीखुसी बिताउनुपर्छ । ’ कलाकार सरिता डंगोल तथा ट्रेकिङ म्यानेजर सुरेशमान डंगोलले आफ्नो विवाहको २३ औं एनिभर्सरी मनाइसकेका छन् । एकल परिवारमा कामकाजी दम्पती हुँदा कत्तिको कठिन हुन्छ भन्ने अनुभव सरितासँग छ । उनले कलाकारिताका साथमा कलेजमा पढाउनुका साथै आफ्नै आर्ट ग्यालरी खोलेकी छिन् । दुवै जना बिहानदेखि बेलुकासम्म व्यस्त हुने भएकाले आफ्नो काम बाँडफाँड गरेका छन् । बालबच्चा भएपछि अझ कामकाजी दम्पतीमा जिम्मेवारी बढ्ने अनुभव सरिताको छ । समयलाई व्यवस्थापन गरी चल्न जानिएन भने निकै कठिन हुने कुरा बताउँदै सरिता भन्छिन्–श्रीमान्ले मेरो आर्ट क्षेत्रमा आफूले घर–परिवारको जिम्मेवारी लिएर सहयोग पुर्‍याउनुभयो । जतिसुकै व्यस्त दम्पतीमा पनि यदि संवाद र छलफल गर्ने बानी छ भने सम्बन्ध सुमधुर हुने डंगोल दम्पती बताउँछन् । व्यस्तताले समय मिलाउन कठिन भए पनि सरिता बिहान अलि छिटो उठेर घरायसी काम सकाउँछिन् । घरमा छोराछोरीलाई पढाउने, हेर्ने जिम्मा सरिताकै छ तर घर सफा गर्ने, पानी तान्ने, पसल जाने काममा श्रीमान्ले सघाउँछन् । खाना पकाउन पनि श्रीमान्ले सहयोग गर्ने उनले बताइन् । जस्तोसुकै अवस्थामा नआत्तिई काम गर्दा जीवन सहज बन्दै जाने उनीहरूको अनुभव छ । एक हातले ताली बज्दैन, ताली बजाउन त दुवै हात चाहिन्छन्–सरिताका सबै कुरामा सहमत हुन्छन्, सुरेशमान डंगोल । सरिता भन्छिन्–थोरै मात्र मिलेको समय पनि लडाइ, झगडामा बिताइयो भने जीवन निरस हुन्छ । घर र बाहिरको केही जिम्मेवारी आपसमा बाँड्नुपर्छ । श्रीमान्ले पनि घरको केही काममा श्रीमतीलाई सघाउनुपर्छ । त्यसका लागि जुन काम सजिलो हुन्छ त्यो जिम्मेवारी आफ्नो जिम्मामा लिए कुनै एकमा मात्र भार पर्दैन । कामकाजी दम्पतीको व्यस्तता धेरै हुने भए पनि उनीहरूले समय व्यवस्थापन गरेर आफ्नो दाम्पत्य जीवनलाई राम्रोसँग निर्वाह गर्न सक्छन् । यदि दुवैका साथमा एक–अर्काको लागि समय नभए दुवैको कमाइले पनि कुनै फाइदा हुँदैन । त्यसैले उनीहरूले एक–अर्काका लागि समय निकाल्नैपर्छ । यसले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ ।

सरिता डंगोल दम्पती

Page 93
Page 94
Page 95
Page 96
कला

ड्रिम वाक २०३३ मा कलाकार जया

- नारी संवाददाता

रंगसँग रमाउने कलाकारलाई रंगबाट एलर्जी छ, रंगबाट टाढै बस्नू भनेर डाक्टरको सुझाव आउँदा कस्तो अवस्था हुन्छ होला ? यस्तै परिस्थितिसँग जुध्नुपर्‍यो कलाकार जया शर्मालाई । सानैदेखि रंग एवं क्यानभाससँग रमाउँदै हुर्केकी जयाको एउटै सपना थियो आफ्नो नाम अगाडि कलाकारको ट्याग झुन्डाउने । तर जन्मनुअघि आमाको कोखमा आउँदादेखि संघर्ष गर्दै आएका प्राणीहरू जयाको सोचमा विजयी हुन् । तर समयले उनलाई आफ्नो प्यारो वस्तुबाट टाढा राख्दा कस्तो मनोदशा भयो होला केही समय उनी डिप्रेसनको सिकारसमेत बनिन् । उनले त्यतिबेला लगभग ३ दर्जनभन्दा बढी आफ्ना क्यानभासका सिर्जनाहरू च्यातिएर कोठाभरि छरपस्ट पारेकी थिइन् । जुन च्यातिएका चित्रहरू प्रदर्शनीमा समेत राखिएको थियो । पछि उनी आफैले रंगविनाको डिजिटल आर्टलाई आफ्नो दायरा बनाउँदै लगिन् । जहाँ उनी सफल पनि हुँदै गइन् ।
एनले चित्रकार जया शर्माको एकल चित्रकला ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनी गरेकी थिइन् । २०३३ सालमा जन्मिएकी उनी जन्मिएदेखि नै सपनाको यात्रामा अनवरत हिँडिरहेको अनुभव गर्छिन् । त्यसैले पनि उनलाई आफ्नो जन्म मिति सारै प्यारो लाग्छ । प्रदर्शनीमा उनले आफ्ना जीवनका उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन् । चित्रहरूमा उनले जीवनका विभिन्न महत्वपूर्ण क्षणहरूलाई प्राथमिकता दिएकी छन् । प्रदर्शनीमा बिम्बात्मक शैलीका चित्रहरूले विभिन्न कालखण्डलाई उतारेकी छिन् । जन्मदेखि मृत्युसम्म मानिसले जीवनका अनुभव गरेका भोगाइहरू क्यानभासमा उतार्न खोजेकी छिन् ।
जीवनका विभिन्न परिस्थितिलाई समावेश गरेर २७ वटा चित्रकलासहित नौ प्रतिस्थापन कला राखेकी छन् । खराब स्वास्थ्य अवस्थाको चरण, अध्ययन, विवाह, सन्तानको जन्म र पारिवारिक स्थितिलाई आर्ट काउन्सिलका विभिन्न कुनामार्फत प्रस्तुत गरेकी छन् । बाल्यावस्था, युवावस्था, पुनर्जन्म, विवाह र जीवनका आरोह–अवरोहलाई मैले फर्किएर हेर्ने प्रयास गरेकी हुँ,’ उनले भनिन्, ‘यसलाई म कला अभिव्यक्ति भन्न रुचाउँछु । कारण हाम्रो जीवनअघि र मृत्युपछि अन्धकारको अवस्था हुन्छ । म जन्मिनुअघि र जीवनका विभिन्न उतारचढावहरूलाई फर्केर हेर्ने प्रयास गरिरहेकी छु ।’
प्रदर्शनीमा उनले प्रतिस्थापन कलामार्फत बाल्यकालको स्मरण गरेकी छन् । बाल्यकालमा खेलेको बालुवाको थुप्रो, माटोमा आकार–प्रकार बनाउने, पुतली आदि रमाइलो खेललाई उनले आफ्नै शैलीमा सम्झिने प्रयास गरेकी छन् । एसएलसीपछि कलेज पढ्ने समय उनका लागि अन्धकार युग बन्यो । जन्मदै उनको मुटुमा प्वाल थियो । त्यसको असर मुटुमा समस्या देखियो । अप्रेसन गर्नुपर्ने तर सफलै हुन्छ भन्न नसकिने अवस्था । साइबाबाको हस्पिटलमा सफल अप्रेसन गरियो र मृत्युसँग जितिन् । विवाहसँग हिन्दू परम्पराअनुसार महिलाहरूलाई दिइने सौभाग्यवतीप्रति उनले दोधार अनुभव व्यक्त गरेकी छिन् । त्यतिबेलाको समयलाई कन्फ्युज टाइटल दिएकी छिन् । रंगबाट मेकअप किड्ससम्मको सम्बन्धलाई कलामार्फत प्रस्तुत गरेकी छिन् । फोक्सोमा पानी जमेपछि डाक्टरले रंगबाट टाढा बस्नुपर्ने बताएपछि उनको कला जीवनमा नयाँ मोड आयो । उनी विगत ११ वर्षदेखि डिजिटल कलाका केन्द्रित थिइन् ।
जस्तोसुकै परिस्थितिमा पनि हिम्मत गरेर अघि बढ्ने हो भने सफलता सम्भव छ भन्ने उनी उदाहरण पात्र पनि हुन् । यसअघि पनि जयाको एकल प्रदर्शनी सम्पन्न भइसकेको छ । जया नेपालमा डिजिटल पेन्टिङको सुरुवातताकाकै कलाकार हुन् । ४३ वर्षमा आफू र आफ्नो कामलाई फर्केर हेरेपछि मलाई लाग्दैछ कि म अब बल्ल कलाकार बन्ने पथमा यात्रा आरम्भ गर्दैछु ।
उनी अहिले डिजिटलसँगै वाटर कलरमा पनि आर्ट गर्छिन् तर निकै सचेत भएर । उनी पहिले आर्ट गर्दा रंग भएको ब्रस मुखमा हाल्ने, पानी भनेर रंग पिउने आदि बानीलई भने पूरै बाइबाइ गरिसकेकी छिन् । जयाका आर्टहरूले भनेजस्तै हामी जितेर जन्मेका हामी, जस्तो परिस्थिति र अवस्थामा पनि आफ्नो कामप्रति बफादार भने हुनैपर्छ । उनका चित्रहरू हेर्दै जाँदा जयाको जन्मदेखिको जीवनलाई नियाल्न सक्छौं, यही नै एक सफल कलाकारको सफलता पनि हो ।

Page 97
Page 98
Page 99
Page 100
गन्तव्य

सम्झनामा डोल्पा, रोल्पा र सिन्धुपाल्चोक

- अञ्जु ढुंगाना

दुई दशकअघिको डोल्पाको अहिले पनि सम्झना आउँछ । सशस्त्र द्वन्द्वका क्रममा डोल्पा सदरमुकाम दुनैमा भर्खरै आक्रमण भएको थियो । डोल्पा, नाम सुन्नेबित्तिकै जोकोही त्रसित हुन्थे । त्यति नै बेला डोल्पामा पुगेर महिला तथा बालबालिका कार्यालय स्थापना गर्ने सौभाग्य मैले पाएकी थिएँ ।
स्याङ्जाकी मान्छे म । जीवनमा भैरहवाबाट पश्चिमतर्फ कहिल्यै जानु परेको थिएन । जागिरे जिन्दगीले डोल्पा पुर्‍यायो । काखको दुधे छोरोलाई आमाको जिम्मा लगाएँ । मन भारी भयो । झोलीतुम्बा बोकी स्याङ्जाबाट बस चढेर नेपालगञ्ज पुगें । १० दिन कुरेपछि नेपालगञ्जबाट डोल्पाको जुफाल पुगें । करिब ३ घन्टाको पैदलयात्रापछि मात्र दुनै पुगें ।
डोल्पाका महिलाको स्वास्थ्य, सामाजिक अवस्था सरदर नेपालीको भन्दा अत्यन्त कमजोर थियो । त्यतिबेला महिला तथा बालबालिका कार्यालय स्थापना गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो । डोल्पा जानुअघि जति पीडा र निराशा थिए, सबै शक्तिमा बदलिए । किनभने म त्यस्तो समुदायका महिला र बालबालिकाको सेवा गर्न पुगेकी थिएँ ।
डोल्पाको सदरमुकाम दुनैमा स–साना होटल थिए । द्वन्द्व उस्तै थियो । मैले खाना खाने होटलकी साहुनीले सधैं दुनै आक्रमणको घटना दोहोर्‍याइरहन्थिन् । ‘फेरि त्यस्तै आक्रमण हुन्छ,’ आत्तिँदै भन्थिन् ।
ठूली भेरीको नीलो सफा कञ्चन पानी । सुस्केरा हाल्दै एकनासले बगिरहने । दुनै बजारको शोभा भन्नु नै ठूली भेरी थियो ।
दुनै बजारका केही होटलमा सधै चहलपहल हुन्थ्यो । त्यहाँका मानिसले अपर डोल्पा तथा अन्य हिमाली भेगमा गई यार्चा, जडीबुटी संकलन गर्ने र नेपालगंज लगेर बिक्री गर्थे । त्यति बेलै हो मैले यार्चागुम्बा सुनेको र देखेको पनि । २४ वर्षको सरकारी जागिरका क्रममा म्याग्दी, स्याङ्जा, डोल्पा, सिन्धुली, सिरहा, रोल्पा, बाँके, सिन्धुपाल्चोक, रसुवा तथा बारा जिल्ला पनि पुगें ।
०६२ साउनमा रोल्पा पुगेकी थिएँ । सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पाको लिवाङ बजारलाई काँडेतारले घेरिएको थियो । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र प्रवेश गर्न पाइन्थ्यो । त्यो पनि प्रमाण खुल्ने परिचयपत्र देखाएर ।
रोल्पाका तत्कालीन जिल्ला विकास समिति सभापति अमृत घर्ती मगरसँग बिहान ५ बजे नेपालगञ्जबाट बस यात्रा सुरु भयो । भालुवाङ हुँदै बस अगाडि बढ्यो । दिउँसो चार बजे खुंग्री कटेर बस शूलीचौरको उकालो लाग्यो । कच्ची र अप्ठ्यारो बाटो साह्रै अत्यासलाग्दो थियो ।

कति बेला लिवाङ पुगिन्छ ? भनी सभापतिसँग पटक–पटक सोधिरहें । किनभने लिवाङमा लगाइएको तारबारको गेटभित्र ७ बजेभित्रै छिर्नुपर्थ्यो । नत्र बसभित्रै रात कटाउनुपर्ने थियो । जुन निकै जोखिमपूर्ण थियो ।
अन्ततः उकालो, ओरालो, घुम्ती पार गराउँदै बस चालकले ७ बज्न ५ मिनेटअगावै लिवाङ पुर्‍याए । मन हलुका भयो । चालकसँग नतमस्तक भएँ । लाइन लागेर गेटमा बसेका सुरक्षाकर्मीलाई परिचयपत्र देखाएर भित्र प्रवेश गरें । रोल्पा सदरमुकाम लिवाङमा वरिपरि गाउँका महिलाहरू दाउरा बेच्न आउँथे । दाउराको भारी लिएर आउने महिलाले पटुकाको फेरोमा लिएर आएको नागरिकता गेटमा बसेका सुरक्षाकर्मीलाई देखाएपछि मात्र प्रवेश गर्न पाउँथे ।
विकट गाउँहरू, होलेरी, मसिना, राङ्सी, जेल्वाङ, जिनावाङ, थवाङ, तालावाङ, चुनवाङ, खुंग्री, उवा, गाम, कोटगाउँ, जंकोट, गजुल आदि धेरैजसो गाउँमै पुगेर महिलाहरूको जनजीवनसँग संगत गर्ने मौका पाएँ । द्वन्द्वले गर्दा पुरुषहरू गाउँमा भेटिँदैनथे । धेरै राज्य पक्ष र विद्रोही पक्षमा सामेल थिए भने कतिपय वैदेशिक रोजागरीमा गएका थिए । घरधन्दा एवं खेतीपातीको सबै जिम्मेवारी महिलाहरूमा थियो । मैले रोल्पा पुगेरै पहिलो पल्ट महिलाले हलो जोतेको देखेकी हुँ । पहिला रोल्पामा पनि महिलाले हलो जोत्न, घरको धुरी छाउन र मलामी जान नमिल्ने चलन रहेछ । तर द्वन्द्वले गर्दा त्यो अवस्था रहेन । द्वन्द्वले गर्दा महिलाहरू चौतर्फी जिम्मेवारी र दबाबमा थिए ।
म महिला सशक्तीकरणको तालिम दिँदै गाउँ–गाउँ पुग्थें । जनजाति समुदायको बाक्लै बसोबास थियो । सदरमुकाम लिवाङ तालिममा आउँदा महिलाहरूले केटाकेटीलाई डबका भरी जाँड खुवाई झोलुंगामा सुताएर आउँथे । किन जाँड खुवाएको भन्दा उनीहरू भन्थे, ‘घरमा छोराछोरी हेरिदिने कोही छैनन्, जाँड खुवाएर सुताएपछि फर्केर घर पुग्दासम्म बच्चा निदाएकै हुन्छन् ।’
म रोल्पा हुँदा नै देश शान्ति प्रक्रियामा गैसकेको थियो । जलजला महोत्सवमा जाने क्रममा वर्तमान उप–राष्ट्रपति नन्दकिशोर पुन पनि पुग्नुभएको थियो । जिल्लामा कार्यालय प्रमुखसँगको भेटघाटमा ठट्टा गर्दै भन्नुभयो, ‘महँगो टेलिफोन टावर स्टेशन नजलाएको भए दुःख हुँदैनथ्यो’ मैले सुलभ ढंगले उहाँको अनुहारमा हेरिरहें । केही समयअघि द्वन्द्वकै क्रममा लिवाङको टेलिफोन टावर माथि विस्फोट गराइएको थियो । उक्त क्षतिले फोन सम्पर्कमा समेत समस्या भैरहन्थ्यो ।



सिन्धुपाल्चोकमा २०६६ माघदेखि चार वर्ष पाँच महिनासम्म बसें । राजधानी काठमाडौंको सीमामा पर्ने भए पनि सिन्धुपाल्चोकको दुःख डोल्पाभन्दा कम थिएन । जुरे पहिरोको समयमा कोशी नदी २४ घन्टा थुनिएको थियो । सहायताको पर्खाइमा रहेका प्रभावित बालबालिका तथा गर्भवती, सुत्केरी महिलाको अनुगमन गर्न ४ घन्टाको जोखिमपूर्ण पैदलयात्रा गर्दै पुगें । खोलो तर्न एउटा काठ तेर्साइएको थियो । म ज्यानलाई मृत्युको दाउमा राखेर ठाडो खहरे खोलो तरें । एउटा काठ तेर्साइएको विषयमा जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिलाई जानकारी गराएँ । समितिले भोलिपल्टै ४५ हजारमा काठको फलेको राखेको सुरक्षित साँघु निर्माण गरिदियो ।


स्थानीय धुस्कुन गाउँमा सुत्केरी भएका दुई महिलालाई नेपाली सेनाको वाटर बोटमार्फत उद्धार गरी प्राथमिक स्वास्थ्य चौकी बाह्रबीसे पुर्‍याउने व्यवस्था मिलाएँ । जुरे पहिरोबाट अभिभावक गुमाएका ४ बालकलाई उद्धार गरी केन्द्रीय बालकल्याण समिति पुल्चोक लगेर जिम्मा लगाएँ । आफन्त गुमाएका ६ जना ज्येष्ठ नागरिकलाई पशुपति वृद्धाश्रममा पुर्‍याएँ ।
आज म काठमाडौंमा बसेर काम गरिरहेकी छु । निःशुल्क हवाई उद्धार गरी दुर्गममा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार कार्यक्रमको नेतृत्व गरिरहेकी छु । अन्तिम अवस्थामा सुत्केरी उद्धार गर्नुपर्ने सूचना आउँछ । आफूले विभिन्न जिल्लामा पुगेर काम गर्दा देखेको, स्थानीय जनजीवन र महिलाहरूले भोगेको पीडा सम्झना आउँछ । खराब मौसमका कारण सुत्केरीको उद्धार गर्न निकै दुःख हुन्छ । रात न दिन दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको उद्धार नभएसम्म मनको छटपटी शान्त हुँदैन । २०७५ पुस ६ गतेदेखि ०७६ असोज २७ सम्म ५० जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको उद्धार गरिएको छ ।

(ढुंगाना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति उत्थान कार्यक्रममा प्रमुख महिला विकास अधिकृत हुन् ।)

Page 101
Page 102
Page 103
Page 104
विचार

पुस्ता समानताः आजको आवश्यकता

- नारी संवाददाता

यमुना घले , कृषि, खाद्य सुरक्षा तथा लैंगिक विश्लेषक

पुस्ता समानताका लागि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्ष बीचको तारतम्य मिल्नु जरुरी छ,जसले गर्दा सबैले आफ्नै जीवनमा विभेदरहित र सकारात्मक परिवर्तनको महसुस गर्न सकुन् । यस परिप्रेक्ष्यमा नेपाल सरकारले पनि सन् २०२० को अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नारा तय गर्‍यो । इतिहासमै अहिले युवाको अधिकतम संख्या भएको अवस्थामा छ नेपालमा । नेपालको राष्ट्रिय युवा नीतिका अनुसार हाल १६ देखि २५ वर्ष उमेर समूहका २० दशमलव ८ प्रतिशत र १६ देखि ४० वर्षका ४० दशमलव ६८ प्रतिशत जनसंख्या रहेका छन् । त्यसैले अहिले नेपाललाई युवाहरूको देश पनि भनिन्छ । यो ऊर्जाशील शक्तिलाई सकारात्मक कार्यमा परिचालन गर्न सके पुस्ता समानता ल्याउनमा सहयोगीसिद्ध हुन सक्छ । युवाहरूबीचमा वर्गीय, लैंगिक, जातीय, भेगीय अथवा धार्मिक कारण देखाएर गरिने विभेदहरूले युवाहरूबीच नै असमानता र मनमुटाव आउन सक्ने र हिंसासमेत हुन सक्ने हुँदा पारिवारिक चालचलन र औपचारिक शिक्षामा समानता र स्वीकार्यताका बारेमा व्यावहारिक ज्ञान, सोच र शैलीको विकास गर्नु जरुरी देखिन्छ ।
आफूमा भएको क्षमता प्रस्फुटन गर्ने अवसर र सही मञ्च दिलाएर युवाहरूको नेतृत्व क्षमता, सृजनशीलता र जाँगर उपयोग गर्नका लागि उनीहरूलाई अग्रजहरूसँगको सहकार्यमा राखेर मार्गनिर्देश गर्नु जरुरी देखिन्छ । यसले उनीहरूमा आत्मबल बढाउनुका साथै काममा पनि अपेक्षित नतिजा निकाल्न सक्ने देखिन्छ ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि पुरातन र पितृसत्तात्मक सोच भएका व्यक्तिहरूका कारण नीतिगत रूपमा स्थापित अधिकारहरूलाई पनि युवाहरू र विशेषतः महिलाहरूले यथोचित उपयोग गर्न सकेका छैनन् । युवा तथा महिलाहरूले महसुस गर्नेमध्ये अर्को अप्ठ्यारो विषय आर्थिक पाटो हो । किनकि उनीहरूले आर्थिक स्रोतमाथिको पहुँच स्थापित गर्ने प्रक्रियामा अनेकन प्रशासनिक झन्झट बेहोरिरहेका छन् । नीतिगत सुधारहरू प्रशस्तै भए तापनि अधिकांश अवस्थामा कार्यान्वयन पक्ष फितलो भएका कारण युवाहरूमा छिट्टै नैराश्यता आउन सक्ने देखिन्छ । उदाहरणका लागि युवाहरूले मूलधारभन्दा फरक विधामा पेसा व्यवसाय गर्न संस्था दर्ता गर्न जाँदा निरुत्साहित गर्ने खालका असान्दर्भिक प्रश्नहरू गर्ने, महिला उद्यमीहरूलाई पुरुष सुरक्षण तथा जमानी खोज्ने, कार्यक्रमहरूमा युवा महिलाहरूलाई कम स्थान दिनेजस्ता समस्याहरू व्याप्त छन् । उदाहरणका लागि खाद्य तथा कृषि संगठन, २०१९ को अध्ययन–प्रतिवेदनका अनुसार जिल्लास्तरमा सञ्चालित विभिन्न कृषि कार्यक्रममा महिलाहरूको सहभागिता ४२ देखि ४९ प्रतिशतसम्म रहेको भए तापनि युवालक्षित कार्यक्रममा भने ३४ दशमलव ६ प्रतिशत मात्र रहेको देखाएको छ । यसैगरी विभिन्न वैदेशिक सहायताबाट सञ्चालित परियोजनाहरूमा महिलाको सहभागिता ३० देखि ५८ प्रतिशतसम्म भए पनि दीर्घकालीन असर पर्ने जस्तै जलवायु परिवर्तन र उत्थानशीलतासम्बन्धी कार्यक्रममा भने १३ दशमलव ४ प्रतिशत मात्र सहभागिता भएको पाइन्छ । कृषि मन्त्रालयको प्रत्यक्ष बजेट लगानी २०१२–२०१३ मा ७६ दशमलव ४ प्रतिशत भएकोमा २०१६–१७ मा २४ दशमलव ३ प्रतिशतमा झरेको देखिन्छ । यी र यस्ता पक्षको सही अनुगमन, मूल्यांकन र सम्बोधन गरिनुपर्ने देखिन्छ ।
युवाहरूको पक्षमा छलफल गरिरहँदा महिलाहरूको अवस्थाका बारेमा विशेष ध्यान दिनु जरुरी छ । महिलाहरू धेरैजसो अनौपचारिक क्षेत्रमा संलग्न हुने, पारिश्रमिक कम पाउने, माथिल्लो स्तरको जिम्मेवारीको अवसर नपाइने, घर र समाजप्रतिको सेवामूलक कार्यको जिम्मेवारीले गर्दा उनीहरूको आफूले चाहेको पेसा–व्यवसाय रोज्ने अधिकारबाट वञ्चित हुनुका साथै नेतृत्व विकासमा प्रशस्तै चुनौती भोगिरहेका छन् । यसलाई ‘मातृत्वको सजाय’ का रूपमा संस्थागत हुन नदिने व्यवस्था गर्न जरुरी छ, जसले गर्दा युवापुस्तामा सामाजिक जिम्मेवारीप्रति नै वितृष्णा नजागोस् । विश्व जनसंख्या प्रक्षेपणले नेपालको जनसंख्या सन् २०१९ मा ४५ दशमलव ६० प्रतिशत पुरुष र ५४ दशमलव ४० प्रतिशत महिला भएकोमा सन् २०२० मा यो अनुपात ४५ दशमलव ८१ र ५४ दशमलव १९ हुने देखाएको छ । यस्तो अवस्थामा लैंगिक समानताका दृष्टिकोणले महिलामैत्री व्यवस्थाका लागि थप पहल गर्नु जरुरी देखिन्छ ।

Page 105
Page 106
नारी दिवस

महिला कसरी अघि बढ्ने?

सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस
- लक्ष्मी भण्डारी

‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ नेपालमा पनि यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । मार्च ८ मा रूसबाट एक समूहले ‘महिलाको विजय’ घोषणा गर्दै नारी दिवस मनाउन सुरु गरेका थिए । क्रमशः युरोपियनलगायत अमेरिकन मुलुकमा पनि यो दिवस मनाउन थालियो । त्यतिबेलादेखि नै महिला अधिकार, समानता, सशक्तीकरण र समान शिक्षालगायत थुप्रै महिलाका मुद्दामाथि आवाज बुलन्द गर्दै विश्वव्यापी रूपमा नारी दिवस मनाउन थालिएको हो । १ सय १० औं नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकले ‘कसरी अगाडि बढ्ने ?’ भन्ने अभियानअन्तर्गत आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका अब्बल महिलाको आवाज समेट्ने प्रयास गरेको छ, जुन नारी मासिकको डिजिटल भर्सनमा हेर्न र सुन्न सकिन्छ । प्रस्तुत छ, ‘कसरी अघि बढ्न सकिन्छ’ अभियानअन्तर्गत केही अब्बल महिलाले प्रस्तुत गरेका विचारको सम्पादित अंश :

शशिकला दहाल, राष्ट्रिय सभा उपाध्यक्ष
धेरै पहिलादेखि नै नेपालमा महिला अधिकार, सशक्तीकरण र सहभागिताका लागि आवाज उठिरहेकै हो । २००७ सालको क्रान्ति, तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्व, २०४६ र २०६२/६३ को जनआन्दोलनलगायत हरेक राजनीतिक आन्दोलनमा महिला अधिकारका विषयमा कुरा उठे । संविधानसभामार्फत संविधान निर्माण गर्ने बेला पनि महिलाका मुद्दाले प्राथमिकता पाएकै हुन् । परिणामतः संविधानले नै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, जुन आजसम्मका हरआन्दोलनको उपलब्धि हो । अहिले प्रदेश र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता छ, जुन सकारात्मक पक्ष हो । तर यसमै चित्त बुझाएर बस्ने स्थिति छैन । पूर्णसमानता र अधिकारका लागि संघर्ष जारी छ ।

प्रमदा शाह, अधिकारकर्मी
पहिलाभन्दा महिला अधिकारका क्षेत्रमा काम गर्न अहिले सजिलो छ । तर, समस्या नै नभएको चाहिँ होइन । संविधानले नै महिलालाई ससम्मान स्थान दिनु सकारात्मक पक्ष हो । अहिले विश्वभर नै महिलाको यौन अधिकारका विषयमा बहस भइरहेको छ, जुन बहस नेपालमा पनि जारी छ । नेपालमा चाहिँ यौन अधिकारसँगै अरू थुप्रै विषयमा बहस आवश्यक छ । यसप्रति महिला नै बढी सचेत र जागरुक हुन आवश्यक छ । नेपाली महिलाले चेतनाको स्तर बढाउनुपर्छ । त्यसका लागि आफैंले बढी पहल गर्नुपर्ने स्थिति छ ।

डा. तुमला शाह, चिकित्सक
एउटी महिला शिक्षित, सशक्त, व्यावसायिक र सम्मानित हुनका लागि स्वास्थ्य पहिलो कुरा हो । यसर्थ सम्पूर्ण पहिला स्वस्थ हुनुपर्छ । अधिकार मात्रै पाएर हुँदैन, अधिकारको प्रयोग गर्न पनि सक्ने हुनुपर्छ । त्यसैले महिलामा स्वास्थ्य चेतनासँगै अधिकारबारे चेतना र जागरणको खाँचो छ ।

संगीना वैद्य, खेलाडी
खेलाडीले स्पर्धा जित्नका लागि खेल्छन् । तर, हरेक महिलाले खेल खेल्न जरुरी छ । शारीरिक तथा मानसिक स्वास्थ्य र सुरक्षाका लागि खेल महत्वपूर्ण कुरा हो । अहिले म मध्यरातमा घर पुगें भने पनि अभिभावक चिन्तित हुँदैनन् । किनकि म सुरक्षित हुन सक्छु भन्नेमा अभिभावक विश्वस्त छन् । परिश्रम, दृढता, जागरण र चेतनाले नै जो–कोहीलाई सशक्त बनाउने हो । यसप्रति आममहिला सचेत हुनु आवश्यक छ ।

आस्था विन्दु मल्ल, वातावरणविद्
पुरुषको तुलनामा महिलाले वातावरण संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । कृषि र उत्पादनसँग प्रत्यक्ष संलग्नता हुने भएकाले वातावरणका क्षेत्रमा महिलाको प्रभाव बढी हुने सत्यलाई विश्वमा भएका विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । यसर्थ आफूले पुर्‍याएको योगदानबारे महिला आफैंले बुझ्नुपर्छ । त्यसले आफूलाई गर्वानुभूत गराउँछ ।

मेलिना राई, गायिका
संगीतले मानिसको जीवनमा ‘एन्टिबायोटिक्स’को काम गर्छ । दिक्क लाग्दा, दुःखी हुँदा या खुसी हुँदा पनि मानिसले संगीतलाई नै साथी बनाउँछन् । संगीतको महासागरमा महिलाको सहभागिता उल्लेख्य छ । नेपाली संगीतमा महिलाले पुर्‍याएको भूमिका महत्त्वपूर्ण छ । दृढ संकल्पका साथ संगीत क्षेत्रमा लाग्ने महिलाको सफलता निश्चित छ । आफैंलाई कमजोर ठानेर कोही पनि महिला पछि हट्नु हुँदैन ।

रेखा थापा, नायिका
आफ्नो अस्तित्व, पहिचान बोकेर सम्मानका साथ बाँच्न पाउनु प्रत्येक महिलाको अधिकार हो । अब हामी ‘पुरुषले मान्छे मानिदिए हुन्थ्यो’ भनेर भीख माग्ने होइन, आफैं मान्छे भएर बाँच्ने हो । नेपालमा महिलालाई अघि बढाउन चलचित्र क्षेत्रको ठूलो भूमिका छ । चलचित्रको माध्यमबाट आममहिलामा चेतना भर्दै जागरण ल्याउन सक्छौं । चलचित्रलाई सेलिब्रेटी हुने माध्यम मात्रै होइन, समाज रूपान्तरण गर्ने साधनका रूपमा प्रयोग गर्नुपर्छ । यसका लागि चलचित्र क्षेत्रमा आबद्ध महिलाले बढी भूमिका निर्वाह गर्नुपर्छ ।

Page 107
Page 108
मनोरञ्जन

म्युजिक भिडियोमा जम्दै नायिका

कुनै समय भिडियोभन्दा अडियो क्यासेटको माग अत्यधिक थियो । त्यतिबेला ५–६ वटा गीत रेकर्ड
गराई एउटा एल्बम निकालिन्थ्यो र त्यसैबाट गायक–गायिकाको कमाइ हुन्थ्यो । अहिले जमानाले कोल्टो फेरिसकेको छ । प्रविधिको विकाससँगै अडियो र सिडीको जमाना ‘एकादेशको कथा’ भइसकेको छ । अहिले हरेकसँग क्यामेरायुक्त मोबाइल छ । त्यसैमा भिडियोसमेत हेर्न पाइन्छ । टिभी, युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक आदिले भिडियोको प्रयोगलाई ह्वात्तै बढाइदिएका छन् । अहिले ‘गीत कति हिट छ ?’ भन्ने कुरा युट्युबको ट्रेन्डिङबाट अनुमान लगाउन सकिन्छ । त्यसैले अहिले गीत गाएर मात्र पुग्दैन, त्यसलाई चर्चित बनाउन म्युजिक भिडियो नबनाई सुख छैन । भिडियोमा पनि चलचित्रमा चलेका कलाकारलाई नै लिने चलन छ । कलाकारको पनि म्युजिक भिडियोबाटै राम्रो कमाइ भइरहेको छ ।
अधिकांश म्युजिक भिडियो एकै दिनमा तयार हुन्छ । कुनै–कुनै भिडियोलाई भने दुई वा तीन दिन पनि लाग्न सक्छ । तर, बजेटका कारण भिडियो मेकरहरू सकेसम्म एक दिनमै भिडियो तयार पार्छन् । एक दिनमै तयार हुने म्युजिक भिडियोमा मोडलिङ गरेबापत नाम चलेका कलाकारले कम्तीमा ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । नयाँ मोडलहरूले १० देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । अहिले प्रियंका कार्की, स्वस्तिमा खड्का, पल शाह, आँचल शर्मा, वर्षा राउत, एलिसा राईलगायतको पारिश्रमिक महँगो रहेको छ । म्युजिक भिडियोमा काम गर्ने कलाकारले लिने पैसा भिडियोको अरु मेकिङको खर्चभन्दा बढी हुन्छ । म्युजिक भिडियो निर्देशक संगीता श्रेष्ठ, ‘मेकिङको खर्चभन्दा पनि धेरै पैसा कलाकारहरूलाई दिनुपर्छ । कलाकारको पारिश्रमिक बढी हुँदा मेकिङमा असर परिरहेको छ ।’ कोही–कोही त आफैंले पैसा हालेर पनि भिडियो खेल्छन् ।
अभिनेतृ प्रियंका कार्कीलाई ‘कतिवटा म्युजिक भिडियोमा अभिनय गरें’ भन्ने नै थाहा छैन । चलचित्रमा आउनु अघि म्युजिक भिडियोमा जमेकी प्रियंका अहिले पनि चलचित्रसँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन् । अहिलेको समय चलचित्रभन्दा पनि युट्युबका कारण भ्युजिक भिडियो नै बढी चल्न थालेको उनले बताइन् । प्रोडुसरले खर्च र मेहनत गर्नुका साथै राम्रो रिजल्टका लागि राम्रा कलाकार खोजी गर्न थालेको कार्कीको अनुभव छ । अहिले ‘गीतलाई युट्युबको ट्रेन्डिङमा पार्नुपर्छ’ भन्ने सोचले गीतको म्युजिक भिडियो बनाउन प्रशस्त मेहनत गरिएको पाइन्छ । प्रियंकाले केही समयअघि लोकदोहोरी ‘बुट्टे रुमाल’मा अभिनय गरेकी थिइन् ।


स्वस्तिमा खड्का पनि म्युजिक भिडियोमा चलेकी नायिका हुन् । नाच फिरिरीमा उनले आफ्ना श्रीमान् निश्चल बस्नेतसँग अभिनय गरेकी छिन् । उक्त गीतको युट्युब भ्युज ४ करोड नाघि सकेको छ । ६ वटा चलचित्रमा अभिनय गरेकी स्वस्तिमाको म्युजिक भिडियोको संख्या दर्जनौं छ । उनको चलचित्र ‘२ रुपैंयाँ’को ‘कुटुमा कुटु’ गीतको भिडियो पनि डिट भयो । यहीं भिडियोले गर्दा पनि उनलाई अहिले धेरै म्युजिक भिडियोबाट अफर आइरहेको छ । तर, नायिका बनेपछि खड्का खासै भिडियोमा सक्रिय छैनन् । मोडलिङ हुँदै फिल्ममा आएकी स्वस्तिमालाई म्युजिक भिडियोबाट अफर नै नआउने त होइन तर छनोट गरेर मात्र अभिनय गर्ने गर्छिन् । स्वस्तिमा आफू म्युजिक भिडियोमा त्यति सक्रिय नहुनुको कारण खुलाउँदै भन्छिन्, ‘म्युजिक भिडियोमा पनि राम्रो भविष्य छ तर मैले अहिले फिल्मी करिअरलाई नै जोड दिएकी छु ।’ स्वस्तिमाले अहिले पनि दिनहुँ जसो म्युजिक भिडियोबाट अफर आउने बताइन् । साथै उनले म्युजिक भिडियोको तुलनामा फिल्मबाट कम अफर आउने र यो स्वाभाविक भएको पनि धारणाा राखिन् । ‘अहिले फिल्म र म्युजिक भिडियोको पोस्टर उस्तै हुने हुँदा स्वस्तिमा फिल्म प्रदर्शनका बेला म्युजिक भिडियोमा अभिनय गर्दिनन् । म्युजिक भिडियोबाट कलाकारलाई राम्रै आम्दानी हुने स्विकार्दै उनले भनिन्, एक, दुई दिनमै राम्रो आम्दानी हुन्छ ।’


‘सालको पातको टपरी हुनी’ गीत तथा त्यसको म्युजिक भिडियो निकै रुचाइयो । लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा तथा विष्णु माझीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा नायिका मरिस्का पोखरेलले अभिनय गरेकी छिन् । चलचित्रबाट त्यति चर्चा नपाएकी मरिस्का यही गीतको भिडियोबाट एकाएक हिट भइन् । मरिष्का पनि यो कुरालाई स्वीकार गर्छिन् । ‘मलाई चलचित्रबाट १० जनाले चिन्नुभएको थियो होला, यस गीतबाट १० हजारले चिन्नुभएको छ’ उनले भनिन् । अहिले जता पुग्दा पनि ‘सालको पात’की मोडल भनेर दर्शकले चिन्ने गरेको मरिष्का बताउँछिन् । अहिले मरिस्कालाई सातामा १० भन्दा बढी लोकगीतको म्युजिक भिडियोका लागि अफर आइरहेका छन् । अहिलेसम्म उनले ४ वटा लोकगीतको म्युजिक भिडियोमा अभिनय गरिन् । मरिष्काको यो सफलतापछि धेरै नायिकाहरू यसतर्फ आकर्षित भएका छन् । प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, सुरक्षा पन्त, शिल्पा पोखरेललगायतले लोकगीतमा अभिनय गरिसकेका छन् ।


म्युजिक भिडियोमा खुबै चलेकी अर्की अभिनेतृ हुन्–आँचल शर्मा । आधादर्जन चलचित्रमा अभिनय गरेकी आँचलका म्युजिक भिडियो भने तीन दर्जनभन्दा बढी छन् । शर्माका अनुसार म्युजिक भिडियो एकदिनको काम हो भने चलचित्र महिनौं दिनको । म्युजिक भिडियोमा छिट्टै रिजल्ट आइहाल्ने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा फुर्सद र राम्रो भिडियोको अफर आउँदा उनी नाइँ भन्दिनन् । आँचल भन्छिन्–‘युट्युबमा राम्रो भ्युज देख्दा खुसी लाग्छ ।’

Page 109
Page 110
Page 111
Page 112
टुक्राटाक्री

माम्पी घोष ‘पवनकली’सँग विगत, वर्तमान

- नारी संवाददाता

बाल्यकाल कसरी बित्यो ?
आमा इन्डियन, बुवा झापामा जन्मिएका तर हजुरबुवा बंगलादेशबाट नेपालका आएका हुन् । हामी बस्ने बस्तीमा बाहुन, क्षेत्री, बंगालीदेखि राजवंशी थिए । म केटाहरूसँग भलिबल खेलेरै हुर्कें ।

पहिलो पटक काठमाडौं आउँदाको सम्झना कत्तिको छ ?
आठ कक्षा पढ्दा स्काउटमा भाग लिन काठमाडौं आएकी थिएँ । म त यहाँ हुनुपर्ने मान्छे जस्तो लाग्यो । साइकल कुँदाएर हुर्केको मान्छे ट्याक्सी, टेम्पो, साझा बस देख्दा अचम्ममा परेकी थिएँ ।

त्यतिबेला तपाईंहरूको समुदायमा छिटै विवाह गर्ने चलन पनि थियो, होइन र ?
हो नि । आठ कक्षापछि नै केटाहरू हेर्न आउन थालेका थिए । त्यतिबेला फिल्मी स्टाइलमा चियाको ट्रे बोकेर काम्दै आउँथे । तर मलाई सबैले रिजेक्ट गरे ।

रिजेक्ट गरिनुको कारण चाहिँ के हुन्थ्यो ?
हरेकले घरमा काम गर्न आउँछ भनेर सोध्थे । मैले जवाफमा बुहारी भित्र्याउन ल्याएको कि काम गर्ने मान्छे भनेर प्रतिप्रश्न गर्थें । त्यसैले कति बोल्ने, छुच्ची केटी रहिछ भनेर रिजेक्ट गरिदिन्थे ।

काठमाडौं छिरेपछि कसरी मिडियातिर आकर्षित हुनुभयो ?
कलेज भर्ना भएपछि एफएम धेरै सुन्न थालें । आफू पनि बोल्न मन पर्ने भएर हिट्स एफ एममा आरजेका रूपमा काम गर्न थालें । पछि नेपाल टेलिभिजनमा ‘तिम्रो सुर मेरो गीत’ कार्यक्रम चलाउन थालें । हुन त बैंकर बन्ने सपना थियो । त्यसैले कमर्स पढेकी हुँ । त्यतिबेला मिडिया करियर रहर थियो ।


तेस्रो पवनकलीका रूपमा कसरी छानिनुभयो ?
म समाचार वाचनका लागि कान्तिपुर टेलिभिजन गएकी थिएँ । तर समाचार भन्न पत्रकार हुनुपर्ने भएर पवनकलीमा फिट हुन्छ भनेर डमीका रूपमा अडिसन दिएपछि पवकलीका रूपमा काम गर्न थालेकी हुँ ।

तपाईंको जीवनको टर्निङ प्वाइन्टका रूपमा पवनकलीलाई मान्नुहुन्छ ?
पक्कै पनि जीवनको टर्निङ प्वाइन्ट नै हो । साढे ३ वर्ष एकैसेटमा पवनकलीका रूपमा काम गरें । जतिबेला भर्खरै गणतन्त्र आएको थियो । माओवादीलाई ठाडो प्रश्न सोध्ने ममात्र थिएँ ।

विशेष कुराकानी सम्झनुपर्दा ?
हिसिला यमी, वर्षमान पुन, पम्फा भुसाल, कृष्णप्रसाद सिटौला र माधव नेपालसँग गरेको कुराकानी सम्झन लायक छ ।

यतिका धेरै दर्शकको माया बटुलेर पनि अमेरिका जानुको कारण चाहिँ के होला ?
मान्छेहरूले चिने तर पैसा कमाउन सकिन । १० रुपैंयाँको धनियाँलाई ८ रुपैंयाँमा घटाउनमै व्यस्त रहें ।त्यो ब्यालेन्स मिलाउन कठिन भयो । त्यसैले अमेरिका लागें । जहाँ मैले २ वर्ष प्यारालिगल सर्टिफिकेट लिएर लिगल डाइरेक्टरका रूपमा काम गर्दैछु । भर्खरै उतै बसोबास गर्ने नेपाली नागरिकसँग विवाह पनि गरें ।

विवाहपछि अमेरिका नउडी यतै बस्नुभयो नि ?
विवाहका लागि नेपाल आउँदा नेपाल आइडियलका लागि अफर आयो । विवाह गरेका श्रीमान्सँग त जिन्दगीभर बस्न पाइन्छ तर यस्तो मौका आइरहन्न भनेरै विवाहपछि श्रीमान्लाई अमेरिका पठाएर म यतै बसें । यसलाई म दर्शकप्रतिको माया भन्न रुचाउँछु ।

टुक्राटाक्री

गायनमा सराना

- नारी संवाददाता

छ वर्षकै उमेरमा कमर्सियल गीत गाएकी सरानाले मह संचारका लागि थुप्रै गीत गाइन् । उनले रेडियो नेपालमा गाएको ‘आज एउटा मुसा घरमा पसेछ’ बाल गीत धेरैले रुचाए । उमेर बढेसँगै पार्श्वगायनमा सक्रिय उनले राजेश पायल राई, खेमराज गुरुङ, आनन्द कार्की, हरिवंशसँग पनि युगल गीत गाइन् । तर कामको सिलसिलामा अमेरिका पुगेपछि उनको गायनयात्रा सुस्तायो । वर्ल्ड बैंककी जागिरे उनले आमा बिरामी भएपछि नेपाल आवतजावत बढाइन् ।
सराना अहिले बुवा मदनकृष्ण श्रेष्ठसँग बढी समय बिताइरहेकी छिन् । उनलाई बुवाले त्यत्तिकै बस्न दिएनन् । केही महिनाभित्रै ७–८ वटा गीत रेकर्ड गर्न लगाए । ‘पानी छाया’ गीत बुवासँग गाउन पाउनु उनका लागि अविस्मरणीय क्षण हो । जब सराना गीत गाउँछिन् तब मदनकृष्ण लठ्ठ पर्छन् । अहिले उनी बुवाले लेखेका गीतको भिडियो बनाउँदैछिन् ।
सरानालाई सरल र अर्थपूर्ण गीत गाउन मनपर्छ । साथै अहिले उनलाई गीत लेखन, कम्पोज र निर्देशनमा रुचि बढ्न थालेको छ । उनलाई आधुनिक गीत मन परे पनि लोक, सेमीक्लासिकल, स्लो रक गीत पनि गाउँछिन् । अमेरिकामा बसोबास गर्दा पनि विभिन्न कार्यक्रममा आफ्नै गीत गाउँथिन् ।

Page 113
टुक्राटाक्री

प्रतिस्पर्धामा रमाउने गायिका

- नारी संवाददाता

प्रतिस्पर्धा रुचाउने विद्या तिवारीहेटौंडामा बस्दादेखि नै खोजी प्रतिभा, नेपाली तारा आदि प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन्थिन् । प्लस टुपछि काठमाडौं आएकी उनले सानैदेखिको गायनप्रतिको रहर पूरा गर्न शास्त्रीय संगीतका कक्षा लिन थालिन् । त्यहीं क्रममा प्रियंका कार्कीलाई मोडल बनाएर ‘हेल्लो हाइ’ गीत पनि गाइन् । पछि गुरुकै सल्लाहमा नेपाल आइडियलको पहिलो सिजनमा भाग लिन गएकी विद्या उत्कृष्ट १८ मा पुगेर बाहिरिइन् । त्यसपछि उनले आफ्नो गीत ‘पिच रोड’ बजारमा ल्याइन् । उनको उक्त गीतलाई युट्युबमा ३० मिलियनले हेरिसकेका छन् । त्यही क्रेजले नै उनलाई फिल्म ‘डमरुको डन्डिबियो’मा गीत गाउने मौका मिल्यो । त्यसमा गाएको ‘गन्तव्य’ गीतबाट पनि उनी सन्तुष्ट भइनन् । ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा भाग लिन पुगिन् । ब्लाइन्ड अडिसनमा चार जना निर्णायकलाई फर्काउन सक्नुलाई जित ठानेकी विद्या सेमी फाइनलबाट बाहिरिइन् । ‘पहिलो हुनु नै जित होइन’ उनले भनिन्, ‘प्रतिस्पर्धाले संगीत क्षेत्रमा अघि बढ्ने बाटो देखायो ।’
केही समयपछि उनले ‘घाममा सुकाइदेऊ’ र ‘झुम्का’ गीत बजारमा ल्याइन् । फ्युजन गीत मन पराउने विद्यालाई कमर्सियल गीतप्रति पनि उत्तिकै रुचि छ । उनी अहिले क्लासिकल र वेस्टर्न टचलाई मिक्स गरी गीत गाउँदैछिन् । बाल्यकालमा नारायण गोपाल, भक्तराजका गीतहरू सुनेर हुर्केकी उनी टिनएजमा मेटालिका, निर्वाणका गीतमा झुम्दै गइन् र गितार सिक्न थालिन् । अहिले उनी पूर्वेली लोक फ्लेबरमा फ्युजन गीत बजारमा ल्याउँदैछिन् । अहिले सामाजिक सञ्जालले गुणस्तरीय भन्दा पनि युट्युबको भियोर्सका आधारमा हिट हुने परिपाटीबाट उनी दिक्क छिन् । भन्छिन्, ‘राम्रो गीत तथा म्युजिक भिडियोका भियोर्स कम हुनु सांगीतिक क्षेत्रकै लागि विडम्बना हो ।’

Page 114
Page 115
Page 116
प्रश्नोत्तर

म आफूलाई सुन्दर ठान्छु

- उपासना घिमिरे

२४ वर्षीया दुर्गा कार्कीको जन्मस्थान लमजुङको भोटेवडार हो । लमजुङमै एसएलसीसम्म अध्ययन गरेर उच्च अध्ययनका लागि काठमाडौं आएकी दुर्गाले कानुनमा स्नातक गरेकी छिन् । उनी अहिले संघीयता र स्थानीय सरकारसँग सम्बन्धित काम गर्छिन् । दुर्गाले लेखेको कथाहरूको संगालो ‘कुमारी प्रश्नहरू’ हालै प्रकाशन भएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी तीन वर्षअघिदेखि विभिन्न मिडियामा सामाजिक, महिला मुद्दा, राज्यको नीति निर्माणमा उठेका सवालप्रति टिप्पणी गर्दै फिल्म समीक्षासम्म गर्दै आएकी छिन् ।

तपाईं वकिल कि लेखक ?
वकालत गर्ने विषय पढे पनि त्यो क्षेत्रमा काम नगरेकाले अहिलेसम्म लेखक हुँ ।

तपाईंले आफ्नो पुस्तकको नाम “कुमारी प्रश्नहरू” राख्नुको कारण ?
अहिले पनि समाजमा कतिपय प्रश्नमा छलफल हुन सकेका छैनन् । समाजले खुला रूपमा छलफल नगरेका, चर्चा नभएका ‘भर्जिन प्रश्न’ पुस्तकमा समावेश गरिएको छ । त्यसैले पुस्तकको नाम ‘कुमारी प्रश्नहरू’ राखिएको हो । प्रायः कथामा युवा उमेरका पात्र छन् । यसैगरी ३०–३५ वर्षदेखि ६० वर्षे उमेरका कथा पनि छन् ।

मनपर्ने लेखक ?
मलाई जति पढे पनि स्वाद नजाने भएकाले पारिजात र बीपी मन पर्छन् ।

तपाईं भित्री सुन्दरी कि बाहिरी ?
म सौन्दर्यलाई व्यक्तिपरक मान्छु । सुन्दरताका आ–आफ्नै परिभाषा हुन्छन् । म भित्री र बाहिरी सुन्दरता भनेर छुट्याउँदिन । आत्मविश्वास, स्वतन्त्र र विभिन्न विषयमा दक्ष हुनु नै वास्तविक सुन्दरता हो । यसर्थ म आफूलाई सुन्दर नै ठान्छु ।

नेपालमा मिटुको मुद्दा अघि बढ्न नसकेको कारण के होला ?
सामाजिक वृत्तकै कारण चाहेर वा नचाहेर व्यक्तिगत वा व्यावहारिक कारणले महिलाले खुलेर आफ्ना कुरा बाहिर ल्याउन सकेका छैनन् । बाहिर आए पनि विभिन्न कारणले यो आवश्यक कुरा हो भनेर सबैले चासो नदिएकै कारण अगाडि नबढेको जस्तो लाग्छ ।

प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
(हाँस्दै) राजनीतिमा मलाई चासो छ । यसका लागि पहिले त राजनीति बुझेको हुनुपर्छ । ठूला–ठूला सपना नदेखाई जनताको जीवनमा प्रत्यक्ष असर पार्ने काम गर्छु । जस्तो बाटोको सुविधा, स्वास्थ्य, सामाजिक विषयका कुरा अघि बढाउँछु । यसैगरी जनताले बिनाझमेला कुनै पनि कुरामा पहुँच पुग्ने वातावरण तयार पारिदिन्थें ।

अहिले नेपाली महिलाको स्थिति कस्तो छ ?
पहिलेको तुलनामा महिला शिक्षित, जागरुक तथा सशक्त बन्दै गइरहेका छन् । जुन सकारात्मक हो ।

नेपाली महिलालाई सुझाव ?
प्रत्येक नारी जागरुक छन् । आफ्ना कुरा बोलेर, लेखेर वा व्यवहारबाट बाहिर ल्याउनु जरुरी छ । जसरी हुन्छ आफ्नो आवाज बुलन्द गर्नुहोस् ।

Page 117
Page 118